११ भदौ, काठमाडौं । रौतहटको रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको आज साँझ उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ । आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा आज साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी… Continue reading रुबी साहका हत्या आरोपी पासवानको मृत्यु
Category: समाचार
भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने
११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत… Continue reading भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने
नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने
११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो… Continue reading नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने
संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत
११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताएका छन् । आज प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ । प्रधानन्यायाधीशले आफूले तोकेको चार न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताए ।… Continue reading संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत
साउनमा थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण थप
११ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब दुई करोड वृद्धि भई रु… Continue reading साउनमा थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण थप
विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे
११ भदौ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा… Continue reading विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै
११ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ९यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको… Continue reading साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै
सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते
११ भदौ, बनियानी । कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकै परिवारका चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत गए राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा… Continue reading सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते
आज विश्व ताल दिवस, संरक्षणमा जोड
११ भदौ, काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध… Continue reading आज विश्व ताल दिवस, संरक्षणमा जोड
यस्तो छ आजको मौसम पूर्वानुमान
११ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने
११ भदौ, काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि रु ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले… Continue reading उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने
भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित
एजेन्सी१० भदौ, काठमाडौं । छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् । नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको पहिलो सार्वजनिक कूटनीतिक… Continue reading भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित
पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल
१० भदौ, काठमाडौं । पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा आज अर्थ मन्त्रालयमा छलफल भएको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको निजी सचिवालयले जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भारबहन व्यवस्थापन तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा नियमित उडानका उपाय पहिचान तदनुरुप गर्ने सन्दर्भमा… Continue reading पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल
राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह
१० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन सो आग्रह गरेका हुन् । उनले पत्रमा यस प्रयोजनका… Continue reading राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह
भोटेकोशीमा बोलेरो खस्यो : दुई बेपत्ता
१० भदौ, सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । अरनिको राजमार्गअन्तर्गत हिन्दीमा दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । उनका अनुसार सर्लाही… Continue reading भोटेकोशीमा बोलेरो खस्यो : दुई बेपत्ता
वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो
१० भदौ, वीरगञ्ज । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा हैजाको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । “वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा सङ्कलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालामा… Continue reading वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो
अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
१० भदौ, मध्यविन्दु । यहाँका देवचुली नगरपालिका–६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । वडा नं ६ को टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नंंको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको मृत्यु भएको हो ।… Continue reading अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
वीरगञ्जमा ९३ जनामा देखियो हैजा
रासस१० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना… Continue reading वीरगञ्जमा ९३ जनामा देखियो हैजा
कोशी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मध्यम वर्षाको सम्भावना
१० भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम… Continue reading कोशी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मध्यम वर्षाको सम्भावना
हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
१० भदौ, काठमाडौं । हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिए ।केही भक्तजन भने बिहान ३ः०० बजेअघि… Continue reading हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान
१० भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर… Continue reading भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान
पशुपतिनाथमा तीजको तयारी पूरा
१० भदौ, काठमाडौं । हरितालिका (तीज) पर्वमा पशुपतिनाथ दर्शनका लागि सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा दर्शनार्थ जाने भक्तजन एवं विशेष गरी हिन्दू नारीहरूको सुविधाका लागि आवश्यक पर्ने सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद, दर्शनमार्गको व्यवस्थापन एवं सुधार, आकस्मिक स्वास्थ्यसेवा, उपासनासहितको मनोरञ्जनात्मक गीत, सङ्गीत, भजनकीर्तन, दिपावली, व्रतालुको गौदान गर्ने स्थानको व्यवस्थालगायत… Continue reading पशुपतिनाथमा तीजको तयारी पूरा
कांग्रेस शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल
९ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा आज बसेको बैठकमा पार्टीको तर्फबाट राज्य व्यवस्था समितिको सभापति कसलाई बनाउने भन्ने विषयमा छलफल भएको हो । कांग्रेसको तर्फबाट राज्य व्यवस्था समितिको सभापति बन्नुभएका रामहरि खतिवडाले राजीनामा… Continue reading कांग्रेस शीर्ष नेताहरूको बैठकमा राज्य व्यवस्था समिति सभापतिबारे छलफल
यस वर्ष घट्यो धान रोपाइँ
९ भदौ, काठमाडौं । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९… Continue reading यस वर्ष घट्यो धान रोपाइँ
नेप्से परिसूचक २१ अङ्कले बढ्यो
९ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ७७ प्रतिशतले बढेको हो । आज ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता शेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब… Continue reading नेप्से परिसूचक २१ अङ्कले बढ्यो
दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै
९ भदौ, काठमाडौं । नेपालले दोस्रोपटक सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको… Continue reading दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरिँदै
आप्रवासी शरण प्रणालीमा आमूल परिवर्तन गर्दै बेलायत
९ भदौ, लण्डन । बेलायत सरकारले आप्रवासीहरु बस्ने होटलमा सप्ताहन्तमा भएको विरोध प्रदर्शनपछि आइतबार आफ्नो शरण प्रणालीमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले तथाकथित शरणार्थी बसेको होटलहरूको महँगो प्रयोगलाई अन्त्य गर्ने प्रयास गर्दै शरण नपाएका आवेदकहरूको अपील छिटो सुन्नको लागि एक नयाँ स्वतन्त्र निकाय स्थापना गर्ने बताएको छ । यो बेलायती नागरिकको ठूलो… Continue reading आप्रवासी शरण प्रणालीमा आमूल परिवर्तन गर्दै बेलायत
ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ
९ भदौ, ढोरपाटन । वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई । जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना… Continue reading ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ
विद्यार्थीसँगै एक वर्षमा विदेशियो १ खर्ब ३८ अर्ब
९ भदौ, काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१\८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५… Continue reading विद्यार्थीसँगै एक वर्षमा विदेशियो १ खर्ब ३८ अर्ब
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले जग्गा विकास र भवन निर्माणसँग सम्बन्धित फर्म वा कम्पनीलाई प्रवाह गरेको कर्जाको पुनर्तालिकीकरण वा पुनः संरचना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिकाअनुसार आगामी असोज मसान्तभित्र ऋणको पुनः संरचना गरिसक्नुपर्ने छ । त्यस्तो कर्जालाई आगामी चैत्र मसान्तमा जुन वर्गमा… Continue reading जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने