अर्थसचिव मरासिनी बिदामा,जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने मुडमा

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । अर्थमन्त्री विवादमा मुछिएका बेला मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका हुन् । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् । स्रोतकाअनुसार अर्थसचिव मरासिनीले बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव… Continue reading अर्थसचिव मरासिनी बिदामा,जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय नफर्किने मुडमा

आइतवार सार्वजनिक बिदा

काठमाडौं । सरकारले असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बकर ईदको उपलक्ष्यमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेपाल र क्यानडाबीचको खेलमा वर्षा बाधक

काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । किङ सिटी मैदानमा गत राती पौने ९ बजेबाट शुरु हुनु पर्ने खेल वर्षाका कारण अवरुद्ध भएको हो । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको छ । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ… Continue reading नेपाल र क्यानडाबीचको खेलमा वर्षा बाधक

भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो

नयाँ दिल्ली । भारतमा होटेल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हटेको छ । भारतको केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले सोमवार होटेल, रेष्टुरेन्ट तथा ढावाले लिने गरेको सेवा शूल्क हटाउने निर्णय गरेको हो । अब भारतमा सेवा शूल्क प्रतिवन्धित भएको छ । त्यो त भारतमा सन् २०१७ मा समेत यस्तो घोषणा भएको थियो । तर,… Continue reading भारतमा होटल तथा रेष्टुरेन्टमा लाग्दै आएको सेवा शूल्क हट्यो

नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो हुँँदै नयाँ नयाँ कीर्तिमान बनिरहेका छन् । बुधबार अघिल्लो दिनको तुलनामा ०.६७ पैसाले मूल्य बढेपछि अमेरिकी डलरको भाउले उच्च कीर्तिमान छोएको हो । बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७.३० पैसा तोकेको छ । यो अहिलेसम्मकै माथिल्लो विन्दु हो । यसअघि गत सोमबार… Continue reading नेपालमा अमेरिकी डलरको मूल्यमा निरन्तर कीर्तिमान

रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको पहिचान

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । दुर्घटनामा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, बुद्ध लामा, रामबहादुर श्रेष्ठ, नेमा… Continue reading रामेछाप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको पहिचान

दैनिक ज्यालादारी जनशक्ति थपेर सरसफाइमा जुट्यो काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रको सरसफाइ र वातावरणीय सुधारका लागि थप जनशक्ति परिचालन गरेको छ। महानगरका अनुसार अहिले थपिएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने काम गरिरहेका छ्न्। साथै, सडक किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने र काँटछाँट गर्नेजस्ता काम भइरहेको महानगरले जनाएको… Continue reading दैनिक ज्यालादारी जनशक्ति थपेर सरसफाइमा जुट्यो काठमाडौं महानगर

नेपालमा एकैदिन ९० जना कोरोना संक्रमित थपिए, २० जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षण गर्दा ७३ जना र १ हजार १६८ जनाको एन्टिजेन परीक्षण गर्दा १७ गरी ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार… Continue reading नेपालमा एकैदिन ९० जना कोरोना संक्रमित थपिए, २० जना संक्रमण मुक्त

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जना घाइते

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। आज बिहान रामेछापको सुनापती गाउँपालिका ५ मा बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए। ‘म घटनास्थलमा पुग्न लागें। हाम्रो प्रहरी निरीक्षकसहितको टोली खटिएर… Continue reading रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, घाइते २५ जना घाइते

कांग्रेस पदाधिकारीको बैठक आज, के छन् एजेण्डा

काठमाडौं । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा र… Continue reading कांग्रेस पदाधिकारीको बैठक आज, के छन् एजेण्डा

पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

काठमार्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आजै राती १२ बजेबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा ९\९ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर… Continue reading पेट्रोलियम पदार्थको भाउ बढ्यो, कुन इन्धनको मूल्य कति ?

काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंलाई गोली हानी आत्महत्या गरेका हुन् । दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका प्रहरीले जनाएको छ । घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन… Continue reading काठमाडौंस्थित भारतीय दूतावासभित्र गोली चल्यो, एक सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु

‘बजेट हेर्दै दुई चार व्यापारिक घरानाका अनुहार देखिन्छ, अनाधिृकत मानिस राखेर बजेट बनाइयो’- ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट सरकारले नभै दुई चार व्यापारिक घरानाले ल्याएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा ओलीले भने, ‘यो त देशको बजेट नै होइन, व्यापारीको बजेट हो । बजेट हेर्दै… Continue reading ‘बजेट हेर्दै दुई चार व्यापारिक घरानाका अनुहार देखिन्छ, अनाधिृकत मानिस राखेर बजेट बनाइयो’- ओली

सरकारप्रति लक्षित गर्दै ओलीले भने- ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ,इनफ इज इनफ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अत्ति नै भएर संसदमा बोल्न उभिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् । एसपीपी आफ्नो पालोमा आएको र आफूहरुले त्यसलाई अस्विकार गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपमा कुनै… Continue reading सरकारप्रति लक्षित गर्दै ओलीले भने- ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ,इनफ इज इनफ’

जसपाका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

काठमाडौं । मन्त्रिपरिषद पुनर्गठन भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार जनता समाजवादी पार्टीका तीन नेतालाई सहभागी गराएर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन्। जसपाले भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री… Continue reading जसपाका मन्त्रीहरू हेरफेर, यस्तो छ नयाँ मन्त्रिपरिषद्

निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा घात गर्नेमाथि कारवाही गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचनमा परेका उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको हो । पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुखसहित तीन… Continue reading निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

आज पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन जारी छ । जसका कारण सोमबार समेत देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भएको छ । सोमबार दिउँसो धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन । पानी पर्दै रोकिने क्रम भने चल्नेछ । राति… Continue reading आज पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो

काठमाडौं । बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको करिब २३ लाख मात्रा नेपाल ल्याइएको छ । कोभ्याक्स सुविधामार्फत ‘फाइजर बायोएनटेक’ खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख सुरेन्द्र चौरसियाले बताए। उनकाअनुसार २२ लाख ९९ हजार २०० मात्रा खोप नेपाल आइपुगेको हो। उक्त खोप ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लगाइने छ। आइतबार प्राप्त… Continue reading बालबालिकालाई लगाउन २३ लाख मात्रा खोप नेपाल ल्याइयो

नेकपा फुटनु अगाडीका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता ? एकताको सम्भावना कति ?

काठमाडौं । आइतबार अबेर सार्वजनिक एक तस्वीरले राजनीतिक वृत्तमा पुनः एक बहस सिर्जना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्नु अगाडीका बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका… Continue reading नेकपा फुटनु अगाडीका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता ? एकताको सम्भावना कति ?

काठमाडौं उपत्यकामा २७ सहित थप ५३ जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र ९ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार… Continue reading काठमाडौं उपत्यकामा २७ सहित थप ५३ जनामा कोरोना पुष्टी

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखियो

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ । धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको हो । यसले ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ नेपालमा फैलिएको छ भन्ने देखाउँछ । बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, ‘बीए… Continue reading नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ देखियो

राष्ट्रिय एकता अभियान पार्टीमा लफडा,‘वामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जना निकालिए

काठमाडौं । राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् । हिजो बसेको पार्टीको सचिवालय बैठकले संयोजक वामदेवलाई निष्काशन गरेको भनी विज्ञप्ती निकाल्ने सचिवालय सदस्य युवराज सफलसहितका ५ जनालाई निष्कासन गर्ने निर्णय लिएको हो । त्यसअघि सफलले संयोजक गौतमलाई पार्टीबाट निष्काशन गरेको भनी विज्ञप्ती निकालेका थिए । हिजोको… Continue reading राष्ट्रिय एकता अभियान पार्टीमा लफडा,‘वामदेवलाई निकाल्यौँ’ भन्ने पाँच जना निकालिए

राहदानी विभागको आग्रह-‘१० देखि १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, अत्यावश्यकबाहेकका काठमाडौं धाउनुपर्दैन’

काठमाडौं । राहदानी विभागले १० देखि १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने बताएको छ । राहदानी वितरण गर्दा ढिलाइ गरेको र सेवाग्राहीले दु:ख पाएको गुनासो बढेपछि एक सूचना जारी गर्दै विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको बताएको हो । पासपोर्ट बनाउन काठमाडौंमा भिडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवाग्राहीलाई नआउन… Continue reading राहदानी विभागको आग्रह-‘१० देखि १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, अत्यावश्यकबाहेकका काठमाडौं धाउनुपर्दैन’

आइतबार पनि मौसम प्रतिकुल, पहाडमा पहिरोको जोखिम

काठमाडौं । आइतबार देशभर मनसुन सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न क्षेत्रमा गएराति देखि नै वर्षा भइरहेको छ । केही क्षेत्रमा भारी वर्षासमेत भएको छ । बिहान मधेस प्रदेश, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सामान्यतया मौसम सफा रहनेछ छ । आज दिउँसो आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी… Continue reading आइतबार पनि मौसम प्रतिकुल, पहाडमा पहिरोको जोखिम

पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..

काठमाडौं । बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट उनी स्वयमः निस्कासनमा परेका छन् । विरलै हुने यस्तो घटना हुने पार्टी घोषणा गरेको एक सातामै भएको हो । गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दा उनलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले साथ दिएका थिए। तर आफूहरूलाई देखाएर… Continue reading पार्टी गठन भएको एक साता मै बामदेव गौतम निष्काशनमा परेपछि..

एमालेको सचिवालय बैठक आज, के छन् एजेण्डा ?

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएको सन्दर्भमा नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार तथा नवीकरण र विभागहरूको काम व्यवस्थापनलगायत एजेण्डाहरुमा छलफल हुने नेकपा एमालेले जनाएको छ । संसदमा… Continue reading एमालेको सचिवालय बैठक आज, के छन् एजेण्डा ?

बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत फेला

काठमाडढौं । काठमाडौंको बुद्धनगरमा रहेको केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन् । काभ्रे तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । रायमाझी त्यहाँ डेढ वर्षदेखि कार्यरत थिइन् । उनको हत्या भएको आशंका गर्दै… Continue reading बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत फेला

आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

मोरङ । मोरङमा शुक्रबार राति महिलाको आगो लगाएर हत्या भएको छ । शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ । शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती… Continue reading आगो लगाएर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

पाँचथरमा पहिरोमा परी वेपत्ता तीन जनाकै भेटियो शव

file

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको प्रहरीले जनाएको छ । गतराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो। घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद… Continue reading पाँचथरमा पहिरोमा परी वेपत्ता तीन जनाकै भेटियो शव

अविरल वर्षाका कारण मेलम्ची नदीमा बाढीको जोखिम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भएसँगै मेलम्ची नदीमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमा महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा शनिबार भारी वर्षा मापन भएको छ। मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको छ । महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो… Continue reading अविरल वर्षाका कारण मेलम्ची नदीमा बाढीको जोखिम