Category: समाचार

  • महानगरले बन्द गर्‍यो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

    महानगरले बन्द गर्‍यो त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड

    काठमाडौं । काठमाडौं, महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।

    यसअघि महानगरले होडिङ बोर्ड हटाउन पटक(पटक आग्रह गरेको थियो । तर पनि सेन्टरले बन्द गरेको थिएन ।

    त्यसपछि बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो ।

    सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो ।

    बिहीबार काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले यस्तो निर्णय लिएका थिए ।

    ट्राफिक प्रहरीले सुरुदेखि नै डिजिटल होर्डिङ बोर्ड नराख्न आग्रह गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको थिएन ।

    अनुमतिबिना चुरोट, रक्सी र अन्य मादक पदार्थको प्रचार गर्ने सबै डिजिटल बोर्ड अब हट्ने छन्।

    नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएका थिए ।

    स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्‍न पाइने नगर प्रहरीले जनाएको छ ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विज एयर नियमित उडान गर्ने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विज एयर नियमित उडान गर्ने

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

    एयरवेजले आगामी कात्तिक १३ (अक्टोबर ३० तारिख)देखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ ।

    योसँगै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान भर्ने दुई एयरलाइन्स पुगेका छन् । यसअघि कुवेतको जजीरा एयरलाइन्सले नियमित उडान गरिरहेको छ ।

    जेठ २ गतेदेखि व्यवसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले मात्र अन्तरराष्ट्रिय उडान गरिरहेको छ । थप एयरलाइन्सले पनि भैरहवाबाट उडान सञ्चालनमा चासो देखाएको प्राधिकरणले जनाएको छ ।

  • प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गर्छः महामन्त्री थापा

    प्रदीप गिरीको विचार, सिद्धान्त र आदर्शलाई कांग्रेसले सधैं अनुशरण गर्छः महामन्त्री थापा

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् ।

    बिहीबार राष्ट्रिय सभागृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै प्रमुख साहले यस्तो बताएका हुन् ।

    महानगरका पूर्वप्रमुृख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उनले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताए ।

    दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामासमेत लाभ पुग्नेछ । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आव्हान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो ।

    कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । नयाँ दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् ।

    एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छन् । ३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ ।

    ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक व्रेक सिस्टक (एबीयस) हुन् । ३ बर्ष वारेन्टी भएका दमकलहरुमा एवीसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा व्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भ¥याङ्, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण छन् ।

    ८ मिटर लम्वाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् ।

  • महानगरद्वारा विपद व्यवस्थापन विभागलाई नयाँ दमकल हस्तान्तरण

    महानगरद्वारा विपद व्यवस्थापन विभागलाई नयाँ दमकल हस्तान्तरण

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले आगलागीजन्य विपदलाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताएका छन् ।

    बिहीबार राष्ट्रिय सभागृहमा विपद व्यवस्थापन विभागलाई नयाँ दमकलको साँचो हस्तान्तरण गर्दै प्रमुख साहले यस्तो बताएका हुन् ।

    महानगरका पूर्वप्रमुृख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उनले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताए ।

    दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामासमेत लाभ पुग्नेछ । दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आव्हान गरिएको थियो । त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो ।

    कम्पनीले करबाहेक ७ करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो । नयाँ दमकलको इञ्जिन क्षमता २७० एचपी हो । दमकलमा प्रतिमिनेट ३ हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन् ।

    एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र २ वटा सक्सन लाइनबाट पानी तान्न सक्छन् । ३ हजार लिटर पानी र ५ सय लिटर फोमको ट्याङक रहेको दमकलले पानीमा फोम आफैँ मिसाउन सक्छ । पानी फाल्ने मोनिटर ३६० डिग्रीमा वरिपरि घुमेर र ८० डिग्री सिधा माथि पानी फाल्न सक्छ ।

    ८ हजार किलोग्रामभन्दा धेरै तौल भएका यी दमकलहरु एन्टिलक व्रेक सिस्टक (एबीयस) हुन् । ३ बर्ष वारेन्टी भएका दमकलहरुमा एवीसी टाइपका फायर इस्टीङग्वीसर, ४ वटा व्रिदिङ् एपारटर्स, ५ मिटर लामा २ वटा अल्मुनियमका भ¥याङ्, २ हजार वाट क्षमताको एउटा जेनेरेटर, २ वटा स्पट लाइट, नाइलनको डोरी, पाइप तथा नोजल लगायत सामाग्री तथा उपकरण छन् ।

    ८ मिटर लम्वाई र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रालियम पदार्थ लागेको र ग्याँसमा लागेको आगो निभाउन सक्छन् ।

  • दुई प्रश्न सोधेपछि सकियो चोलेन्द्रसँगको दोस्रो दिनको बयान

    दुई प्रश्न सोधेपछि सकियो चोलेन्द्रसँगको दोस्रो दिनको बयान

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ ।

    महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।

    संसदको महाअभियोग सिफारिस समितिले राणालाई १९ गते दिउँसो १ बजे पुन: बयानका लागि बोलाएको छ ।

    समिति सदस्य मीन विश्वकर्माका अनुसार आज राणालाई दुईवटा प्रश्न सोधिएको छ । समितिले तयार पारेको ४३ वटा प्रश्नमध्ये पहिलो दिन हिजो ४ वटा प्रश्न सोधिएको थियो ।

    अर्को बैठक भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । बिहीबार न्यायलयमा भएको भ्रष्टाचार, न्याय सम्पादन गर्न नसकेको लगायतका प्रश्न गरिएको थियो ।

    ‘भ्रष्टाचारमा मुछिएको, शक्ति सन्तुलन गर्न नसकेको र न्याय सम्पादनमा भ्रष्टाचार केन्द्रीत भएर फैसला गरियो भन्ने छ, यसमा तपाईको भनाई के हो ? भनेर गरिएको प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर जानुभयो’, विश्वकर्माले बयानमा गरिएका सवाल जवाफबारे जानकारी दिए । त्यसक्रममा जबराले समिति र संसदलाई नै प्रश्न गरेका थिए । जसले गर्दा समय लागेको विश्वकर्माले जानकारी दिए ।

  • काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौंसहित देशभर वर्षा, यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। भोलि शुक्रबार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका ए-(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै शनिबार प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकाले उक्त प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउउन विभागले सचेत गराएको छ ।

  • सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै

    सत्तारुढ दलबीच सिट बाँडफाँटमा अझै सकस, आज पनि बैठक बस्दै

    काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने कार्यक्रम छ । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनले तालमेल गरेर जाने निर्णय गरेका छन् । तर, कुन पार्टीलाई कति सिट भन्ने बाँडफाँट गर्न भने सकेका छैनन् ।

    बुधबार पनि बालुवाटारमा सिट बाँडफाँटबारे छलफल भएको थियो । तर कुनै सहमतिमा पुगेन। कार्यदल बैठकमा नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेका थिए। यसपछिका बैठकमा भने दलहरू आफ्ना अडानबाट पछि नहट्दा सहमति हुन सकिरहेको छैन।

  • उपत्यकामा रात्रिकालिन सम्पदा यात्रा चलाइंदै

    उपत्यकामा रात्रिकालिन सम्पदा यात्रा चलाइंदै

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ल्याएको पर्यटन पुनरुत्थान कार्ययोजनामा यो कार्यक्रम समेटिएको थियो । काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।

    मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदा यात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गरे । रात्रिकालीन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्धत पुग्ने उनले बताए ।

    रात्रिकालीन सम्पदा यात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउने उनको भनाइ थियो । पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तिको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदायात्रा सञ्चालन गरिनेछ ।

    ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुंगेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरुको भनाइ छ । छलफलमा उपत्यकाका स्थानीयतहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ–संस्थाका प्रतिनिधि सहभागि भएका थिए ।

    दिवाकालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्न लागिएको हो । रात्रिकालीन सम्पदा यात्राले स्थानीयवासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुन्नेछ । रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्न सम्पदा क्षेत्रहरू उपयुक्त रहेको मन्त्री श्रेष्ठले बताए ।

  • ऋषि पञ्चमी पूजामार्फत तीजको व्रत समापन गरिँदै

    ऋषि पञ्चमी पूजामार्फत तीजको व्रत समापन गरिँदै

    काठमाडौं । आज तीजको अन्तिम दिन, प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

    हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

    आज स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

    यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ । सप्तऋषिको पूजा गरेसँगै तीज व्रत समाप्त भएको मान्यता छ ।

  • बुटवलमा मोटरसाइकल जुधेर भएको दुर्घटनामा बाबुछोराको मृत्यु

    बुटवलमा मोटरसाइकल जुधेर भएको दुर्घटनामा बाबुछोराको मृत्यु

    बुटवल । बुटवलमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको भएको दुर्घटनामा बाबु(छोराको मृत्यु भएको छ। बुटवल बेलवासमा बुधबार दिउँसो भएको उक्त दुर्घटनामा बुटवल उपमहानगरपालिका–१३ बेलवासकै ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुधबार दिउँसो बेलवास चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए।

    उक्त दुर्घटनामा परेपछि लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकरमुनि परेको थियो। दुर्घटनाबाट गम्भीर घाइते बाबुछोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो। लु ४८ प ३२४६ नम्बरको मोटरसाइकलमा सवार बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन्।

  • रोल्पामा दम्पत्तिको शव फेला, हत्या भएको आशंका

    रोल्पामा दम्पत्तिको शव फेला, हत्या भएको आशंका

    रोल्पा । रोल्पामा एक दम्पत्तिको शव फेला परेको छ । प्रहरीका अनुसार माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको शव फेला परेको हो । धारिलो हतियार प्रहार भएको अवस्थामा परिवर्तन गाउँपालिका–२ राँसीका दुर्गाबहादुर पुन र उनकी पत्नी पार्वती पुनको शव भेटिएको प्रहरीले जनाएको छ ।

    उनीहरु माडी गाउँपालिका–३ तालावाङमा मजदुरी गर्दै आएका थिए । उनीहरुको शव बुधबार दिउसो २ः३० वजे फेला परेको हो । प्रहरीले हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । शव हालसम्म घटनमास्थलमै छ । घटनाको अनुसन्धानका लागि कोहलपुरवाट तालिम प्राप्त कुकुरसमेत बोलाइएको प्रहरीको भनाइ छ ।

  • दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन

    दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन

    काठमाडौं । बुधबार साँझ साढे ६ बजे बुद्धनगरस्थिति एक निर्माणाधिन घरको छतबाट हाम फाल्दा एक किशोर र एक किशोरीको ज्यान गएको छ । प्रहरी वृत्त, बानेश्वरका अनुसार बुद्धनगरको बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल फालेका हुन् । घटनास्थलमा प्रहरी पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । उनीहरुलाई तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे ।

    उनीहरु मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी भएको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरु १३ र १४ वर्षका किशोरकिशोरी भएको खुलेको छ । दुवै पेप्सिकोलामा बस्दै आएका थिए । बुधबार उनीहरु दुबै जना स्पोर्टस् ड्रेसमा उनीहरु स्कुल आएका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार हालसम्म उक्त घरमा अन्य व्यक्तिको प्रवेश देखिएको छैन र शंकास्पद विषय अगाडि आएका छैनन् । घटनाको कारण हालसम्म खुलेको छैन । उनीहरुको झोला पनि हालसम्म भेटिएको छैन ।

  • फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’

    फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं फनपार्कलाई २४ घण्टाभित्र राजस्व तिर्न ‘अल्टिमेटम’ जारी गरेको छ ।

    बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

    व्यवसाय सञ्चालन गरेर वर्षौंदेखि कर नतिरेको भन्दै २४ घण्टाभित्र व्यवसाय, बहाल, मनोरञ्जन र विज्ञापन कर नतिरे सिलबन्दी गर्ने चेतावनी महानगरले दिएको छ ।

    समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरु निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्दै आएको छ ।

    फन पार्क कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको कम्पनीले सञ्चालन गर्दै आएको छ ।

    समाज कल्याण परिषद्को जग्गामा फन पार्क बनाइएको छ । सो पार्कमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो प्रकरणपछि पार्कले कर नतिरेको बताइएको छ ।

  • ‘महाभियोगको प्रक्रिया मिलेको छैन्, यो विषयमा कुनै दिन लेखौंला बोलौंला’

    ‘महाभियोगको प्रक्रिया मिलेको छैन्, यो विषयमा कुनै दिन लेखौंला बोलौंला’

    काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको बयान झण्डै डेढ घण्टा पछि सुरु भएको छ ।

    समितिले तोकेको समयमा राणा पुगेपनि सांसदहरु नआउँदा ढिलो गरी सुरु भएको हो ।

    जवाफको क्रममा आफूले कानुन बाहिर गएर काम नगरेको दाबी गर्दै प्रक्रियामा नै प्रश्न उठाएका छन् ।

    उनले महाभियोग प्रस्ताव निस्क्रिय भइसकेको दाबी गरेका छन्। जनतारसंसदको सम्मानका लागि मात्रै जवाफ दिन आएको उनले बताए ।

    ‘म माथि लागेको अभियोगका विषयमा म कुनै दिन लेखौंला बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन। यो महाभियोगको प्रक्रिया मिलेको छैन्,’ जबराले भने।

    म पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन खोजिएको भन्दै उनले त्यसैका लागि आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए ।

    दीपक कार्कीजीलाई पनि त्यो इच्छा होला नि। उहाँलाई प्रधानन्यायधीश बनाउन गरिएको हो यो सब गुटबन्दी पनि।’

  • महाअभियोग सिफारिस समिति बैठक: डेढ घण्टा सांसदलाई कुरेपछि चोलेन्द्रसँग बयान शुरु

    महाअभियोग सिफारिस समिति बैठक: डेढ घण्टा सांसदलाई कुरेपछि चोलेन्द्रसँग बयान शुरु

    काठमाडौं । निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको बयान झण्डै डेढ घण्टा पछि सुरु भएको छ ।

    समितिले तोकेको समयमा राणा पुगेपनि सांसदहरु नआउँदा ढिलो गरी सुरु भएको हो ।

    जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ ।

    समितिले बोलाएको समय ११ बजे नै राणा सिंहदरबार पुगेका थिए । तर, समितिका सदस्य सांसदहरु नआएपछि उनको बयान ढिलो गरी सुरु भएको हो ।

    फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो। फागुन २२ गते ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएकोमा समितिले बुधवारका लागि जबरालाई बयान दिन बोलाएको हो। उनमाथि विभिन्न २१ वटा आरोप लगाएर महाभियोग दर्ता गरिएको थियो। महाअभियोग दर्ता भएपछि जबरा निलम्बनमा परेका थिए।

    समितिमा एमालेका विष्णु पौडेल,लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य छन्। कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट छन् भने नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी र रेखा शर्मा सदस्य छन्।

    नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजावदी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य छन्।

  • अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

    अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड सूचारु

    चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सूचारु भएको छ । सडक बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् । सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ ।

  • सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

    सोभियत संघका अन्तिम नेता मिखाइलको निधन

    मस्को । सोभियत युगका अन्तिम नेता मिखाइल गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको सत्तामा रहेका मिखाइल सोभियत युगका अन्तिम नेता मानिन्छन् । उनी लामो समयदेखि मृगौला रोगसँग लडिरहेका थिए । मिखाइलको उपचाररत अस्पतालमै निधन भएको बीबीसीले जनाएको छ ।

    स्वर्गीय मिखाइलले शीतयुद्धको शान्तिपूर्ण अन्त्य गर्दै तत्कालीन सोभियत संघलाई विश्वका लागि ढोका खोलिदिएर सुधारको खाका प्रस्तुत गरेका थिए । तर, उनले सोभियत संघको पतनलाई रोक्न भने सकेनन् । सोहीकारण आधुनिक रूसको उदय भयो । मिखाइलको निधनमा विश्वका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तिम सोभियत नेता गोर्भाचोभको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

  • पश्चिम पहाडी भेगमा ठूलो वर्षा

    पश्चिम पहाडी भेगमा ठूलो वर्षा

    काठमाडौं । पछिल्लो केही घण्टायता तनहुँ, लमजुङ, कास्की, बागलुङ, पर्वत, स्याङजा, नवलपरासी, चितवन र आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ ।
    ती क्षेत्रमा ठूलो वर्षा मापन भएको र साना खोला तथा नदीमा बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । त्यस्तै कपिलवस्तुको बाणगङ्गा र आसपासको क्षेत्रमा पनि ठूलो वर्षा भएको छ । बाणगङ्गालगायत आसपासका क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ ।

    उता, पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो । रातिदेखि नै पहिरोका कारण सडक ठप्प भएपछि अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । पहिरो हटाउन दुई तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    अहिले दुई वटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ । गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पानी पर्न कम भएसँगै पहिरो रोकिएको थियो । तर, अहिले फेरि त्यस क्षेत्रमा पानी परेसँगै पहिरो खस्न थालेको छ । पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।

  • कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन

    कांग्रेस नेता प्रदीप पौडेलले दिए तनहुँ क्षेत्र नं २ बाट चुनाव लड्न निवेदन

    तनहुँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्। क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ स्थित प्रतिनिधि सभा क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्। पौडेल कांग्रेस केन्द्रीय सदस्य छन्। तनहुँ २ मै केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार हुन आवेदन दिएका छन्।

    २०७४ को चुनावमा यहाँबाट कांग्रेसका शंकर भण्डारी उम्मेदवार थिए। उनी पराजित भएका थिए। भण्डारीले यसपालि तनहुँ १ मा उठ्न आवेदन दिएका छन्। वाग्ले सभापति शेरबहादुर देउवानिकट मानिन्छन् पौडेल भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट हुन् । क्षेत्रीय कार्यसमितिले आवेदन संकलन गरी जिल्लामा पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारका नाम पठाउने गर्छ।

  • दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। घटनामा १२ जना घाइते खबर छ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आएको छ । मृतक र घाइतेको नाम खुल्न बाँकी छ । घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो। वडाध्यक्ष दोर्णबहादुर बहकरी प्रहरीमा घटनाबारे जानकारी गराएका थिए । घटनास्थलतर्फ प्रहरी जाँदैछ ।

  • सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?

    सत्ता गठबन्धनको सिट बाँडफाँट आज टुंगिएला ?

    काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई टुंग्याउने तयारीमा जुटेका छन् । गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक आज बस्दै छ । गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ । यसै बैठकबाट प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने विषय टुंगो लगाइने भएको छ । गठबन्धनका नेताहरुको बैठक बस्नुअघि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बालुवाटारमा बस्दै छ ।

    यसमा कांग्रेसले माग्ने सीटको साझा धारणा बनाउने तयारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदै छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । कार्यदलस्तरबाट भने अहिलेसम्म कुनै निष्कर्ष आउन सकेको छैन ।

  • चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन

    चितवन क्षेत्र १ मा कांग्रेसबाट स्वर्णिम वाग्लेसहित ६ जनाले दिए चुनाव लड्न निवेदन

    काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले चितवनबाट प्रतिनिधिसभा निर्वाचन लड्न पार्टी समक्ष निवेदन दर्ता गरेका छन् । उनले चितवन १ मा उम्मेदवारी दर्ता गरेका हुन् । मंगलबार कांग्रेसको चितवन १ क्षेत्रीय समितिमा आफ्नो नाम पेश गर्नेमा वाग्लेसहित ६ जना रहेका छन् । जसमा वर्तमान योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल समेत छन् । क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा नाम सिफारिस गर्दा यही सूचीलाई आधार मान्ने छ ।

    यसमा तीर्थराज खनियाँ, उमेश श्रेष्ठ, भीमप्रसाद थपलिया र राजेन्द्र बुर्लाकोटीले पनि उम्मेदवारीका लागि निवेदन दिएका छन् । यसअघि स्वर्णिम गोरखा १ मा लड्ने चर्चा थियो । तर, स्थानीय तहको निर्वाचनमा गोरखामा माओवादी केन्द्रले उत्साहजनक मत ल्याएको छ । जहाँ कांग्रेसको जनाधार कम बन्र्दै गएको छ ।

  • महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर

    महँगा वस्तुको आयातमा लागेको प्रतिवन्ध २८ असोजसम्म निरन्तर

    काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध २८ असोजसम्म थप गरेको छ । सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वस्तुमा भने सरकारले प्रतिबन्ध याथावत राखको छ ।

    उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इन्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

    सरकारले १३ वैशाखको प्रतिबन्धलाई थप कसिलो बनाउँदै ३१ असारमा १४ भदौ (४४ दिन ) सम्मका लागि प्रतिबन्ध थप गरेको थियो । यस बीचमा व्यवसायीहरुले महँगा मदिरा, महँगा गाडी, मोबाइल र १५० सीसी भन्दा माथिका मोटरसाइकलको आयात खुलाउन सकारलाई दबाव दिंदै आएको थियो ।


    विलासी वस्तुको आयात तत्काल खोल्न प्रधानमन्त्री राजी नभए पछि प्रमुख विलासी वस्तुको आयातलाई यथावत राख्दै अन्य ६ वस्तुको आयात प्रतिबन्ध भने हटाउने निर्णयमा सरकार पुगेको हो

  • १ अर्बमा खुम्चियो शेयर कारोबार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    १ अर्बमा खुम्चियो शेयर कारोबार, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

    काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से २.१९ अंकले बढेर १९९५.२१ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६रुपैयाँ बराबरको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच भएको छ ।

    अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । सोमवार १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँ बराबरको भएको थियो ।

    आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ७ समूहको परिसूचक हरियो भएको छ भने ६ समूहको घटेको छ । अन्य समूह सबैभन्दा धेरै २.२९ प्रतिशतले बढेको छ ।

    झिनो अंकले बढेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर हेवा खोला जलविद्युत कम्पनीको शेयरमूल्य ७.४५ अंकले बढेर प्रतिकित्ता ३८५ रुपैयाँ पुगेको छ ।

    त्यसैगरी, नबिल ब्यालेन्स फण्ड–३ को ५.३२ प्रतिशत, ग्लोबल आइएमई सम्मुनत स्कीम–१, इमर्जिङ नेपाल, लक्ष्मी इक्वीटी फण्ड, नेपाल टेलिकम र ओरेन्टल होटलको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    वी नेपाल लघुवित्त सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।

    त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज ९ करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन ६ करोड र नबिल बैंक ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • ट्राफिक चेकिङमा कडाइ, एकैदिन ३११६ सवारी चालक कारबाहीमा

    ट्राफिक चेकिङमा कडाइ, एकैदिन ३११६ सवारी चालक कारबाहीमा

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार ११६ जनालाई कारबाही गरेको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् ।

    कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १७६, लेन मिचेर सवारी चलाउने ११७, रातो बत्तीको पालना नगर्ने २३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ३१२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्य विभिन्नमा २ हजार २१३ चालक रहेका छन् ।

    कार्यालयले ट्राफिक नियमको पालना गरी सवारीसाधन चलाउन सबैलाई आह्वानसमेत गरेको छ ।

  • रौतहटमा चट्याङबाट एकै गाउँका तीन महिलाको मृत्यु

    रौतहटमा चट्याङबाट एकै गाउँका तीन महिलाको मृत्यु

    काठमाडौं । रौतहटको एउटै गाउँमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ।

    जिल्लाको गरुडा नगरपालिका-३ मलाही टोलको खेतमा कामगर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर तीन जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेहरुमा मलाही गाउँकै ३९ वर्षीया सुदनीया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनएको छ।

    मृतक मध्ये सुदनीया र जगिया एउटै परिवारको रहेको प्रहरीले जानाएको छ।

    चट्याङ लागेर एउटै गाउँमा तीन जनाको मृत्यु हुँदा सिंगो मलाही गाउँ शोकमग्न भएको छ।

    खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी ४० वर्षीया सैलीदेवी सामान्य घाइते तथा एक दर्जन बढी महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

  • नेपाली हिन्दु महिलाहरुको महान चाड तीज आज,  महादेवको व्रत बसेर मनाईंदै

    नेपाली हिन्दु महिलाहरुको महान चाड तीज आज, महादेवको व्रत बसेर मनाईंदै

    काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् ।

    तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए ।

    साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
    यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

    सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरुको तर्क छ । निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम हुन्छन् ।

    सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुने मान्यता छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ । आज पशुपतिनाथ मन्दिरमा महिला भक्तजनको ठूलो भीड लाग्छ । दिनभर नाचगान गरिन्छ ।

  • प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन

    प्रतिनिधिसभा निर्वाचनको समानुपातिकमा ६८ दलको निवेदन

    काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६८ दलको निवेदन परेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनमा भाग लिने ७६ वटा दलमध्येबाट प्रतिनिधि सभामा ६८ वटा निवेदन परेको निर्वाचन आयोगका सहायक प्रवक्ता उपयसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए।

    प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ मा ६३ दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन र बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेका छन्।

    गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेश ५८ वटा दलबाट ५० वटा निवेदन परेको आयोगले जानकारी दिएको छ।

  • प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने

    प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको स्रोत खुलाउनु पर्ने

    काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मनोनयनपत्र दर्ता गर्ने उम्मेद्वारहरुले आफूले गर्ने सम्भावित खर्च र त्यसको स्रोत समेत खुलाउनुपर्ने गरी निर्वाचन आयोगले नियम ल्याएको छ । मनोनयनका क्रममा नै उम्मेद्वारहरुले छुट्टै खाता खोलेर खाता सञ्चालन गर्ने प्रतिनिधिको विवरण समेत बुझाउनुपर्ने भएको हो । उम्मेद्वारले सम्बन्धित प्रतिनिधि बाहेक अरुबाट खर्च गर्न नपाउने व्यवस्था गरेको छ ।

    अनि राजनीतिक दलहरुले पनि निर्वाचन प्रचारप्रसारका लागि छुट्टै खाता खोलेर निश्चित प्रतिनिधिमार्फत खर्च गर्ने व्यवस्था गरेको हो । २५ हजारभन्दा बढीको आर्थिक सहयोग बैंकमार्फत मात्रै लिनुपर्नेछ । कसैले नगद दिएकोमा चन्दादाताको नाम सहित त्यो रकम बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको हो । आयोगले खर्चको विवरण र बिल भर्पाई पनि सुरक्षित राख्नुपर्छ भनेको छ ।

  • प्रधानमन्त्री र मन्त्रीहरु आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रको प्रचारमा जान नपाउने

    प्रधानमन्त्री र मन्त्रीहरु आफ्नोबाहेक अन्य निर्वाचन क्षेत्रको प्रचारमा जान नपाउने

    काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरु चुनाव प्रचारका लागि देश दौडाहामा जान नपाउने भएका छन् । निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो । सोमबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता अनुसार कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ ।

    आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ । जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने उल्लेख छ । तर निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउँछन् । यसरी प्रचार गर्न जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न भने पाउने छैनन् ।


    केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले वार्षिक बजेट र कार्यक्रममा स्वीकृत भएका बाहेकका अरु कार्यक्रम घोषणा गर्न र बजेट छुट्याउन पाउने छैनन् ।

    कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न पाउने छैनन् भने त्यसका लागि अनुदान दिन पनि पाउने छैनन् । त्यस्तै केन्द्र र प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यले कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न र नियुक्त गर्न पनि पाउने छैनन् । उनीहरुले आयोगको अनुमति नलिई विदेश भ्रमणमा पनि जान पाउने छैनन् ।