न्यूयोर्क/अमेरिका तामाङ समाज अमेरिकाले तामाङ समुदायको महान पर्व सोनाम ल्होछार (नयाँँ वर्ष) विशेष कार्यक्रम गर्दै मनाएको छ । बौद्धधर्म परम्परा अनुसार साङ सेरकिम पुजासंगै शुरु भएको ल्होछार कार्यक्रममा तामाङ समुदायको साथै न्युयोर्क र आसपासमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । तामाङ समुदायको मौलिक संस्कृति झल्कने प्रस्तुती सहित गत साता ल्होछार आयोजना गरिएको हो… Continue reading तामाङ समाज अमेरिकाले मनायो ल्होछार
Category: समाचार
न्यूयोर्कमा श्रष्टा सम्मानित
न्यूयोर्क/अमेरिका अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले ४ जना साहित्य श्रष्टाहरुलाई सम्मान गरेको छ । आइतबार न्यूयोर्कको ज्याक्सन हाईटमा आयोजना गरिएको ‘न्यूयोर्कमा श्रष्टा’ नामक कार्यक्रममा साहित्य श्रष्टाहरुको श्रृजना सुनाइएको थियो । अनेसास न्यूयोर्क च्याप्टरका महासचिव राजन महर्जनका अनुसार, हरेक तीन महिनाको अन्तरालमा ४/४ जना श्रष्टाहरुलाई सम्मान गर्ने र उनीहरुको साहित्य श्रृजना सुन्ने नयाँ कार्यक्रमको… Continue reading न्यूयोर्कमा श्रष्टा सम्मानित
खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो
काठमाडौं । सरकारले खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगमका अनुसार प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि भएको छ । यो मूल्य राती १२ बजेबाट लागु हुनेछ । निगमका अनुसार भारतबाट खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । सोहीअनुसार प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य समायोजन गरिएको छ । अब ग्यासको मूल्य अब प्रति… Continue reading खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो
अमेरिकास्थित लामो दुरीको बस ग्रेहाउन्डमा गोली चल्यो
अमेरिका स्थित लामोदुरीको लागि चर्चित यात्रु बाहक बस “ ग्रेहाउन्ड ” भित्र गोली प्रहार भएको छ । सोमबार बिहान १ बजे पछी लसएन्जलसदेखी सनफ्रान्सिस्को जाँदै गरेको यात्रुबाहक बसमा गोली चल्दा ६ यात्रु घाईते भएको लसएन्जलसस्थित समाचार एजेन्सीहरुले जनाएका छँन् । गोली चलेको समयमा बस भित्र ४० जना यात्रुहरु सबार थिए । बस भित्र अकस्मात गोली… Continue reading अमेरिकास्थित लामो दुरीको बस ग्रेहाउन्डमा गोली चल्यो
महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन् । उनी महरालाई भेट्ने पहिलो भीआइपी समेत हुन् । महरा डिल्ली बजार कारागारमा रहेका छन् । आफनै सचिवालयकी एक महिला कर्मचारीले बलत्कार प्रयासको आरोप लगाएपछि उनी पूर्पक्षका लागि कारागार चलान भएका हुन् । उनीलाई कारगारमा भेट्न अहिलेसम्म करीव १० हजार मानिस पुगेपछि भीआइपी गेष्ट… Continue reading महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई
ठमेलको असरल्ल तार तीन महिनाभित्र भूमिगत गर्न अल्टिमेटम
काठमाडौं । ठमेलमा असरल्ल अवस्थामा रहेको तार भूमिगत गरी व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले तीन महिनाको समय दिएको छ । ठमेलमा अव्यवस्थित तारले यस क्षेत्रको सुन्दरता नै बिग्रिएको भन्दै महानगरपालिकाले आफैले तार काट्न थालेको थियो । तर, यसले टेलिफोन तथा इन्टरनेट सेवा नै अवरुद्ध भएपछि महानगरपाकिलाले आफैले तार काट्न छाडेर अवस्थित गर्न अल्टिमेटम दिएको हो ।… Continue reading ठमेलको असरल्ल तार तीन महिनाभित्र भूमिगत गर्न अल्टिमेटम
सुनसरीमा दूर्घटना, ५ को ज्यान गयो
सुनसरी । सुनसरी, रामधुनी नगरपालिकाअन्तर्गत तित्रीवनमा सवारी दूर्घटना भएको छ । दूर्घटनामा परी ५ जनाको न्यान गएको छ । माइक्रो र ठूलो बस एकआपसमा ठोक्किएर भएको दूर्घटनामा १४ जना घाइते भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । आइतबार बिहान साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३१५७ नम्बरको माइक्रो बस… Continue reading सुनसरीमा दूर्घटना, ५ को ज्यान गयो
बामदेव गौतम बने नेकपाको उपाध्यक्ष
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वामदेव गौतमलाई उपाध्यक्षमा चयन गरेको छ । उनी अहिले पनि सचिवालय सदस्य हुन् । आइतबार केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगठनिक प्रतिवेदन पारित भएको छ । यससँगै गौमम उपाध्यक्ष बनेका हुन्। गत साउनमा नेकपा सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। सचिवालयको… Continue reading बामदेव गौतम बने नेकपाको उपाध्यक्ष
स्कूलबाटै बालिका अपहरण गर्ने अपहरणकारी पक्राउ, बालिकाको उद्दार
भक्तपुर । आइतबार राजधानीको एक स्कुलबाटै बालिका अपहरणमा परेकी छिन् । भक्तपुरको निकोसेरास्थित एक विद्यालयबाट अपहरणमा परेकी बालिकाको करीव ३ घण्टापछि प्रहरीले उद्दार गरेको छ । अपहरणमा संलग्न रहेको आरोपमा एक २० वर्षिय यूवक समेत पक्राउ परेका छन् । सर्लाही लालबन्दी ५ स्थायी घर भई भक्तपुर ठिमी बस्ने आशिष थापालाई पक्राउ गरेको हो । चिनजान… Continue reading स्कूलबाटै बालिका अपहरण गर्ने अपहरणकारी पक्राउ, बालिकाको उद्दार
चीनबाट फर्काएपछि नेपालीलाई कहाँ राखिदैछ ?
काठमाडौं । कोरोना भाइरस उत्पत्ति भएको शहर चीनको वुहानबाट करीव ३ सय नेपालीले घर फर्कन इच्छा व्यक्त गरेका छन् । उनीहरुले उद्दारका लागि बेइजिङस्थित नेपाली दूतावासमा निवेदन बुझाएका हुन् । उ नीहरु अति प्रभावित क्षेत्रबाट नेपाल भित्रन लागेका कारण सिधै घर पठाउन मिल्दैन । कोरोनाको संक्रमण दुई सातासम्म पनि कुनै लक्षणबीना सुसुप्त अवस्थामा रहन सक्ने… Continue reading चीनबाट फर्काएपछि नेपालीलाई कहाँ राखिदैछ ?
आजसम्म निवेदन दिएका नेपालीलाई वुहानबाट नेपाल फर्काइने
काठमाडौं । चीनस्थित वुहान प्रान्तबाट चार्टर्ड विमानबाट नेपालीलाई स्वदेश फर्काइने भएको छ । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन प्रक्रिया थालेको हो । बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीको उद्दार गर्न निवेदन भने दिनु पर्छ । निवेदन दिने अवधि आजसम्म मात्र छ । जसले निवेदन दिए, उनीहरुलाई मात्र नेपाल ल्याइने दूतावासले… Continue reading आजसम्म निवेदन दिएका नेपालीलाई वुहानबाट नेपाल फर्काइने
सुधारिँदै वैदेशिक व्यापार, व्यापारघाटा निरन्तर ओरालो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा समग्र वैदेशिक व्यापार सुधारोन्मुख देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनासम्म आइपुग्दा आयात घटेको छ । निर्यातले उच्च दरमा वृद्धिको बाटो पहिलाएको छ । यसले समग्र व्यापार घाटा घटाउन महत्वपूर्ण भूमिका खेलेको छ । यस आव पहिलो महिनाबाटै व्यापार घाटा कम हुन थालेको… Continue reading सुधारिँदै वैदेशिक व्यापार, व्यापारघाटा निरन्तर ओरालो
बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेतालाई जोगाइएको छ । ललितानिवासमा ११४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्य सचिव लीलामणि पौडेलसहित ४० जनाभन्दा बढीलाई दोषि सावित गरेको छ । यस प्रकरणमा अधिकांश कर्मारीलाई मुछेर राजनीतिक दलका नेताहरुलाई भने सफाई दिइएको बताइएको छ । मन्त्रिपरिषदले कार्यदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो ।… Continue reading बालुवाटार जग्गा प्रकरण : नेता बचे, कर्मचारी मुछिए
प्रदेश २ मा विदेश जान बैंकले ऋण दिने, साहुको ऋण लिन नपर्ने
जनकपुरधाम । अब प्रदेश दुईबाट रोजगारीका लागि विदेश जाने यूवाले बैंकबाट ऋण पाउने भएका छन् । व्यक्तिगत रुपमा गाउँका साहुहरुले चर्को व्याजमा ऋण लिँदा धेरै घरपरिवार समस्यामा पर्ने गरेका छन् । यसैसन्दर्भमा प्रदेश सरकारको पहलमा बैंकले यूवालाई विदेश जाने प्रयोजनका लागि ऋण दिन थालेका हुन । प्रदेश २ बाट वैदेशिक रोजगारीमा जाने युवाले विनाधितो सहुलियत… Continue reading प्रदेश २ मा विदेश जान बैंकले ऋण दिने, साहुको ऋण लिन नपर्ने
गिरिजा प्रसाद फाउण्डेशन अमेरिकाले बृहत कार्यक्रम गर्ने
न्यूयोर्क अमेरिकास्थित गिरिजा प्रसाद फाउण्डेशन न्यूयोर्कले यही जनवरी २९ तारिखका दिन ब्रुकलिन बोरो प्रेसिडेण्टको कार्यालयमा एक बृहत छलफल गरेको छ । न्यूयोर्क शहरमा थप सुरक्षा सुधार के कसरी गर्न सकिन्छ ? भन्ने विषयमा केन्द्रित रहेर आगामी कार्यक्रमहरु तय गर्नको लागि उक्त छलफल भएको हो । गिरिजा प्रसाद कोईराला फाउण्डेसन र ब्रुकलिन बोरो प्रेसिडेण्टका प्रतिनिधि बीच… Continue reading गिरिजा प्रसाद फाउण्डेशन अमेरिकाले बृहत कार्यक्रम गर्ने
साउनामा पसेका दम्पत्ति मृत फेला
ललितपुर । ललितपुरको फिट एण्ड फाइन जिमखानामा साउनामा पसेका एक दम्पत्तिको निधन भएको छ । जीम सकेर उनीहरु वाफ लिन साउना पसेका थिए । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्ने हस्त गर्बुजा मगर र नेत्रकुमारीको गतराती निस्सासिएर मृत्यु भएको हो । ललितपुर प्रहरी परिसर जावलाखेलका अनुसार हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिवका रुपमा काम गरिसकेका व्यक्ति हुन्… Continue reading साउनामा पसेका दम्पत्ति मृत फेला
४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गरेका छन् । उनले ४८ वर्षिय राजीव ढुंगानालाई अध्यक्ष बनाएका छन् । यस विषयले भने पुनः सभापति देउवा एक पटक सामाजिक संजालमा हाँसोको पात्र बनेका छन् । किनकी जीवनको ४८ औं वसन्त पार गरिसकेका व्यक्तिलाई उनले विद्यार्थी संगठनको… Continue reading ४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष
आज शहिद दिवस मनाइदै
काठमाडौं । आज शहिद दिवस मनाइदैछ । राणा शासन विरुद्ध आवाज उठाउने क्रममा मारिएका चार सहिद र त्यसपछिको परिवर्तनका लागि लडेका शहिदको सम्झनामा यो दिवस मनाउन लागिएको हो । जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । उनीहरुको यसै बलिदानलाई सम्झना गर्दै… Continue reading आज शहिद दिवस मनाइदै
नेकपाको महाधिवेशन २०७७ चैतमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव आएको छ । बुधबारबाट राजधानीमा सुरु केन्द्रीय कमिटीको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन २०७७ चैतको अन्तिममा गर्ने प्रस्ताव गरेका छन् । बैठकमा अध्यक्ष दाहालले महाधिवेशन २०७७ चैत २५ देखि ३० गनेसम्म गर्ने प्रस्ताव गरेका हुन् । २०७५ जेठ ३ गते तत्कालिन… Continue reading नेकपाको महाधिवेशन २०७७ चैतमा
रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने
काठमाडौं । अन्तराष्ट्रिय फूटबलमा माथिल्लो स्तरमा खेल्ने नेपाली खेलाडी हुने रोहित चन्द । उनी इण्डोनेसियाको ए डिभिजन लीग खेल्छन् । उनी नेपाली राष्ट्रिय टिमका मिडफिल्डर हुन् । उनलाई इन्डोनेसियाको ए डिभिजन क्लब पर्सिजा जकर्ताले थप दुई वर्षका लागि सम्झौता लम्ब्याएको छ । रोहित र पर्सिजाबीच १५ जनवरी २०२० देखि लागु हुने गरी बुधबार २ वर्षका… Continue reading रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने
रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो
काठमाडौं । चीनमा कोरोना भाइरसले प्रकोपको रुप लिएपछि नेपाल भित्रन नदिन रसुवागढी नाकामा कडाई गरिएको छ । १५ दिनका लागि रसुवागढी नाका बन्द गरिएको हो । नाकाबाट चीनबाट आउने पर्यटकलाई रोक्ने निर्णय भएको हो । बुधबारदेखि १५ दिनसम्म सो नाकाबाट चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले उल्लेख गरेको छ । गृह मन्त्रालयका अनुसार… Continue reading रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो
काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समिति बैठक शुरु भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी उद्घाटन गरेको बैठकमा प्रधानमन्त्रीे सरकारका कामको बचाउ गरे । उनले एमसीसी, यति समूहसँगको सरकारको सम्बन्धजस्ता विषयमा सरकारको तर्फबाट स्पष्टिकरण दिएका हुन् । बुधबार नै नेकपाको राजनीतिक प्रतिवेदन… Continue reading काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक
काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने
काठमाडौं । काठमाडौंमा चपथप बिस्तारको कामले विद्यूत आपूर्तिमा समस्या भएको छ । काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ती जाने नेपाल विद्यूत प्राधिकरणले जनाएको छ । महाराजगंज वितरण केन्द्रबाट जाने विद्यूत काटिने भएको हो । बुढानिलकण्ठ फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको लागि रुख कटान गर्न बुधबार बिहान साढे ७ बजे देखि साँझ ५ बजेसम्म सट डाउन… Continue reading काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने
क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जमैका । ल्याटिन अमेरिकी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको समुद्री तट र पूर्वी क्युबाको सीमामा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको हो । यसको झड्का ल्याटिन अमेरिकी भेगका धेरै मूलुकमा गरिएको थियो । अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा तथा मोन्टेगो खाडी, जमैकाको… Continue reading क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो
काठमाडौं । कोरोना भाइरसको भयावह रुप चीनमा बढ्दो क्रममा रहेको छ । चीनमा यस रोगको संक्रमणबाट १ सय ३२ पुगेको हो । भाइरसले ५ हजार ९ सय ७४ जनालाई संक्रमणको शिकार भएका छन् । यो रोग दुई साता मात्र आएको हो । चीनको वुहानबाट यस रोगको संक्रमण फैलिएको हो । चीनले पछिल्लो समय विभिन्न शहरहरुसँगको… Continue reading चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो
हिउँ नपग्लिएपछि हराइरहेका ७ जनाको खोज तथा उद्दार रोकियो
काठमाडौं । अन्नपूर्ण पदयात्रा मार्गमा हराइरहेका ७ जनाको खोजी कार्य तत्कालका लागि बन्द भएको छ । हरेक दिन हेलिकोप्टर लगेर एक सातासम्म खोज्दासमेत उनीहरुको अत्तोपत्तो नलागेपछि खोजी कार्य तत्कालका लागि बन्द गरिएको हो । नेपाली सेनाको नेतृत्वमा खोजी कार्य गरिएको थियो । ३ माघमा आएको भारी हिमपातपछि उनीहरु हिमपहिरोमा परेका थिए । तर, त्यसपछि भने… Continue reading हिउँ नपग्लिएपछि हराइरहेका ७ जनाको खोज तथा उद्दार रोकियो
आजबाट नेकपाको केन्द्रिय कमिटि बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट केन्द्रिय कमिटी बैठक बोलाइएको छ । नेकपा सचिवालयका अनुसार उक्त बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्ने कार्यक्रम राखिएको हो । सरकारले गरेका राम्रा कामको प्रधानमन्त्री ओलीले प्रशंशा गर्ने… Continue reading आजबाट नेकपाको केन्द्रिय कमिटि बैठक बस्दै
सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर र यस आसपासमा मंगलबार स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मंगलबार टिपरको ठक्करले एक युवकको ज्यान गएपछि भीड उत्तेजित बनेको थियो । भीड नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू नै लगाउनु परेको छ । मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू लागेको हो । मंगलबार बेलुका बसेको सुरक्षा समितिले कर्फ्यू… Continue reading सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी
लग्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै
काठमाडौं । लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेनबर्न नेपाल आउन लागेका छन् । उनी बुधबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा दुई दिने भ्रमणका सिलसिलामा उनी आउन लागेका हुन् । नेपाल रहँदा उनी बिहीबार प्रधानमनत्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । बुधबार काठमाडौं ओर्लने उनले समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय… Continue reading लग्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै
के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?
काठमाडौं । अब नयाँ पत्रकारले परिक्षा पास गरी लाइसेन्स लिनुपर्ला ? मिडिया काउन्सिल विधेयकमा यस्तो प्रावधान राखिएको छ । पत्रकारिता पेशामा आउनेका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको हो । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले यस्तो प्रावधानसहित नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । समिति सभापति… Continue reading के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?