काठमाडौं । म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन्। बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन्। पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए। सेभेन समिट ट्रेक्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ,… Continue reading धौलागिरि हिमाल चुचुरोमा पुगे ८ आरोही
Category: समाचार
काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?
काठमाडौं । आज काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा जारी छ । जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर मौसम अझै तीन दिन बदली रहने छ । पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना छ । अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया… Continue reading काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?
संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
काठमाडौं । आज बस्ने संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । संसद… Continue reading संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि
काठमाडौं । अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा नागरिक समाजका अगुवाहरूलाई उद्धृत गर्दै हिन्दूराष्ट्रका पक्षमा बोल्न नेपालका नेताहरूलाई पैसा दिँदै आएको दाबी गरेको… Continue reading हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि
ट्याक्टरको ठक्करबाट पाँचथरमा २ दिदी-बहिनीको मृत्यु
काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(७ मा बुधबार ट्र्याक्टरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय कमल सुवेदीका विद्यालय जाँदै गरेका ९ वर्षीया छोरी गंगा र १३ वर्षीया पुजनालाई मे १ त २९६१ नम्बरको ट्र्याक्टरले बिहान साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका दिदीबहिनीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी… Continue reading ट्याक्टरको ठक्करबाट पाँचथरमा २ दिदी-बहिनीको मृत्यु
सर्वोच्चको फैसलाविरुद्ध नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो । पार्टीका… Continue reading सर्वोच्चको फैसलाविरुद्ध नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा
पासाङ ल्हामुका श्रीमानले गरे सगरमाथाको सफल आरोहण
काठमाडौं । पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पा अध्यक्ष रहेको कम्पनी थामशेर्कु ट्रेकिङका अनुसार उनले बुधबार बिहान साढे ७ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका हुन् । थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका सबैभन्दा अग्ला चुचुरो चुम्ने रेकर्ड… Continue reading पासाङ ल्हामुका श्रीमानले गरे सगरमाथाको सफल आरोहण
युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण
काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले फेरि हवाई आक्रमण गरेको छ । यस महिनामा रुसको यो लगातार आठौं आक्रमण हो । युक्रेनका अधिकारीले किभलाई लक्षित गरी सोमबार प्रहार गरिएका १८ वटा मिसाईलाई नष्ट गरेको बताएका छन् । तर, रुसले आफ्ना ड्रोन र मिसाइल लक्षित क्षेत्रमा नै खसेको दाबी गरेको छ । यी आक्रमणका कारण दुई देशबीचको युद्ध झनै चर्किने… Continue reading युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण
पाकिस्तानमा कोइला खानीका विषयमा विवाद हुँदा डेढ दर्जन मानिस मारिए
काठमाडौं । पाकिस्तानमा कोइला खानीका विषयमा भएको विवादमा दुई आदिवासी समुदायबीच झडप भएको छ । सो क्रममा कम्तिमा १६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानको कोहट सहरमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरी कार्यालयलाई उद्धृत गरी समाचार संस्था एएनआईले जनाएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच… Continue reading पाकिस्तानमा कोइला खानीका विषयमा विवाद हुँदा डेढ दर्जन मानिस मारिए
डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो
काठमाडौं । नेपाल आयल निगमले डेढ महिनाको अवधिमा डिजेल र मट्टीतेलको मूल्य २० रुपैयाँले घटाएको छ । गत चैत २० मा डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १०–१० र पेट्रोलमा ३ रुपैयाँ मूल्य घटाएको निगमले गतरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०–१० रुपैयाँले मूल्य घटाएको हो । तर पेट्रोल, हवाई इन्धन र खाना पकाउने… Continue reading डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घट्यो
