यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य

१३ असोज, म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु। पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैँया १०० सम्म घटेको हो । बेनीका भरत रकालले गत वर्ष रु। ४० हजार तिरेर भेडाच्याङग्रा… Continue reading यस वर्ष सस्तियो दशैंका भेडाच्याङग्राको मूल्य

काठमाडौंको भीमसेनस्थान नजिक भीषण आगलागी

१३ असोज, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ । नेपाली सेना, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिए । उनले भने,… Continue reading काठमाडौंको भीमसेनस्थान नजिक भीषण आगलागी

आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?

तस्बिर : हरिराम भेटुवाल / रासस

१३ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु एवं स्थानीय वायुको समेत प्रभाव कमजोर रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू–भागका… Continue reading आज बिहानैदेखि काठमाडौंमा वर्षा, अन्य स्थानको मौसम कस्तो छ ?

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

१३ असोज, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । घटनामा २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं। को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको… Continue reading अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

ओलीसहितका नेतालाई विदेश जान रोक लगाएकोमा एमालेको आपत्ति

१२ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकार राजनीतिक प्रतिशोधको बाटोमा अगाडी बढेको निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढ्न नहुने निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकको निर्णयबारे… Continue reading ओलीसहितका नेतालाई विदेश जान रोक लगाएकोमा एमालेको आपत्ति

भारतमा अभिनेता विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

Relatives of people who were killed in a stampede during a rally for a popular Indian actor and politician, mourn as they take the bodies from a hospital, in Karur, in the southern state of Tamil Nadu, Sunday, Sept. 28, 2025. (AP Photo)

१२ असोज, तमिलनाडु । दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ । शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी भिड… Continue reading भारतमा अभिनेता विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

सुनचाँदीको मूल्य निरन्तर अकासिदो, आज पुनः कीर्तिमानी भाउ

१२ असोज, काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै… Continue reading सुनचाँदीको मूल्य निरन्तर अकासिदो, आज पुनः कीर्तिमानी भाउ

सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने

१२ असोज, काठमाडौं । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहनेभएका छन् । सार्वजनिक बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय आवश्यकताका आधारमा १३ वटा डिपो तथा कार्यालय खुला रहने निगमले जनाएको छ । निगमका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा… Continue reading सार्वजनिक बिदामा पनि निगमका १३ वटा डिपो खुला रहने

‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

१२ असोज, काठमाडौैं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल काम अगाडि बढाउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समितिको वर्गीकरणपश्चात् त्यस आधारमा घाइतेलाई उचित राहतको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले गत भदौ… Continue reading ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणका लागि प्राविधिक समिति गठन गरिने

ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

१२ असोज, काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले आज… Continue reading ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

दशैंलाई पूर्व राजाको सन्देश : अखण्ड नेपालको नवनिर्माण गरौं

१२ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका छन् । दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं… Continue reading दशैंलाई पूर्व राजाको सन्देश : अखण्ड नेपालको नवनिर्माण गरौं

घटस्थापनायता पौने ३ लाखले उपत्यका छाडे

दसैँ मनाउन घर जान शनिबार बिहान गोङ्गबुस्थित नयाँ बसपार्कमा टिकट लिन लामबद्ध यात्रुहरु । तस्बिर : हरिराम भेटुवाल / रासस

१२ असोज, काठमाडौं । असोज ६ गते घटस्थापनाकादेखि शनिबारसम्म दुई लाख ६७ हजार ४४१ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । अध्ययन÷अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकामध्ये आज ११ गतेसम्म दुई लाख ६७ हजार ४४१ जनाले काठमाडौँ उपत्यका छोडेका प्रहरीले जनाएको छ । नागरिक उपत्यका छोडेर गृहजिल्लातर्फ जान थालेपछि अहिले उपत्यकामा सवारी चाप… Continue reading घटस्थापनायता पौने ३ लाखले उपत्यका छाडे

चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगर प्रहरी बलद्वारा आयोजना गरिएको चाडपर्व लक्षित सुरक्षा सचेतना र्‍यालीमा प्लेकार्डसहित सहभागी ट्राफिक प्रहरी। तस्बिरः विमलबहादुर बिष्ट/रासस

१२ असोज, काठमाडौं । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । “भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि… Continue reading चाडपर्वलक्षित सुरक्षाका लागि देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

१२ असोज, म्याग्दी । विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि… Continue reading धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

‘इभी’ सवारी दुर्घटनामा १७ जना घाइते

१२ असोज, काँक्रेविहार । नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि मल्ल… Continue reading ‘इभी’ सवारी दुर्घटनामा १७ जना घाइते

कपुरकोटमा माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु

रूकुम बाँफिकोटबाट दाङको तुलसीपुरतर्फ आउदै गर्दा गएराति सल्यान कपुरकोट-३ चोरखोलामा दुर्घटना भएको लु २ ख ६५०२ नम्बरको गाडी। यात्रुवाहक हाइस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । तस्बिरः दीपक बोहरा/रासस

१२ असोज, दाङ । रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आइरहेको यात्रुवाहक माइक्रोबस (हाइस) दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–५ निवासी ६७ वर्षीय पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले जानकारी दिए… Continue reading कपुरकोटमा माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु

नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

१२ असोज, काठमाडौं । वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर… Continue reading नेपालले टेष्ट राष्ट्रविरुद्ध पहिलो पटक जित निकाल्दै रच्यो इतिहास

नयाँ पुस्ताले सिंहदरबारमा आगो लगाएका होइनन्, घुसपेठ भयो : ओली

११ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका छन् । युवा सङ्घ नेपालले आज गुण्डुमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण, सुशासन… Continue reading नयाँ पुस्ताले सिंहदरबारमा आगो लगाएका होइनन्, घुसपेठ भयो : ओली

‘ट्राभल एड्‌भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरुलाई पर्यटन बोर्डको आग्रह

११ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणका लागि जारी गरिएका विभिन्न देशका यात्रा सल्लाह (ट्राभल एड्भाइजरी) खुकुलो बनाइदिन आग्रह गरेको छ । दशैंको अवसरमामा काठमाडौंमा बिहीबार बेलुका आयोजित ‘मिट एण्ड ग्रीट विथ डिप्लोम्याटिक कोर्प्स’ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपाल अहिले सामान्य अवस्थामा फर्किएको र पर्यटक भ्रमणका लागि पूर्ण सुरक्षित… Continue reading ‘ट्राभल एड्‌भाइजरी’ खुकुलो बनाइदिन दूतावासहरुलाई पर्यटन बोर्डको आग्रह

४६ औं विश्व पर्यटन दिवस : नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश

११ असोज, काठमाडौं । ४६ औं विश्व पर्यटन दिवसको अवसरमा नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रवाह गरिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा शनिबार बोर्डको सभा हलमा भएको कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालको पर्यटन पछिल्लो जेनजी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको… Continue reading ४६ औं विश्व पर्यटन दिवस : नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश

सडकका २३४ रुग्ण ठेक्का तोड्दै कुलमान, निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने

११ असोज, काठमाडौं । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएका तर काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका २३४ वटा रुग्ण ठेक्का तोडिने भएको छ । सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालयहरु, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्का तोड्न लागिएको हो । संघीय सडक सुपरीवेक्षण… Continue reading सडकका २३४ रुग्ण ठेक्का तोड्दै कुलमान, निर्णय नगर्ने कर्मचारीमाथि छानबिन हुने

सर्लाहीमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

११ असोज, बरहथवा । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छभने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा परेर प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५… Continue reading सर्लाहीमा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती

११ असोज, पाँचथर । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय… Continue reading तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुलाई सास्ती

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

एजेन्सी११ असोज, मस्को । रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस महिनाभरि विषाक्त मदिरा सेवनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ । क्षेत्रीय सरकारको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, तीमध्ये आठ जनाको मृत्यु प्रयोगशालामा पुष्टि भएको ‘मिथेनोल विषाक्तता’ का कारण भएको देखिएको छ । यस घटनामा संलग्न रहेको आशङ्कामा एक पुरुष र एक महिलालाई… Continue reading विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

जर्मनीले अन्तरिक्ष सुरक्षामा ३५ अर्ब युरो लगानी गर्दै

expatrio

एजेन्सी११ असोज, काठमाडौं । जर्मनीले आफ्नो अन्तरिक्ष सुरक्षा क्षमताहरू थप सुदृढ बनाउन आगामी पाँच वर्षमा ३५ अर्ब युरो (करिब ४०.९५ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना घोषणा गरेको छ। यो महत्वपूर्ण निर्णय जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनमा आयोजित स्पेस कंग्रेसमा आदरपूर्वक प्रस्तुत गरेका हुन् । उनले जर्मनीले छिट्टै राष्ट्रिय अन्तरिक्ष सुरक्षा प्रणालीको स्थापना गर्ने जानकारी… Continue reading जर्मनीले अन्तरिक्ष सुरक्षामा ३५ अर्ब युरो लगानी गर्दै

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

रासस११ असोज, काभ्रेपलाञ्चोक । विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो । दोस्रो किस्ताका लागि कार्यालयको खातामा निकासा भएको करिब रु… Continue reading विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

सुबास ढुंगाना/रासस

११ असोज, काठमाडौं । कम्तीमा पनि १०० महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम ब्याजदरमा कर्जा प्रदान गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनत्तम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधारदरमा बढीमा एक प्रतिशत बिन्दु प्रिमियम… Continue reading महिलालाई रोजगारी दिएका उद्योगलाई विशेष सहुलियत

मनसुनी वायूको प्रभाव कमजोर, यात्रा सहज हुने

११ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । आज दिउँसो मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको… Continue reading मनसुनी वायूको प्रभाव कमजोर, यात्रा सहज हुने

ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

(AP Photo/Jae C. Hong)

एजेन्सी११ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गरेका छन् । गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो । अक्टोबर १… Continue reading ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

११ असोज, काठमाडौं । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) को सुरु गरेको छ । उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले आज सो प्रणालीको शुभारम्भ गरे । सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी सम्पादन गरी कागजरहित बनाउने सरकारको अवधारणालाई कार्यान्वयन गर्न यो… Continue reading अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू