कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

न्युयोर्क कोरोनाले विश्वलाई आक्रान्त बनाई रहँदा संक्रमणले बिरामी परेकाहरुको उपचारका लागि भने एक नयाँ औषधिले आशा जगाएको अनुसन्धनात्मक औषधी निर्माणकर्ताले जनाएको छ ।  कोभिड -१९ को उपचारको लागि औषधी खोजकर्ताको हवाला दिंदै नेशनल इन्स्टिच्युट् अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेज (एन आई ए आई डि) बाट आएको सकारात्मक आँकडाले आशा जगाएको गिलेड सायन्सले बुधबार जनाएको हो… Continue reading कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

दुई खाडी मुलुकले नेपाललाई जहाज चार्टर्ड गरी पठाए स्वास्थ सामग्री

काठमाडौं । नेपाली कामदारले उच्च योगदान गरिरहेका दुई खाडी मुलुकका सरकारले आज नेपाललाई आफ्नै खर्चमा जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री पठाएका छन् । संयुक्त अरब इमिरेट्स र कतारले नेपाल सरकारलाई मेडिकल सामग्री उपहारस्वरुप पठाएका हुन् । कतार एयरवेज र इत्तिहाद एयरको जहाज आज काठमाडौं अवतरण भए । दुबै जहाजले कोरोना भाइरससँग लड्ने विविध मेडिकल सामग्री… Continue reading दुई खाडी मुलुकले नेपाललाई जहाज चार्टर्ड गरी पठाए स्वास्थ सामग्री

न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

न्युयोर्क कोरोना महामारी पछि लकडाउनको पहिलो ६ हप्तामा न्युयोर्क शहरको क्वीन्समा आत्महत्या गर्नेको संख्या दोब्बर भएको छ ।  गत मार्च १५ आइतबारदेखि अप्रिल २८ तारिख मंगलवारसम्म क्वीन्समा १६ जनाले आत्महत्या गरेको आँकडा मंगलवारबार साँझ क्वीन्सस्थित डिस्ट्रिक एटर्नी मेलिन्दा कार्जले सार्बजनिक गरेकी हुन् । गत बर्ष यही समय अवधिमा क्वीन्समा ८ जनाले आत्महत्या गरेका थिए भने… Continue reading न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

बीना निष्कर्ष सकियो नेकपा सचिवालय बैठक

काठमाडौं । नेताहरुबी विवाद चरमोत्कर्षमा पुगेका बेला बुधबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बीना निष्कर्ष सकिएको छ । बैठकमा समसामयिक परिस्थितिको विषयमा गम्भिर रुपले समिक्षा भएपनि कुनै निर्णय भने नभएको प्रवक्ता नारायणकाजी श्रेठले जानकारी दिए । उनका अनुसार अर्को सचिवालय बैठक आगामी २० गते बस्ने भएको छ । यस बैठकले अहिलेसम्म… Continue reading बीना निष्कर्ष सकियो नेकपा सचिवालय बैठक

एकैदिन थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं । बुधबार थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको… Continue reading एकैदिन थप तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या ५७ पुग्यो

अमेरिकामा एकै दिन २५ सय ले गुमाए ज्यान

काठमाडौं । पछिल्लो केही दिनयता थामिएको कोरोना कहरका कारण मंगलबार भने एकै दिन २५ सय मानिसको ज्यान गएको छ । तथ्यांक अनुसार मंगलबार २४ घण्टामा २४ सय ५६ जनामा मानिसको अमेरिकामा ज्यान गएको हो । आइतबार र सोमबार १३ सय मात्र मानिसको ज्यान गएको थियो । तर, साताको तेस्रो दिन मृतकको संख्या उल्लेख्य बढेको हो… Continue reading अमेरिकामा एकै दिन २५ सय ले गुमाए ज्यान

नेपालमा ५५ हजारमा कोरोना परीक्षण, ५४ पुष्टी

काठमाडौं । नेपालमा कोरोना परीक्षणको कूल संखया करीव ५५ हजार पुगेको छ । मंगलबारसम्म देशभर ५४ हजार ८ सय २६ वटा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिमार्फत १० हजार ८ सय ७ र आरडिटीविधिमार्फत ४४ हजार १९ वटा परीक्षण भएको छ । यी परीक्षणबाट ५४… Continue reading नेपालमा ५५ हजारमा कोरोना परीक्षण, ५४ पुष्टी

बुधबार बस्ने भयो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार भएको भेटले सचिवालयको समय तय गरेको हो । यसअघि सोमबार भएका भेटहरुमा सचिवालय बैठक मंगलबार बस्ने भनिएको थियो । तर, मंगलबार विभिन्न चरणका भेटपछि बुधबार सचिवालय बैठक बोलाइएको हो । बैठक बुधबार साँझ… Continue reading बुधबार बस्ने भयो नेकपाको सचिवालय बैठक

अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

न्युयोर्क विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्‍यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर… Continue reading अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

बेलायत सरकारलाइ नेपाली दूतावासले भन्यो : पूर्वगोर्खाको रक्षा गर

लण्डन । लन्डनस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पूर्वगोर्खा सैनिकको जीवन रक्षामा गम्भीर हुन ध्यानाकर्षण गराएको छ । दूतावासले बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराउँदै त्यसमा पनि पूर्वगोर्खा सैनिक बढी प्रभावित भएको तर्फ ध्यानाकर्षण गराएको हो । बेलायतमा कोरोनाका अन्य मुलुकको तुलनामा नेपालीको बढी ज्यान गएको छ ।  बेलायतमा रहेका नेपालीमध्ये कोरोना… Continue reading बेलायत सरकारलाइ नेपाली दूतावासले भन्यो : पूर्वगोर्खाको रक्षा गर

नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोनमा वार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई समकक्षीबीच सोमबार राती टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा राष्ट्रपति भण्डारीले सन् २०१९ को अक्टोबरमा चीनका राष्ट्रपतिले गरेको नेपाल भ्रमणको स्मरण गराउँदै नेपाल र चीनबीच लामो समयदेखिको निकट सम्बन्धको प्रसंग उठाएकी थिइन् । राष्ट्रपति सीले उक्त… Continue reading नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोनमा वार्ता

ओली र नेपाल समूहको भेलामा जुटेन सहमति, मंगलबार सचिवालय बैठक

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेताहरु बिच्किएका छन् । यसले अन्ततः नेकपा भित्रको विवादलाई उत्कर्षमा पुर्याएको हो । यसै सन्दर्भमा सोमबार नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल तथा त्यसपछि ती नेता पक्षघर गुटको भेलामा समेत… Continue reading ओली र नेपाल समूहको भेलामा जुटेन सहमति, मंगलबार सचिवालय बैठक

लकडाउन अझै कडा हुने, गृहको स्थानीय प्रशासनलाई पत्र

काठमाडौंमा लकडाउन केही खुकुलो भएको भन्दै मानिसहरु सवारी साधन नै लिएर घरबाहिर निस्कन थालेको छन् । सडकमा समेत प्रदल यात्रुको संख्या बढेको छ । यसै मेसोमा सरकारले लकडाउन कार्यान्वयन कडा गर्ने भएको छ । गृह मन्त्रालयले लकडाउनमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र लेखेको छ । लकडाउन खुकुलो भएको गुनासो आएपछि गृह प्रशासनले सुरक्षा निकाय… Continue reading लकडाउन अझै कडा हुने, गृहको स्थानीय प्रशासनलाई पत्र

सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरण जाहेरी प्रहरीले दर्ता गर्न मानेन

काठमाडौं । सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको अभियोगमा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता लिन प्रहरीले अस्वीकार गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी दर्ता लिन अस्वीस्कार गरेको हो । जनता समाजवादी पार्टीको उच्च नेतृत्वमा रहेको सबैजसो नेता जाहेरी दर्ता गर्न टेकु पुगेका… Continue reading सर्वेन्द्र खनाल र महेश बस्नेतविरुद्ध अपहरण जाहेरी प्रहरीले दर्ता गर्न मानेन

झापामा थपिए एक संक्रमित, कूल संक्रमण ५२ जनामा

काठमाडौं । नेपालमा कूल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । झापामा थप एक जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनी झापाको राजगढ निवासी हुन् । उनी अस्पतालको सम्पर्कमा रहेको… Continue reading झापामा थपिए एक संक्रमित, कूल संक्रमण ५२ जनामा

नेपालमा लकडाउन २५ वैशाखसम्मलाई लम्बियो

काठमाडौं । नेपालमा लकडाउन फेरी १० दिन लम्बिएको छ । सोमबार सकिने पूर्वघोषित लकडाउनलाई सरकारले लम्ब्याएर २५ वैशाखसम्म पुर्याउने निर्णय गरेको छ । आइतबार साँझ सम्पन्न मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकाल्दै एक साता… Continue reading नेपालमा लकडाउन २५ वैशाखसम्मलाई लम्बियो

आज लकडाउनबारे नयाँ निर्णय आउँदै, मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज नेपालमा लकडाउन थप्ने वा हटाउनेबारे निर्णय हुँदैछ । आज मन्त्रिपरिषद बैठक बस्दैछ । बैठकले लकडाउन बारे निर्णय गर्ने भएको छ। प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकमा लकडाउनबारे निर्णय गर्ने बताएको छ । यसअघि शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा लकडाउन हटाउन नहुने निष्कर्ष निकालिएको थियो । समितिले एकसाता… Continue reading आज लकडाउनबारे नयाँ निर्णय आउँदै, मन्त्रिपरिषद बैठक बस्दै

लकडाउनका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रण भित्रै

काठमाडौं । लकडाउनको सफल कार्यान्वयनका कारण नेपालमा कोरोना संक्रमण नियन्त्रण भित्रै रहेको सरकारले विश्लेषण गरेको छ । उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस नियन्त्रणमा सरकारी प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालिएको हो । लकडाउनकै कारण संक्रमण फैलिन नपाएको सरकारको निष्कर्ष रहेको छ । यद्दपी शनिबार लकडाउनबारे समितिले कुनै निर्णय लिएन । मन्त्रीपरिषद् बैठकले यसबारेमा निर्णय लिने… Continue reading लकडाउनका कारण नेपालमा कोरोनाको संक्रमण नियन्त्रण भित्रै

भारतमा लकडाउन खुुकुलो, नेपालमा के हुन्छ ?

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतले लकाउन खुकुलो पारेको छ । यससँगै नेपालमा पनि लकडाउनको प्रवृत्तिबारे आज समिक्षा भइरहेको छ । उच्चस्तरीय समन्व समितिले आ नेपालमा लकडाउन के गर्ने भन्ने सम्बन्धमा निर्णय लिने बताइएको छ । भारतमा भने खुद्रा पसल खुला भएका छन् । भारतीय गृहमन्त्रालयले त्यसका लागि अनुमति दिएको छ। नेपालमा मात्र ४९ जनामा… Continue reading भारतमा लकडाउन खुुकुलो, नेपालमा के हुन्छ ?

कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

न्युयोर्क कोरोना महामारीले विश्वभर साम्प्रदायिक हिंसा बढदै जाँदा मेक्सिकोमा न्युयोर्कबाट भ्रमणमा गएका एक जोडीको हत्या भएको छ । मेक्सिको सहरको जुरेजको एक सडकमा न्युयोर्कको नम्बर प्लेट भएको गाडीमा गुडिरहेका अमेरिकन जोडी प्याट ल्यान्डर्स तथा कार्ला बाकाको गोली प्रहारबाट हत्या गरिएको टेक्ससस्थित एल पासोको के टि एस एम – टिभीले जनाएको छ । अमेरिका भरिकै कोरोना… Continue reading कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

देउवाको प्रधानमन्त्रीलाई माग : अपहरण शैलीमा सांसदलाई काठमाडौं ल्याउनेमाथि कारवाही गर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउने व्यक्तिमाथि कारवाही गर्न माग गरेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका उनले उक्त माग गरेका हुन् । शुक्रबार प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार पुगेका थिए । केही बेर प्रधानमन्त्री र देउवाबीच भेटवार्ता भएपछि नेकपा अध्यक्ष… Continue reading देउवाको प्रधानमन्त्रीलाई माग : अपहरण शैलीमा सांसदलाई काठमाडौं ल्याउनेमाथि कारवाही गर

नुनमा कालोबजारी गर्न खोज्दा २ लाख जरिवाना

काठमाडौं । नुनमा समेत बढी मूल्य खान खोजेपछि एक स्टोर्सले २ लाख जरिवाना तिर्नु परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर नुन बिक्री गरेको अभियोगमा इमाडोलमा एक स्टोर्टलाई जरिवाना तिराएको हो । विभागका अनुसार कटुवाल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराइएको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले… Continue reading नुनमा कालोबजारी गर्न खोज्दा २ लाख जरिवाना

उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

उदयपुर । नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको उदयपुरको भुल्केमा र्यापिड टेस्टलाई बढाइने भएको छ । यहाँ अहिलेसम्म २८ जना व्यक्तिमा कोरोना संक्रमित देखिएको छ । स्थानीय सरकारको पहलमा यस जिल्लामा कोरोनाको परीक्षण प्यापक बनाउन लागिएको हो । त्रियुगा नगरपालिकाका अनुसार प्रभावित क्षेत्रमा मात्र दुई हजार १ सय मानिसको पिसिआर प्रविधिबाट कोरोना जाँच गरिदैछ ।… Continue reading उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने

पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो

बाँके । बाँकेमा खेल्दाखेल्दै ३ जना बालकको पानीमा डुबेर ज्यान गएको छ । बाँकेको बैजनाथपुरस्थित नालामा जमेको पानीमा डुबेर बिहीबार तीन जना बालकको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बैजनाथपुर गाउँपालिका, २ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउतको ज्यान गएको छ । बैजनाथपुर… Continue reading पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो

नेपालमा थपिए दुई संक्रमित, कूल ४७ मा संक्रमण

काठमाडौं । नेपालमा बिहीबार दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमित संख्या ४७ पुगेको छ । ९ जना भने निको भएर घर गइसकेको छन् । मन्त्रालयका अनुसार बिहीबार उदययुरमा ५५ वर्षीया महिला र जनकपुरमा १४ वर्षीय किशोरमा संक्रमण… Continue reading नेपालमा थपिए दुई संक्रमित, कूल ४७ मा संक्रमण

आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै

काठमाडौं । आज मातातीर्थ औंशीको दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन यो पर्व मनाइन्छ । आफ्नी आमाको सम्मानमा आमाको मुख हेर्ने, सत्कार आदर गर्ने तथा खुसी राखेर देशभर तथा विदेशमा रहेका नेपालीले समेत यो पर्व मनाउने गर्छन् । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो… Continue reading आज मातातीर्थ औंशी, आमाको मुख हेरेर मनाइदै

समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीबीच एकता

काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकता हुने भएको छ । यससम्बन्धी सहमति पत्रमा बुधबार राती सम्झौता भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिने भएको छ । पार्टीको झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने गरी सहमति भएको छ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको… Continue reading समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीबीच एकता

नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं । नेपालमा बुधबार थप दुईजना कोराना स्रक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यससँगै नेपालमा यस भाइरसलाई जितेर घर फर्कने व्यक्तिको संख्या ७ पुगेको छ । बुधबार एकै दिन दुई जना डिस्चार्ज हुँदा यसले समाजमा समेत सकारात्मक प्रभाव छाडेको छ । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार… Continue reading नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज

नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

विश्वसन्देश संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा अध्यादेश ल्याएपछि फेरि एक पटक नेपालको राजनीतिक अवस्था जटिल मोडमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीले दल फुटाउन सजिलो पार्नेगरी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले दल विभाजनका लागि संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई हटाएर कुनै एकमा मात्रै ४०… Continue reading नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

सीमा नाका नखुल्ने सरकारको स्पष्टोक्ती

काठमाडौं । नेपालले भारततर्फको सीमा नाका तत्काल नखोल्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदहरुसँगको ब्रिफिङमा उक्त जानकारी गराएका हुन् । बुधबार प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संघीय सांसदसँग छलफल गरेका थिए । सोहीक्रममा प्रधानमन्त्रीले उक्त स्पष्टोक्ती दिएका हुन् । दुई अध्यक्षले छुट्टा छुट्टै प्रदेशका सांसदसँग… Continue reading सीमा नाका नखुल्ने सरकारको स्पष्टोक्ती