तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

कोरलानाकाबाट भित्रिए एक सय बढी चाईनिज ईभी गाडी

२ असोज, मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा रु नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो । कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । तर, कार्यालयको आन्तरिक तयारी तथा व्यवस्थापन गर्नुपर्ने… Continue reading तीन दिनमा मुस्ताङ भन्सारमा नौ करोड ७० लाख राजस्व सङ्कलन

भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

एजेन्सी२ असोज, नयाँ दिल्ली । भारतमा अनलाइन जुवामा गरिएको प्रतिबन्धले सयौँ करोड प्रयोगकर्ताहरूलाई सेवा दिने अर्बौं डलरको उद्योग बन्द गराएको छ र राष्ट्रिय क्रिकेट टोलीको प्रायोजनसमेत प्रभावित पारेको छ । तर खेलाडीहरूको भनाइमा शर्त लगाउन अडिग मानिसहरूले विदेशी र अनियमित वेबसाइटतर्फ जाने बाटो फेला पारिरहेका छन् । यद्यपि नगदका लागि नभई पुरस्कारका लागि काल्पनिक खेल… Continue reading भारतमा जुवा प्रतिबन्ध, खेलप्रेमी अवैध साइटतर्फ मोडिँदै

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

file

२ असोज, बैतडी । पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो । पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ । राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि छुटेका गाडी र दार्चुलाबाट छुटेका… Continue reading पहिरोले महाकाली राजमार्ग अवरुद्ध

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

rss

२ असोज, भोजपुर । भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा… Continue reading प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

२ असोज, गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्कअनुसार… Continue reading कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

संविधान दिवस सरकारी स्तरमै मनाइने

rss

१ असोज, काठमाडौ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ विगतमा जस्तै यस वर्ष पनि विविध कार्यक्रम आयोजना गरी देशव्यापी रुपमा मनाइँदैछ । सरकारले मुलुकको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने मूल कानुन ‘संविधान’ जारी भएको दिनलाई देशव्यापी रुपमा मनाउन आह्वान गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा यही असोज ३ गते बिहान सैनिक मञ्च, टुँडिखेलमा… Continue reading संविधान दिवस सरकारी स्तरमै मनाइने

पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

१ असोज, काठमाडौं । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर आज राति ८ः२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा महशुस… Continue reading पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

१ असोज, काठमाडौं । नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । प्रदेश कमिटीले आज माइतीघर मण्डलामा मौनधारण गरी दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, पत्रकार महासंघ काठमाडौँ,… Continue reading जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

मन्त्रीद्वयद्वारा मन्त्री आवास अवलोकन

rss

१ भदौ, ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज ललितपुर–१८ भैँसेपाटीस्थित मन्त्री निवासको अवलोकन गरेका छन् । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा मन्त्री आवासमा आगजनी भएको थियो । मन्त्री घिसिङले अवलोकनपछि तत्काल निर्माण गर्न सकिने संरचनाका लागि काम सुरु गर्ने प्रतिबद्धता जनाए । उनले भने, “मन्त्री निवासमा… Continue reading मन्त्रीद्वयद्वारा मन्त्री आवास अवलोकन

मन्त्रीद्वय घिसिङ र अर्यालद्वारा प्रहरी अस्पताल निरीक्षण

१ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले आज महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुले आज बेलुका त्यहाँ पुगेर अस्पतालको निरीक्षणसँगै गत भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । हाल सो अस्पतालमा… Continue reading मन्त्रीद्वय घिसिङ र अर्यालद्वारा प्रहरी अस्पताल निरीक्षण

पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

१ असोज, काठमाडौं । आज पहिरोका कारण विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकोमा बिहान साढे ८ बजेबाट सञ्चालनमा आएको छ । कर्णाली राजमार्गको ‎गगनेखोला क्षेत्रमा… Continue reading पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

rss

१ असोज, काठमाडौं । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गर्न लागिएकोे हो । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर… Continue reading आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै, के छ महत्व ?

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

तस्बिर : हरिराम भेटुवाल/ रासस

१ असोज, काठमाडौ । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो । जारी विज्ञप्तिमा भनिएको छ, “यही भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका… Continue reading राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

कोराला नाका चल्दा व्यवसायी उत्साही

कोरलानाकाबाट भित्रिए एक सय बढी चाईनिज ईभी गाडी

१ असोज, म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि… Continue reading कोराला नाका चल्दा व्यवसायी उत्साही

बिहीबारदेखि पुनः शेयर कारोबार हुने

१ असोज, काठमाडौं । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै… Continue reading बिहीबारदेखि पुनः शेयर कारोबार हुने

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

१ असोज, भोजपुर । यहाँस्थित सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । सदरमुकाम नजिकै पर्ने यो रमणीय स्थान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ स्थानीय परिकारको स्वाद चाख्दै, सुन्दर हिमशृङ्खला र मनोरम दृश्यको अवलोकन गर्न पाइन्छ । प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक विविधताको अनुभव लिन पनि यो ठाउँमा आन्तरिक पर्यटकको चाप बढ्न… Continue reading पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

कर तिर्ने समय एक महिना थप

३१ भदौ, काठमाडौं । सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । “कर तिर्ने समय एक महिना थप्ने निर्णय भइसकेको छ । छिट्टै राजपत्रमा सूचना प्रकाशित हुन्छ”,… Continue reading कर तिर्ने समय एक महिना थप

कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

३१ भदौ, काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ । आज यहाँ भएको बैठकले विद्यमान खरिद ऐन तथा नियमावलीले छिटो र सरल विधिबाट खरिद गर्न अप्ठ्यारो पर्ने देखिएमा ऐन नियमावलीको संशोधनको… Continue reading कर्मचारी कटौतीदेखि पुनर्निर्माणसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

शवयात्रामा ऊर्जामन्त्री घिसिङ काठमाडौँ, ३१ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, एवं सहरी विकासमन्त्री कुलमान घिसिङ मङ्गलबार आन्दोलनको क्रममा निधन भएका व्यक्तिहरूको शवयात्रामा सहभागी हुनुहुँदै । तस्बिर सौजन्यः उर्जामन्त्री घिसिङको सचिवालय÷रासस

३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए । आर्यघाटमा मृतकका शवलाई सुरक्षा निकायले सलामीसहित सम्मान पनि गरेको छ… Continue reading जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका छ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्‍याइएको छ । यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्यसहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्ला पुर्‍याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।… Continue reading जेनजी प्रदर्शनमा मृत्यु भएका छ जनाको शव जिल्लामा पुर्‍याइयो

आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

३१ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी भएको नेपाल कम्युनिष्ट माओवादी (माओवादी केन्द्र)को पार्टी कार्यालय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा सरसफाइ गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको तीन तलामा छरपस्ट अवस्थामा रहेका फोहरलगायतका सामग्री एक ठाउँमा केन्द्रित गरिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । त्यसअघि अध्यक्ष दाहालले क्षतिग्रस्त पार्टी कार्यालयको… Continue reading आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए प्रचण्ड, पार्टी कार्यालय सरसफाइ

निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

RSS

३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न अर्थमन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्री… Continue reading निर्वाचन र पुनःनिर्माणका लागि बजेट स्रोत खोज्न तीन सदस्यीय कार्यदल गठन

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

३१ भदौ, चितवन । चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी… Continue reading गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

(AP Photo/Manuel Balce Ceneta)

एजेन्सी३१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ) मा प्रमुख नीतिगत बिषयमा छलफलका लागि बैठक सुरु हुनुभन्दा एक दिन पहिले बैङ्कमाथि दबाब बढाउँदै व्यापक ब्याजदर कटौतीको लागि सोमबार आह्वान गरेका छन् । आफ्नै लगानीको सामाजिक सञ्जाल (ट्रुथ सोसल प्लेटफर्म)मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अहिले नै… Continue reading ट्रम्पले ब्याजदर कटौतीको लागि केन्द्रीय बैंकलाई दिए दबाब

विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

Photo : CNN

एजेन्सी३१ भदौ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार गाजा पट्टीमा करिब दुई वर्षको आक्रमणका कारण इजरायल अन्तर्राष्ट्रिय एक्लोपनमा जान लागेको र आत्मनिर्भर बन्न आवश्यक रहेको बताएका छन् । जेरुसेलममा आयोजित एक आर्थिक सम्मेलनमा बोल्दै नेतान्याहूले मिडिया र सामाजिक सञ्जालमा इजरायल विरोधी बहसलाई दोष दिँदै भने, “इजरायल एक प्रकारको एक्लोपनमा प्रवेश गरिरहेको छ ।” “हामी… Continue reading विश्व समुदायबाट एक्लिँलै इजरायल : आत्मनिर्भरता आवश्यक रहेको नेतान्याहुको भनाइ

आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

३१ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र… Continue reading आजको मौसम ५ : प्रदेशमा भारी वर्षाको सम्भावना

साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

३१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ६८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा मुद्रास्फीति घटेको छ । गत आवको साउन महिनामा यस्तो मुद्रास्फीति चार दशमलव… Continue reading साउनमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक

२८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

३१ भदौ, काठमाडौं । देशभित्र कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब छ अर्ब चार करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत असार मसान्तमा रु २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति चार दशमलव आठ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत… Continue reading २८ खर्ब छ अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

कोरलानाकाबाट भित्रिए एक सय बढी चाईनिज ईभी गाडी

३१ भदौ, मुस्ताङ । यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात गरिएका छन् । भन्सार विभागको प्रक्रिया पु¥याइ चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् । मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिव ५०० बढी बीवाइडी कम्पनीका सवारी आयात गरिने जनाएको छ । आठ दिन अघि मात्रै खुल्ला गरिएको यस नाकाबाट… Continue reading कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने

तस्बिर : कुलदीप न्यौपाने/ रासस

३१ भदौ, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी मृतक प्रहरीका परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराइने भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलबबाट कट्टा गरी मृतक परिवारलाई रु १० लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए । उनले आज… Continue reading मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने