निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौँ, ९ पुस । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको कामलाई एकैसाथ अगाडि बढाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको… Continue reading निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

मन्त्रिहरु आज पनि पार्टी कार्यालय भ्रमणमा जाने

File तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, ९ पुस । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो । समितिले विहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे… Continue reading मन्त्रिहरु आज पनि पार्टी कार्यालय भ्रमणमा जाने

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

माधवप्रसाद घिमिरे–राससपाटन (ललितपुर), ९ पुसः विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको आश्रममा मङ्गलबार चहलपहल थिएन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा यो आश्रम ध्वस्त भएपछि त्यसयता आश्रम सुनसान छ । आगजनी र तोडफोडपछि आश्रम भग्नावेशष अवस्थामा छ । त्यसैले पुस ८ गते पर्ने भट्टराईको… Continue reading जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

सुनको मूल्य भारी वृद्धि

काठमाडौँ, ८ पुस । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको… Continue reading सुनको मूल्य भारी वृद्धि

चिनियाँ राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट

काठमाडौँ, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत छनप्रति धन्यवाद ज्ञापन गरे ।

शीर्ष नेता र सरकारबीचको संवादले चिर्ला निर्वाचनको शंका ?

८ पुस, काठमाडौं । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनाव हुने की नहुने भन्ने अन्योल जारी छ । निर्वाचन आयोगले प्राविधिक तयारीको काम तिव्र गतिमा गरेको छ । तर, एक हुन नसकेका जेन जी समूह, राजनीतिक दलहरुमाथि गरिने अविश्वास र ताजा आक्रमणका घटनासहितले निर्वाचनमा अन्यौल कायम रहेको हो । यसैबीच सरकार र राजनीतिक… Continue reading शीर्ष नेता र सरकारबीचको संवादले चिर्ला निर्वाचनको शंका ?

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ, ८ पुस । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने विषयमा सरकार र प्रमुख दलबीच समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमार्लेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक… Continue reading निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

राससवालिङ (स्याङ्जा), ८ पुस : स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको सो स्थानबाट स्याङ्जा, पर्वत, गुल्मी, पाल्पा, कास्की जिल्लाका केही स्थान देखिन्छ । साथै उत्तरतिर हिउँले ढाकिएका माछापुच्छ्रे, अन्नपूर्ण, नीलगिरि, धवलागिरिलगायत मनमोहक हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न पाइने भएकाले… Continue reading राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी, ८ पुस । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल… Continue reading दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रेपलाञ्चोक, ८ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले झरनाको पुनर्निर्माण थालिएको छ । गत वर्षको बाढीपहिरोले झरनालाई क्षति पुर्याएपछि गाउँपालिका कार्यालयद्वारा पुनर्निर्माण थालिएको हो । प्राकृतिक सौन्दर्यता झल्किएको उक्त झरनामा पर्यटकको आकर्षण बढ्न थालेपछि केही वर्षअघि मात्रै बागमती प्रदेश सरकार, गाउँपालिका कार्यालयलगायत विभिन्न संस्थाको साझेदारीमा रु ३५ लाख लगानी गरी… Continue reading बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

राससकास्की, ८ पुसः पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ । यसका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ । महानगरभित्र पर्ने राजमार्ग क्षेत्र र नगर क्षेत्रका प्रमुख सडकका वर्कसप र कवाडी सङ्कलन केन्द्रहरूलाई हटाउने तयारी सुरु गरिएको हो । पृथ्वी राजमार्गको पोखराको प्रवेशद्धार कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ… Continue reading पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका—३ ठिङ्गरमा चिसोले बरफ बनेर जमेको ठिङ्गर खोला । हिउँदयामको अत्यधिक चिसोका कारण नदीनाला, सिँचाइ कुलो, धारालगायत चिसोले जम्न थालेपछि स्थानीयको जनजीवन समेत प्रभावित बनेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीको समय तापक्रम माईनस २० डिग्री सेल्सियसमा झर्ने गरेको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

राससमुस्ताङ, ८ पुसः माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर… Continue reading माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

अत्यधिक चिसो बढेपछि गौरमा विद्यालय बन्द

चन्द्रपुर (रौतहट) । ८ पुस । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका लागि बिदा दिएको छ । सोमबार गौर नगरपालिकाले सूचना जारी गदै आजदेखि आउँदो पुस ११ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको हो । केही दिनदेखि अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठनपाठनमा… Continue reading अत्यधिक चिसो बढेपछि गौरमा विद्यालय बन्द

निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ, ८ पुस । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् । निर्वाचन आयोगले… Continue reading निर्वाचन ७२ दिन बाँकी : यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

राससकाठमाडौँ, ८ पुस । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा… Continue reading संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा, ८ पुस । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले रसुवा–केरूङ आउजाउ गर्ने सीमा पास नवीकरण गर्न थालेको छ । मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि सामान आयातका क्रममा केरुङतर्फ जाने सवारीचालकको पास नवीकरण प्रक्रिया आइतबारबाट सुरु भएको हो । निमित्त अध्यागमन प्रमुख मेघनाथ शर्माका अनुसार यही आइतबार सात जनाको नवीकरण, पाँच जनाको प्रतिलिपि… Continue reading मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

मनाङमा भेटियो नयाँ ताल, प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ, ८ पुसः जिल्लाको चामे गाउँपालिका ४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो । सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने गाउँपालिका कार्यालयले जनाएको छ । सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्याङ्कन तथा अध्ययन गर्ने… Continue reading मनाङमा भेटियो नयाँ ताल, प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

भरत केसी–राससलुम्बिनी, ७ पुसः पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्रिय राजमार्ग विस्तार गर्ने आयोजना अघि बढेको एक वर्ष हुन लाग्दा आवश्यक नदीजन्य सामग्री र माटोको अभाव देखिएको हो । संरचना निर्माणका कामले गति लिए पनि नदीजन्य सामग्री अभाव हुँदा काम प्रभावित भएको छ ।… Continue reading बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएको जेन-जीको एक गुटलाई प्रहरीले लखेट्यो

काठमाडौँ, ७ पुस । मिराज ढुङ्गाना नेतृत्वको जेनजी गुटको आह्वानमा माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुने आठ जना युवालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालबाट अनुमति नलिइ माइतीघर मण्डला क्षेत्रमा कुनै पनि किसिमका सभा, विरोध, धर्ना, ¥यालीजस्ता कार्यक्रम गर्न नपाइने कानुनी व्यवस्था उल्लङ्घन गरी प्रदर्शनमा सहभागी भएको आरोपमा रविकिरण हमालसहितका युवालाई… Continue reading माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएको जेन-जीको एक गुटलाई प्रहरीले लखेट्यो

एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ, ७ पुस । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने दुईवटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ । एमसिए–नेपालले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व-पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा-कुमार संयुक्त उपक्रमसँग करिब दुई… Continue reading एमसिए-नेपालद्वारा दुई वटा सम्झौतामा हस्ताक्षर

सुनकोशी मरिण डाइभर्सनमा पुन: ठेक्का लगाउने तयारी

७ पुस, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायत सिभिल संरचना, गेटलगायत हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडेपछिको मूल्याङ्कन भइरहेको छ । आयोजनाले २४ कात्तिकमा उक्त प्याकेज निर्माणका लागि पटेल—रमण जेभी, जनकपुर—९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने १४ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्झौतामा भएको व्यवस्था बमोजिम… Continue reading सुनकोशी मरिण डाइभर्सनमा पुन: ठेक्का लगाउने तयारी

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद पुनर्स्थापनामा जोड

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष ओलीसँग एमाले महासचिव शङ्कर पोखरेल पनि थिए । यसअघि गत मङ्सिर १९… Continue reading सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, संसद पुनर्स्थापनामा जोड

निर्वाचन आयोगले भन्यो : तोकिएको मितिमै चुनाव गर्न तयार छौं

सर्वदलीय बैठकमा सहभागी

काठमाडौँ, ७ पुस । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग सरकारको प्राथमिकताअनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको छलफलमा उनले तोकिएको समयमै निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको… Continue reading निर्वाचन आयोगले भन्यो : तोकिएको मितिमै चुनाव गर्न तयार छौं

प्रधानमन्त्रीले सर्वदलीय बैठकलाई सम्बोधन गर्दै भनिन् : समयमै निर्वाचन हुन्छ

प्रधानमन्त्री सुशीला कार्की सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन, कानुन एवं व्यवस्थापनसम्बन्धी राजनीतिक दलहरु र नागरिक प्रतिनिधिहरुसँगको छलफलमा सहभागी हुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, ७ पुसः प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छिन् । सिंहदरबारमा आज निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकारभएकाहरूबीच भएको बैठकमा उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन् । प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनका सवालमा धेरैले सुरक्षा… Continue reading प्रधानमन्त्रीले सर्वदलीय बैठकलाई सम्बोधन गर्दै भनिन् : समयमै निर्वाचन हुन्छ

सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

काठमाडौँ, ७ पुस । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएको राजनीतिक दलका कार्यालयको अनुगमन गर्ने भएको छ । यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री… Continue reading सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

राससपर्वत, ७ पुस । यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ । जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको… Continue reading पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

काभ्रेपलाञ्चोक, ७ पुस । अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्न्तीकार्यलाई तीब्रता दिइएको छ । गत मङ्सिर अन्तिम साता म्याद सकिएर पुनः एकवर्ष थपिएपछि स्तरोन्नतीकार्यलाई तीव्रता दिइएको हो । आठ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि विसं २०७९ मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त… Continue reading अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

७ पुस, काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरुङ मार्गसम्म… Continue reading सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ, ७ पुस । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको बन्द… Continue reading निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

राससभक्तपुर, ७ पुस ।भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले गत मङ्सिरभरि जिल्लामा घटेका घटनाको विवरण आज सार्वजनिक गर्दै १४ वटा गम्भीर अपराधका घटना भएका जनाएको हो । परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले एक महिनामा ३७ जना पक्राउ परेका जनाउँदै १३२ मुद्दा… Continue reading भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध