काठमाडौं । अमेरिकालाई काठमाडौंमा जारी आइसीसी क्रिकेट वल्र्ड कप लीग डिभिजन टूमा नेपालले हराएको छ । शनिबार सम्पन्न खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको हो । टस जितेर पहिले बल रोजेको अमेरिकाले नेपाललाई १९० रनमा रोकेको थियो । नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रिएको अमेरिका… Continue reading अमेरिकालाई नेपालले हरायो, मल्लको कीर्तिमानी प्रदर्शन
Category: समाचार
कोरोनाले मर्नेको संख्या ७ सय नाघ्यो
काठमाडौं । चीनमा कोराना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ७ सय नाघेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कोरोना भाइरसले ७ सय २२ जनाको ज्यान लिइसकेको छ । यसको संक्रमण करिव ३५ हजार जनामा पुगिसकेको छ । चीन बाहिरका २५ मुलुकमा यसले प्रभाव पार्न सफल भएको छ । चीनबाहिर हङकङ र फिलिपिन्समा एक , एक जनाको… Continue reading कोरोनाले मर्नेको संख्या ७ सय नाघ्यो
सुदूरपश्चिममा भूकम्पको धक्का
सुर्खेत । शनिबार सुदुरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुश गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहानै दुईपटक भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।… Continue reading सुदूरपश्चिममा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक अज्ञात समूहले प्रहरी चौकीमा आक्रमण गरेको छ । खाल्डे प्रहरी चौकीमा आक्रमण हुँदा दुई प्रहरी घाइते भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा यो प्रहरी चौकी रहेको छ । मोटरसाइकलमा १०\१२ जनाको समूहमा आएर आक्रमण गरिएको थियो । आक्रमणमा परी प्रहरी सहायक… Continue reading सिन्धुपाल्चोकमा चौकीमा आक्रमण, दुई प्रहरी घाइते
तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप
काठमाडौं । तपस्वीका नाममा चिनिने रामबहादुर बमजन पुनः एक पटक विवादमा तानिएका छन् । आफ्नो आश्रममा गएका चार जना अनुयायी बेपत्ता पारेको आरोपमा उजुरी परेपछि प्रहरी उनलाई खोज्दै सिन्धुलीस्थित आश्रम पुगेको थियो । तर, शुक्रबार प्रहरीले बमजनलाई फेला पार्न भने सकेन । सिन्धुलीको सिन्धुलीमाडीमा बमजनको आश्रम रहेको छ । आश्रममा बिहानै प्रहरी पुगेको थियो ।… Continue reading तपस्वी बमजनमाथि अनुयायी बेपत्ता पारेको आरोप
विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो
विराटनगर । विराटनगरमा एक युवतीको विभत्स तवरले हत्या भएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार मगलबारबाट वेपत्ता भएकी सुनसरी, दुहबी नगरपालिका– ६ काली मन्दिरकी ३२ वर्षीया सम्झना खत्री परियारको हत्या भएको अवस्थामा विराटनगरमा शव फेला परेको हो । उनको शव शुक्रबार बिहान विराटनगर– १२ रिङरोड नजिकै उखुबारीमा फेला परेको प्रहरीले जानकारी दिएको छ… Continue reading विराटनगरमा युवतीको विभत्स हत्या, शव भेटियो
भारत र इजरायलका सेनापति नेपाल आउने
काठमाडौं । भारत र इजरायलका सेनापति नेपाल आउने भएका छन् । नेपाल सरकारले भारतका र इजरायलका सेना प्रमुखको नेपाल भ्रमण स्वीकृत गरेको हो । नेपाली सेनाको निमन्त्रणमा उनीहरु नेपाल आउनेछन् । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नाराभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमणको प्रस्ताव मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । उपयुक्त समय… Continue reading भारत र इजरायलका सेनापति नेपाल आउने
विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले विकास सहायता तथा प्राविधिक मिसनका लागि नेपाल आउने विदेशी नागरिकको श्रम स्वीकृति सहजिकरण गर्ने भएको छ । नेपालकै सहयोगको प्रयोजनमा आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता, सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । माघ २० मा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी… Continue reading विदेशीको श्रम स्वीकृति सहज बनाउने सरकारको निर्णय
ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण
काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारको जिम्मामा आइसकेपछि यहाँ लगानी गरेका बैंकको लगानी डुब्ने भएको छ । ललिता निवास सरकारले अधिग्रहण गरेको सरकारी जग्गा हो । तर, यसलाई व्यक्तिका नाममा ल्याएर विभिन्न व्यक्ति तथा संघ संस्थाले घर बनाएका थिए । उनीहरुले घर तथा संरचना बनाउदा लिएको ऋण र यहाँको जग्गा धितो राखेर लिएको बैंकको ऋण… Continue reading ललिता निवास घोटालामा डुब्दैछ बैंकको साढे दुई अर्ब ऋण
कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुमा भेटियो
काठमाडौं । कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । दुई जनालाई मारेर भागेको टिपरलाई लुकाइराखेको अवस्थामा प्रहरीले फेला पारेको हो । बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर टिपर भागेको थियो । टिपर चालक भने अझै फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा ४… Continue reading कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुमा भेटियो
डा. केसी र कान्तिपुरविरुद्धको अवहेलना मुद्दा खारेज
काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता डा. गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दा खारेज गरिदिएको छ । बिहीबार सर्वोच्चको पूर्ण इजलासले दावी नपुगेको निष्कर्ष निकाल्दै केसी र कान्तिपुर दैनिमाथिको अवहेलना मुद्दा खारेज गरिदिएको हो । केसीले तत्कालीन न्यायाधीश गोपाल पराजुलीविरुद्ध एक अभिव्यक्ति दिएपछि पराजुलीकै आदेशमा सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौड्यालमार्फत केसीविरुद्ध मुद्दा दायर भएको थियो ।… Continue reading डा. केसी र कान्तिपुरविरुद्धको अवहेलना मुद्दा खारेज
ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’
काठमाडौं । वालुवाटारको ललित निवास जग्गा प्रकरणमा आफ्ना वरिष्ट नेता विजय कुमार गच्छदार मुछिएपछि प्रमुख प्रतिपक्षी कांग्रेस आक्रोसित बनेको छ । पार्टीले जग्गा फिर्ता गर्ने मन्जुर भएकै आधारमा नेकपा नेता विण्णु पौडेलका छोरा नविन पौडेल उम्कनु र विजय गच्छदार दोषि सावित हुनुमा राजनीतिक पूर्वाग्रहले काम गरेको कांग्रेसको आरोप छ । नेपाली कांग्रेसले बिहीबार पत्रकार सम्मेलन… Continue reading ललिता निवास प्रकरणमा कांग्रेसको आक्रोस, ‘गच्छदारलाई राजनीतिक पूर्वाग्रह भयो’
कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा
काठमाडौं । नेपाली कांग्रेसका शक्तिशाली नेता हुन विजय गच्छदार । उनको प्रभाव तराई र खासगरी जनजाती समुदायमा बढी छ । थारु समूदायबाट प्रतिनिधित्व गर्ने उनी नेपालमा सम्भवतः धेरै पटक मन्त्री हुने नेतामा पर्छ । एक दर्जन पटक उनले कार्यकारी भूमिकामा मन्त्रालय सम्हालेका छन् । उनी यस पटक ललितानिवास जग्गा काण्डमा मुछिएका र अख्तियारले विशेष अदालतमा… Continue reading कांग्रेसका शक्तिशाली हस्तीलाई पालौपालो भ्रष्टाचार मुद्दा
बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा काण्डमा १७५ जनाविरुद्ध मुद्दा दायर गर्यो । तर, यस काण्डका चर्चित पात्र नेकपाका महासचिव विण्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी भने चोखिएका छन् । नेकपा महासचिव विष्णु पौडेलको नाम जोडिनुको कारण उनका छोरा नवीन पौडेलले यहाँ जग्गा लिएका थिए । जग्गा लिएका सबै माथि… Continue reading बिष्णु पौडेल र कुमार रेग्मीलाई जोगाएकोमा अख्तियारको आलोचना
पश्चिमी देशले गरे कोरोनाको अनावश्यक प्रचार : प्रचण्ड
पोखरा । चीनलाई मन नपराउने अमेरिकालगायत पश्चिमी मुलुकले कोरोना भाइरसलाई अनावश्यक प्रचारमा ल्याएको नेकपाका अध्यक्ष प्रचण्डले बताएका छन् । बुधबार पोखरमा बोल्दै अध्यक्ष प्रचण्डले चीनबाट फैलिएको कोरना भाइरसका विषयलाई लिएर अमेरिकाको आलोचना गरेका हुन् । कोरोनाको सन्दर्भमा पश्चिमा शक्तिबाट अनावश्यक प्रचार गरेर वातावरण झन् दुषित बनाउने असाध्यै नराम्रो र अनैतिक काम भयो भनेर चीन स्वयमले… Continue reading पश्चिमी देशले गरे कोरोनाको अनावश्यक प्रचार : प्रचण्ड
ओमानसँग हार्यो नेपाल
काठमाडौं । आइसिसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बुधबार नेपाल ओमानसँग हारेको छ । नेपाल १८ रनले पराजित भएको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले दिएको १ सय ९८ रन भेट्टाउन नसक्दा नेपालले घरमै आफनो पहिलो खेल हारेको हो । नेपाल ४६.५ ओभरमा १ सय ७९ रन जोड्दै अलआउट भयो। नेपालले… Continue reading ओमानसँग हार्यो नेपाल
ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)
काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणमा १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारसहित १ सय ७५ जनालाई यस काण्डमा दोषि देखेको छ । पूर्वसचिव छविराज पन्त,… Continue reading ललिता निवास प्रकरण : १ सय ७५ जनामाथि अख्तियारको मुद्दा (कोको परे भीआइपी ?)
दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए
काठमाडौं । दुई महिला अगाडी चल्ला उत्पादन गर्ने व्यवसायीले साना चल्ला मार्दै खाल्डोमा पुर्ने अभियान चलाए । १० दिन चलेको यो अभियानका दौरान लाखौं चल्ला मारिएका थिए । जो दुई महिनापछि वयश्क बनी मासुका लागि योग्य बन्थे । त्यतिमात्र होइन, अण्डा समेत फुटाइएको थियो । त्यतिबेला मासुको उचित मूल्य नपाएको भन्दै व्यापारिले गरेको यो कुकर्म… Continue reading दुई महिना अगाडी कुखुराका चल्ला पुरेका व्यवसायीले मासुको मूल्य ह्वात्तै बढाए
आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै
काठमाडौं । एकदिवसीय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो पटक घरेलु मैदानमा वानडे सिरिज खेल्दैछ । खेल आजबाट शुरु हुँदैछन् । त्रिवि किकेट मैदानले समेत यसै खेलबाट वानडे मान्यता पाउँदैछ । कीर्तिपुरमा पहिलो खेलका लागि ओमान र नेपालका कप्तानले टस गरेसँगै यो मैदानले वानडे मान्यता पाउने हो । नेपालले २०२३ मा हुने विश्वकपको यात्राका लागि यो… Continue reading आजबाट शुरु हुँदैछ त्रिदेशीय सिरिज, ओमान र नेपाल भिड्दै
प्रधानमन्त्रीले सुनाए किड्नी ट्रान्सप्लान्टको योजना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किड्नी ट्रान्सप्लान्ट गरिने भएको छ । उनी स्वयमले यसको जानकारी गराएका हुन् । मंगलबार उनले नेपाली संचारमाध्यमका सम्पादकहरुसँग वालुवाटारमा भेटवार्ता गरेका छन् । सो क्रममा प्रधानमन्त्रीले छिट्टै किड्नी ट्रान्सप्लान्टको योजना रहेको बताएका हुन् । अहिले नियमित डायलासिस गरिरहनु पर्छ । त्यसका लागि नियमित अस्पतालसमेत गइरहनु पर्छ । त्यसको साटो… Continue reading प्रधानमन्त्रीले सुनाए किड्नी ट्रान्सप्लान्टको योजना
वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल
काठमाडौं । चीनको वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल कायम रहेको छ । सरकारले कति जनालाई कसरी उद्दार गरी कहाँ राख्ने भन्नेबारे निष्कर्षमा पुग्न नसक्दा मंगलबार समेत यसबारे अन्यौल कायमै रह्यो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज ढकालले नेपालीको उद्दारको तयारी भइरहेको जानकारी संसदमा गराए । तर, उनले कसरी कहाँ राख्ने गरी उद्दार हुँदैछ… Continue reading वुहानमा रहेका नेपालीको उद्दारमा अझै अन्यौल
अछाममा वडाध्यक्ष मृत भेटिए, हत्या भएको आशंका
अछाम । अछामस्थित पन्चदेवल नगरपालिका २ का वडाअध्यक्ष पदमबहादुर धामी मृत भेटिएका छन् । अछाम प्रहरीले यसको पुष्टी गरेको छ । धामीको शव पञ्चदेव नगरपालिका–२ को गैरीगाउँस्थित भैसी गोठमा भेटिएको हो । अनुहारमा चोटपटक लागेका कारण उनको हत्या भएको हुन सक्ने आंशका प्रहरीको छ । यद्दपी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । उनी नेपाली… Continue reading अछाममा वडाध्यक्ष मृत भेटिए, हत्या भएको आशंका
तामाङ समाज अमेरिकाले मनायो ल्होछार
न्यूयोर्क/अमेरिका तामाङ समाज अमेरिकाले तामाङ समुदायको महान पर्व सोनाम ल्होछार (नयाँँ वर्ष) विशेष कार्यक्रम गर्दै मनाएको छ । बौद्धधर्म परम्परा अनुसार साङ सेरकिम पुजासंगै शुरु भएको ल्होछार कार्यक्रममा तामाङ समुदायको साथै न्युयोर्क र आसपासमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । तामाङ समुदायको मौलिक संस्कृति झल्कने प्रस्तुती सहित गत साता ल्होछार आयोजना गरिएको हो… Continue reading तामाङ समाज अमेरिकाले मनायो ल्होछार
न्यूयोर्कमा श्रष्टा सम्मानित
न्यूयोर्क/अमेरिका अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क च्याप्टरले ४ जना साहित्य श्रष्टाहरुलाई सम्मान गरेको छ । आइतबार न्यूयोर्कको ज्याक्सन हाईटमा आयोजना गरिएको ‘न्यूयोर्कमा श्रष्टा’ नामक कार्यक्रममा साहित्य श्रष्टाहरुको श्रृजना सुनाइएको थियो । अनेसास न्यूयोर्क च्याप्टरका महासचिव राजन महर्जनका अनुसार, हरेक तीन महिनाको अन्तरालमा ४/४ जना श्रष्टाहरुलाई सम्मान गर्ने र उनीहरुको साहित्य श्रृजना सुन्ने नयाँ कार्यक्रमको… Continue reading न्यूयोर्कमा श्रष्टा सम्मानित
खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो
काठमाडौं । सरकारले खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगमका अनुसार प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि भएको छ । यो मूल्य राती १२ बजेबाट लागु हुनेछ । निगमका अनुसार भारतबाट खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ । सोहीअनुसार प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य समायोजन गरिएको छ । अब ग्यासको मूल्य अब प्रति… Continue reading खाना पकाउने ग्यास २५ रुपैयाँ महंगियो
अमेरिकास्थित लामो दुरीको बस ग्रेहाउन्डमा गोली चल्यो
अमेरिका स्थित लामोदुरीको लागि चर्चित यात्रु बाहक बस “ ग्रेहाउन्ड ” भित्र गोली प्रहार भएको छ । सोमबार बिहान १ बजे पछी लसएन्जलसदेखी सनफ्रान्सिस्को जाँदै गरेको यात्रुबाहक बसमा गोली चल्दा ६ यात्रु घाईते भएको लसएन्जलसस्थित समाचार एजेन्सीहरुले जनाएका छँन् । गोली चलेको समयमा बस भित्र ४० जना यात्रुहरु सबार थिए । बस भित्र अकस्मात गोली… Continue reading अमेरिकास्थित लामो दुरीको बस ग्रेहाउन्डमा गोली चल्यो
महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेका छन् । उनी महरालाई भेट्ने पहिलो भीआइपी समेत हुन् । महरा डिल्ली बजार कारागारमा रहेका छन् । आफनै सचिवालयकी एक महिला कर्मचारीले बलत्कार प्रयासको आरोप लगाएपछि उनी पूर्पक्षका लागि कारागार चलान भएका हुन् । उनीलाई कारगारमा भेट्न अहिलेसम्म करीव १० हजार मानिस पुगेपछि भीआइपी गेष्ट… Continue reading महरालाई भेट्न कारागार पुगे डा. बाबुराम भट्टराई
ठमेलको असरल्ल तार तीन महिनाभित्र भूमिगत गर्न अल्टिमेटम
काठमाडौं । ठमेलमा असरल्ल अवस्थामा रहेको तार भूमिगत गरी व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाले तीन महिनाको समय दिएको छ । ठमेलमा अव्यवस्थित तारले यस क्षेत्रको सुन्दरता नै बिग्रिएको भन्दै महानगरपालिकाले आफैले तार काट्न थालेको थियो । तर, यसले टेलिफोन तथा इन्टरनेट सेवा नै अवरुद्ध भएपछि महानगरपाकिलाले आफैले तार काट्न छाडेर अवस्थित गर्न अल्टिमेटम दिएको हो ।… Continue reading ठमेलको असरल्ल तार तीन महिनाभित्र भूमिगत गर्न अल्टिमेटम
सुनसरीमा दूर्घटना, ५ को ज्यान गयो
सुनसरी । सुनसरी, रामधुनी नगरपालिकाअन्तर्गत तित्रीवनमा सवारी दूर्घटना भएको छ । दूर्घटनामा परी ५ जनाको न्यान गएको छ । माइक्रो र ठूलो बस एकआपसमा ठोक्किएर भएको दूर्घटनामा १४ जना घाइते भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । आइतबार बिहान साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३१५७ नम्बरको माइक्रो बस… Continue reading सुनसरीमा दूर्घटना, ५ को ज्यान गयो
बामदेव गौतम बने नेकपाको उपाध्यक्ष
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वामदेव गौतमलाई उपाध्यक्षमा चयन गरेको छ । उनी अहिले पनि सचिवालय सदस्य हुन् । आइतबार केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन र सांगठनिक प्रतिवेदन पारित भएको छ । यससँगै गौमम उपाध्यक्ष बनेका हुन्। गत साउनमा नेकपा सचिवालयले गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। सचिवालयको… Continue reading बामदेव गौतम बने नेकपाको उपाध्यक्ष