Category: समाचार

  • प्रचण्डले सहयोग मागेपछि रास्वपा ब्याक, मन्त्रीले बुझाएनन् राजिनामा

    प्रचण्डले सहयोग मागेपछि रास्वपा ब्याक, मन्त्रीले बुझाएनन् राजिनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय लिएको छ । प्रधानमन्त्री प्रचण्डले मूख्य साझेदार एमालेको समर्थन फिर्ता लिएसँगै उनी कामचलाउ हैसियतमा पुगेका छन् । अबको ३० दिनमा उनले संसदबाट विश्वसको मत नलिए उनको पद स्वतल्ः निष्कृय हुनेछ । बिहीबार रास्वपका मन्त्रिहरु प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउने तयारीमा थिए ।

    बालुवाटार पुगेका उनीहरुसँग प्रधानमन्त्रीले सहयोग मागे । बिहान ८ बजे चिठी बोकेर पुगेर पुगेका मन्त्रीहरुमा पार्टी सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने सहित पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डिपी अर्याल थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार उनीहरुसँगै थिए ।

    प्रचण्डले भने आफूले संसदमा विश्वासको मत लिने तयारी गरेको भन्दै त्यसबेलासम्म कुर्न आग्रह गरे । प्रधानमन्त्रीसँग बैठकपछि पार्टीका संसदीय दल प्रमुख सचेतक सन्तोष परियारले भने, ‘उहाँले विश्वासको मत लिन्छु, म सदन फेस गर्छु भनिसकेपछि उहाँको संवैधानिक अधिकारलाई त सम्मान गरिदिनुपर्‍यो नि ।’

    सत्ता गठबन्धनमा आफ्नो पार्टी साझेदार भइसकेपछि सरकार नढल्दासम्म आफ्नो जिम्मेवारी रहिराख्ने रास्वपा नेतृत्वको तर्क छ । प्रमुख सचेतक परियार भन्छन्, ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ढिला नगर्नुस् भनेका छौं, प्रधानमन्त्रीले म विश्वासको मत लिँदैछु भनिसकेपछि सत्ता साझेदार दलका हिसाबले जिम्मेवारी हाम्रो पनि हो नि त ।’

  • सरकारले पहिलो पटक बनायो ‘एआई’ प्रयोगको अवधारणा

    सरकारले पहिलो पटक बनायो ‘एआई’ प्रयोगको अवधारणा

    काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा यसम्बन्धी कुनै नीति र कानुन नभएकाले यस सम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले झण्डै पाँच महिना लामो अध्ययनपछि अवधारणापत्र तयार गरेको हो । सहसचिव अनिलकुमार दत्तको संयोजकत्वको समितिले अवधारणापत्र सम्बन्धी प्रतिवेशन तयार पारेर मन्त्रालयमा पेश गरेको छ ।

    प्रतिवेदनले एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यविधि बनाउनुपर्ने सुझाव दिएको छ । साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रतिवेदनले एआईसम्बन्धी राष्ट्रिय नीतिको तर्जुमा, राष्ट्रिय रणनीतिको निर्माण, कानुनी आधारसहित डाटा सुरक्षण रुपरेखा, एआईको प्रयोग र प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षण समेटिएका नीति र कानुनहरुको अन्तर्राष्ट्रिय मापदण्डसँग अनुकूलन हुने गरी मानक निर्धारण गर्नुपर्ने सुझाव दिएको छ ।

    प्रतिवेदनले एकीकृत राष्ट्रिय पोर्टलको विकास गरी एआई सम्बन्धी सूचना आदानप्रदान गर्न एकीकृत संरचनाको निर्माण गर्नुपर्ने, यसमा विषयमा अनुसन्धान, विकास र उपयोगलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने, एआईको प्रयोगमा गति प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, यसको रुपान्तरणकारी प्रकृतिलाई आर्थिक सामाजिक विकासमा उपभोग गर्न राष्ट्रिय परियोजना एवम् क्षेत्रगत पहलहरुको विकास गर्नुपर्ने सुझाव दिएको मन्त्रालयका उपसचिव एवम् अवधारणापत्र तयारी प्राविधिक समितिका सदस्य नारायण तिमिल्सिनाले जानकारी दिए ।

    ‘गोपनीयता संरक्षण, पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन, एआई प्रयोगको विकास र प्रवर्द्धन लगायतका विषयमा अनुसन्धान, लगानी र सहकार्यलाई वृद्धि गर्ने रणनीति लिनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसका लागि तत् तत् क्षेत्रले आफ्नो नीति, रणनीति र कार्यक्रमहरुमा एआई प्रयोगको विकास र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।’

    विद्यमान जनशक्तिको पहिचान गरी उनीहरुको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिंदै प्रतिवेदनले सार्वजनिक र निजी क्षेत्रमा नै दक्ष जनशक्तिको उपलब्धता पश्चात नै एआई विकास, प्रयोग र पूवद्र्धनलाई गति दिन सकिने हुँदा यस क्षेत्रमा मानव पूँजी निर्माणमा सबैको ध्यान जानुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ ।

    प्रतिवेदनले रोग निवारण र उपचार, वित्तीय सेवा र विश्लेषण, निर्माण तथा उत्पादन, शिक्षा र विकास, सञ्चार र अनुभव सुधार, सांगठनिक प्रबन्धन, सरकारी सेवा, सामाजिक सुरक्षा, खेलकूद, अनुसन्धान र विकास, कृषि, पर्यटनलगायतका क्षेत्रमा एआईको प्रयोग गर्नुपर्ने सुझाव दिएको छ ।

    ‘नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स विकासको वर्तमान ई–कोसिस्टमको अवस्था, प्रवर्द्धनका संभावित क्षेत्रहरु, अनुसन्धान र विकास क्षमताहरु र अगाडि बढ्ने बाटोको मूल्याङ्कन गर्नुपर्ने हुन्छ’– प्रतिवेदनमा भनिएको छ– ‘राष्ट्रिय रणनीतिले प्रमुख क्षेत्रहरुजस्तै स्वास्थ्य सेवा, कृषि, शिक्षा, स्मार्ट शहर एवं पूर्वाधार, स्मार्ट मोलिलिटी र यातायातका विषयमा भावी कार्ययोजना तय गर्नुपर्ने हुन्छ ।’

    एआई सम्बन्धी रणनीतिले डाटा र डिजिटल पूर्वाधार, एआई स्टार्टअपहरुलाई गति दिन आर्थिक तथा वित्तीय व्यवस्था, अनुसन्धान र विकास, नैतिकता, डाटा गोपनीयता, सुरक्षा र नियमन, जनशक्तिलाई सिप र क्षमता वृद्धि, प्रविधिको औद्योगिकीकरण तथा क्षेत्रगत पहलहरु समेट्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

    प्राविधिक समितिले एआईको पृष्ठभूमि, अवधारणा, एआई ईकोसिष्टम, यसका आधारभूत सिद्धान्त, दृष्टिकोण, उद्देश्य, विद्यमान अवस्था, नीतिगत व्यवस्था, संस्थागत एवं प्रयोगको अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिहरु लगायतका क्षेत्रमा अध्ययन गरेर प्रतिवेदनमा नेपालले लिनुपर्ने आगामी कार्यदिशा समेटिएको उपसचिव तिमिल्सिनाले जानकारी दिए ।

    प्रतिवेदनमा यूरोपेली यूनियन, संयुक्त राष्ट्रसंघ, नर्डिक–बाल्टिक क्षेत्र, यूएई, भारत, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, सिंगापुर, दक्षिण कोरिया लगायतले जारी गरेका एआई प्रयोग सम्बन्धी रणनीतिको अध्ययन गरी तुलनात्मक विश्लेषण समावेश गरिएको छ ।

  • नेकपा एसको नयाँ नेतृत्वका लागि आज मतदान

    नेकपा एसको नयाँ नेतृत्वका लागि आज मतदान

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दैछ । नेकपा एसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एकीकृत समाजवादीको अध्यक्ष पदमा हालका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भूसाल दाबेदार छन् ।

    माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो । नेतृत्व चयन सकेसम्म सहमतिमा र सहमति नभए मतदानमार्फत् गर्ने तयारी गरिएको छ । महाधिवेशनको तेस्रो दिन हिजो महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन गरिएको थियो ।

    महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

    आज मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्त रुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ । प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

    असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    बिहीबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभर केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभर केही स्थानहरुमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • रविविरुद्धको सुनुवाई आज पनि जारी

    रविविरुद्धको सुनुवाई आज पनि जारी

    काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ जारी रहने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

    पछिल्लोपटक असार १८ गते सुनुवाइ भएको थियो । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा २० असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियोे ।

    अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ । रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

    महान्यायाधिवक्ता कार्यालयको उक्त पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्याय प्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न समेत माग गरिएको छ ।

  • रास्वपाका मन्त्रीले सामुहिक राजिनामा दिँदै

    रास्वपाका मन्त्रीले सामुहिक राजिनामा दिँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले सामुहिक राजीनामा दिने भएका छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने तयारी छ । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।
    नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

    प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

  • कांग्रेसले भन्यो : एमाले-कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्छन्

    कांग्रेसले भन्यो : एमाले-कांग्रेसले पालैपालो सरकारको नेतृत्व गर्छन्

    काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने गरी नेकपा (एमाले) सँग सहमति भएको औपचारिक रुपमा सार्वजनिक गरेको छ । असार १७ गते सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच यो सहमतिमा हस्ताक्षर भएको र बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको कांग्रेसले जनाएको छ। ‘नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ,’ बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न गठबन्धन बनाइएको पनि विज्ञप्तिमा उल्लेख छ। ‘संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ कांग्रेसको निर्णयमा उल्लेख छ।

    कांग्रेस र एमालेबीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमत भएका छन्। साथै उनीहरूले कांग्रेस र एमाले गरी प्रतिनिधि सभामा स्पष्ट बहुमत देखिएको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु लाई राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि कांग्रेसले आग्रह गरेको छ।

  • एमालेका नेताले दिए सामुहिक राजिनामा

    एमालेका नेताले दिए सामुहिक राजिनामा

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका आठ मन्त्रीले राजीनामा दिएका छन्। बुधबार साँझ एमालेका आठ मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा पत्र बुझाए ।

    उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, खानेपानी मन्त्री राजेन्द्र राई, कृषि मन्त्री ज्वालाकुमारी साह, महिला मन्त्री भगवती चौधरी, उद्योग मन्त्री दामोदर भण्डारी, रक्षामन्त्री हरि उप्रेती र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राजीनामा दिएका हुन्।

    बुधबार अपराह्न नेकपा एमालेले पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। नयाँ समीकरण बनिसकेकोले प्रधानमन्त्री प्रचण्डले पद त्याग्न नमानेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको हो।

    यसअघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको थियो। मंगलबार बेलुका बसेको सचिवालय बैठकले निर्णय गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिएको थियो। त्यही अनुसार एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

    सत्तारूढ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्छ। तर यस्तो प्रक्रिया समर्थन फिर्ताको सूचना संसदलाई दिएपछि मात्र सुरू हुन्छ। अर्थात् एमालेले संसदलाई समर्थन फिर्ताको औपचारिक जानकारी गराएको तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ।

  • नागढुंगा–नौबिसे सडक दुई रात बन्द

    नागढुंगा–नौबिसे सडक दुई रात बन्द

    काठमाडौं । धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द गर्न लागिएको धादिङ प्रहरीले जानकारी गराएको छ । यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक सबै सवारी साधनको आवागमन रोकिने छ ।

    यस अवधिमा सबै चालकलाई लेन अनुशासन कायम राख्न, जथाभावी ओभरटेक नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
    काठमाडौंबाट नौबिसे निस्कन वा नौबिसेबाट काठमाडौं आउन वैकल्पिक मार्गका रूपमा अहिले यात्रुले धार्के–सितापाइला सडक प्रयोग गर्न सक्छन् ।

  • अख्तियार आयुक्तको घरमा चल्यो ललितपुर महानगरको डोजर

    अख्तियार आयुक्तको घरमा चल्यो ललितपुर महानगरको डोजर

    काठमाडौं । मन्दिरको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरमा डोजर चलाएको छ । महानगरले घरको पर्खाल भत्काइदिएको छ । ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको छ । डा. सुमित्रा अमात्य र डा. दिवस अमात्य दम्पतीले १ असोज २०७८ मा १५ आना ३ पैसा क्षेत्रफल रहेको घरजग्गा किनेको पाइएको छ ।

    घरजग्गा खरिद गरेपछि उनीहरूले पर्खाल बनाएका थिए । त्यसक्रममा मन्दिर र सम्पदाको जग्गा मिचिएको स्थानीयहरूको आरोप छ । स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिएका थिए । त्यस स्थानमा शहरी विकास मन्त्रालयले पार्क निर्माणको काम थालेको छ । स्थानीय समुदाय र गुठियारले कुलपूजा गर्ने ठाउँमा समन्वय नगरी शहरी विकास मन्त्रालयले एकलौटी रूपमा पार्क बनाउन खोजेको भन्दै उजुरी परेको बताइएको छ ।

    ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय ज्यापु समुदाय र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको बताए । तर आग्रह अस्वीकार गरेपछि मन्दिरको जग्गा संरक्षणका लागि डोजर चलाएको उनले जानकारी दिए ।

  • उत्तर प्रदेशमा  भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि

    उत्तर प्रदेशमा भागदौडमा ज्यान गुमाउनेको संख्या ११६ माथि

    काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा ज्यान गुमाउनेका संख्या १ सय १६ जना पुगेको छ । जसमा अधिकांश महिला र बालबालिका छन् । हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भागदौडमा परेर १ सय ५० भन्दा बढी घाइते भएका छन् । हाथरस, बहादुर नगरी गाउँका भोले बाबाको धार्मिक सत्संग सुन्न ठूलो संख्यामा मानिसको उपस्थिति थियो । स्थानीय प्रहरीका अनुसार उनको वास्तविक नाम नारायण साकार हरि हो र उनले करिब २७ वर्षअघि सरकारी जागिर छाडेर धार्मिक प्रचार सुरु गरेका थिए । उनले साकार विश्व हरि भोले बाबाको ब्यानरमा सत्संग कार्यक्रम गर्दै आएका छन् ।

    कार्यक्रममा कम्तीमा १५ हजार जनाको उपस्थिति रहेको बताइएको छ । बाबा र उनकी श्रीमतीले सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिँदा भागदौड मच्चिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • मलेसियाको जेलमा रहेका ६१ प्रतिशत नेपालीको मिलेन कागजात

    मलेसियाको जेलमा रहेका ६१ प्रतिशत नेपालीको मिलेन कागजात

    काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियाको जेल र घर फिर्की केन्द्रमा रहेका ६१ प्रतिशत श्रमिकको कागजात नमिलेका कारण रहेको तथ्य सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र सेन्टर फर दी स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लाम) ले मलेसियाको ‘डिपोर्टटेसन सेन्टर’ अर्थात् जेलमा बसी नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकको अवस्था अध्ययन गर्दा यस्तो पाइएको तथ्य सार्वजनिक गरेको हो ।

    प्रतिवेदनमा जेल र घर फिर्की केन्द्रमा रहेका नेपालीले समयमा कानुनी प्रतिरक्षासमेत नपाएको उल्लेख छ । अध्ययन प्रतिवेदनले फिर्की केन्द्रको अनुगमन र स्थानीय अधिकारीसँग समन्वय बढाउन मलेसियामा रहेको नेपाली दूतावासलाई सुझाव दिएको छ । प्रतिवेदन अनुसार सो अवधिमा मलेसियामा जेल पर्नेमध्ये सबैभन्दा बढी ६१ प्रतिशत कम्पनी छाडेका रहेका छन् ।

    यस्तै सहकर्मी वा रोजगारदातासँग झगडा (आठ प्रतिशत) र हत्या, चोरी, अवैध लागुऔषध बेच्ने र प्रयोग गर्ने, नक्कली मदिराको बिक्री, जुवा र अपहरण गर्ने (तीन प्रतिशत) जस्ता आपराधिक गतिविधिका कारण ठुलो सङ्ख्यामा नेपाली श्रमिक मलेसियामा जेल पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

    कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेका ८० प्रतिशतभन्दा बढी नेपाली आप्रवासी श्रमिक काम पर्ने अनुमतिपत्र बाँधिएको रोजगारदाता कहाँबाट भागेको र त्यसकारण वैध कागजात नभएकाले नौ प्रतिशतसँग वैध भिसा वा काम गर्ने अनुमतिपत्र नभएकाले जेल परेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदन अनुसार नेपालका एजेन्ट वा भर्ना एजेन्सीबाट ठगिएका छन् भने एक प्रतिशतसँग राहदानी वा परिचयपत्र नभएकाले जेलमा परेका छन् । प्रतिवेदनले कूटनीतिक नियोगका लागि श्रम स्वीकृतिको अवधि समाप्त भएका अलेखबद्ध श्रमिकका लागि पनि कानुनी सहायता उपलब्ध गराउन आवश्यक परेको भन्दै नेपाली श्रमिकको कानुनी प्रतिरक्षाका लागि निर्देशिका लागु गर्न सुझाव दिएको छ ।

    मलेसियाको कानुन अनुसार भिसामा उल्लेख भएकै रोजगारदाता कम्पनीमा काम गर्नुपर्ने हुन्छ । धेरैले राम्रो सेवा सुविधा खोज्दै कम्पनी परिवर्तन गर्ने गर्छन् । कम्पनी छाडेर भाग्दा राहदानी रोजगारदाता वा कम्पनीमै छोडेपछि उनीहरू कागजविहीन हुन्छन् र कानुनी झमेलामा फस्ने गरेका छन् । रोजगारदातासँगको झगडा, विवाद र अन्यत्र बढी कमाइ हुने अपेक्षाले पनि श्रमिकले कम्पनी छाड्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

  • १६ वर्षपछि टर्की यूरोकपको क्वाटरफाइनलमा

    १६ वर्षपछि टर्की यूरोकपको क्वाटरफाइनलमा

    काठमाडौं । मेरिह डेमिरको दुई गोलमा अष्ट्रियालाई २–१ ले पराजित गर्दै टर्की युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा भइरहेको युरो २०२४ मा ठिकैको प्रदर्शन गरिरहेको टर्कीले १६ वर्षपछि युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो । लाइपिजगस्थित रेडबुल एरेनामा मंगलबार भएको खेलमा डेमिरलले खेलको पहिलो मिनेटमै गोल गर्दै टर्किएलाई अग्रता दिलाएका थिए । उनले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीको अग्रता दोब्बर पारे ।

    ६६औं मिनेटमा अष्ट्रियाका माइकल ग्रेगोरिट्स्चले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा टर्कीले अन्तिम ८ मा स्थान बनाएको हो । फ्रान्स र नेदरल्याण्ड्स जस्ता टिम रहेको समूहमा समूह विजेता बनेको अष्ट्रियाले नकआउट चरणमा पनि त्यस्तै नतिजा निकाल्ने योजना बनाए पनि सफल भएन । अब सेमिफाइनल प्रवेशका लागि टर्कीले नेदरल्याण्ड्ससँग खेल्नेछ

  • वैकल्पिक खेलाडी चम्किएपछि नेदरल्याण्ड्स क्वाटरफाइनलमा

    वैकल्पिक खेलाडी चम्किएपछि नेदरल्याण्ड्स क्वाटरफाइनलमा

    काठमाडौं । वैकल्पिक खेलाडी डोनयल मालेन चम्किएपछि नेदरल्याण्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । उनले दुई गोल गरे । म्युनिखस्थित एलिएन्ज एरेनामा मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० हरायो । खेलको २०औं मिनेटमै गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । त्यसपछि मालेनले अन्तिम १० मिनेटमा दुई गोल गरे । उनले ८३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

    मालेनले इन्जुरी टाइमको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । बेल्जियम,स्लोभािकयालाई युक्रेनलाई पछि पार्दै समूहमा समूह विजेता बन्दै नकआउट चरण पुगेको रोमानियाले त्यही प्रदर्शन दोहोर्‍याउन सकेन । नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि टर्कीसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

  • कांग्रेस कार्य सम्पादन समितिको बैठक

    कांग्रेस कार्य सम्पादन समितिको बैठक

    काठमाडौं । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ । एमालेसँग कांग्रेसले गरेको गठबन्धनका लागि भएका समझदारीलाई अनुमोदन गर्न कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

    बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

    कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर प्रचण्डले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् ।

  • अविरल वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

    अविरल वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

    काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । अविरल वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।

    पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ । राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।

  • रास्वपा केन्द्रिय समिति बैठक बस्दै

    रास्वपा केन्द्रिय समिति बैठक बस्दै

    काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको छ । बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने छ ।

    काग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा दबाबमा छ । माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने बताएका छन् । मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेको थियो ।

    प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

  • उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

    उत्तर प्रदेशमा धार्मिक भेलामा भागदौड, कम्तिमा १ सय मारिए

    काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा कम्तिमा १ सय मानिस मारिएका छन् । मारिनेमा अधिकांश महिला र बालबालिका छन् । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा यो घटना भएको बीबीसीले लेखेको छ ।

    कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आकलन गरिएको छ । उत्तर प्रदेशका अधिकारीहरूका अनुसार एकजना कथावाचकको प्रवचन सुन्न हजारौँजना भेला भएको ठाउँमा भागदौड भएको थियो।

    भागदौडको कारण स्पष्ट भइसकेको छैन। तर सत्सङ्गका लागि तयार गरिएको पालभित्र अत्यन्तै गर्मी भएका कारण घटना भएको हुनसक्ने विवरण सार्वजनिक भएका छन्। मुगलगढी गाउँमा आयोजना गरिएको हिन्दू देवता शिवको पूजामा त्यसरी मानिसहरू भेला भएका थिए।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन्। पीटीआई समाचारसंस्थाले सार्वजनिक गरेको एउटा भिडिओमा घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ।

  • प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

    प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार थापालाई थुनामा पठाउन आदेश दिएको हो । उनलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ।
    थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको थियो। उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए।

    उनलाई अदालतले बयान लिएर थुनछेक बहस भएको थियो। बहसपछि उनलाई थुनामा पठाउन आदेश दिएको हो। उनी पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा समेत हुन्। शुक्रबार नै विशेष ब्युरोको टोलीले बेचन झालाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्ध पुरक अनुसन्धान गर्ने तयारी गरेको छ। शुक्रबारदेखि लागुहुने गरी सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

  • केही व्यक्तिलाई जोगाउन समिकरण फेरियो : गृहमन्त्री

    केही व्यक्तिलाई जोगाउन समिकरण फेरियो : गृहमन्त्री

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको दावि गरेका छन् । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’ उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताए । लामिछानेले भने, ‘संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सकिंदैन त ।’

  • बुधबारसम्म राजिनामा दिन एमालेको प्रचण्डलाई आग्रह

    बुधबारसम्म राजिनामा दिन एमालेको प्रचण्डलाई आग्रह

    काठमाडौं । नेकपा एमालेले बुधबारसम्म राजीनामा दिई मार्ग प्रसस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको हो ।

    एमालेले कांग्रेससँग भएको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ । सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ । सरकारको नेतृत्वमा आलोपालो गर्ने र सुरुमा ओली प्रधानमन्त्री हुने सहमति भएको छ ।

  • बढ्यो नूनको मूल्य

    बढ्यो नूनको मूल्य

    काठमाडौं । सरकारले नुनको मूल्य वृद्धि गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्‍याइएको छ । थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्‍याइएको छ ।

    न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ । राजभण्डारीका अनुसार मूल्य बढेपनि कम्पनीलाई भने अझै पनि घाटा छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८।५० रुपैयाँमा बेचिरहेको थियो । अब भने थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ । यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिए ।

  • सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको मुद्दामा आज सुनुवाई हुँदै

    सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको मुद्दामा आज सुनुवाई हुँदै

    काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि हेर्दाहेर्दैमा रहेकोले सर्वोच्चले असार १८ गतेका लागि सुनुवाइ तोकेको थियो ।

    न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा श्रेष्ठको इजलासले लामिछानेसँग जोडिएको मुद्दाको सुनुवाइ असार १८ गते गर्ने भन्दै हेर्दाहेर्दैमा राख्ने आदेश दिएको हो । निवेदकका कानुन व्यवसायीले बहस सकेका छन् । गृहमन्त्री लामिछानेका तर्फबाट बहस बाँकी छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्ध रिट दायर गरेका हुन् ।

    जेठ १४ गते दायर रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गरिएको छ । प्राकृतिक न्यायको सिद्धान्त विपरीतसमेत रहने भन्दै उहाँलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ ।

    रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ । रिटमा महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्यायप्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

  • एसईई परीक्षाको पुरक परीक्षाको समय तालिका सार्वजनिक

    एसईई परीक्षाको पुरक परीक्षाको समय तालिका सार्वजनिक

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो। यस पटक सबै विद्यार्थीलाई मौका परीक्षाको अवसर दिइएको हो ।

  • कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

    कांग्रेस-एमालेको सहमतिलाई बालेनको व्यङ्ग्य : यो समय गिरिबन्धु चियाको हो

    काठमाडौं । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा केपी शर्मा ओली र शेर बहादुर देउवाको तस्वीर राख्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाउँ भाले ।’ उनले सोही स्टाटसको मुनी गिरिबन्धुको फाइल खोल्ने हल्लाका बीच उल्टो त्यस्तो जग्ग एकपल्टलाई बेच्न दिने विधेयक संसदबाट पास भएको समेत उल्लेख गरेका छन् ।

    नेपाल मजदुर किसान पार्टी र नेपाली कांग्रेसका केही नेताले विरोध गरे पनि यसमा एमाले,माओवादी र रास्वपाले समर्थन गरेको उनको भनाई छ । यस विधेयकमा अब कांग्रेसले सहमति जनाउने र राजस्व र माओवादीले चर्को विरोध गर्ने भन्दै उनले यसलाई सत्ता स्वार्थका रुपमा अर्थाएका छन् ।

  • कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

    कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले बोलायो सचिवालय बैठक

    काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सोमबार मध्यरातमा नेपाल कांग्रेससँग मिलेर प्रचण्ड सरकार ढाल्ने सहमति गरेको एमालेले आज दिउँसो सचिवालय बैठक बोलाइएको हो । कांग्रेससँगको सहमतिबारे ब्रिफिङ गर्न सचिवालय बैठक बोलाइएको बताइएको छ ।

    हिजो राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीका बीचमा सहमतिको हस्ताक्षर भएको छ । उनीहरुबीचमा निर्वाचन, शासकीय प्रणालीका विषयमा संविधान संशोधन गरेर जाने विषयमा सहमति भएको छ।
    एमाले र कांग्रेस मिलेर सरकार बनाउने र पहिलो कार्यकालको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति समेत जुटेको छ ।

  • आज पनि देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

    आज पनि देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभरको मौसम साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    मंगलबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जनचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, सबैको सनाखत

    रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, सबैको सनाखत

    काठमाडौं । रोल्पामा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप साँझ ६ बजेतिर माडी गाउँपालिका वडा नम्बर ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटना भएको थियो। दुर्घटनामा सात जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी ३३ वर्षाीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी रहेका छन्। सोही वडाकी ३० वर्षीया अमृता घर्ती उनकी १८ महिनाकी छोरीको दुर्घटनामा मृत्यु भएको छ। त्यस्तै परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र अस्पताल रिफर गरिएको छ। घाइते खगेन्द्र बाँठाको रोल्पामै उपचार जारी छ। सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर भने उपचारपछि घर फर्किएकी छिन्। उनी जिप दुर्घटना हुँदै गर्दा हाम फालेर जोगिन सफल भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार जिप गुडिरहेको समयमा अचानक पहिरो खस्न थालेपछि चालकले गाडी पछाडि हटाएका थिए। गाडी स्टार्ट भइरहेकै अवस्थामा ओर्लिएर ओट राख्न खोज्दा उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

  • एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

    एमालेसँगको समझदारीबारे व्रिफिङ गर्न देउवाले बोलाए पदाधिकारी बैठक

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठक आज बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको हो । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको छ ।

    समझदारीलाई अन्तिम रुप दिने तयारी गरिएको छ । समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताले हस्ताक्षर गर्ने भएका छन् । दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका दुई वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी बनाइएको छ ।

  • संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

    संविधान संशोधनसम्म पुग्ने गरी कांग्रेस र एमालेबीच सहमति

    काठमाडौं । कांग्रेस र एमालेबीच केपी ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सममति बनेको छ । सुरुको चरण एमाले अध्यक्ष ओलीले, दोस्रो चरणमा कांग्रेस सभापति देउवाले सरकार चलाउने सहमति जुटेको नेताहरुले बताएका छन् ।

    संविधानको धारा ७६ (२) अन्तर्गतबाटै सरकार बनाउन चाहेका यी दलले संविधानको व्याख्याबारे राष्ट्रपति कार्यालयको स्पष्टता चाहेको समेत बताइएको छ । ललितपुरमा एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहितको छलफलमा यो समझदारीको प्रारम्भिक खाका तयार पारिएको छ ।

    खाका तयार गरिसकेर नेताहरु सभापति देउवा र अध्यक्ष ओलीसहित एक व्यवसायीको महाराजगन्जस्थित निवासमा छलफल गरेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार सहमतिको प्रारम्भिक खाका अनुसार उनीहरुले प्रदेश सरकारहरुमा पनि ३–३ वटा सरकार बाँडेका छन् ।

    मधेश प्रदेशमा चाहिँ मधेशकेन्द्रित दलकै नेतृत्व हुन सक्ने उनीहरुको समझदारी छ । उनीहरुले संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार गरेका छन्, जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसद लाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी छ ।

    प्रतिनिधिसभा र राष्ट्यि सभा दुवैको सिट संख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारे समेत छलफल भएको छ । पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ ।

    संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने उनीहरुले तयारी गरेका छन् । प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ । देउवा र ओलीले हस्ताक्षर गरेर सहमतिलाई पूर्णता दिने तयारी छ ।