काठमाडौं । अफगानिस्तानलाई रोमाञ्चक खेलमा हराउँदै आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ‘सुपर सिक्स’ मा पुगेको नेपालले सुपर सिक्समा भारत र बंगलादेशलाई प्रतिस्पर्धीका रुपमा पाएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको थियो । नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्ड समेत ‘सुपर सिक्स’ मा पुगिसकेका छन्… Continue reading यु १९ विश्वकप : अब नेपालको भिडन्त भारत र बंगलादेशसँग
Category: समाचार
पाथिभरामा सुरु भयो हिमपात
काठमाडौं । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबारदेखि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रो पटक… Continue reading पाथिभरामा सुरु भयो हिमपात
गुल्मीबाट मात्र ३० जनाले लिए गैरआवासीय नागरिकता
काठमाडौं । नेपालबाट विदेशमा गएर त्यहाँको नागरिकता लिइसकेका ३० जनाले गुल्मीबाट गैरआवासीय नागरिकता लिएका छन् । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको थियो । यस्तो नागरिकता लिने संख्या पछिल्लो समय बढ्दै गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक… Continue reading गुल्मीबाट मात्र ३० जनाले लिए गैरआवासीय नागरिकता
त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ । शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको बताइएको छ । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न… Continue reading त्रिभुवन विमानस्थलमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेपछि…
यु-१९ विश्वकपको सुपर सिक्समा नेपाल, अफगानिस्थानविरुद्ध रोमाञ्चक जित
काठमाडौं । नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा पुगेको छ । समूह चरणको निर्णायक खेलमा अफगानिस्तानविरुद्ध १ विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल अर्को चरणमा प्रवेश गरेको हो । आजको खेलमा तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालले उत्कृष्ट प्रदर्शन गरे । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको… Continue reading यु-१९ विश्वकपको सुपर सिक्समा नेपाल, अफगानिस्थानविरुद्ध रोमाञ्चक जित
फुटपाथ व्यवसायीले काठमाडौँ महानगर घेराउ गर्ने
काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते बृहत् सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ। शुक्रवार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएर १६ गते व्यापक जनप्रदर्शनसहित महानगरमा धर्ना दिने र बीचमा सबै फुटपाथ व्यवसायीलाई एक ठाउँमा ल्याएर माघ २८ गते बृहत्… Continue reading फुटपाथ व्यवसायीले काठमाडौँ महानगर घेराउ गर्ने
एसियन कपको अन्तिम १६ मा को-को पुगे ?
काठमाडौं । एसियन कप २०२३ मा बिहीबार लिग चरणका खेल सकिएका छन् । लिग चरणको अन्तिम दुई खेलमा साउदी अरेबिया र थाइल्यान्डले गोलरहित बराबरी खेले । यस्तै किर्गिस्तान र ओमानबीचको खेल १–१ को बराबरीमा रह्यो । यस नतिजापछि समूह ‘एफ’ मा साउदी अरेबिया सात अंकमा शीर्षमा रह्यो भने थाइल्यान्ड पाँच अंकमा दोस्रो स्थानमा रह्यो ।… Continue reading एसियन कपको अन्तिम १६ मा को-को पुगे ?
यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र
काठमाडौं । नेपालमा कुल गार्हस्थ उत्पादनको ४३ प्रतिशतसम्म अनौपचारिक अर्थतन्त्र रहेको अनुमान एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले नेपालमा अनौपचारिक अर्थतन्त्रको सम्भावित दायरा कुल गार्हस्थ उत्पादन (जीडीपी) को औसत ४२.६६ प्रतिशत रहेको छ । राष्ट्रिय लेखा विधिअनुसार आर्थिक वर्ष २०१०–११–२०२०–२१ लाई आधार मानेर गरेको अध्ययनले यस्तो देखाएको हो ।… Continue reading यसरी बढ्दैछ नेपालमा अनौपचारिक अर्थतन्त्र
यू-१९ विश्वकप : निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल
काठमाडौं । आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपाल र अफगानिस्तान भिड्दैछन् । यो दुबै टिमका लागि निर्णायक छ । खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्न चाहन्छ । नेपाल र अफगानिस्तान बीचको विजेता टोली सुपर सिक्समा… Continue reading यू-१९ विश्वकप : निर्णायक खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल
काठमाडौंमा बिहीबार सिजनकै कम तापक्रम
काठमाडौं । काठमाडौंमा बिहीबार यस सिजनकै कम तापक्रम मापन भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो । यसअघि यही माघ ८ गते… Continue reading काठमाडौंमा बिहीबार सिजनकै कम तापक्रम
‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश
काठमाडौं । बाग्लुङ–कुश्मालाई साहसिक खेल स्थलको रूपमा स्थापित गरेको द क्लिफ नेपालले भारतको कम्पनीमा व्यवस्थापन सम्हालेको छ । द क्लिफ को व्यवस्थापनमा भारतको केरलामा नयाँ बन्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ । योसँगै क्लिफ अन्तर्राष्ट्रियस्तरमा पहिलो पटक बन्जीको व्यवस्थापनमा संलग्न भएको हो । केरलामा वाया नाडा कम्पनीले निर्माण गरेको बन्जी जम्प तथा अन्य साहसिक गतिविधि… Continue reading ‘द क्लिफ नेपाल’ले भारतको केरलामा समेत बिस्तार गर्यो विजनेश
स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी स्वच्छताका लागि विशेष सरसफाइ कार्यक्रम अन्तर्गत स्वयम्भू क्षेत्रबाट ६१ टन फोहोर संकलन गरेको छ । स्वयम्भू परिक्रमा मार्ग, सिँढी, जङ्गल र स्तुप क्षेत्रको सरसफाइबाट ६१ टन फोहोर संकलन भएको महानगरले जनाएको छ । २१ मंसिरेदेखि सो क्षेत्रको सरसफाइका लागि १ सय जना जनशक्ति परिचालन गरिएको महानगरको भनाइ छ । सफाइका… Continue reading स्वयम्भु क्षेत्रबाट संकलन भयो ६१ टन फोहोर
राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो दल
काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका १–१ जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको छ । यसअघि… Continue reading राष्ट्रिय सभामा माओवादी बन्यो सबैभन्दा ठूलो दल
लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।विजयी बिष्णुकुमारी सापकोटाले ५४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनलाई सत्तारुढ… Continue reading लुम्बिनीमा कांग्रेसकी विष्णु सापकोटा र माओवादीका झक्कु सुवेदी विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी
काठमाडौं । सुदूरपश्चिममा राष्ट्रिय सभाको तीन सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले ४ हजार ४५३ मत पाइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए । उनले ४ हजार ४१९ मत पाए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७… Continue reading सुदूरपश्चिममा गठबन्धनका तीनैजना उम्मेदवार विजयी
कोशीमा महिलातर्फ एमाले विजयी, गठबन्धनबाट फ्लोरक्रस
काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन् । सत्ता गठबन्धनबाट फ्लोर क्रस भएपछि कोइरालाले अनपेक्षित जित हात पारेकी हुन् । कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर… Continue reading कोशीमा महिलातर्फ एमाले विजयी, गठबन्धनबाट फ्लोरक्रस
न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी ठाउँ व्यवस्था मिलाउने प्रस्ताव
काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौँ महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ । राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन् ।… Continue reading न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी ठाउँ व्यवस्था मिलाउने प्रस्ताव
भूकम्प पीडितका लागि २८ करोड ७१ लाख संकलन
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार ६६५ रुपैयाँ बराबर सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सोमबारसम्ममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिका तर्फबाट सो बराबरको सहयोग रकम जुटेको हो । भूकम्पपछिको उद्धार, राहत… Continue reading भूकम्प पीडितका लागि २८ करोड ७१ लाख संकलन
ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स
काठमाडौं । जहाज खरिद गर्न लिएको पुरानो ऋण तिर्न र नयाँ जहाज किन्न नेपाल एयरलाइन्स ९वायुसेवा निगम० ले १ खर्ब ३५ अर्ब रुपैयाँबराबर ऋण लिने भएको छ । सो प्रयोजनका लागि निगमले अन्तर्राष्ट्रिय आशय पत्र निकालेको हो । निगमले मंगलबार आशय पत्र निकालेको जानकारी बुधबार विज्ञप्तिमार्फत दिएको हो । १ सय ५८ सिट क्षमताका ‘ए३२०’… Continue reading ऋण तिर्न डेढ खर्ब ऋण लिँदै नेपाल एयरलाइन्स
यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल
काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानले नेपाललाई ५ विकेटले हराएको छ । लगातार दोस्रो हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना कम भएको छ । अब नेपालले अफगानिस्तानसँगको खेल जित्नै पर्नेछ । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगिसकेका छन् । १९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा… Continue reading यु १९ विश्वकप : पाकिस्तानसँग हार्यो नेपाल
आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए ।… Continue reading आज राष्ट्रिय सभा निर्वाचन, नतिजा आजै आउने
उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पौडेलसहित ८ जनाले ‘भेरिएबल फ्रिक्विन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएकाले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विना अध्ययन र औचित्यसमेत यकिन नगरि तथा लागत अनुमानसमेत नबनाई उपयोग नहुने… Continue reading उदयपुर सिमेन्टका तत्कालिन महाप्रवन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ
काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरको अनुसन्धान गरिरहेको छ। उनीहरूले अनुसन्धानलाई प्रभावित पार्न सक्ने गरी भाग्न खोजेको भन्दै अख्तियारले दुवै जनालाई पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी… Continue reading भ्रष्टाचार मुद्दामा एनटीसीका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र मुद्रण केन्द्रका विकल पौडेल पक्राउ
काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ । महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो । महानगरको पर्खालसम्बन्धी मापदण्ड छ । उक्त… Continue reading काठमाडौं महानगरले नारायणहिटी दरवारको पर्खाल भत्काउन काट्यो पत्र
पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या
काठमाडौं । धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका-४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ… Continue reading पाँच तले घरबाट हामफालेर व्यवसायीले गरे आत्महत्या
बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु
काठमाडौं । धर्मगुरुको रुपमा चिनिएका रामबहादुर बम्बजविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बाबुको दुर्घटनामा मृत्यु भएको छ। जाहेरी दिने किशोरीका बाबुको मदनभण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–९ कोरुङ खोलामा मृत्यु भएको हो। डकाहाबाट भिमानतिर जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरका दुई वटा मोटरसाइकललाई… Continue reading बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु
मौन अविधमा कांग्रेसका नेता शेखर कोइराला निवास विराटनगरमा चियापान
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् । निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेता कोइरालाले नेता तथा कार्यकर्ताहरूलाई बोलाएर बुधबार बिहान निवासमै चियापान गरेका हुन्। चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईंलगायत पुगेका थिए । बिहीबार कोशीका दुई सिटमा हुने… Continue reading मौन अविधमा कांग्रेसका नेता शेखर कोइराला निवास विराटनगरमा चियापान
यु-१९ विश्वकप : नेपाल र पाकिस्तान बीचको खेल आज
काठमाडौं । आईसीसी यू १९ विश्वकप अन्तर्गत आज नेपाल र पाकिस्तान भिड्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ ः ४५ बजे दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा सुरु हुँदैछ । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उता पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो । न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर… Continue reading यु-१९ विश्वकप : नेपाल र पाकिस्तान बीचको खेल आज
नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम
काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापामगरका अनुसार म्याद सकिन करिब ६ महिना बाँकी रहँदा आयोजनाको सम्पूर्ण काम अझै आधा बाँकी छ । विसं २०७५ माघमा सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम थालिएको थियो। त्यसयता दुईपटक म्याद… Continue reading नारायणगढ–बुटवल सडक विस्तार : ५ वर्षमा मात्र ४५ प्रतिशत काम
गगन थापाले हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने भएका छन् । माघ १३ देखि २६ सम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्न लागेका हुन् । यात्रा १३ माघमा झापाको छोटी भन्सारबाट सुरु हुने थापाले जानकारी दिए । १२ माघदेखि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ ।… Continue reading गगन थापाले हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै