काठमाडौँ, १९ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको एक सातामै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल–मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले यही चैत ११ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा… Continue reading एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ
Category: समाचार
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन् । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् । नेपालको संविधानको… Continue reading गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
काठमाडौँ, १९ चैतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उहाँले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए । “राष्ट्र निर्माण, सामाजिक न्याय, रुपान्तरणलगायत जनहित र सकारात्मक… Continue reading आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
काठमाडौँ, १९ चैतः नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा उनले छानविनको माग गर्दै आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत… Continue reading जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउन आवश्यक छ : कांग्रेस नेता आङ्देम्बे
काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाएको बताएका छन् ।प्रतिनिधिसभाको आजको पहिलो बैठकमा उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताए । विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा… Continue reading सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउन आवश्यक छ : कांग्रेस नेता आङ्देम्बे
जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
काठमाडौँ, १९ चैतः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको मतादेशको ऋण जिम्मेवारी पूरा गरेर तिर्ने बताएका छन् । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा आज दलीय आधारमा बोल्दै सभापति लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गरे । “हामी प्रश्न गरेर यो ठाउँमा… Continue reading जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँः सभापति लामिछाने
प्रतिनिधिसभा पहिलो बैठकमा एमालेद्वारा ध्यानाकर्षण
काठमाडौँ, १९ चैतः प्रतिनिधिसभाको पहिलो बैठकमा नेकपा (एमाले)का सांसदले सदन मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आज सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा सुरु भएको बैठकमा सो पार्टीका सांसदले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गरिएको… Continue reading प्रतिनिधिसभा पहिलो बैठकमा एमालेद्वारा ध्यानाकर्षण
रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु
किएभ, १९ चैत (रासस–एएफपी) । रूसले युक्रेनमा रातभर र बुधबार दिनभर सयौँ ड्रोन आक्रमण गरेको र आक्रमणका क्रममा कम्तिमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणबाट एउटा हुलाक कम्पनीको कार्यालय ध्वस्त भएको बताइएको छ। आक्रमणपछि युक्रेनको नोभा पोश्ता हुलाक कम्पनीले पश्चिमी शहर लुत्स्कको एक गोदाममा आगो लागेको र छतबाट बाक्लो धुवाँ निस्किरहेको तस्बिर… Continue reading रुसी ड्रोन आक्रमणमा परी पाँच युक्रेनीको मृत्यु
आजदेखि संसद् अधिवेशन
काठमाडौँ १९ चैतः गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका… Continue reading आजदेखि संसद् अधिवेशन
सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी
काठमाडौँ, १९ चैतः प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका जिम्मेवारीलाई पूरा गर्न जवाफदेहीपूर्ण र परिपक्व ढङ्गबाट सदनमा प्रस्तुत हुने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको आजदेखि प्रारम्भ हुने पहिलो अधिवेशनका सन्दर्भमा रासससँग कुराकानीमा उनीहरुले समग्र देश र जनताका हितमा तर्जुमा हुने कानुनदेखि जनसरोकारका मुद्दा सम्बोधन गर्ने कार्यमा हातेमालो गर्दै अघि बढ्ने धारणा व्यक्त गरे… Continue reading सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी
नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा
एकराज पाठक–रासस काठमाडौँ, १९ चैतः लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जनआकाङ्क्षाको प्रतिनिधित्व गर्ने संस्था पनि हो । संसद्ले नै मुलुकको कार्यकारिणी सरकार निर्माण गर्दछ र त्यही सरकारले देश र जनताका लागि काम गर्छ । यसकारण मुलुकको संसद् र सरकार दुवैले जनताको… Continue reading नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १९ चैतः हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली भएको छ भने बाँकी भागमा आंशिक बदली भएको छ… Continue reading पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
भक्तपुर, १९ चैतः यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् । परीक्षा यही चैत २९ गतेसम्म हुने छ । परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी छन् । जापानको एक परीक्षा… Continue reading शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
बालाजु बाइसधारा मेला सुरु
काठमाडौँ, १९ चैतः बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले… Continue reading बालाजु बाइसधारा मेला सुरु
राष्ट्रिय सुरक्षाको विषय पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
काठमाडौँ, १८ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर र चुनौती भएकाले बदलिँदो विश्व परिवेशमा राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिएका छन् । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरिएको सिसं ११ उच्चस्तरीय राष्ट्रिय सुरक्षातालिमको समापनका अवसरमा प्रधानसेनापति सिग्देलले सो धारणा राख्नुभएको हो ।… Continue reading राष्ट्रिय सुरक्षाको विषय पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
रुसको सैन्य विमान दुर्घटना, २९ को मृत्यु
मस्को, १८ चैत (रासस–एपी) । रुसद्वारा कब्जा गरिएको क्रिमियन प्रायद्वीपमा एक रूसी सैन्य विमान दुर्घटनाग्रस्त हुँदा चालक दलसहित सबै २९ जनाको मृत्यु भएको छ । घटनाले सैन्य उडान सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ भने प्रारम्भिक रूपमा प्राविधिक खराबीलाई दुर्घटनाको कारण मानिएको छ । रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीहरूले जनाएअनुसार एएन–२६ सैन्य यातायात… Continue reading रुसको सैन्य विमान दुर्घटना, २९ को मृत्यु
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा
रमेश गिरी/रासस भक्तपुर, १८ चैत । यसवर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भोलि १९ गते बिहीबारदेखि जापानको एक परीक्षा केन्द्रसहित देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ सुरु गर्नेगरी एसइई परीक्षाको तयारी पूरा भएको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।… Continue reading एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै, सबै तयारी पूरा
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै
वासिङ्टन, १८ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरान युद्धबारे जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएयता घट्दो अनुमोदन दर र बढ्दो आर्थिक चिन्ताले देशमा राजनीतिक दबाबलाई गहिरो बनाएका समय राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नेछन् । ह्वाइट हाउसले सम्बोधनको बारेमा कुनै विवरण दिएको छैन, तर… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
काठमाडौँ, १८ चैत । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज नयाँ बसपार्क, कलङ्की र बल्खुबाट उनीहरुलाई पक्राउ गरेको हो । ती स्थानमा सञ्चलित टिकट काउन्टरमा आफूहरूले भनेको सवारी साधनमा यात्रा गर्नुपर्छ भनी सर्वसाधारणलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ… Continue reading काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
काठमाडौँ, १८ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई प्रदान गरिएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको केन्द्रीय सदस्य तथा सांसद ऐन महरले जानकारी दिए । आज ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय बसेको संसदीय दलको संयुक्त बैठकमा पार्टी अध्यक्ष ओलीले उपाध्यक्ष थापालाई जिम्मेवारी तोकेको जानकारी… Continue reading एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एमाले संसदीय दलको नेतामा थापा चयन
काठमाडौँ, १८ चैत स् नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन भएका हुन् । बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन भएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिए । उपाध्यक्ष थापालाई… Continue reading एमाले संसदीय दलको नेतामा थापा चयन
नयाँ सरकार गठनपछि निरन्तर ओरालो यात्रामा नेप्से, आज ७४ अङ्कको गिरावट
काठमाडौँ, १८ चैतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो । आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा रू १२ अर्ब… Continue reading नयाँ सरकार गठनपछि निरन्तर ओरालो यात्रामा नेप्से, आज ७४ अङ्कको गिरावट
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
भैरहवा (रुपन्देही), १८ चैतः गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ । विमानस्थल व्यवस्थापनले आगामी हिउँदे तालिकादेखि अन्तरराष्ट्रिय उडान सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने तयारी थालिएको जनाएको हो । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार हाल सीमित रूपमा सञ्चालन भइरहेको अन्तरराष्ट्रिय उडानलाई व्यवस्थित… Continue reading गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
नारायण न्यौपाने र अशोक घिमिरे–राससकाठमाडौँ १८ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछिको पहिलो अधिवेशन भोलि (बिहीबार)देखि सुरु हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ बहुमत प्राप्त गरेपछि सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा महत्वका साथ हेरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को… Continue reading नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम
टीकापुर ९कैलाली०, १८ चैत । टीकापुर–५ स्थित टीकापुर बृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ । कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा टीकापुर बृहत् उद्यान क्षेत्रमा नदी कटान तीव्र भइरहेको स्थानीयले बताएका छन् । “बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले… Continue reading हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम
महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या
महेन्द्रनगर, १८ चैतः कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र गतिमा भइरहे पनि नहरमा पानी नियमित प्रवाह गराउने विषय भने अन्योलमा छ । महाकाली सन्धिअनुसार भारतीय पक्षले टनकपुरबाट नेपाल-भारत सिमानासम्म बनाउनुपर्ने एक हजार २०० मिटर मूल नहर निर्माण गरिसकेको छ भने नेपालले आफ्नो क्षेत्र ब्रह्मदेवबाट शुक्लाफाँटाको टोटी फुलेलीसम्म २८… Continue reading महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
इनरुवा (सुनसरी), १८ चैतः जिल्लाका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोका अनुसार सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण फैलिँदै गएको हो । इनरुवा नगरपालिका(२ कुसुमगाछीमा सुमनकुमार राईले पालन गरेका ब्रोइलर कुखुरामा सङ्क्रमण देखिएको… Continue reading बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
महाकालीमा बगेर एक जना बेपत्ता
बैतडी, १८ चैतः महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण चन्द बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार हल्दुघाटस्थित महाकालीमा नुहाउने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएका हुन् । उनको खोजी जारी छ । यसैबीच, पञ्चेश्वर गाउँपालिका–१ डुग्रीखान निवासी ५१ वर्षीया विन्दुदेवी साउदको शव सोमबार सोही नदीकिनारमा फेला… Continue reading महाकालीमा बगेर एक जना बेपत्ता
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते
बागमती, १८ चैतः चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको होे । चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन
गलकोट (बागलुङ), १८ चैतः चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गतवर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले कमी आएको हो । गतवर्षको चैतेदसैँमा रु ४२ लाख भेटी सङ्कलन भएको थियो । गण्डकी प्रदेशको… Continue reading बागलुङ कालिकामा चैतेदसैँमा ३७ लाख भेटी सङ्कलन