सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । राससका अनुसार आइतबार बेलुका चिम्लिङका विजय तामाङले मादक पदार्थ सेवन गरेको अवस्थामा स्थानीय ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङमाथि खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले घटनाको पुष्टी गरेको छ । हत्याका आरोपी विजयलाई प्रहरीले… Continue reading सिन्धुपाल्चोकमा खुकुरी प्रहारबाट दुई जनाको हत्या
Category: समाचार
बुटवलमा रोकेको ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु
बुटवल । रुपन्देही, बुटवल तामनगरमा सडकमा रोकेको ट्रकमा कार ठोक्किएको छ । त्यस क्रममा कारमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् । बुटवल उपमहानगरपालिका वडा नं १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार… Continue reading बुटवलमा रोकेको ट्रकमा कार ठोक्कियो, तीन जनाको मृत्यु
१ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने
काठमाडौं । नेपालमा फागुन १ बाट भौतिक उपस्थितिमै विद्यालयमा कक्षा सञ्चालन गर्न पाइने भएको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसमा उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले आइतबार यस्तो निर्णय गरेका हुन् । फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने भएको छ । १२… Continue reading १ फागुनबाट भौतिक उपस्थितिमै कक्षा संचालन गर्न पाइने
नेपालमा १३८६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १३८६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधीमा ११ जनाको कोभिडका कारण मृत्यु भएको छ।सो अवधिमा ८,७०४ जना सङ्क्रमणमुक्त भएका छन्।तथ्यांक अनुसार देशभर निको हुन बाँकी सङ्क्रमितको सङ्ख्या ४५,२४८ छ । तीमध्ये अधिकांश उपत्यकाका तीन जिल्लामा छन् । काठमाडौंमा… Continue reading नेपालमा १३८६ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु
काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकामा माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गरिने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउन सूचना जारी गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि… Continue reading काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै
आजबाट मौसममा सुधार, घाम लाग्ने
काठमाडौं । नेपालमा एक साता लामो वर्षा र हिमपात थामिएसँगै आइतबारबाट मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहने सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर वर्षा भएको थियो । सो मौसमी प्रभाव कम… Continue reading आजबाट मौसममा सुधार, घाम लाग्ने
आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै
काठमाडौं । आज हिन्दुधर्मावलम्बीहरु बसन्त पञ्चमी पर्व मनाउँदैछन् । यस दिन विद्याकी देवी सरस्वतीको पूज आरधना गर्ने गरिन्छ । आज सरस्वती मन्दिरहरुमा पूजा गरिन्छ । ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर, मैतिदेवी, स्वयंभूलगायत विभिन्न सरस्वती मन्दिरहरुमा दर्शनार्थीको भिड लाग्छ । आज हनुमानढोका दरबारस्थित नासलचोकमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम… Continue reading आज बसन्त पञ्चमी, विद्याकी देवि सरस्वतीको पूजा आरधना गरिँदै
नेपालमा १७१४ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यस अवधिमा ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ हजार ५१३ नमुना परीक्षणमा सो संख्यामा संक्रमित देखिएको छ । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार… Continue reading नेपालमा १७१४ जनामा कोरोना पुष्टी, ९ जनाको मृत्यु
स्याङ्जामा जिप दुर्घटना, २ जनाको मृत्यु
स्याङ्जा । शनिबार स्याङ्जामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीलाई उदृत गर्दै राससले जनाए अनुसार शनिबार ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जिप दुर्घटनामा परेको हो । बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जिप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर… Continue reading स्याङ्जामा जिप दुर्घटना, २ जनाको मृत्यु
निर्वाचन आयोगद्धारा निर्वाचन लक्षित मतपत्रको डिजाइन आह्वान
काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनलाई लक्षित गरी मतपत्र डिजाइन गर्न दरखास्त आह्वान गरेको छ । आयोगले शनिबार सूचना निकाल्दै मतपत्र, लोगो, निर्वाचन चिन्ह तथा निर्वाचन शिक्षा तथा सूचना सामग्री डिजाइनको माग गरेको हो । निर्वाचनको समयमा आयोगले तोकेको अवधिमा काम गर्न चाहने इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिदेखि ५ दिनभित्र आवेदन दिन सक्नेछन् ।… Continue reading निर्वाचन आयोगद्धारा निर्वाचन लक्षित मतपत्रको डिजाइन आह्वान
सुनसरीमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु
सुनसरी । सुनसरीमा ट्रक र बस ठोक्किंदा भएको दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका हुन्… Continue reading सुनसरीमा बस र ट्रक ठोक्किए, तीन जनाको मृत्यु
प्यूठानमा जन्ती बोकेको जिप दुर्घटना, ८ जनाको मृत्यु
प्यूठान । प्युठानमा बेहुली लिएर बेहुवाको घर तर्फ जाँदै गरेको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको ओखरपाटा भन्ने स्थानमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानले जनाए अनुसार ६ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष छन् ।… Continue reading प्यूठानमा जन्ती बोकेको जिप दुर्घटना, ८ जनाको मृत्यु
टावर नजिकै चट्याङ पर्दा भैरहवा विमानस्थल बन्द
रुपन्देही । वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द भएको छ । विमानस्थल प्रशासनका अनुसार शुक्रवार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो । साथै टावरको तार चुडिएको र रनवेकाे पीएपीआई लाइट बिग्रेका कारण विमानस्थल बन्द गरिएको हो ।विमानस्थल बन्द भएपछि विमानस्थलबाट काठमडाै जान पर्खेका… Continue reading टावर नजिकै चट्याङ पर्दा भैरहवा विमानस्थल बन्द
कसरी गर्ने सुरक्षित रुपमा विद्युतीय कारोबार ? राष्ट्र बैंकले दियो ७ टिप्स
काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ । कोरोना संक्रमणको त्रास बढेसँगै फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा ध्यान दिन विशेष आग्रह गरेको छ । विभिन्न आपराधिक व्यक्ति तथा समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि राष्ट्र बैंकको ७… Continue reading कसरी गर्ने सुरक्षित रुपमा विद्युतीय कारोबार ? राष्ट्र बैंकले दियो ७ टिप्स
सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा आन्दोलनका सबै कार्यक्रम स्थगित
काठमाडौं । जनमत पार्टीले लोकमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ। सिके राउत नेतृत्वको पार्टीका महासचिव चन्दन सिंहले विज्ञप्ति जारी गर्दै मौसममा आएको प्रतिकूलतका कारण आन्दोलनका कार्यक्रम तत्काललाई स्थगित गरिएको जानकारी दिएका छन् । पार्टीले मौसमले साथ दिएअनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्न कार्यकर्तालाई निर्देशन दिएको छ। साथै पार्टीले अघि सारेका माग सम्बोधन नभए फागुन १… Continue reading सिके राउत नेतृत्वको जनमत पार्टीद्धारा आन्दोलनका सबै कार्यक्रम स्थगित
नेपालमा थप २५२६ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५५ जनाको पीसीआर परीक्षण गर्दा १६०२ जना र ४११८ जनाको एन्टिजेन परीक्षण गर्दा ९२४ गरी २५२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६४ हजार… Continue reading नेपालमा थप २५२६ जनामा कोरोना पुष्टी, १६ जना संक्रमितको निधन
देशभर वर्षा र हिमपातले बढायो चिसो
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेको छ । यसबाट भएको हिमपातले देशैभर चिसो बढेको छ । बाक्लो हुस्सुका कारण हवाई यात्रा समेत प्रभावित बनेको छ । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको… Continue reading देशभर वर्षा र हिमपातले बढायो चिसो
खोप अभियानको सफलताका लागि डब्लूएचओले नेपाललाई दियो बधाई
काठमाडौं । नेपालमा संचालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानमा प्राप्त सफलताका लागि विश्व स्वास्थ्य संगठनले नेपाललाई बधाई दिएको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिमा पूर्ण खोप दिएसँगै नेपालले खोप अभियानमा कोशेढुङ्गा पार गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा… Continue reading खोप अभियानको सफलताका लागि डब्लूएचओले नेपाललाई दियो बधाई
मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला
काठमाडौं । बिहिवार ललितपुरको गोदावरी नगरपालिकास्थित थेंचोमा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार यो घटना केही दिन अगाडि मोरङमा भेटिएका दुई शवको हत्याकाण्डसङ्ग जोडिएको प्रहरी स्रोतले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको हो। गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको… Continue reading मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला
नेपालमा थप ३१७५ जनामा कोरोना पुष्टी, १४ जना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३१७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २७४२ जना र २५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ गरी ३१७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ६२ हजार… Continue reading नेपालमा थप ३१७५ जनामा कोरोना पुष्टी, १४ जना संक्रमितको निधन
प्रशासनको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले माघ २३ गतेदेखि विद्यालय खोल्दै
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डुको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित गराएर पठनपाठन गराउने निर्णय गरेको छ । यही १४ माघमा प्रशासनले जारी गरेको आदेशको पहिलो बुँदामा ‘विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा संवत् २०७८ माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने, नगराउने’ उल्लेख छ ।… Continue reading प्रशासनको आदेशविपरीत गोकर्णेश्वर नगरपालिकाले माघ २३ गतेदेखि विद्यालय खोल्दै
आजबाट नेपालमा वर्षाको सम्भावना, कस्तो छ मौसम प्रक्षेपण ?
काठमाडौं । नेपालबाट आजबाट मौसम प्रतिकुल बनेको छ । पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस… Continue reading आजबाट नेपालमा वर्षाको सम्भावना, कस्तो छ मौसम प्रक्षेपण ?
स्थगित भएका त्रिविका सबै परीक्षा सूचारु हुने
काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्टका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा सूचारु हुने भएका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र हुने ८ वटा परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बुधबार विभिन्न संकायका डिनसहित बसेको बैठकले स्थगित सबै परीक्षा फागुन एक गतेदेखि गर्ने निर्णय गरेको हो । त्रिविको सूचना अनुसार फागुन एक… Continue reading स्थगित भएका त्रिविका सबै परीक्षा सूचारु हुने
नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी
काठमाडौं । नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टी भएको जानकारी दिइन्। ३ जनामा डेल्टा भेरियन्ट देखिएको छ । यसले देशका सातवटै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि मन्त्रालयका प्रवक्ता डा। संगिता मिश्रााले जानकारी… Continue reading नेपालमा थप २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टी
नेपालमा थप ३६३७ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार ६४९९ जनाको पीसीआर परीक्षण गर्दा २२०५ जना र ५०८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ ४३२ जना गरी कुल ३६३७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो। ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो… Continue reading नेपालमा थप ३६३७ जनामा कोरोना पुष्टी, १२ जना संक्रमितको निधन
‘दिनदिनै अनेक समाचारले दिमाग खराब गर्ने काम नगर्नुस्,गठबन्धन फुट्नेवाला छैन’-माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हालको पाँच दलीय गठबन्धन नफुट्ने बताएका छन् । बुधबार अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरू मिलेर अगाडि बढ्ने बताएका हुन् । कसैले चाहँदैमा हालको गठबन्धन नफुट्ने उनको भनाइ छ । अध्यक्ष नेपालले भने, ‘दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको… Continue reading ‘दिनदिनै अनेक समाचारले दिमाग खराब गर्ने काम नगर्नुस्,गठबन्धन फुट्नेवाला छैन’-माधव नेपाल
‘स्थानीय तहको निर्वाचनदेखि सरकार भाग्न पाउँदैन, जेठ ५ भित्रै हुनुपर्छ- ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेठमै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्। बुधबार भक्तपुरको जर्मन हस्पिटालिटीमा पार्टी प्यालेसमा बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन जेठमै हुनुपर्ने बताएका हुन् । उनले जेठ ५ भित्रै निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता सरकारले बुझ्नुपर्ने पनि बताए । अध्यक्ष ओलीले भने,… Continue reading ‘स्थानीय तहको निर्वाचनदेखि सरकार भाग्न पाउँदैन, जेठ ५ भित्रै हुनुपर्छ- ओली
स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान, ४ जेठमा प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचनको प्रस्ताव गरेको छ । सो निर्वाचनमा १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान समेत आयोगको छ । मंगलबार २०७९ साल जेठ ४ बुधबारका दिन स्थानीय तहको निर्वाचन एकसाथ गर्ने प्रस्ताव गर्दै आयोगले सो अनुमान गरेको हो । आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमान… Continue reading स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान, ४ जेठमा प्रस्ताव
एमसीसी नेपालको स्पष्टीकरण: गोप्य सम्झौता छैन
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए नेपाल)ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै पनि ‘गोप्य’ अथवा लुकाइएको दस्तावेज नभएको प्रष्टीकरण दिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको एमसीए नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सार्वजनिक गरिएकाले उक्त आरोपहरु निराधार भएको… Continue reading एमसीसी नेपालको स्पष्टीकरण: गोप्य सम्झौता छैन
मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । खेल भने तनावपूर्ण बनेको छ । तीन खेलाडीले रातो कार्ड पाए । नेपालका एक र मरिससका दुई खेलाडीले रातो कार्ड पाए । दशरथ रंगशालामा सुजल श्रेष्ठले १० औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । राष्ट्रिय टिममा पहिलो… Continue reading मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी, तीन रातो कार्ड