Category: समाचार

  • आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त

    आगामी निर्वाचनमा ८४ वटा दलबिच भिडन्त

    काठमाडौं । आगामी मंसिर ४ मा तोकिएको संघ र प्रदेशको निर्वाचनमा ८४ वटा दल दर्ता भएका छन्। मंगलबार दल दर्ता गर्ने अन्तिम दिन थियो । निर्वाचन आयोगका अनुसार दर्ता भएका दलमध्ये चार वटा दल संयुक्त रूपमा दर्ता भएका छन् ।

    दुई वा दुईभन्दा बढी दल एउटै पार्टी र चुनाव चिन्हबाट लड्ने गरी चार वटा दल दर्ता भएका हुन् । २०७४ सालको निर्वाचनमा ८६ वटा दल दर्ता भएका थिए। दल दर्ता गर्ने समय सकिएसँगै अब निर्वाचन आयोगले पेस गरिएका विवरण केलाउनेछ । त्यसपछि मात्र दलको सूचि सार्वजनिक गर्ने तयारी आयोगको छ ।

  • निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ

    निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ

    काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् ।

    उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गरेकी छिन् । काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।

  • सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज

    सत्ता गठबन्धनको सीट बाँडफाँट गर्न बनाइएको कार्यदलको बैठक आज

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेस गर्ने तयारी छ । २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ । अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो । कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

    माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

  • बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..

    बालेनले प्रचण्डमाथि नैतिक प्रश्न उठाएपछि..

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा प्रचण्डप्रति प्रश्न उठाएका छन् । हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका हुन् । यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ ।

    यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत हुन् । बालेनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

  • हर्क साम्पाङ्गले भेटे अर्थमन्त्री, खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता

    हर्क साम्पाङ्गले भेटे अर्थमन्त्री, खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताएका छन् ।

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गसंग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले धरान महानगरपालिकालाई सहयोग गर्ने बताएका हुन् ।

    उप-महानगरका मेयर हर्क साम्पाङ्गले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटी खानेपानीकाे समस्या समाधानका लागि गुहारेपछि मन्त्रालयले सहयाेग गर्ने प्रतिबद्धता जनाएकाे छ ।

    साम्पाङसँगकाे भेटमा अर्थमन्त्री शर्माले मन्त्रालयले प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक बजेटकाे जाेहाे गर्न उप-महानगरलाई सहयोग गर्ने आश्वसन दिए ।

    मन्त्री शर्माले मेयर साम्पाङ्ग र उनकाे टीमले धरानका जनताको खानेपानी समस्या समाधानका लागि गरिरहेकाे जनपरिचालनले देशभरमा राम्राे सन्देश दिएकाे बताए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ । अरु स्थानीय सरकारले पनि यसकाे अनुशरण गर्न सक्छन्’, उनले भने ।

    भेटमा मेयर साम्पाङ्गले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक परेकाे बताए । उनले संघीय सरकार स्थानीय तहकाे अविभावक भएकाले पनि समस्या परेकाे बेलामा प्राविधिक तथा वित्तीय स्राेत जुटाउन सहयाेग गरिदिनु पर्नेमा जाेड दिए ।

  • नेपालमा थप ८४८ जनामा कोरोना पुष्टी, ५२६ जना संक्रमण मुक्त

    नेपालमा थप ८४८ जनामा कोरोना पुष्टी, ५२६ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२२ जनाको पीसीआर परीक्षण गर्दा ३९९ जना र २८९७ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९३ हजार ८५८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५२५९ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९९० पुगेको छ ।

  • नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय

    नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ पठाउने गठबन्धनको निर्णय


    काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेका छन् ।

    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको वैठकले संसदमा छलफलका लागि पेश भएको उक्त विधेयकलाई हुबहु राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको हो ।

    संसद्बाट बहुमतले पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार आवश्यक रहेको भन्दै प्रतिनिधिसभामै फिर्ता पठाइएको छ ।

    दोस्रो पटक शीतल निवास पठाएको विधेयक राष्ट्रपतिले संसदमा फिर्ता पठाउन पाउने छैनन्।

    संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद फिर्ता पठाउन सक्ने व्यवस्था छ।

  • सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

    सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

    काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ।

    अर्थमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

    त्यसभन्दा पहिले बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रपतिबाट पुनः विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको जानकारी गराएका थिए। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको जानकारी गराइएको थियो।

  • वामदेव र बाबुरामलाई हँसिया हथौडा चिन्हबाट चुनाव लड्न स्वीकृति

    वामदेव र बाबुरामलाई हँसिया हथौडा चिन्हबाट चुनाव लड्न स्वीकृति

    काठमाडौं । नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ ।

    माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई दलको चुनाव चिह्न दिने निर्णय गरेको हो ।

    ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो। त्यसको स्वागत गर्छौ। उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं‘, बैठकपछि माओवादी केन्द्रको प्रवक्ता कृष्णबहादुर महराले भने।

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दल दर्ताको समय आज सकिँदै छ । एकल चुनाव चिह्नका लागि दल दर्ता गर्दा नै निवेदन दिनुपर्ने भएकाले नेताहरू निर्वाचन आयोग जाँदै छन् ।

  • नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालीम शुरु

    नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालीम शुरु

    काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम आजबाट सुरु भएको छ । नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच संयुक्त तालिम अभ्यास सुरु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो ।

    नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित भएर छाउनी र नगरकोट इलाकामा तालिम सञ्चालन भएको छ । तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइपुगेको निर्देशनालयले जनाएको छ ।

  • राष्ट्रपति पोखरामा, आज दिनभर व्यस्त रहने

    राष्ट्रपति पोखरामा, आज दिनभर व्यस्त रहने

    पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार पोखरा पुगेकी छिन् । उनी मंगलबार भने विभिन्न कार्यक्रममा व्यस्त रहने छिन् । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा सोमबार उनलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरे । सोमबार राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बसिन् ।

    उनी मंगलबार बिहान ८ः३० मा पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शनमा जाने कार्यक्रम छ । ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कार्यक्रम समेत तय भएको छ । त्यसपछि १ बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बन्ने छिन् । उनी आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको समेत बताइएको छ ।

  • नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदै

    नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदै

    काठमाडौं । नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजबाट प्रतिनिधि सभामा प्रक्रिया शुरु हुने भएको हो । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र जानकारी गराउने उल्लेख छ ।

    साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आफूकहाँ आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै सोमबार प्रतिनिधि सभामै फिर्ता पठाएकी छन् । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । राष्ट्रपति कार्यालयको सोसम्बन्धी पत्र संघीय संसद सचिवालयमा पुगेको छ । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल शुरु हुनेछ ।

    राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने गरिन्छ । यसरी आएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसपछि भने पुनः विधेयक फिर्ता हुने छैन ।

  • ट्राफिक नियम मिच्ने ११८ जना विद्यार्थी कारवाहीमा

    ट्राफिक नियम मिच्ने ११८ जना विद्यार्थी कारवाहीमा

    काठमाडौं । ट्राफिक नियम मिच्ने ११८ जना बिद्यार्थी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको विशेष चेकिङमा सोमबार बिहान मात्रै कलेजका ११८ जना बिद्यार्थी कारबाहीमा परेको हुन् । ट्राफिक प्रहरीको चेकमा सवारी चालक अनुमती पत्र नभएका, सवारी दर्ता किताब नभएका र अन्य ट्राफिक नियम उल्लघंन गर्ने विद्यार्थी कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार कारबाही पर्ने सबै बिद्यार्थीमा दुई पांग्रे सवारी साधनका चालक हुन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाभित्र १० हजार ७३३ सवारी साधन दुर्घटना भएको देखिन्छ । जसमध्ये आठ हजार ३६४ वटा दुई पाङ्ग्रे सवारी साधन मात्रै रहेको छ । तथ्यांकअनुसार सवारी दुर्घटनामा परि १९१ जनाको मृत्यु भएको छ भने, दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ । जसमा ५८ जना पैदल यात्री हुन् ।

    मृत्यु हुनेमा अधिकांश दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ता छन् । ती सवारी दुर्घटनामा १७ वर्षदेखि ३५ वर्ष उमेर समुहका मानिसको मृत्यु भएको देखिन्छ । यसरी सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुई पाङ्ग्रे सवारी साधन देखिएकाले दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही सुरु गरेको प्रवक्ता भट्टले जानकारी दिए ।

  • मंगलबारदेखि नेपाली सेना र अमेरिकी सेनाले संयुक्त तालिम गर्दै

    मंगलबारदेखि नेपाली सेना र अमेरिकी सेनाले संयुक्त तालिम गर्दै

    काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त तालिम सञ्चालन हुने भएको छ । मंगलबारदेखि सञ्चालन हुने ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तालिमका लागि अमेरिकी सेनाको टुकडी आवश्यक सामग्रीसहित सोमबार नेपाल आइपुगेको सेनाले जनाएको छ ।

    नेपाली सेनाका अनुसार तलिम सशस्त्र द्वन्द्वको कानुन, सैन्य निर्णय निर्माण प्रक्रियालगायत विषयमा केन्द्रित हुनेछ । यो तालिम २०६० सालदेखि दुवै देशको सेनाबीचमा सञ्चालन हुँदै आएर यो ३९औं संस्करण भएको सेनाले बताएको छ । सेनाले नेपालको रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाबीच यो तालिम हुने जनाएको छ ।

  • बन्चरे डाँडाको अवरोधमा एमालले पनि साथ दिएपछि बालेन अझ आक्रोसित

    बन्चरे डाँडाको अवरोधमा एमालले पनि साथ दिएपछि बालेन अझ आक्रोसित

    काठमाडौं । बन्चरे डाँडामा सोमबार समेत अवरोध निरन्तर रहेपछि दिनभर स्थानयि र प्रहरीबीच तनाव भइरह्यो । फोहोर फाल्न ठूलो संख्यामा प्रहरी परिचालन गर्नु परेको छ । यसबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) झनै आक्रोसित बनेका छन् । साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको र यसमा सत्तारुढ दलसँगै विपक्षीले समेत साथ दिएकोमा दुखः व्यक्त गरेका छन् । सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरे ।

    बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि जनाए । ‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ रु पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’ बालेनले प्रश्न गरे ।

    उनले फोहोर लैजाने कुरा सहज नहुनमा सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरिएको र यसमा विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको उनले उल्लेख गरेका छन् । उनका अनुसार आज २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगिएको छ । आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकिएको समेत उनले जनाएका छन् ।

  • बञ्चरेडाँडामा स्थानीयको अवरोधमा बल प्रयोग, प्रहरी लगाएरै फोहर फाल्न शुरु

    बञ्चरेडाँडामा स्थानीयको अवरोधमा बल प्रयोग, प्रहरी लगाएरै फोहर फाल्न शुरु

    काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ ।

    बञ्चरेडाँडामा फोहोर व्यवस्थापनमा स्थानीयले गरेको अवरोध हटाउन प्रहरीले बल प्रयोग गरेको हो ।

    फोहर बोकेर गएको गाडीलाई दिउँसो त्यहाँका स्थानीयवासीले रोके पनि अहिले सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने काम चलिरहेको छ ।

    काठमाडौंबाट गएका र नुवाकोटकै गरी दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मीले अहिले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सुरक्षा दिइरहेका छन् ।

    दिउँसो स्थानीयवासीको अवरोध खुलाउन पुगेका प्रहरी र उनीहरूबीच सामान्य झडपसेमत भएको थियो ।

    गएराति सहरी विकास मन्त्रालयले स्थानीयका सबै मागहरू कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेसँगै भदौ १ गतेदेखि गर्ने भनिएको आन्दोलन स्थगित गरिएको थियो ।

    त्यसलगत्तै आज बिहानै फोहोर बोकेका गाडी ल्यान्डफिल साइटतर्फ गएका थिए ।

    तर, सत्तारूढ दलका स्थानीय नेता कार्यकर्ताहरूले आन्दोलन जारी राखेका थिए ।

  • नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको निधन

    नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१५५ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र २५८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४६१ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९३ हजार ४५९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ४७४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५३८७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९८९ पुगेको छ ।

  • ‘कसैलाई काखापाखा गर्दिन्, पार्टीभित्र एकता कायम गरेर चुनावमा जाऔं’

    ‘कसैलाई काखापाखा गर्दिन्, पार्टीभित्र एकता कायम गरेर चुनावमा जाऔं’

    काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनेतिर जोड दिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

    कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि सोमबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    मैले विशिष्ट परिस्थितिमा सरकारको नेतृत्व गरेको हुँ। कोभिड नियन्त्रण गर्ने, लोकतान्त्रिक मूल्यमान्यता स्थापित गर्ने र एमसीसी अनुमोदन गर्ने जिम्मेवारी थियो। त्यो पूरा गरेको छु’ उनले भने। कांग्रेसकै नेतृत्वमा स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको देउवाले बताए।

    अबको ध्यान मंसिर ४ गतेका लागि केन्द्रित भएको बताउँदै देउवाले सबैले सोहीतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए। ‘अघिल्लो पटक हामीले विपक्षी गठबन्धनका कारण जित्न सकेनौं। यसपटक हाम्रो गठबन्धनको सरकार छ। हामीले गठबन्धन गरेरै जाने हो। पार्टीभित्र मजबुत एकता कायम गरेर चुनावमा जाऔं,’ देउवाले भने।

    देउवाले आफूले पार्टीभित्र सहमतिमै निर्णय गरेको दाबीसमेत गरे। आगामी दिनमा पनि पार्टीमा कसैलाई काखापाखा नगरिने उनको भनाइ छ। ‘मैले पार्टीभित्र सहमतिमा निर्णय गर्ने गरेको छु। आगामी दिनमा पनि कसैलाई काखापाखा हुन दिन्नँ। कतिपय ठाउँमा गठबन्धन भएर पनि हामी हार्नुपरेको छ। स्थानीय तहले जनताको मन जित्नुपर्छ। जनताभन्दा ठूलो कोही छैन,’ उनले भने।

    जनता देशका मालिक भएको देउवाको भनाइ थियो। जनताको मन जित्नेगरी काम गर्न समेत उनले पार्टीबाट निर्वाचित प्रतिनिधिलाई निर्देशन दिएका छन्।

    ‘२०७४ सालमा एक्लै चुनाव लड्नुपर्ने अवस्था थियो। गठबन्धनले गर्दा हामी पराजित भयौं। यसपटक गठबन्धनका कारण हामी सरकारमा छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय तहको निर्वाचन गठबन्धनकै कारण राम्रो भयो।’ उनले गठबन्धन भएपछि सजिलै निर्वाचन जितिन्छ भन्ने भ्रमबाट मुक्त हुन नेताकार्यकर्तालाई आग्रह गरे।

    उनले जनताभन्दा ठुलो अरु कोही नहुने नभएकाले सबैले जनभावनाअनुरूप काम गर्नुपर्नेमा जोड दिए।’जनताभन्दा ठुलो कोही छैन। जनता यो देशको मालिक हो।

    त्यसैले सर्वभौमसत्ता सम्पन्न जनता भनेको हो। त्यसैले पार्टीका साथीहरुले जनताको दिल जित्नु आवश्यक छ,’ देउवाले भने, ‘यस्तो अवस्थामा मात्र जनताले कांग्रेसलाई साथ दिनेछन्। आउँदा दिनमा जनताको दिल जित्नु छ। साथीहरु सबै यस कार्यमा लाग्न आग्रह गर्दछु।’

  • आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी

    आज पनि रोकिए बन्चरे डाँडामा फोहोरका गाडी

    काठमाडौ । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडी सोमबार पनि रोकिएका छन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले गाडी बीच बाटोमै रोकिदिएका हुन् । सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरेकोमा आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि उनीहरुलाई साथ दिएको स्थानीयले जनाएका छन् ।

    हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी गरेका छन् । राजनीतिक दलहरुको अवरोधका कारण आज बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले फोहोर खसाल्न पाएका छैनन् । हिजो गएका २५ वडा गाडीले मात्र फोहोर खसालेका थिए ।

  • डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा समाहित हुन तयार, चुनावी रणनीति की राजनीतिक थकान ?

    डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा समाहित हुन तयार, चुनावी रणनीति की राजनीतिक थकान ?

    काठमाडौं । डा. बाबुराम भट्टराई वर्तमान पार्टीहरुमध्ये आफ्नो माउ पार्टी माओवादी केन्द्रको चर्को आलोचक बनिसकेका थिए । नयाँ युगका लागि पुरानो पार्टीको काम छैन भन्ने निष्कर्षसहित ७ वर्षअघि तत्कालीन नेकपा एकीकृत माओवादी परित्याग गरेका उनी आगामी निर्वाचनमा भने माओवादीको चुनाव चिन्हबाट निर्वाचनमा जान तयार भएका छन् ।

    नयाँ संविधान बनेलगत्तै उनले पार्टी परित्याग गरेका थिए । ६ वर्ष अगाडी नयाँ शक्ति पार्टी गठन नै गरेका थिए । त्यसपछि उनी सोही पार्टीका माध्यमबाट संघ र प्रदेशसभाको पहिलो चुनावमा गए । तर, सफलता भएनन् ।

    आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि भट्टराई माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसियाँ हतौडामै चुनाव लड्न तयार भएसँगै उनको नयाँ यात्रा पुरानै धारमा फर्किएको हो । यसलाई कतिपयले राजनीतिक थकान भनेका छन् भने कतिपयले चुनावी रणनीति भएको बताएका छन् । यी पार्टीबीचको मौखिक सहमतिलाई सोमबार औपचारिकता दिने तयारी छ ।

  • चुनावी रणनीति बनाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

    चुनावी रणनीति बनाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

    काठमाडौं । चुनावी रणनीति बनाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
    बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुने तयारी छ ।

    डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ । आज साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको छ ।

  • राष्ट्रपतिबाट फिर्ता पठाएको विधेयक अब कसरी अगाडी बढ्छ ?

    राष्ट्रपतिबाट फिर्ता पठाएको विधेयक अब कसरी अगाडी बढ्छ ?

    काठमाडौ । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको थियो । राष्ट्रपतिले यो विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेसँगै राजनीतिक सरगर्मी तातेको छ । एमालले राष्ट्रपतिको कदमको स्वागत गरेको छ । कांग्रेसले कडा आलोचना गरेको छ । माओवादीले भने साझा धारणा बनाएर मात्र प्रतिक्रिया दिने भनेको छ । राष्ट्रपतिको असहमतिका कारण नागरिकता विधेयक पुनः संसदमा फिर्ता आएको छ । संविधानअनुसार संसद्‌बाट पारित विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण वा पुनर्विचार गर्ने प्रावधान छ ।


    राष्ट्रपति फिर्ता पठाएको विधेयक सरकारले अघि बढाउन चाहेको अवस्थामा अब पुनः संसद्‌मा पुरानै प्रक्रिया अपनाउनु पर्छ । सरकारले विधेयक फेरि प्रतिनिधिसभामा टेबुल गर्नुपर्छ । यसरी टेबुल गरेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नुपर्छ । त्यसपछि उक्त विधेयकमा ७२ घन्टाको संशोधन हाल्ने समय दिइन्छ । त्यसपछि प्रतिनिधिसभाले दफावार छलफलका लागि समितिमा पठाउन पनि सक्छ सभाबाटै टुंग्याउन पनि सक्छ ।

    यो प्रक्रियाबाट प्रतिनिधि सभाबाट पास भएपछि उक्त विधेयक राष्ट्रियसभामा पठाइन्छ । राष्ट्रिय सभाले पनि प्रतिनिधि सभाकै जस्तो प्रक्रिया पूरा गरेपछि सन्देशसहित प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ । यसरी पठाएको विधेयक भने राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ । यो पुनः संसदमा आउन पाउँदैन ।

  • प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

    प्यूठान । प्युठानमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका ६ बहानेमा जीप दुर्घटनामा परेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा नौबहिनी ५ डामृका रेमसरा बुढा मगरकी २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापा छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाका अनुसार चेतना र करुणाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    चालक थापाको भने उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । दुर्घटनामा दुई जान गम्भीर घाइते भएका छन् भने घाइते ७ जनाको उपचार भइरहेको छ । आइतबार साँझ ५ बजे प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको हो ।

  • नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता

    नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छिन् । विधेयकलाई संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले एक विज्ञप्ती जारी गरी जानकारी दिएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पास भएर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुगेको थियो ।

    आधारमा नेपाली नागरिकता पाएकाका सन्तानले वंशजका आधारमा नागरिकता पाउने र आमाको नामबाट पनि नागरिकता पाउने प्रावधान नयाँ विधेयकमा थियो । यसले गैरआवासीय नेपालीलाई समेत नागरिकता पाउने बाटो खोलेको थियो । विधेयक १५ साउनमा राष्ट्रपति समक्ष पुगेको थियो ।

  • नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

    नेपालमा थप ४५५ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३०८ जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २५२१ जनाको एन्टिजेन परीक्षण गर्दा १५० जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९३ हजार ३२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७५ हजार ६०९पुगेको छ । सक्रिय संक्रमितको संख्या ५७७५ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ ।

  • बालेनलाई योगेशले भने-‘फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित आउनुहोस्, एमालेले सहयोग गर्छ’

    बालेनलाई योगेशले भने-‘फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित आउनुहोस्, एमालेले सहयोग गर्छ’

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर बालेन साह असफल हुने टिप्पणी गरेका छन् ।

    आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेको मुख्यालय आउन आग्रह गरेका हुन् ।

    त्यस्तै, सांसद भट्टराईले देउवा सरकारसँग फोहोर व्यवस्थापन गर्ने हुत्ती नरहेकोले ध्यानाकर्षण पनि नगर्ने बताएका छन्।

    ‘काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास थियो। यो पटक ७१ दिन भयो। प्रधानमन्त्रीले कुनै पहल गर्नु भएको छैन, सम्बन्धित मन्त्री बेखबर छन्।

    काठमाडौंको फोहोरले झाडापखाला, हैजा निम्त्याएको छ,’ सांसद भट्टराईले भने, ‘यो सरकारले कुनै पहल कदमी गर्न सक्दैन। यो सरकारको हुत्ती पनी छैन। त्यसैले म यो सरकारलाई ध्यानाकार्षण पनि गर्दिनँ।’

  • विदेशमा रहेका नेपालीलाई भोट हाल्न नेपाल आउन राप्रपाको निम्तो

    विदेशमा रहेका नेपालीलाई भोट हाल्न नेपाल आउन राप्रपाको निम्तो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा भाट हाल्ने गरी स्वदेश फर्कन आह्वान गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपालीहरूलाई चुनावका बेला नेपाल आउन आग्रह गरेका हुन् । नेपालमा मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ। लिङ्देन झापा ३ बाट उम्मेदवार हुने तयारीमा छन् । लिङ्देनले पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा शनिबार भएको कार्यक्रममा विदेशमा रहेकालाई नेपाल आउन आग्रह गरेका हुन्।

    ‘समसामयिक राजनीति, प्रवासको संगठन विस्तार र आसन्न निर्वाचनमा प्रवासको भूमिका’ विषयक भर्चुअल अन्तर्क्रियामा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका पक्षमा जनमत बढाउन आग्रह गरे । ‘प्रवासमा रहेका साथीहरूले पार्टीका पक्षमा जनमत बनाउन, सामाजिक सञ्जालको भरपूर सदुपयोग गर्न, आक्रामक ढंगबाट संगठन विस्तार गर्न, निर्वाचनको बेला संगठित रुपमै स्वदेश आउने तालिका बनाउन र प्रभावकारी रुपले चुनावी अभियानमा होमिनुपर्छ,’ प्रवास विभागका प्रमुख आनन्द अधिकारीको अध्यक्षतामा भएको अन्तर्क्रियामा लिङ्देनले भने। विभिन्न २७ देशमा रहेका पार्टी आवद्ध प्रतिनिधिहरुसँग लिङ्देनले अन्तर्क्रिया गरेका थिए ।

  • बाढीले काठमाडौंका नदी किनारमा उच्च जोखिम, फोहोर बग्दा झनै दुर्गन्ध

    बाढीले काठमाडौंका नदी किनारमा उच्च जोखिम, फोहोर बग्दा झनै दुर्गन्ध

    काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर उठेको छैन । जसले गर्दा सडकमा फोहोर थुप्रिएको छ । त्यसमाथि निरन्तर परेको वर्षाले सडक झनै अस्तव्यस्त बन्न पुगेको छ । गतरातीबाट मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले ५ बजे सूचना जारी गर्दै सबै नदीमा जलसतह बढ्दो अवस्थामा रहेको जनाएको हो । मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

    काठमाडौंमा पानी पर्न रोकिएपनि अझै केही घण्टा नदी किनारको सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
    मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे अध्यावधिक गरेको मौसमी बुलेटिनमा लेखिए अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

    आज राति भने प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ । यद्यपि आगामी ३ दिनसम्म नेपालका प्रमुख नदीहरुको जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

  • शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर

    शनिबार बन्चरे डाँडामा फालियो १५२ गाडी फोहोर

    काठमाडौं । शनिबारबाट काठमाडौंमा फोहोर संकलन शुरु भएको महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी गराएका छन् । उनका अनुसार शनिबार १५२ वटा गाडी फोहोर बञ्चरे डाँडामा पुगेको छ । शनिबार स्थानीयले समेत अवरोध नगरेको उनले जानकारी गराएका छन् । अब कुनै अवरोध नभए दैनिक २५० देखि ३५० वटा गाडी बन्चरे डाँडा लैजाने लक्ष्य छ । काठमाडौं महानरपालिकामा दैनिक ७५ र अन्य पालिकाबाट दैनिक ७५ गरी दैनिक १५० गाडी फोहोर उठ्ने गरेको छ ।

    मेयर बालेनका अनुसार फोहोर व्यवस्थापनमा सरोकारवाला सबैको सहयोगको अपेक्षा महानगरपालिकाले गरेको छ । उनले कुनै पनि हालतमा बन्चरे डाँडाको अवस्था सिस्डोलको जस्तो नहुने प्रतिवद्धता समेत जनाएका छन् । बन्चरे डाँडामा विभिन्न माग राख्दै स्थानीयले गरेको अवरोधले पटक पटक फोहोर संकलनको काम प्रभावित बनेको छ । यसले काठमाडौं उपत्यका कुरुप बनिरहेको छ ।

  • रुकुममा प्रहरी भ्यान दुर्घटना, एक जवानको मृत्यु

    रुकुम । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको भ्यान दुर्घटना हुँदा रुकुममा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको कार्यालयले जनाएको छ ।

    दुर्घटनामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी नायव उपरीक्षक रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते भएका छन् । दुर्घटनामा परी प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर र इन्द्र घर्ती घाइते भएका छन् । घाइतेमध्ये डीएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकप्टर मार्फत् कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ ।