लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ

न्युयोर्क।गत अाईतबार एक ब्यक्ति न्यूयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलमा भंगेरा प्रजातिको “सिङगिङ फिन्च् ” नामक चरा तस्करी गर्ने अभिप्रायले अमेरिका भित्र्याउन खोजेको अभियोगमा पक्राउ परेका छन् । गायनाबाट ल्याईएका ३४ वटा जिउँदा चरा सहित ३९ बर्षिय फ्रान्सिस गुराहोलाई जोन अफ केनेडी बिमानस्थलको भन्सार कार्यालयले चरा लुकाएर छिराउन खोजिएको अवस्थामा पक्राउ गरिएको संघिय अभियोजकले ब्रुकलिनस्थित अदालतमा पेस… Continue reading लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ

कांग्रेसद्धारा १ सय ५२ नेता\कार्यकर्ता निष्काशन

काठमाडौं । नेपाली कांग्रेसले १ सय ५२ नेता, कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ । स्थानीय, प्रदेश र संघीय चुनावमा बागी उठ्ने नेता र ती नेतालाई समर्थन र प्रस्ताव गर्ने कार्यकर्तालाई पाँच वर्ष सम्म लागु हुने गरी कांग्रेसले मंगलबार निष्काशन गरेको छ । केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले २५ जिल्लाका १ सय ५२ नेता, कार्यकर्तालाई… Continue reading कांग्रेसद्धारा १ सय ५२ नेता\कार्यकर्ता निष्काशन

अर्को हप्ता देखी अमेरिकाबाट लाखौं गैर कानुनी आप्रबासी फर्काउदै छौ – राष्ट्रपती ट्रम्प

न्युयोर्क ।   राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तादेखि देशव्यापी रुपमा गैर कानूनी आप्रबासीहरु माथि धर पकड गरिने भन्दै सोमबार राती ट्विट् गरेका छन् ।उनले आफ्नो ट्विटरमा भनेका छन् “अमेरिकामा गैर कानूनी तरिकाबाट बसोबास गर्दै आएका लाखौं आप्रबासीहरुलाई अर्को हप्तादेखि फर्काईने छ ।यु एस् इमिग्रेसन एजेन्ट मार्फत पक्राउ गरिने राष्ट्रपति ट्रम्पले लेखेका छन् ।२०२० को निर्वाचनमा आफ्नो औपचारिक… Continue reading अर्को हप्ता देखी अमेरिकाबाट लाखौं गैर कानुनी आप्रबासी फर्काउदै छौ – राष्ट्रपती ट्रम्प

संसदमा रडाको, कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन

काठमाडौं । मंगलबार प्रतिनिधि सभा बैठकमा सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बीचको विवादले उग्र रुप लिएको छ । विपक्षी दलको नेता पहिले बोल्ने कि प्रधानमन्त्री पहिला भन्ने विवादकै कारण मंगलबार संसद अवरुद्ध भयो । सभामुखले आफ्नो दलका नेतालाई बोल्न नदिइ सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिएको भन्दै कांग्रेसका सांसदले संसद अवरुद्ध पारे… Continue reading संसदमा रडाको, कांग्रेसले बोल्न नदिएपछि प्रधानमन्त्रीको पत्रकार सम्मेलन

कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १० वेपत्ता

हुम्ला । हुम्लामा मंलगबार बिहान जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका, ५ बेणुबिसौना र कैलेबालु सडक खण्डबाट लु१ज ७१६६ नम्बरको महिन्द्रा पिकअप जीप कर्णाली नदीमा खसेर वेपत्ता छ । खार्पुनाथ गाउँपालिकाका अनुसार उक्त जीपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षसहित १० जना यात्रु थिए । गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र… Continue reading कर्णालीमा जीप खस्यो, गाउँपालिका उपाध्यक्षसहित १० वेपत्ता

काङ्ग्रेसमा नयाँ विवाद,सभापतिविरुद्ध संयुक्त भेला

काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिक आएको छ । तर, महाधिवेशनलाई लिएर नेपाली काँग्रेसमा नयाँ विवाद शुरु भएको छ । आउँदो वर्ष हुने महाधिवेशन सार्नका लागि सभापति शेरबहादुर देउवा अहिलेदेखि नै लागिपरेको भन्दै संस्थापनबाहेकका गुट–उपगुटले संयुक्त भेला गरेका छन् । बुधबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा विभिन्न गुटको भेला भएको थियो । संयुक्त भेलामा… Continue reading काङ्ग्रेसमा नयाँ विवाद,सभापतिविरुद्ध संयुक्त भेला

नेपालमा फैलिंदै योग र साधना

काठमाडौं । नेपालमा पछिल्लो समय योग र साधनको व्यवसायीकरणले स्थान पाएको छ । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा योग अभ्यासका लागि विभिन्न क्षेत्रबाट प्रतिष्ठान बनाउने काम भएको छ । हजारौंको संख्यामा योग सिक्ने विदेशी नेपाल आएका छन् । भक्तपुरको तेलकोटमा सञ्चालित रिक्रियसन सेन्टरका प्रमुख डा. चिन्तामणी गौतमले योग अभ्यासका लागि आफ्नो प्रतिष्ठानमा सयौं विदेशी आइरहेको बताएका… Continue reading नेपालमा फैलिंदै योग र साधना

जीप दूर्घटनामा ९ को निधन

बझाङ । बझाङमा जीप दूर्घटनामा परी ९ जनाको निधन भएको छ । बझाङको मष्टा गाउँपालिका १ मा दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलास्थित घुम्तीबाट अनियन्त्रीत भई झरेको प्रहरीको भनाई छ । दूर्घटनामा मष्टा गाउँपालिका… Continue reading जीप दूर्घटनामा ९ को निधन

आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

गत हप्ता ए बि सि न्युज टेलिभिजनको लागि अन्तर्वार्ता दिदै गर्दा आफ्नो चिफ अफ स्टाफ मिक मल्भानीलाई खोकेको कारण राष्ट्रपति डोनाल्ड ट्रम्पले  कोठाबाट बाहिर  निकालेका छन् ।  राष्ट्रपति ट्रम्पसँग ए बि सि  न्युजका लागि पत्रकार जर्ज स्टेफोनोपोलसले ह्वाईट हाऊसस्थित ओभल अफिसमा अन्तर्वार्ताको रेकर्डिङ गर्दै गर्दा नेपथ्यमा सुनिएको खोकीको आवाज ट्रम्पका चिफ अफ स्टाफ मिक मल्भानीको… Continue reading आफ्नो चिफ अफ स्टाफले खोकेपछि राष्ट्रपति ट्रम्पले बाहिर निकाले

भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार

काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देश भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपाल सेल्स मिसन आयोजना भएको छ । नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल) सँगको सहकार्यमा सेल्स मिसन सम्पन्न गरेको हो । नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले… Continue reading भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार

समानता माग्दै स्वीट्जरल्याण्डका महिला सडकमा

हामी सोच्छौं, नेपाल गरिब छ, त्यसकारण यहाँ महिला माथि विभेद छ । देश धनी, सम्पन्न र शिक्षित भयो भने महिला पुरुषबीच विभेद हुँदैन । तर, यूरोपको धनी तथा अतिविकसित देशमध्ये एक स्वीट्जरल्याण्डमा समानता माग्दै महिला सडकमा आन्दोलिन भएका छन् । स्वीट्जरल्याण्ड यस्तो देश हो, जहाँ महिलालाई नेपालमा भन्दा पनि पछि मतदानको सुविधा प्राप्त भएको थियो… Continue reading समानता माग्दै स्वीट्जरल्याण्डका महिला सडकमा

घरमा जाँच्दा ब्लड प्रेसर ठिक डाक्टरकोमा जाँच्दा निक्कै धेरै हुने समस्या डरलाग्दो

बिरामीको रक्तचाप (ब्लड प्रेसर ) घरमा हेर्दा एकदम ठिक अनि चिकित्सककोमा गएर जाँच्दा भने निक्कै माथि हुन्छ भने, एक अनुसन्धानले यो समस्यालाई निकै संवेदनशिल भनेको छ । घरको मेसिनमा ठिक चिकित्सककोमा गएर जाँच्दा रक्तचाप ( ब्लड प्रेसर) उच्च हुने रोगलाई “ह्वाईट कोट हाईपर्टेन्सन” भनिन्छ । यस्तो समस्या भएका बिरामीहरुले यदि समयमा नै हाईपर टेन्सनको औषधि… Continue reading घरमा जाँच्दा ब्लड प्रेसर ठिक डाक्टरकोमा जाँच्दा निक्कै धेरै हुने समस्या डरलाग्दो

हृदयघातबाट अदालतको बेन्चमा न्यायाधिसको मृत्‍यु

तस्बिर श्रोत : सी एन् एन्

न्यूयोर्क अपस्टेट स्थित एक न्यायाधिसको अदालतको बेञ्चमा नै हृदयघात हुँदा निधन भएको छ । पट्नम् काउन्टीको अदालतका न्यायाधिस जेम्स् रिजको गत शुक्रबार बेञ्चमा नै निधन भएको हो । न्यायाधिस रिजले एउटा मुद्दाको निर्णय सुनाएर अर्को मुद्दा लिने तयारी गर्दै थिए त्यतिकैमा उनले जोन नामका कोर्ट अफिसरलाई “जोन मलाई तिमीले यहाँ मद्दत गर्नु पर्ने भयो” भनेको… Continue reading हृदयघातबाट अदालतको बेन्चमा न्यायाधिसको मृत्‍यु

सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट

काठमाडौं । संघपछि सात वटै प्रदेश निर्धारित समयमा बजेट सार्वजनिक गर्न सफल भएका छन् ।  आइतबार सात वटै प्रदेशको प्रदेश सभामा सम्बन्धित प्रदेशका आर्थिक तथा योजना मन्त्रीहरुले बजेट प्रस्तुत गरे । आगामी आर्थिक वर्ष २०७६\७७ का लागि सात वटा प्रदेशमा कूल २ खर्ब ६० अर्ब रुपैयाँको बजेट आएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी… Continue reading सात प्रदेशमा २ खर्ब ६० अर्बको बजेट

तीव्र गतिमा सवारी चलाउने चालक प्रहरीको निसानामा

काठमाडौं । प्रहरीले चक्रपथको कोटेश्वर कलंकी सडक खण्डमा मूख्य लेनमा अधिकतम गति ५० किलोमिटर प्रतिघण्टा र सर्भिस लेनमा २५ किलोमिटर तोकेको छ । यो सीमा उल्लंघन गर्दै अधिकतम गतिमा सवारी साधन कुदाउने चालक धमाधम प्रहरीको पन्जामा पर्न थालेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २८ जेठबाट यस सडक खण्डमा गति नियन्त्रणको प्रयास थालेको हो ।… Continue reading तीव्र गतिमा सवारी चलाउने चालक प्रहरीको निसानामा

कोपा अमेरिका : अर्जेन्टिनालाई कोलम्बियाले हरायो

कोपा अमेरिका फूटबल प्रतियोगितामा बलियो टोली अर्जेन्टिनालाई कोलम्बियाले हराएको छ । आइतबार बिहान सम्पन्न खेलमा विश्व चर्चित खेलाडी लियोनल मेस्सीको कप्तानी रहेको अर्जेन्टिना कोलम्बियासँग पराजित हुन पुग्यो । ब्राजिलमा जारी प्रतियोगिताको समूह चरणमा पहिलो खेलमै जीत निकाल्ने क्रममा कोलम्बियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले हरायो । कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापटाले १–१ गोल गरे… Continue reading कोपा अमेरिका : अर्जेन्टिनालाई कोलम्बियाले हरायो

अमेरिकाकै बहुचर्चित किराना होलसेल “कोष्टको” मा गोली चल्दा एकको मृत्‍यु

क्यालिफोर्निया    अमेरिकाकै ठुलो तथा बहुचर्चित किराना होलसेल “कोष्टको” भित्र गोली चल्दा १ जनाको मृत्‍यु भएको छ भने अन्य ३ जना घाईते भएका छन् । दक्षिण क्यालिफोर्नियाको लसएन्जलसबाट ५० माईल्स परको कोरोना शहरमा रहेको किराना होलसेल भित्र शुक्रबार साँझ स्थानीय समय ७:४५ बजे गोली चलेको खबर प्रहरीले प्राप्त गरेको प्रहरी श्रोतले बताएको छ ।  प्रत्यक्षदर्शीहरु… Continue reading अमेरिकाकै बहुचर्चित किराना होलसेल “कोष्टको” मा गोली चल्दा एकको मृत्‍यु

निर्माणाधिन भवनको ढलानले किचेर मजदुरको निधन

दाङ । दाङमा निर्माणाधीन भवनको ढलानले किच्दा ३ मजदुरको निधन भएको छ । शनिबार बिहान लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगमा भवन निर्माणको काम चल्दै गर्दा भवनको ढलान भत्किएको वडा प्रहरी कार्यालय, लमहीले जानकारी दिएको छ । मृत्यु हुने तीनै जना भारतीय कामदार रहेको बताइएको छ । कार्यालयका अनुसार मङ्गल कस्यव, दयाल हरेन र साहेवको… Continue reading निर्माणाधिन भवनको ढलानले किचेर मजदुरको निधन

न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

न्यूयोर्क शुक्रबार न्यूयोर्कको स्टाटन आईल्याण्डस्थित १२१ पुलिस प्रिसेण्ट पछाडी एक प्रहरीद्वारा आफुले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । मृत पुलिस अफिसरलाई प्रहरी कार्यालय पछिडीको विल्कक्स स्ट्रिटमा रहेको गाडी भित्र मृत भेटिएको थियो । उनी अफ ड्यूटीमा रहेको बेला शुक्रबार अपरान्ह यस्तो गरेका हुन् । प्रहरी सुत्रका अनुसार उनी घरेलू हिंसा अधिकृतको रुपमा बिगत ७… Continue reading न्यूयोर्क प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

देशभर लागुऔषधको तीब्र कारोबार, निरिह प्रशासन

काठमाडौं । कास्की प्रहरीले पोखरा, १० शिवमार्गस्थित एक घरबाट शुक्रबार ठूलो परिमाणमा लागुऔषध (ड्रग) बरामद गर्यो । बुधबार पोखरामै एक जना लागु औषधि कारोबारीलाई समाउन प्रहरीले गोली नै चलाउनु परेको थियो । शुक्रबार नै प्रहरीले लागु औषधसहित नेपालगन्जबाट एक यूवकलाई पक्राउ गर्यो । देशको राजधानी मात्र होइन, देशभर फैलिएको लागु औषधको कारोबार र त्यसका माध्यमबाट… Continue reading देशभर लागुऔषधको तीब्र कारोबार, निरिह प्रशासन

गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित

सरकारले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ । डेंगु रोगको प्रकोप फैलिएपछि धरान उपमहानगरपालिकालाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको छ । बिरामीको संख्या निरन्तर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पछिल्लो समय तराईमा बढेको अत्यधिक गर्मीका कारण लामखुट्टेको आक्रमण उत्तीकै फैलिएको छ । लामखुट्टेकै कारण फैलने डेंगु रोगले सुनसरी र मोरङ अति… Continue reading गर्मीले लामखुट्टे ल्यायो, लामखुट्टेले डेंगु, धरान र सुनसरी बढी प्रभावित

तराईमा अत्यासलाग्दो गर्मी, वीरगन्जमा विद्यालय बन्द

काठमाडौं । नेपालमा यतिबेला मनसुन पूर्वको समय चलिरहेको छ । तर, मनसुन शुरु हुन सकिरहेको छैन । त्यसकारण देशभरको तापक्रम उच्च दरमा पुगेको छ । शुक्रबार काठमाडौंमा वर्षकै सर्वाधिक तापक्रम पुग्यो । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार काठमाडौंको अत्याधिक तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ । शुक्रवार अत्यन्तै गर्मी महशुस गरेका काठमाडौंबासीको… Continue reading तराईमा अत्यासलाग्दो गर्मी, वीरगन्जमा विद्यालय बन्द

रामेछापमा स्वास्थ्यकर्मीको टोली चढेको बस दूर्घटना

काठमाडौं । स्वास्थ्यकर्मीसहित यात्रुबाहक बस रामेछापमा दूर्घटनामा परेको छ । बिहीबार राती भएको दूर्घटनामा २ जनाको निधन भएको छ भने १५ जना घाइते छन् । कोशिपारी यातायातको बा २ ख ७२४२ नम्बरको बस बिहीबार राति रामेछापको दोरम्बा–६, भष्मेडाँडामा दुर्घटनामा परेको रामेछाप प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा दोरम्बा–६ का हरिबहादुर कार्की र उद्धव गौतमको मृत्य… Continue reading रामेछापमा स्वास्थ्यकर्मीको टोली चढेको बस दूर्घटना

श्रेया कार्कीलाई चाहियो बुझक्की केटा 

तस्बिर श्रोत : ग्ल्यामर नेपाल

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पुस्ताकी नायिका श्रेया कार्की चर्चामा छन् । चलचित्र बागमतीबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी कार्कीले आफूलाई नेपालकै स्थापित नायिका बनाउने उद्देश्य राखेकी छन् । काठमाडौंको बौद्धकी श्रेयाले चलचित्रमा भन्दापनि म्युजिक भिडियोमा आफूलाई स्थापित भएकी छन् । उनले झण्डै ४० म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । मिस टिन २०१३ मा भाग लिएपछि… Continue reading श्रेया कार्कीलाई चाहियो बुझक्की केटा 

कारभित्र निदाई रहेका र्यापर माथि ५५ पटक गोली हान्दा

गत फेब्रुअरी ९ तारिख राती आफ्नो कारमा सुतिरहेको अवस्थामा ६ जना प्रहरीले एकै साथ गोली हानी मारेका क्यालिफोर्नियाका र्यापर विली म्याकको हत्यालाई भलेहो सिटी प्रशासनले “उचित” भनेको छ ।क्यालिफोर्निया सान फ्रान्सिस्कोस्थित फाष्ट फुड रेस्टुरेण्ट टाकोबेलको ड्राईभ-थ्रुमा आफ्नै कार भित्र निदाईरहेको अवस्थामा स्थानीय भलेहो शहरका प्रहरीले २० वर्षीय म्याकको कारलाई एक साथ घेरा हाली ३ मिनेट… Continue reading कारभित्र निदाई रहेका र्यापर माथि ५५ पटक गोली हान्दा

कांग्रेस भन्छ : एक महिनामा साढे ३१ हजार कार्यकर्ता थपिए

काठमाडौं । एक महिने राष्ट्रिय जागरण अभियानका दौरान साढे ३१ हजार कार्यकर्ता कांग्रेस बनेको दावि नेपाली कांग्रेसले दावि गरेको छ । अभियान सकेलगत्तै कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त दावि गरेको हो । अभियानका क्रममा दुई हजार हाराहारीमा भेला, सभा तथा अन्तरक्रिया आयोजना भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले सबै जिल्लामा जागरण अभियान… Continue reading कांग्रेस भन्छ : एक महिनामा साढे ३१ हजार कार्यकर्ता थपिए

बाबुराम र उपेन्द्र यादवको दल दर्ता

काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको छ । यो दल समाजवादी पार्टी नेपालका नाममा बिहीबार दर्ता भएको हो । पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र उपेन्द्र यादव रहेका छन् । दुबै अध्यक्ष पार्टी दर्ताका लागि बिहीबार आयोग पुगेका थिए । एकताअघि नयाँ शक्ति पार्टीको… Continue reading बाबुराम र उपेन्द्र यादवको दल दर्ता

सरकार र मिडियाबीच औपचारिक संवाद शुरु

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले बिहीबार विभिन्न संचारमाध्यमका सम्पादकलाई छलफलका लागि बोलाएर सरकार र मिडियाबीच औपचारिक संवाद शुरु गरेका छन् । अहिले सरकार र संचार जगतबीचको सम्बन्ध चिसिएको छ । सरकारले ल्याएको प्रेस काउन्सिल विधेयकविरुद्ध मिडिया अहिले आन्दोलनमा छ । प्रधानमन्त्री केपि शर्मा ओली र संचारमन्त्री गोकुल बास्कोटाले यस आन्दोलनलाई वेवास्ता गर्दै आएका छन्… Continue reading सरकार र मिडियाबीच औपचारिक संवाद शुरु

आफ्नो नामै जुटाउन नसक्ने प्रदेशबाट विकास र समृद्धिको अपेक्षा

काठमाडौं । नेपालमा प्रदेश सरकार गठन भएको डेढ वर्ष नाघिसक्यो । यसबीचमा एउटा पूर्ण बजेट कार्यान्वयन भइसक्यो भने अर्को बजेट बनिरहेको अवस्था छ । तर, यति समय बित्दा पनि कतिपय प्रदेश सरकारले आफ्नो नाम समेत जुटाउन सकिरहेका छैनन् । अहिलेसम्म तीन वटा प्रदेशले आफ्नो नाम राखे । नाममा सहमति गरी पहिलो हुने सरकार कर्णाली हो… Continue reading आफ्नो नामै जुटाउन नसक्ने प्रदेशबाट विकास र समृद्धिको अपेक्षा

नेपालमा कक्षा १२ पास नगरी विदेश पढ्न जान नपाइने

काठमाडौं । सरकारले अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि दिने गरेको स्वीकृति पत्र (नो अब्जेक्सन लेटर)को प्रावधान परिवर्तन गरेको छ । नयाँ प्रावधान अनुसार अब कक्षा १२ सम्म नेपालमै अनिवार्य शिक्षा लिनुपर्ने प्रावधान ल्याइएको छ । नेपालमा कक्षा १२ पास गरेपछि मात्र विद्यार्थीले विदेश अध्ययन गर्न सरकारको स्वीकृति पाउने भएका छन् । पछिल्लो समय कक्षा… Continue reading नेपालमा कक्षा १२ पास नगरी विदेश पढ्न जान नपाइने