चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

काठमाडौं । चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने भएको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले मिति तोकेको हो । विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीन पठाइने भएको हो । वुहानबाट १८० नेपाली विद्यार्थीले नेपाल आउन निवेदन लिएका छन् । नेपालमा यति ठूलो संख्यामा मानिस बोक्न सक्ने जहाज नेपाल एयरलाइन्ससँग मात्र छ ।… Continue reading चीनमा रहेका नेपाली विद्यार्थीलाई ३ फागुनमा नेपाल ल्याइने

बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै

काठमाडौं । पछिल्लो समय नेपाल र बंगलादेशबीच उच्चस्तरीय भ्रमणले तीब्रता पाएको छ । मंगलबार मात्र बंगलादेशी सेनापति अजिज अहमद नेपालको ५ दिने भ्रमण पुरा गरी स्वदेश फर्किएलगत्तै नेपालबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बंगलादेशको भ्रमण गर्ने भएका छन् । यसअघि तीन महिनाअघि बंगलादेशका राष्ट्रपतिले नेपालका ५ दिने भ्रमण गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली फागुन ५मा… Continue reading बंगलादेशका सेनापति स्वदेश फर्किए, परराष्ट्रमन्त्री ५ फागुनमा बंगलादेश जाँदै

प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक (आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । अत्यन्तै कम प्रोफाइलमा बसेर इमानदारीसाथ काम गरेका ज्ञवालीलाई मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले आइजीपी बनाएको हो । सर्वेन्द्र खनालको कार्यकाल सकिएसँगै उनी नेपाल प्रहरीको शक्तिशाली प्रमुख पदमा आइपुगेका हुन् । ज्ञवाली निर्विवाद रुपमा आईजीपी बनेका छन् । ज्ञवालीले आगामी ५ महिना… Continue reading प्यूठानका ठाकुर ज्ञवाली बने नयाँ आइजीपी

१८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने

काठमाडौं । अब नेपालमा सवारी चालक अनुमति पत्र लिन १८ वर्ष पुग्नु पर्ने भएको छ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने तयारी गरेको छ । यसअघि १६ वर्षको उमेरमै लाइसेन्स पाउने प्रावधान छ । यातायात व्यवस्था विभागका अनुसार अब न्यूनतम उमेर १८ वर्ष तोक्नेगरी ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ आउँदैछ ।… Continue reading १८ वर्ष नपुगी सवारी लाइसेन्स नपाइने

गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

काठमाडौं । उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान ायोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै आक्रामण भएको नेपाली कांग्रेस लचिलो बनेको छ । अब नेपाली कांग्रेसले गच्छदारको मुद्दालाई लिएर संसदमा अवरोध गर्न नहुने निष्कर्षमा पार्टी पुगेको हो । खासगरी सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको एक विभागजस्तो बनाएर राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा लगाउने गरेको निष्कर्ष निकाल्दै… Continue reading गच्छदारको मुद्दामा कांग्रेस लचिलो, अब संसद चल्ने

युनाइटेड मुगुम अर्गनाइजेशनको पहिलो ल्होछार

न्यूयोर्क/अमेरिका युनाइटेड मुगुम अर्गानाइजेशनको आयोजनामा पहिलो पटक औपचारिकरुपमा सोनाम ल्होछार मनाईएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका व्यक्तिहरुसंग गत शनिवार मुगुम( मुगाल) जातिको महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार २१४७, (२०२०) जीवा लो (मुसा वर्ग) को अवसरमा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गर्दै मनाएको हो । पेमा नामग्यालको अध्यक्षतामा र नेपाल आदिवासी… Continue reading युनाइटेड मुगुम अर्गनाइजेशनको पहिलो ल्होछार

नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका नेपाली महिला शर्मिला थापामगरले अमेरिकाको डेनाली हिमाल चढ्ने भएकी छिन् । सन् २०१४ देखि अमेरिका आवतजावत गरिरहेकी थापा यसपाली अमेरिकाको अलस्का राज्यमा रहेको ६,१९० मिटर अग्लो डेनाली हिमाल चढ्ने उदेश्य लिएर आएकी हुन् । गत शनिबार न्यूयोर्कको ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गर्दै आगामी मे महिनामा डेनाली हिमाल चढ्ने तयारी भइरहेको बताइन् ।… Continue reading नेपाली महिलाले अमेरिकाको डेनाली हिमाल चढ्ने

पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या भएको छ । ललितपुर सानेपास्थित घरमै उनको सोमबार हत्या भएको हो । उनको घरमा काम गर्ने कामदार विजय चौधरीले समेत घरमै झुण्डिएर आत्महत्या गरेका छन् । कार्कीको हत्या चौधरीले नै गरेको र त्यसपछि आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको छ । कार्कीको निवासमा जडान गरिएको सीसीटीभी क्यामराको… Continue reading पूर्वसचिव अर्जुन कार्कीकी पत्नीको हत्या, कामदारले गरे आत्महत्या

क्यानडाका सभामुख आज नेपाल आउँदै

काठमाडौं । क्यानडाको माथिल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरी नेपाल भ्रमणका सिलसिलामा आज काठमाडौं उत्रदैछन् । उनी नेतृत्वको संसदीय प्रतिनिधमण्डल सोमबार नेपाल भ्रमणमा आउन लागेको संसद सचिवालयले जानकारी दिएको छ । उनी बिहान साढे ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । फ्युरीले सोमबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्ने… Continue reading क्यानडाका सभामुख आज नेपाल आउँदै

६ महिनामा साढे २० हजार चालक ट्राफिक कारवाहीमा

काठमाडौं । नेपालमा ट्राफिक नियमबारे चालक कति उदासिन छन् भन्ने एक उदाहरण ट्राफिक प्रहरीको तथ्याकले देखाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २० हजार ४ सय ३३ जना नियम उल्लंघनको कसुरमा कारवाहीमा परेका छन् । यो संख्या साउनयताको मात्र हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालका… Continue reading ६ महिनामा साढे २० हजार चालक ट्राफिक कारवाहीमा

नेपाललाई ओमानले फेरी हरायो

काठमाडौं । बलिङमा जम्न नसकेपछि आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाललाई ओमानले हराएको छ । नेपाल जारी लीगमा लगातार दोस्रो पटक घरेलु मैदानमै ओमानसंग हारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २४९ रन बनाएको थियो । तुलनात्मक रुपमा राम्रो ब्याटिङ गरेको दिन बलिङ यूनिटले साथ दिन सकेन । जसले… Continue reading नेपाललाई ओमानले फेरी हरायो

प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश पुरानै शैलीमा चलिरहेको स्वीकार गरेका छन् । खासगरी विकास निर्माणको काममा भएको प्रगतिबाट उनी कत्ति पनि संतुष्ट छैनन् । आइतबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले चाहेको गतिमा काम नभएको भन्दै असन्तष्टी व्यक्त गरे । काम हुँदै नभएको होइन, तर जसरी विकास होस भन्ने चाहेको थियौं,… Continue reading प्रधानमन्त्रीले स्वीकारे कमजोरी, भन्छन् : चाहेजसरी काम भएको छैन

थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार

थाइल्याण्ड । थाइल्याण्डमा एक सैन्य अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २० जना मारिएका छन् । थाइल्यान्डका एक जुनियर सैनिक अधिकारीले पहिले आफ्ना कमाण्डरलाई मारेर हतियारसहित बाहिर आएका थिए । त्यसपछि उनी मलमा पुगेर सर्वसाधारणको ज्यान लिएका हुन् । यस घटनामा दर्जनभन्दा बढी घाइते भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीले जनाएका छन् । थाई… Continue reading थाइल्याण्डमा एक सैनिकले लिए २० को ज्यान, मलमा अन्धाधुन्ध गोली प्रहार

अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

काठमाडौं । अमेरिकालाई काठमाडौंमा जारी आइसीसी क्रिकेट वल्र्ड कप लीग डिभिजन टूमा नेपालले हराएको छ । शनिबार सम्पन्न खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको हो । टस जितेर पहिले बल रोजेको अमेरिकाले नेपाललाई १९० रनमा रोकेको थियो । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको अमेरिका… Continue reading अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन

कोरोनाले मर्नेको संख्या ७ सय नाघ्यो

काठमाडौं । चीनमा कोराना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ७ सय नाघेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसले ७ सय २२ जनाको ज्यान लिइसकेको छ । यसको संक्रमण करिव ३५ हजार जनामा पुगिसकेको छ । चीन बाहिरका २५ मुलुकमा यसले प्रभाव पार्न सफल भएको छ । चीनबाहिर हङकङ र फिलिपिन्समा एक , एक जनाको… Continue reading कोरोनाले मर्नेको संख्या ७ सय नाघ्यो

सुदूरपश्चिममा भूकम्पको धक्का

सुर्खेत । शनिबार सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहानै दुईपटक भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।… Continue reading सुदूरपश्चिममा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक अज्ञात समूहले प्रहरी चौकीमा आक्रमण गरेको छ । खाल्डे प्रहरी चौकीमा आक्रमण हुँदा दुई प्रहरी घाइते भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा यो प्रहरी चौकी रहेको छ । मोटरसाइकलमा १०\१२ जनाको समूहमा आएर आक्रमण गरिएको थियो । आक्रमणमा परी प्रहरी सहायक… Continue reading सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते

तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप

काठमाडौं । तपस्वीका नाममा चिनिने रामबहादुर बमजन पुनः एक पटक विवादमा तानिएका छन् । आफ्नो आश्रममा गएका चार जना अनुयायी बेपत्ता पारेको आरोपमा उजुरी परेपछि प्रहरी उनलाई खोज्दै सिन्धुलीस्थित आश्रम पुगेको थियो । तर, शुक्रबार प्रहरीले बमजनलाई फेला पार्न भने सकेन । सिन्धुलीको सिन्धुलीमाडीमा बमजनको आश्रम रहेको छ । आश्रममा बिहानै प्रहरी पुगेको थियो ।… Continue reading तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप

विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो

विराटनगर । विराटनगरमा एक युवतीको विभत्स तवरले हत्या भएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार मगलबारबाट वेपत्ता भएकी सुनसरी, दुहबी नगरपालिका– ६ काली मन्दिरकी ३२ वर्षीया सम्झना खत्री परियारको हत्या भएको अवस्थामा विराटनगरमा शव फेला परेको हो । उनको शव शुक्रबार बिहान विराटनगर– १२ रिङरोड नजिकै उखुबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ… Continue reading विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो

भारत र इजरायलका सेनापति नेपाल आउने

काठमाडौं । भारत र इजरायलका सेनापति नेपाल आउने भएका छन् । नेपाल सरकारले भारतका र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत गरेको हो । नेपाली सेनाको निमन्त्रणमा उनीहरु नेपाल आउनेछन् । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमणको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । उपयुक्त समय… Continue reading भारत र इजरायलका सेनापति नेपाल आउने

विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विकास सहायता तथा प्राविधिक मिसनका लागि नेपाल आउने विदेशी नागरिकको श्रम स्वीकृति सहजिकरण गर्ने भएको छ । नेपालकै सहयोगको प्रयोजनमा आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । माघ २० मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी… Continue reading विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय

ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण

काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारको जिम्मामा आइसकेपछि यहाँ लगानी गरेका बैंकको लगानी डुब्ने भएको छ । ललिता निवास सरकारले अधिग्रहण गरेको सरकारी जग्गा हो । तर, यसलाई व्यक्तिका नाममा ल्याएर विभिन्न व्यक्ति तथा संघ संस्थाले घर बनाएका थिए । उनीहरुले घर तथा संरचना बनाउदा लिएको ऋण र यहाँको जग्गा धितो राखेर लिएको बैंकको ऋण… Continue reading ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण

कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुमा भेटियो

काठमाडौं । कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुई जनालाई मारेर भागेको टिपरलाई लुकाइराखेको अवस्थामा प्रहरीले फेला पारेको हो । बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर टिपर भागेको थियो । टिपर चालक भने अझै फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा ४… Continue reading कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुमा भेटियो

डा. केसी र कान्तिपुरविरुद्धको अवहेलना मुद्दा खारेज

काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दा खारेज गरिदिएको छ । बिहीबार सर्वोच्चको पूर्ण इजलासले दावी नपुगेको निष्कर्ष निकाल्दै केसी र कान्तिपुर दैनिमाथिको अवहेलना मुद्दा खारेज गरिदिएको हो । केसीले तत्कालीन न्यायाधीश गोपाल पराजुलीविरुद्ध एक अभिव्यक्ति दिएपछि पराजुलीकै आदेशमा सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालमार्फत केसीविरुद्ध मुद्दा दायर भएको थियो ।… Continue reading डा. केसी र कान्तिपुरविरुद्धको अवहेलना मुद्दा खारेज

ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’

काठमाडौं । वालुवाटारको ललित निवास जग्गा प्रकरणमा आफ्ना वरिष्ट नेता विजय कुमार गच्छदार मुछिएपछि प्रमुख प्रतिपक्षी कांग्रेस आक्रोसित बनेको छ । पार्टीले जग्गा फिर्ता गर्ने मन्जुर भएकै आधारमा नेकपा नेता विण्णु पौडेलका छोरा नविन पौडेल उम्कनु र विजय गच्छदार दोषि सावित हुनुमा राजनीतिक पूर्वाग्रहले काम गरेको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन… Continue reading ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’

कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका शक्तिशाली नेता हुन विजय गच्छदार । उनको प्रभाव तराई र खासगरी जनजाती समुदायमा बढी छ । थारु समूदायबाट प्रतिनिधित्व गर्ने उनी नेपालमा सम्भवतः धेरै पटक मन्त्री हुने नेतामा पर्छ । एक दर्जन पटक उनले कार्यकारी भूमिकामा मन्त्रालय सम्हालेका छन् । उनी यस पटक ललितानिवास जग्गा काण्डमा मुछिएका र अख्तियारले विशेष अदालतमा… Continue reading कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा

बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनाविरुद्ध मुद्दा दायर गर्यो । तर, यस काण्डका चर्चित पात्र नेकपाका महासचिव विण्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी भने चोखिएका छन् । नेकपा महासचिव विष्णु पौडेलको नाम जोडिनुको कारण उनका छोरा नवीन पौडेलले यहाँ जग्गा लिएका थिए । जग्गा लिएका सबै माथि… Continue reading बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना

पश्चिमी देशले गरे कोरोनाको अनावश्यक प्रचार : प्रचण्ड

पोखरा । चीनलाई मन नपराउने अमेरिकालगायत पश्चिमी मुलुकले कोरोना भाइरसलाई अनावश्यक प्रचारमा ल्याएको नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् । बुधबार पोखरमा बोल्दै अध्यक्ष प्रचण्डले चीनबाट फैलिएको कोरना भाइरसका विषयलाई लिएर अमेरिकाको आलोचना गरेका हुन् । कोरोनाको सन्दर्भमा पश्चिमा शक्तिबाट अनावश्यक प्रचार गरेर वातावरण झन् दुषित बनाउने असाध्यै नराम्रो र अनैतिक काम भयो भनेर चीन स्वयमले… Continue reading पश्चिमी देशले गरे कोरोनाको अनावश्यक प्रचार : प्रचण्ड

ओमानसँग हार्यो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बुधबार नेपाल ओमानसँग हारेको छ । नेपाल १८ रनले पराजित भएको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १ सय ९८ रन भेट्टाउन नसक्दा नेपालले घरमै आफनो पहिलो खेल हारेको हो । नेपाल ४६.५ ओभरमा १ सय ७९ रन जोड्दै अलआउट भयो। नेपालले… Continue reading ओमानसँग हार्यो नेपाल

ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणमा १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारसहित १ सय ७५ जनालाई यस काण्डमा दोषि देखेको छ । पूर्वसचिव छविराज पन्त,… Continue reading ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)