पाँचथरमा पहिरो, तीन जना वेपत्ता

File

पाँचथर । अविरल वर्षापछि आएका पहिरोमा परी पाँचथरमा तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने… Continue reading पाँचथरमा पहिरो, तीन जना वेपत्ता

सीमावर्ती भारतीय भूमिमा गोली चल्दा बर्दियाका एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागि एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली दायाँ खुट्टामा लागेको थियो । उनलाई अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको बर्दियाका प्रहरी नायब उपरीक्षक सूर्य सुवेदीले जानकारी दिएका छन् । गोली कसले… Continue reading सीमावर्ती भारतीय भूमिमा गोली चल्दा बर्दियाका एक जनाको मृत्यु

काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाको संक्रमण देखिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो । योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या १७ पुगेको छ । उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, सरकारले हैजाबाट बच्न सतर्कता… Continue reading काठमाडौं उपत्यकामा १७ जनामा हैजा पुष्टी, सतर्कता अपनाउन आग्रह

रवि लामिछानेले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकारभित्र ‘घण्टी’

काठमाडौं । सञ्चार क्षेत्र छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएका छन् । आयोगले लामिछानेलाई शुक्रबार दल दर्ताको प्रमाणपत्रसहित चुनाव चिन्ह गोलाकारभित्र घण्टी प्रदान गरेको हो । आयोगले दल दर्तासँगै लामिछानेले चुनाव चिन्ह प्रदान गरेसँगै पार्टीको वैधानिकता प्रदान गरेका छन् । यसअघि पार्टीको नामका स्वतन्त्र उम्मेदवार मिलेर लामिछानले… Continue reading रवि लामिछानेले पाए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकारभित्र ‘घण्टी’

नेपालमा थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३८७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन। कोरोनाबाट १८ जना निको… Continue reading नेपालमा थप ५० जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

काठमाडौं महानगरभित्र भिख माग्न निषेध, अटेर गरे कारवाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र भिख माग्ने कामलाई निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार एक सूचना प्रकाशित गरी महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीख माग्न निषेध गरेको जनाएको हो । तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी… Continue reading काठमाडौं महानगरभित्र भिख माग्न निषेध, अटेर गरे कारवाही

पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ मा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । अन्यको गल्छी र आदमघाट अस्पतालमा… Continue reading पृथ्वी राजमार्गमा सडकमै पल्टियो बस, ३१ जना घाइते

प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता भएको छ । बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको नेपाली सञ्चारमाध्यमहरुले पुष्टी गरेका छन् । जनता समाजवादी पार्टी भित्र उपेन्द्र यादव र बाबुराम भट्टराईबीच चरम विवाद उत्पन्न भएको छ । यसले पार्टी… Continue reading प्रचण्ड र बाबुराम भट्टराईबीच उपराष्ट्रपति निवासमा भेटवार्ता

थप ५५ जनामा कोरोना पुष्टि, १७ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार २ हजार ६९८ जनामा कोरोना परीक्षण गर्दा ५५ जनामा संक्रमण देखिएको छ । कोरोना निको भई १७ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या २८० रहेको छ… Continue reading थप ५५ जनामा कोरोना पुष्टि, १७ जना संक्रमण मुक्त

क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका यातायात कार्यालयहरुले परीक्षणकालिन लाइसेन्स (अस्थायी) छपाइ र वितरण बन्द गरेका छन् । बजेटको अभाव देखाउँदै यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ एकान्तकुना, चाबहिल तथा भक्तपुर कार्यालयले परीक्षण लाइसेन्स छाप्न बन्द गरेका हुन् । केन्द्र र प्रदेश सरकारको समन्वय हुन नसक्दा अस्थायी कार्ड वितरणमा समस्या निम्तिएको यातायात व्यवस्था कार्यालयहरूले बताएका छन्। परीक्षणकालीन… Continue reading क्युआर कोडसहितको ‘परीक्षणकालीन लाइसेन्स’ छपाइ र वितरण बन्द

वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकता राष्ट्रिय अभियान) का संयोजक वामदेव गौतमबीच बालकोटमा भेटवार्ता भएको छ। नेकपा विभाजन र खारेजीपछि राजनीतिबाट निष्क्रिय गौतमले करिब एक वर्षपछि बालकोट पुगेर ओलीसँग संवाद गरेका हुन्। एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपा भंग भएयता गौतम तटस्थ थिए। उनले फेरि पनि एकताको प्रयास गर्दै… Continue reading वामदेवको प्रस्ताव-‘आफू-आफू चुनाव लड्ने हो भने कम्युनिष्टको हार निश्चित छ, वाम गठबन्धन गरौं ’

अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ मा सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने

काठमाडौं । अमेरिकी दूतावास काठमाडौंले आगामी जुलाई १७ मा विद्यार्थी भिसाका लागि सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने भएको छ । सुपर सन्डे कार्यक्रम अन्तर्गत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ । विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवसरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराउन लागिएको दूतावासले… Continue reading अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ मा सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने

लयमा फर्कियो नेपाली शेयर बजार, नेप्से उच्च अंकले बढ्दा २ अर्ब ४५ करोडको कारोबार

काठमाडौ । विहीवार शेयर बजारमा उछाल आएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२७ कम्पनीको २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँ बराबरको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच भएका… Continue reading लयमा फर्कियो नेपाली शेयर बजार, नेप्से उच्च अंकले बढ्दा २ अर्ब ४५ करोडको कारोबार

जंगली च्याउ सेवनबाट ६ जना गम्भीर बिरामी

बुटवल । बुटवलमा जंगली च्याउको सेवनबाट ६ जना गम्भीर बिरामी परेका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १२ नयाँगाउँमा जङ्गली च्याउ खाँदा छ जना बिरामी परेका छन् । त्यसमध्ये पाँच जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । जङ्गली च्याउ खाएर बिरामी परेका उनीहरुको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।… Continue reading जंगली च्याउ सेवनबाट ६ जना गम्भीर बिरामी

शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर नेताहरूको भेला आज बोलाइएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भेलामा सभापति शेर बहादुर देउवामाथि दवाव सिर्जना गर्ने रणनीति रहेको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका… Continue reading शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

File

काठमाडौं । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । जसका कारण महाकाली नदीमा बाढीको सतह बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आह्वान गरेको छ । भारतको पिथौरागढस्थित धौलीगंगा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी दिन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई… Continue reading भारतले द्यौलीगंगा जलविद्युत आयोजनाको बाँध खोल्ने, महाकालीमा जोखिम

नेपालका कोरोना संक्रमण बढ्यो,एकैदिन ६२ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनामा कोरोना परीक्षण गर्दा ६२ जनामा कोरोना पोजेटिभ देखिएको हो । १ हजार ८ पिसिआर परीक्षणमा ५१ जना र ६ सय १२ एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।… Continue reading नेपालका कोरोना संक्रमण बढ्यो,एकैदिन ६२ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । पहिलो संक्रमित बस्ने ठाउँ वरपर पानीको नमूना परीक्षण गर्दा कोलिफर्म भन्ने जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ । यस्तै ललितपुरबाट १८ ठाउँको नमूना परीक्षण… Continue reading काठमाडौं उपत्यकामा १४ जनामा हैजा संक्रमण

दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ४३ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन नेप्से ४१.३९ अकले बढेर १९६२.७१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२८ कम्पनीको १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँ बराबरको ४३ लाख ८६ हजार ४३९ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, १ अर्ब ४३ करोडको कारोबार

‘प्रेमी’को श्रीमती कुटेर विवादित बनेकी मन्त्री विमलाले दिइन् राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । बुधबार वलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा पत्र बुझाएकी हुन् । यसभन्दा अघि प्रेमी भनिएका व्यक्तिको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै वली विवादमा तानिएकी थिइन् । दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई हातपात… Continue reading ‘प्रेमी’को श्रीमती कुटेर विवादित बनेकी मन्त्री विमलाले दिइन् राजीनामा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा निर्धारण गरेको छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।… Continue reading अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, झनै कमजोर बन्दै नेपाली मुद्रा

कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालियो, २१ ढोका खुल्ला

काठमाडौं । सप्तकोसी नदीमा जलसतह बढेसँगै खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । पहाडी र तराई क्षेत्रमा लगातार वर्षा भइरहेका कारण सप्तकोसीमा पानीको बहाव निकै बढेको छ । बुधबार पानीको बहाव एक लाख ५८ हजार १२५ क्युसेक पुगेको छ । एक लाख ५० हजार क्युसेकभन्दा बढी बहाव भएपछि त्यसलाई खतरा मान्ने गरिन्छ । अहिले कोसी… Continue reading कोसी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालियो, २१ ढोका खुल्ला

देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

काठमाडौं । बुधबार पनि मौसम बदली भई देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर मौसम फैलिएको छ । बुधबार आज देशका केही ठाउँमा चट्याङसहित भारी वर्षा हुनेछ भने केही ठाउँमा सामान्य वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना हरेको छ । पछिल्ला… Continue reading देशका विभिन्न स्थानमा आज पनि ठूलो वर्षा

आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै

काठमाडौं । नेपाली कृषकको सम्मानमा १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं… Continue reading आज राष्ट्रिय धान दिवस, देश भर मनाइदै

मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

काठमाडौं । भक्तपुर र काठमाडौंका तीनवटा नगरपालिकाका प्रमुखले अविरल वर्षाका कारण मनोहरा खोलाको बहाव बढेर धार परिवर्तन गरी खोलाले दुवैतर्फ जमीन कटान गरिरहेकाले सचेतना अपनाउन नगरबासीसँग आग्रह गरेका छन् । मङ्गलबार संयुक्तरुपमा सार्वजनिक अपील जारी गर्दै उनिहरुले भनेका छन्, ‘‘खोलाको वहावले कागेश्वरी मनोहरा नगरपालिका, चाँगुनारायण नगरपालिका र मध्यपुरथिमि नगरपालिकाको भू–भाग हुँदै दुवैतर्फ जमीन कटान भई… Continue reading मनोहरा नदिमा बढ्यो पानीको बहाव, जोखिम बढ्यो

काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम शुरू भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेकोहो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले… Continue reading काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

दुई दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहरको डङ्गुर पार… Continue reading दुई दिन काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर पार्टी घोषणा गरेका हुन् । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान रहेको छ । पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने पत्रकार सम्मेलनमा जनकारी दिइयो । आज बिहान ६९ सदस्यीय केन्द्रीय… Continue reading वामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ सदस्यीय केन्द्रीय कमिटी

नेपालमा थप ४४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर २ हजार ७९८ नमूनाको परीक्षण हुँदा मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा १ हजार ८५२ जनाको पीसीआर र ९४६ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी… Continue reading नेपालमा थप ४४ जनामा कोरोना पुष्टि

एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो

Photo : Gorakhapatra

काठमाडौं । नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा आबद्ध नहुने जानकारीसहितको पत्र पठाएको छ । साेमवारको राष्ट्रिय सभाको बैठकमा गृह मन्त्री बालकृष्ण खाणले एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी गराए। अमेरिकी र नेपाली सेनाको बीचमा सहयोग आदानप्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम अब के हुन्छ भनेर गम्भीरतापूर्वक छलफल… Continue reading एसपीपीमा आवद्ध नहुने पत्र नेपालले अमेरिकालाइ पठायो