काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको हो । मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको जनाइएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
Category: समाचार
संघीय संसदमा २५ जना भन्दा बढी सांसदमा कोरोना पुष्टी
काठमाडौं । संघीय संसदका २५ जना बढी सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै तर्फका गरी २५ जना बढी सांसद कोरोना संक्रमित भएका छन् । संसद सचिवालयकै ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीहरुमै कोरोना संक्रमण देखिएपछि दुबै… Continue reading संघीय संसदमा २५ जना भन्दा बढी सांसदमा कोरोना पुष्टी
आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल
काठमाडौं । हिन्दु धर्मावलम्बीले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गर्ने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत आरम्भ गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको… Continue reading आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल
सरकारले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो
काठमाडौं । नेपाल र भारतबीचको विवादित क्षेत्र लिम्पियाधुरा, लिपुलेक र कालापानीको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना भइरहेको समयमा सरकारले यी भूभाग नेपालको अभिन्न अंग रहेको बताएको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गरे । उनले महाकाली नदीको… Continue reading सरकारले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो
हवाई यात्रुलाई फेससिल्ड अनिवार्य गरियो
काठमाडौं । नेपालमा हवाई यात्रुलाई पुनः फेससिल्ड अनिवार्य गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रालाई सुरक्षित बनाउने सन्दर्भमा सो निर्णय गरेको हो । हवाईजहाजमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेससिल्ड अनिवार्य गर्ने निर्णय भएको हो । हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था समेत हवाई कम्पनीले मिलाउनु पर्नेछ । वायुसेवा कम्पनीले हरेक उडानपछि… Continue reading हवाई यात्रुलाई फेससिल्ड अनिवार्य गरियो
नेपालमा थप ४९६१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४९६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यही अवधिमा थप ३ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै काेराेनाबाट ज्यान… Continue reading नेपालमा थप ४९६१ जनामा कोरोना पुष्टी, तीन जना संक्रमितको निधन
प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने गरी तोकिएको वैठक माघ १६ गतेसम्मको लागि स्थगित संसद सचिवालयले जनाएको छ । विभिन्न दलका सांसदहरू कोरोना संक्रमित भएको र देशमा पनि कोरोना संक्रमण बढ्दै गएका बेला सोमवारका लागि तोकिएको बैठक सारिएको हो । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६… Continue reading प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित
रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले माग १५ गते सम्मका लागि मनारञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबारको बैठकले गरेका मन्त्रिपरिषदका निर्णय आज सार्वजनिक गर्दै उक्त निर्णय गरेको बताएका हुन् । जसमा डिर्पाटमेन्ट स्टोर, सपिङमल लगायतका क्षेत्रमा एकपटकमा २५ जना मात्रै जान पाइने र दुई व्यक्तिविच दुई मिटर दुरी हुनुपर्ने, सामान… Continue reading रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय
सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले सीमा विवादबारे भारतको धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित क्षेत्र लिपुलेकमा सडक विस्तार गरिरहेको बताउनुभएपछि नेपालमा त्यसको आलोचना भइराखेको छ । यसै सन्दर्भमा शनिबार विज्ञप्ति सार्वजनिक गर्दै भारतीय दूतावासले यो विषयमा नेपाल सरकारलाई जानकारी भएको बताएको हो । विज्ञप्तिमा विवादको विषयमा अन्तर सरकारी… Continue reading सिमा विवादमा बोल्यो भारतीय दूतावास, यस्तो छ भनाइ
आजबाट नेपालमा बुस्टर डोज दिइने
काठमाडौं । सरकारले आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिन सुरु गर्दैछ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ डोजका लागि मन्त्रालयले… Continue reading आजबाट नेपालमा बुस्टर डोज दिइने
सुर्खेतमा एकै परिवारका चार जना मृत फेला
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर… Continue reading सुर्खेतमा एकै परिवारका चार जना मृत फेला
अफगानिस्तानमा नेपालले सहयोग सामग्री पठाउने
काठमाडौं । मानवीय संकटसँग जुधिरहेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली मानवीय सहायता सामग्रीसहित काबुल जाने भएको हो । अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट… Continue reading अफगानिस्तानमा नेपालले सहयोग सामग्री पठाउने
नेपालमा ४६३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट यसअवधिमा ४ जनाको मृत्यु भएको… Continue reading नेपालमा ४६३६ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?
काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। राससका अनुसार दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेशनल हेल्थ सर्भिस’ का प्रतिनिधि… Continue reading नेपाली नर्स लैजान बेलायत तयार, कहिलेबाट शुरु हुन्छ प्रक्रिया ?
आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
काठमाडौं । माघ १ गते विभिन्न सम्प्रदायले आफ्नै तरिकाले मनाउने पर्व हो । माघी पर्वका रुपमा थारु समुदायले भने आज नयाँ वर्षका रुपमा मनाउँछन् । स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो… Continue reading आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु
तनहुँ । तनहुँमा जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको प्रहरीले जनाएको छ । ग१ज ६५५५ नम्बरको… Continue reading तनहुँमा जिप दुर्घटना, ६ जनाको मृत्यु
लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको प्रतिक्रिया दिएको छ । यस विषयमा सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सडक निर्माण रोक्न माग गर्दै कांग्रेसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्ने समेत बताएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा… Continue reading लिपुलेकमा भारतले संरचना बनाइरहेको बारे बोल्यो कांग्रेस
नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१३… Continue reading नेपालमा एक दिनमै थपिए ५०८७ कोरोना संक्रमित
अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकर को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतीस्थित आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीवार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए । उनका अनुसार अर्थलाई मात्र करिब तीन अर्ब पिस स्टिकर चाहिन्छ ।… Continue reading अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन
सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड
काठमाडौं । सरकारले आगामी माघ ७ गतेबाट सार्वजनिक सेवामा कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । यस्तो निर्णय लागु हुने दिन नजिकिँदै जाँदा नेपालमा खोप केन्द्रमा मानिसहरुको अत्यधिक भिड बढेको छ । खोप केन्द्रमा थामिनसक्नु भिड बढेपछि कोरोनाको जोखिम समेत अझ बढेको हो । सरकारले यसअघि प्राथमिकतामा परेका बाहेकलाई खोप लगाउन प्रोत्साहन गर्न सकेको… Continue reading सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएपछि खोप केन्द्रमा थामिनसक्नु भिड
धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता
धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता छन् । सेना, प्रहरी र स्थानीयले बिहीबार दिनभर खोजी कार्य जारी राखेपनि भेटाउन सकेनन् । उनीहरुको आज पनि खोजी शुरु भएको छ । जिल्लाको रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा खसेको पहिरोले डोजर सहित उनीहरुलाई पुरेको हो । बिहीबार बिहान रुबी भ्याली गाउँपालिका–१… Continue reading धादिङमा बाटो खन्दा डोजरसहित पुरिएका तीन जना अझै वेपत्ता
नेपालमा लकडाउन नगर्ने सरकारको संकेत
काठमाडौं । नेपालमा तत्काल लकडाउन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यस्तो संकेत गरेका छन् । सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको उनको भनाई छ । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरिएको भन्दै उनले आवश्यक ठाउँ हेरेर आवश्यक परेको अवस्थामा मात्र लकडाउन… Continue reading नेपालमा लकडाउन नगर्ने सरकारको संकेत
उपत्यकामा एकैदिन १९१६ जनामा कोरोना पुष्टी, सक्रिय संक्रमित ८ हजार नाघ्यो
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १९१६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ३९६ पुगेको छ ।
नेपालमा एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित
काठमाडौं । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३५५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २९२२ जना र ४५८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६३१ गरी ३५५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना… Continue reading नेपालमा एकैदिन थपिए ३५५३ जना कोरोना संक्रमित
संयुक्त इजालसमै फर्काइयो प्रचण्डको मुद्धा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी छाडेर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरिपाउ भनि सर्वोच्चमा दायर गरेको रिट संयुक्त इजलासमै फर्काइएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा आज सुनुवाइ भइ उक्त रिट निवेदनलाई संयुक्त इजलासमै फर्काइएको हो… Continue reading संयुक्त इजालसमै फर्काइयो प्रचण्डको मुद्धा
धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता
धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । जिल्लाको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएको प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएको खबर आएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटना स्थल पैदल दूरी ४… Continue reading धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिदाँ तीन जना वेपत्ता
आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिनमा हुने भएको छ । निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिका वावजुत निर्वाचन भने नरोकिने स्पष्ट पारेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा कुनै परिवर्तन नहुने आयोगको भनाई छ । आयोगका अनुसार स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते हुने छ । राष्ट्रिय सभामा मतदान… Continue reading आज निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक, राष्ट्रिय सभा निर्वाचन तोकिएकै दिन हुने
बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने
काठमाडौं । बुधबार राती मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालको अधिकांश स्थानमा पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसोबाट मौसममा सुधार हुने छ । अहिलेको यो प्रणाली कमजोर भइसकेको छ । काठमाडौं उपत्यकामा समेत बिहीबार घाम लाग्नेछ… Continue reading बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने
स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या
काठमाडौं । स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या भएको छ । जिल्लाको वालिङ नगरपालिका १० भकुण्डेमा बुधवार दिउँसो चक्कु प्रहारबाट १६ महिने बालकको ज्यान गएको हो । पर्वतको पैयूँ गाउँपालिका ५ घर भइ वालिङ १० भकुण्डेमा डेरा गरी बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले बालकलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । उनले वालिङ… Continue reading स्याङ्जामा चक्कु प्रहार गरि १६ महिने बालकको हत्या
सिंहदरबार प्रवेश गर्न यसअघि जारी भएका सबै पास खारेज
काठमाडौं । सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि जारी भएका सबै पास खारेज गरेको छ । गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गर्दै यस्तो निर्णय गरेको हो । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको जानकारी समेत गराएको छ । अब कुनै पनि… Continue reading सिंहदरबार प्रवेश गर्न यसअघि जारी भएका सबै पास खारेज