अर्घाखाँचीमा जंगलमा आगो लगाउने चार जना पक्राउ
काठमाडौं । अर्घाखाँचीको भूमिकास्थानमा चार जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २६ गते भूमिकास्थान नगरपालिका वडा नम्बर २ स्थित तिरतिरे जंगलमा लगाइएको डढेलो घरमा सल्किन पुग्दा जलेर चार जनाको ज्यान गएको थियो। आगलागीमा परी गम्भीर घाइते भएका भूमिकास्थान २ बेल्बासे टोलका ७२ वर्षीय पिताम्बर बेल्बासे,… Continue reading अर्घाखाँचीमा जंगलमा आगो लगाउने चार जना पक्राउ
नागरिक अगुवाले गृहमन्त्रीलाई भेटेर जनाए ऐकिवद्धता
काठमाडौं । नागरिक अगुवाद्वय डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । उनीहरूले मंगलबार गृहमन्त्री श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको कदममा ऐक्यबद्धता जनाएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको एक्सनलाई समर्थन र बधाई दिंदै उनीहरूले थप अपेक्षाका साथ नागरिक खबरदारीसमेत गरेका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार दुवै जनाले सरकारको पछिल्लो कदमले केही… Continue reading नागरिक अगुवाले गृहमन्त्रीलाई भेटेर जनाए ऐकिवद्धता
नक्कली भुटानी शरणार्थी काण्डमा गगन थापाले दिए पहिलो प्रतिक्रिया
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी काण्डमा पहिलो प्रतिक्रिया दिएका छन् । उनले भ्रष्टाचारविरूद्धको अभियान र नक्कली भुटानी शरणार्थी प्रकरणबारे उनले दुई पेज लामो धारणा सार्वजनिक गरेका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय… Continue reading नक्कली भुटानी शरणार्थी काण्डमा गगन थापाले दिए पहिलो प्रतिक्रिया
नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिएका हुन्। सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। त्यसैका लागि सुझाव लिन मंगलबार सिंहदरबारमा प्रधानमन्त्री… Continue reading नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले मागे सत्तारुढ दलसँग सुझाव
मुकेश कायस्थलाई सहिद घोषणा
काठमाडौं । सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिन अघि दिवंगत भएका कायस्थलाई सहिद घोषणा गरेको हो। दोस्रो जनआन्दोलनका घाइते कायस्थलाई यसअघि जिउँदा सहिद घोषणा गरिएको थियो। २०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर मूल्यसूची आएको निगमले जनाएको छ । निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१… Continue reading भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ
रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर
काठमाडौं । टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सदर गरेको हो । इजलासले भनेको छ- अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन। यो निर्णयसँगै… Continue reading रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर
‘शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था देख्दिनँ’
काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणले सत्ता गठबन्धन फेरबदल नहुने बताएको छ। कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार पत्रकार सम्मेलन गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणले वर्तमान सत्ता गठबन्धन तलमाथि नहुने बताएका हुन्। सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी,… Continue reading ‘शरणार्थी प्रकरणलाई लिएर सत्ता समीकरण फेरबदल हुने अवस्था देख्दिनँ’
ललितपुर महानगरले भन्यो : सुन्दरताको अभियानमा अवरोध नगर्नुहोस
काठमाडौं । ललितपुर महानगरपालिकाले नगरलाई सुन्दर बनाउने अभियानमा अवरोध नगर्न भनेको छ । महानगरपालिकाले सञ्चालन गरेको सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणको अभियानमा केही व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक जग्गा तथा सम्पत्ति अतिक्रमणमा लागेको र आफ्नो घरको गेट समेत सार्वजनिक बाटोतर्फ खोल्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बाटोमा प्रयोग गरी अरु नागरिकलाई समेत अवरोध सृजना… Continue reading ललितपुर महानगरले भन्यो : सुन्दरताको अभियानमा अवरोध नगर्नुहोस
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । देशको पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदली भएको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने भएको छ । कोशी प्रदेश र बागमती प्रदेशका… Continue reading आज कस्तो रहनेछ मौसम ?
दैलेखमा चट्याङ लागेर एकै परिवारका चार घाइते
काठमाडौं । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका २ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनीहरु घरभित्रै सुतिरहेका बेला चट्याङ… Continue reading दैलेखमा चट्याङ लागेर एकै परिवारका चार घाइते
काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीबाटै भवनको नक्सापास गर्न सकिने व्यवस्था गरेको छ । भवनको नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्डकपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको महानगरले जनाएको छ । ३१ वैशाखमा मेयर बालेन्द्र साहले एक निर्णय गर्दै सोमबारदेखि कागजरहित सेवा सुरु गरेका हुन् । भवनको नक्सा अनलाइन… Continue reading काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने
टोपबहादुर पक्राउबारे संसदलाई जानकारी
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ भएकाे जानकारी गराएका छन् । सभामुख घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझीकाे पक्राउबारे संसदलाई जानकारी गराएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले गएराति बुढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो। पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि सभामुख घिमिरेले संसदलाई जानकारी गराएका हुन्… Continue reading टोपबहादुर पक्राउबारे संसदलाई जानकारी
टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद एवं सचिव टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका रायमाझीलाई प्रहरीले आइतबार साँझ बुढानिलकण्ठबाट पक्राउ… Continue reading टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
अदालतमा टोपबहादुर, हात हल्लाउँदै भित्र छिरे
काठमाडौं । आइतवार पक्राउ परेका नेकपा (एमाले) सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिल कार्यालयमा उपस्थित गराएको छ। हिरासतबाट सोझै ल्याइएका उनी सरकारी वकिल कार्यालयमा आत्मविश्वासका साथ उपस्थित भएको देखियो।अदालतमा जाँदै गर्दा गाडीबाट ओर्लिएपछि टोपबहादुरको मुहारमा मुस्कान देखियो। उनको तस्बिर लिनका लागि अदालत परिसरमा उपस्थित सञ्चारकर्मीतर्फ फर्किँदै रायमाझी मुस्कुराए र हात हल्लाउँदै अदालतभित्र… Continue reading अदालतमा टोपबहादुर, हात हल्लाउँदै भित्र छिरे
पासाङ दावाले चढे २६ पटक सगरमाथा, कामी रिताको विश्व कीर्तिमान बराबर
काठमाडौं । पासाङ दावा शेर्पाले सर्वोच्च शिखर सगरमाथामा सर्वाधिक पाइला राख्नेको कीर्तिमान बराबर गरेका छन् । आइतबार बिहान २६औँ पटक सगरमाथाको चुचुरोमा पाइला राख्दै अर्का कीर्तिमानी कामी रिता शेर्पासँग बराबरी गरेका हुन्। पासाङ दावाले हंगेरीका क्लाइन्टसँग सगरमाथा आरोहण गरेको उनको कम्पनी इम्याजिन नेपाल ट्रेक्सले जनाएको छ। सन् १९९८ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका पासाङले… Continue reading पासाङ दावाले चढे २६ पटक सगरमाथा, कामी रिताको विश्व कीर्तिमान बराबर
काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट दुुई साता मेलम्चीको पानी वितरण नहुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु–१ मा रहेको आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाकाअनुसार सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान… Continue reading काठमाडौंमा मेलम्चीको पानी वितरण दुई साता बन्द
अमेरिकी सञ्चार नेटवर्क सीएनआईको घुम्न लायक स्थानको सूचीमा मुस्ताङ
काठमाडौं । अमेरिकाको चर्चित मिडिया कम्पनी केबल न्युज नेटवर्क (सीएनएन) ले सन् २०२३ मा घुम्न लायक उत्कृष्ट ठाउँहरूको सूचीमा नेपालको मुस्ताङ उपत्यकालाई समेटेको छ । सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूची सार्वजनिक गर्दै सीएनएनले नेपालको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँलाई १६ औँ नम्बरमा राखेको छ । एउटा फोटोसहित सीएनएनले हिमालय र… Continue reading अमेरिकी सञ्चार नेटवर्क सीएनआईको घुम्न लायक स्थानको सूचीमा मुस्ताङ
सरकारको नीति तथा कार्यक्रम ५ जेठमा प्रस्तुत हुने
काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाउने भएका छन् । यसबारे सरकारले राष्ट्रपति कार्यालय र संसद सचिवालयमा जानकारी गराएको छ । राष्ट्रपति पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम संसदमा… Continue reading सरकारको नीति तथा कार्यक्रम ५ जेठमा प्रस्तुत हुने
मोखा चक्रवातको असर नेपालमा कति ?
काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। पश्चिमी वायु र स्थानीय वायुकै प्रभावको कारणले आइतबार काठमाडौं लगायत देशको केही भूभागमा हावाहुरी चल्नुका साथै वर्षा भएको थियो। सोमबार पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको बताइएको छ । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक… Continue reading मोखा चक्रवातको असर नेपालमा कति ?