बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारी भन्ने स्थानमा सोमबार पहिरोले बगाएर ज्यान गएका तीन जनाकै परिचय खुलेको छ । चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चाको पहिरोमा परी ज्यान गएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले पुष्टी गरेको छ । तानसेन–रिडी सडकखण्डअन्तर्गत सम्मोबारी भन्ने स्थानमा सोमबार अपरान्ह चार सवारी साधन… Continue reading पाल्पा पहिरोमा ज्यान गुमाउनेको सनाखत
Category: समाचार
अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख २० हजार; एरिजोना, टेक्सस र फ्लोरिडामा संक्रमित बढ्दो
न्युयोर्क अमेरिकाका सबै राज्यमा अर्थतन्त्र खुल्ला गरिएसंगै एरिजोना, टेक्सस र फ्लोरिडा राज्यमा भने संक्रमितको संख्या लगातार उकालो लाग्न थालेको छ । यद्यपी मृतकको संख्या भने ती राज्यहरुमा पनि निरन्तर ओरालो लाग्दै गएको छ । स्वास्थ बिज्ञहरुले अहिले संक्रमित संख्या बढेर मृतकको संख्या घटेका फ्लोरिडा, एरिजोना र टेक्सस राज्यहरुमा पुन: मृतकको संख्यामा बृद्धि हुन सक्ने चेतावनी… Continue reading अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख २० हजार; एरिजोना, टेक्सस र फ्लोरिडामा संक्रमित बढ्दो
नर्थ क्यारोलाइनास्थित एक पार्टीमा गोली चल्दा दुईको मृत्यु १२ घाईते
अमेरिकाको नर्थ क्यारोलाइनास्थित एक ब्लक पार्टीमा गोली चल्दा २ जनाको मृत्यु १२ जना घाईते भएका छन् । नर्थ क्यारोलाइना प्रहरीका अनुसार घटना सोमबार बिहान घटेको हो । केही ब्यक्तिहरुले भिडमा दर्जनौं गोली चलाएको सार्लेट मेक्लेनबर्ग पुलिस डिपार्टमेन्टको बिज्ञप्तीमा जनाईएको छ । घटनाको बारेमा स्थानीय प्रहरीले सोमबार बिहान साँढे बाह्र बजे फोनबाट जानकारी प्राप्त गर्दा गोली… Continue reading नर्थ क्यारोलाइनास्थित एक पार्टीमा गोली चल्दा दुईको मृत्यु १२ घाईते
अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन
मेलबर्न दक्षिणपूर्वी अष्ट्रेलियाको भिक्टोरियामा अकस्मात कोरोना संक्रमितको संख्या बढन थाले पछि त्यस राज्यका ६ वटा परिषद क्षेत्रलाई खतराको सुचीमा राखेर आवत जावतमा कडाई गर्न थालिएको छ । कोरोना संक्रमित बढेका ती ६ वटा क्षेत्र हुमे क्यासी, ब्रिमब्यांक, मोरल्याण्ड, कार्डिनिया र डरिबिन सबै मेलबर्न सहर भित्र छन् । अधिकारिहरुले ती ६ वटा परिषद क्षेत्रबाट टाढै रहन… Continue reading अष्ट्रेलियाको भिक्टोरिया क्षेत्रका ६ सहर कोरोना संक्रमणको रेड जोन
पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला
बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारी भन्ने स्थानमा सोमबार भिषण पहिरो गएको छ । पहिरोले दुई वटा गाडी बगाएको थियो भने दुई गाडीमा क्षति पुर्याएको छ । दूर्घटनामा अहिलेसम्म ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाएको छ । दूर्घटनामा तीन… Continue reading पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला
नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमितहरु निको भएर घर फर्किएका हुन् । सोमबार थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । यो सहित कोरोना संक्रमण… Continue reading नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१… Continue reading नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित
नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम
काठमाडौं । नेपालमा मनसुन शुरु भएसँगै भारी वर्षा जारी छ । सोमबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा ठूला वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो वर्षाका कारण पहाडी भेगमा पहिरो तथा खोलामा पानीको वहाव बढ्ने छ… Continue reading नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम
एन आर एन नागरिकताको ढोका खुल्यो तर लिखित प्रतिवद्धता-पत्रको प्रावधान राखियो
काठमाडौं नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार गैर-आवासीय नेपाली नागरिकता लिनका लागि लिखित प्रतिवद्धतापत्रको व्यवस्था गरिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लिखित प्रतिवद्धताको प्रावधानसहित समितिबाट बहुमतले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ पारित गरेको छ । यो विधेयक चालु अधिवेशनबाटै पारित गर्ने नेकपाको तयारी छ । सदनबाट… Continue reading एन आर एन नागरिकताको ढोका खुल्यो तर लिखित प्रतिवद्धता-पत्रको प्रावधान राखियो
अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा फैलिन थाल्यो कोरोना संक्रमण
न्युयोर्क अमेरिकाको दक्षिणी राज्यहरुमा कोरोना संक्रमण अधिकांस जवान युवा युवतीहरुमा देखिन थालेको राज्य तथा स्वास्थ अधिकारीले बताएका छन् । फ्लोरिडा, साउथ क्यारोलाइना, जर्जिया, टेक्सस लगायतका राज्यहरुमा कोरोना संक्रमण अधिकांस जवान युवा युवतीमा बढन थालेको हो । युवा युवतीमा संक्रमण बढन थालेका यी राज्यहरुको अर्थतन्त्र अन्य राज्यहरुमा भन्दा छिट्टै खुला गरिएको थियो । फ्लोरिडा गभर्नर… Continue reading अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा फैलिन थाल्यो कोरोना संक्रमण
स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक
काठमाडौं । सरकारले लकडाउन अवधिभर कुनै पनि प्रकारको शूल्क नलिन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । तर, त्यसविपरित विद्यालय संचालकहरुले भने लकडाउन अवधिको समेत शुल्क बुझाउन अभिभावकलाई दवाव दिएका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका हुन्… Continue reading स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक
नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति
काठमाडौं । नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई नेपालमा सात वर्ष लगातार बसेपछि मात्र अंगीकृत नागरिकता दिनेसम्बन्धी व्यवस्था संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको छ । यो व्यवस्था संसदीय समितिमा बहुमतले पारित भएको हो । आइतवार बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र समाजवादी जनता पार्टीले भने फरक मत राखे ।… Continue reading नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति
मिनियापोलिसमा गोली चल्दा १ को मृत्यु ११ घाईते
न्युयोर्क अमेरिकाको मिनियापोलिसमा आईतबार बिहान गोली चल्दा १ जनाको मृत्यु र ११ जना घाईते भएको प्रहरीले आईतबार बिहान ट्विट् मार्फत जनाएको छ । घाईते ११ जना खतरा मुक्त अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ । हेनिपिन साउथको २९०० ब्लकमा आईतबार बिहान साँढे बाह्र बजे गोली चलेको प्रहरीले जनाएको छ भने मृतकको मृत्यु घटनास्थलमा नभएर अस्पतालमा… Continue reading मिनियापोलिसमा गोली चल्दा १ को मृत्यु ११ घाईते
नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका सहित ४२१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६… Continue reading नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार गुल्मीमा होम-क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो । करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो। मुम्बईबाट आएका उनलाई… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
धेरै जाँचेको कारण धेरै संक्रमित देखियो त्यसैले कम जाँच्न अनुरोध गरेको छु; राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आयोजित एक चुनाबी सभामा अमेरिकामा ब्यापक मात्रामा कोरोना जाँच गरिएका कारण संक्रमण धेरै देखिएको भन्दै उनले अधिकारीहरुलाई जाँच कम गर्न निर्देशन दिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा कोरोना जाँचलाई “दुबै तिर धार भएको तरबार’ जस्तो अवस्था पनि भनेका छन् । ओक्लोहामास्थित तुल्सामा शनिबार साँझ आयोजित सभामा उनले जर्मनी, दक्षिण… Continue reading धेरै जाँचेको कारण धेरै संक्रमित देखियो त्यसैले कम जाँच्न अनुरोध गरेको छु; राष्ट्रपति ट्रम्प
आज अन्तराष्ट्रिय योग दिवस, संसारभर मनाइदै
काठमाडौँ । आज संसारभर अन्तराष्ट्रिय योग दिवस मनाइन्छ । जुन महिनाको २१ औँ तारिखका दिन संयुक्त राष्ट्रसंघले योग दिवस घोषणा गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई… Continue reading आज अन्तराष्ट्रिय योग दिवस, संसारभर मनाइदै
अमेरिकास्थित युनाइटेड किराँत राई अर्गनाइजेसनले कोभिड महामारीकै बीच सम्पन्न गर्यो वार्षिक साधारण सभा
सुरेश चाम्लिङ्, न्यु-ह्यम्सायर युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले आफ्नो वार्षिक साधारण सभा भर्चुअल्ली सम्पन्न गरेको छ । अर्गनाईजेसनले सभापति मुना राईको सभापतित्वमा जुमको प्रयोग गर्दै आफ्नो साधारण सभा सम्पन्न गरेको हो । गत जुन १४ तारिख आईतबारका दिन सम्पन्न साधारण सभामा सहभागी समुदायका सदस्यहरुले संस्थाको गतिविधि र संस्थाले आगामी दिनमा खेल्नु पर्ने भूमिकाका… Continue reading अमेरिकास्थित युनाइटेड किराँत राई अर्गनाइजेसनले कोभिड महामारीकै बीच सम्पन्न गर्यो वार्षिक साधारण सभा
शिक्षाबिद अंगुर बाबा जोशीको निधन
काठमाडौं सामाजिक अभियन्ता एवम् शिक्षिबिद अंगुर बाबा जोशीको शनिबार साँझ ८९ बर्षको उमेरमा निधन भएको छ । पारिवारिक श्रोतका अनुसार जोशीको न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो । उनी १७ वर्षदेखि घाँटीको क्यान्सबाट पिडित थिइन भने उनमा केही समय अघि ‘ब्रेष्ट क्यान्सर’ समेत देखिएको थियो । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख समेत… Continue reading शिक्षाबिद अंगुर बाबा जोशीको निधन
कुवेतबाट उद्दार गरिएका ७ महिलामा देखियो कोरोना
काठमाडौं । कुवेतबाट नेपाल फर्किएका ७ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका दौरान उपत्यकामा ८ जना महिलामा संक्रमण पुष्टी भएको बताएको छ । उनीहरुमध्ये ७ जना कुवेतबाट फर्केर खरिपाटी क्वारेन्निमा बसेका महिला भएको पुष्टी भएको छ । अन्य एक जना महिला भने काठमाडौंको रहेको बताइएको छ ।… Continue reading कुवेतबाट उद्दार गरिएका ७ महिलामा देखियो कोरोना
सांसद सरिता गिरीलाई जन्मकैदको माग गर्दै तीन युवा वकिलले गरे जाहेरी दर्ता
काठमाडौं जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध जन्मकैदको माग गर्दै जाहेरी परेको छ । महानगरीय प्रहरी टेकुमा शुक्रबार साँझ अधिवक्तात्रय सन्तोष भण्डारी, सुजन नेपाल, नवराज पाण्डेले संयुक्तरुपमा जाहेरी दर्ता गरेको अधिवक्ता सन्तोष भण्डारीले बताए । जाहेरी दर्ता पछि अधिबक्ता भण्डारी भन्छन्; ‘सांसद सरिता गिरीका अभिब्यक्ती पूर्णत राज्यद्रोह कै लागि भएको हुँदा हामीले जन्म कैद माग… Continue reading सांसद सरिता गिरीलाई जन्मकैदको माग गर्दै तीन युवा वकिलले गरे जाहेरी दर्ता
सोमबारदेखि दोश्रो चरणमा खुल्दै छ न्युयोर्क; न्युजर्सी र कनेक्टिकट पनि खुल्दै
न्युयोर्क गत मार्च महिनाको मध्यदेखि बन्द रहेको न्युयोर्क सहरमा अब सोमबार दोश्रो चरणको अर्थतन्त्र खुला हुँदैछ । गत ८ तारिख पहिलो चरणमा खुल्ला भएको न्युयोर्क अब सोमबार थप ब्यापार ब्यवसाय संचालन गर्न मिल्ने गरी खुल्ला गर्न लागिएको हो । सोमबार दोश्रो चरणमा न्युयोर्क खुल्ला भएसंगै अब बार्बर शप, सबै प्रकारका ब्युटी ब्यबसाय (नेल्स), रियल स्टेट… Continue reading सोमबारदेखि दोश्रो चरणमा खुल्दै छ न्युयोर्क; न्युजर्सी र कनेक्टिकट पनि खुल्दै
चिकेन, टुना फिश र भेजिटेबलको सट्टा पेस्तोलको स्याण्डवीच देख्दा प्रहरी नै चकित
प्रहरीले मेक्सिको सहरमा गत १२ तारिख शुक्रबार ३५ बर्षीय एक ब्यक्तीलाई ‘पेस्तोल र गोलीका’ स्याण्डवीच सहित पक्राऊ गरेको छ । आत्तिएको अवस्थामा एक बस स्टेसनको मेटल डिटेक्टर अगाडि उभिएका ती ब्यक्तीलाई शंकाका आधारमा प्रहरीले खानतलासी गर्दा दुई पाउरोटीको बीचमा चिकेनको सट्टा पेस्तोल र गोली राखेर स्याण्डवीच बनाई फ्वाईल पेपरले बेरेको देख्दा प्रहरी जिल्ल परेको समाचार… Continue reading चिकेन, टुना फिश र भेजिटेबलको सट्टा पेस्तोलको स्याण्डवीच देख्दा प्रहरी नै चकित
थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिराहा अस्पतालबाट २६ जना र आइसोलेशन सेन्टर बाँकेबाट ५४ जना जनाले कोरोना जितेको छन् । कोशी अस्तपाल विराटनगरबाट ११ जना, सल्यानका ११… Continue reading थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८
उपत्यकामा थप ८ महिलामा कोरोना संक्रमण
काठमाडौं । उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो। त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले… Continue reading उपत्यकामा थप ८ महिलामा कोरोना संक्रमण
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ८६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज… Continue reading नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५
कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा
ईटालीस्थित बैज्ञाननिकहरुले स्थानीय दुई वटा सहरका ढलको पानीमा सन् २०१९ को डिसेम्बरमा नै कोरोना देखिएको बताएका छन् । चीनको उहान प्रान्तबाट कोरोना महामारी फैलिएको र महामारी फैलाउन शंकाको सुबिधाका आधारमा चीनको हात रहेको आरोप लागि रहँदा ईटालीको मिलान र तुरिन सहरका ढलका फोहोर पानीमा भने कोरोना भाईरस डिसेम्बर १८ तारिखमा नै देखिएको बैज्ञाननिकहरुले बताएका… Continue reading कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा
एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायता स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा विवाद भइरहेका बेला सैन्य गठबन्धनसँग जोडिने कुनै पनि विदेशी सहयोग नेपालले स्वीकार नगर्ने बताएका छन् । एमसीसी सैन्य गठबन्धनको एक पाटो भएको नेकपा कार्यदलले निष्कर्ष निकालेको थियो । नेकपा र चिनियाँ कम्युनिस्ट… Continue reading एमसीसीतर्फ संकेत गर्दै प्रचण्ड भन्छन् : सैन्य गठबन्धनसँग सम्बन्धित विदेशी सहायता अस्वीकार्य
शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव
काठमाडौं । शुक्रबार त्रिभुवन विमानस्थल केहीबेर शोकमग्न भयो । किनकी शुक्रबार एकै उडानबाट २० वटा शव त्रिभुवन विमानस्थलमा झारियो । कतारको दोहाबाट कतार एयरवेजले २५ जना नेपाली यात्रुको साथमा कार्गोमा २० नेपालीको शव काठमाडौं ल्याएको हो । नियमित उडान बन्द भएपछि विदेशमै रोकिएका शव नेपाल झारिएको हो । शुक्रबार नै साउदीबाट एक र कुवेतबाट २… Continue reading शुक्रबार काठमाडौं उतारियो विदेशमा मृत्यु भएका २३ नेपालीको शव
‘लकडाउन सम्बन्धी सुरक्षा मापदण्ड जारी, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक’
काठमाडौं । कोरोना भाइरस संक्रमण संख्या बढ्दैगएपछि उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ । सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णयगरेसँग राति सुरक्षाकर्मीलाई छलेर एक जिल्लाबाट… Continue reading ‘लकडाउन सम्बन्धी सुरक्षा मापदण्ड जारी, राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक’