काठमाडौं । इटालियन ठेकदार सीएमसी पुरै काम सम्पन्न नगरी भागेपछि बन्द रहको गौरवको आयोजना मेलम्ची खानेपानीको सम्पन्न हुन बाँकि कामका लागि ठेक्काको टुंगो लागेको छ । आयोजनाका अनुसार अब यो काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गर्ने भएको छ । माथिल्लो तामाकोशीको काम फटाफट गरेर नाम कमाएको यो कम्पनीले अन्य धेरै जलविद्युत आयोजनाको पनि ठेक्का पाएको… Continue reading मेलम्चीको नयाँ ठेक्का लाग्यो, कहिले आउँछ काठमाडौंमा पानी ?
Category: समाचार
सुदूरपश्चिमको दशैं गौरा शुरु
काठमाडौं । सुदूरपश्चिमेलीका लागि दशैं जत्तिकै महत्वपूर्ण पर्व गौरा मंगलवारबाट सुरु भएको छ। माता पार्वतीको सम्झानामा यो पर्व मनाउने प्रचलन रहेको छ । पौराणिक कालमा भगवान शिव महेश्वरलाई पाउन गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरेको किंवदन्ती रहेको छ । उनको तपश्याबाट शिवसँग विवाह भएको मान्यता अनुसार सोही समयदेखि शिव पार्वर्तीको पूजा आरधना गर्ने… Continue reading सुदूरपश्चिमको दशैं गौरा शुरु
उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका सिलसिलामा पुनः सिंगापुर जाने भएका छन् । उनी आगामी बिहीबार सिंगापुरतर्फ जाने तय भएको हो । त्यसअगाडी प्रधानमन्त्रीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक आह्वान गरेका छन् । बालुवाटार स्रोतका अनुसार उनले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा आह्वान गरेका छन् । पछिल्लो समय प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर चासो… Continue reading उपचारमा प्रधानमन्त्री पुनः सिंगापुर जाने, आज सर्वदलिय बैठक
बढ्दैछ दूधको भाउ
काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । मूल्य बढाउने या नबढाउने भन्ने सम्बन्धमा सिफारिस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक कार्यदल गठन गरेको थियो । कार्यदलले आफ्नो प्रतिवेदन कृषि मन्त्री चक्रपाणी खनाललाई बुझाएको छ । कार्यदलले सोमबार मन्त्रीलाई प्रतिवेदन बुझाएको हो । मन्त्रालय स्रोतका अनुसार कार्यदलले दूघको मूल्य वृद्धि गर्न सिफारिस… Continue reading बढ्दैछ दूधको भाउ
माधव नेपालभन्दा झलनाथ अगाडी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको तेस्रो वरियतामा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई चयन गरेको छ । यसअघि माधव कुमार नेपाल तेस्रो वरियतामा थिए । आइतबार बसेको नेकपा सचिवालय बैठकले बरिष्ठ नेताहरूको मर्यादा टुग्याएको हो । यसक्रममा अध्यक्षद्धय केपि शर्मा ओली र प्रचण्डपछि पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय भएको छ । दुबै… Continue reading माधव नेपालभन्दा झलनाथ अगाडी
एसिया प्रशान्त हवाई नियामक निकायका प्रमुख नेपालमा भेला
काठमाडौं । एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका प्रमुखहरुको भेला सोमबारबाट काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको तयारी पुरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यो महानिर्देशकहरुको ५६ औं सम्मेलन हो । यस सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यू समेत नेपाल आएका छन् । यस भेलामा… Continue reading एसिया प्रशान्त हवाई नियामक निकायका प्रमुख नेपालमा भेला
भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर विदेशमन्त्रीका रुपमा पहिलो पटक काठमाडौं आउने भएका छन् । आगामी बुधबारदेखि काठमाडौंमा शुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनी भारतीय विदेश सचिव भएका बेला भने काठमाडौं आइसकेका छन् । खासगरी संविधान निर्माणका बेला भारतीय सरकारको दूतका… Continue reading भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै
विवाह समारोह मै आत्मघाती बम विस्फोट
काबुल । अफगानिस्तानमा विवाह समारोह भइरहेको हल भित्रै आत्मघाती बम विस्फोट भएको छ । विस्फोटबाट भएको मानवीय हताहतीको विवरण सार्वजनिक नभइसकेको संचारमाध्यमले उल्लेख गरेका छन् । करीव १ हजार पाहुना बोलाइएको पार्टी हल भित्रै गराइएको बम विस्फोटबाट दर्जनौं मारिएको हुन सक्ने संचारमाध्यमले स्थानीय प्रशासन स्रोतलाई उदृत गर्दै लेखेका छन् । राजधानी काबुलको एक व्यस्त शहरमा… Continue reading विवाह समारोह मै आत्मघाती बम विस्फोट
२८ वाणिज्य बैंकको नाफा साढे ६५ अर्ब
काठमाडौं । नेपालमा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन । विकास निर्माणको गति सुस्त छ । व्यापार व्यवसाय फस्टाउन सकेको छैन । तर, एक क्षेत्र भने हरेक वर्ष उच्च मुनाफामा रहन्छ । त्यो हो वित्तीय क्षेत्र । नेपालमा कूल २८ वाणिज्य बैंक छन् । यी बैंकले एक आर्थिक वर्षमा मात्र ६५ अर्ब ४० करोड रुपैयाँ… Continue reading २८ वाणिज्य बैंकको नाफा साढे ६५ अर्ब
एकता बलियो बनाउन चित्त नबुझेपनि निर्णय लिनु परेको छ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चित्त नबुझ्दा नबुझदै पनि पार्टी एकता बलियो बनाउन निर्णयहरु लिनु परेको बताएका छन् । शनिबार नेपाल प्रगतिशिल चिकित्सक संघ र राष्ट्रिय चिकित्सक संघद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले कतिपय विषय चित्त नबुझेर पनि निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका हुन् । कतै एकता नै… Continue reading एकता बलियो बनाउन चित्त नबुझेपनि निर्णय लिनु परेको छ : प्रचण्ड
देशले एकै दिन गुमायो दुई प्रतिभा
काठमाडौं । शनिवार एकै दिन कलाकार सुभद्रा अधिकारी र पत्रकार डायलसन अधिकारीको निधन भएको छ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको काठमाडौंमा निधन भएको हो भने पत्रकार अधिकारीको भने सप्तरीमा भएको सवारी दूर्घटनामा ज्यान गएको हो । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि निमोनियाबाट ग्रस्त थिइन् । पारिवारिक… Continue reading देशले एकै दिन गुमायो दुई प्रतिभा
श्रमिकको न्यूनतम पारिश्रमिक देउ : श्रम मन्त्रालय
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कानून बमोजम श्रमिकले पाउनु पर्ने न्यूनतम पारिश्रमिक अनिवार्य रुपमा उपलब्ध गराउन आर्थिक प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ । श्रम कानूनले प्रत्याभूत गरेका आर्थिक सुविधाहरु रोजगारदाता कम्पनीले अनिवार्य पालना गर्नुपर्ने मन्त्रालयको भनाई छ । मन्त्रालयले श्रम ऐन, २०७४ र श्रम नियमावली २०७५ ले तोकेअनुसार न्यूनतम् पारिश्रमिक र अन्य आर्थिक… Continue reading श्रमिकको न्यूनतम पारिश्रमिक देउ : श्रम मन्त्रालय
नेकपाले टुंग्यायो केन्द्रिय विभागको जिम्मेवारी, कुन नेतालाई कुन विभाग ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रिय विभागको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ । नेकपाको सचिवालय बैठकले केन्द्रिय कार्यालयका विभागका प्रमुख र उपप्रमुखको जिम्मेवारी तय गरेको हो । बैठकले सात प्रदेशका लागि सहइन्चार्जसमेत तोकेको छ । सचिवालय बैठक शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो । बैठकले केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन… Continue reading नेकपाले टुंग्यायो केन्द्रिय विभागको जिम्मेवारी, कुन नेतालाई कुन विभाग ?
बैंक कीर्ते आरोपित मन्त्री बर्खास्त
सुर्खेत । बैंक कीर्ते गरी आर्थिक अनियमितता गरेको आरोपमा मुछिएका कर्णाली प्रदेश, भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् । कर्णाली सरकारले उनलाई बिहीबारदेखि लागु हुने गरी बर्खास्त गरेको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाट भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड (ख) बमोजिम पदमुक्त गरेको प्रदेश सरकारले उल्लेख… Continue reading बैंक कीर्ते आरोपित मन्त्री बर्खास्त
आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?
काठमाडौं । आजदेखि गाइजात्रा पर्व प्रारम्भ भएको छ । खासगरी काठमाडौं उपत्यकामा धुमधामसँग मनाइने यो पर्व अहिले देशका अधिकांश शहरमा बिस्तार भइसकेको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा मनाउने परम्परा रहेको छ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा यो पर्व मनाइन्छ । गाई वा मानिस गाईका रूपमा सिँगारेर परिक्रमा गराउने अनौठो प्रचलनका कारण यो… Continue reading आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?
रहेनन् वरिष्ठ साहित्यकार मदनमणी दिक्षित
काठमाडौं । पाका पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । बिहीबार बिहान आफ्नै निवासमा उनको निधन भएको हो । दिक्षितको बिहीबार नै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरियो । उनको ९७ वर्षको उमेरमा निधन भएको हो । सरकारले दीक्षितको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेको छ । नेपाल प्रहरीको एक टुकडीले… Continue reading रहेनन् वरिष्ठ साहित्यकार मदनमणी दिक्षित
प्रधानमन्त्री फेरी अस्वस्थ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या आएको छ । ९ दिन सिंगापुरमा उपचार गरी सोमबार स्वदेश फर्किएका प्रधानमन्त्रीको स्वास्थ स्थिति पुनः बिग्रिएको बालुवाटर स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि बिहीबार बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ । नेकपाका अनुसार बैठक अब शुक्रबार पुनः बस्ने गरी डाकिएको… Continue reading प्रधानमन्त्री फेरी अस्वस्थ
रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै
काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुका लागि चाडबाड शुरु भएको संकेत दिने गरी आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ । आज जनै एवं रक्षाबन्धन धारण गरी पर्व मनाइन्छ । कतिपय स्थानमा दिदिबहिनीले… Continue reading रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै
कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ
काठमाडौं । कतारको दोहामा नेपालीमाथि सांघातिक आक्रमण भएको भन्दै नेपाली दूतावासले भिडभाडमा नजान नेपालीहरुलाई सचेत गराएको छ । दोहामा भएको सांघातिक आक्रमणमा एक जनाको निधन भएको र पाँचजना घाइते भएको दूतावासले उल्लेख गरेको छ । कतारस्थित नेपाली दूतावासका अनुसार दोहाको जैदा पार्कमा नेपालीमाथि आक्रामण भएको थियो । आक्रमणमा परी सुनसरीका तवरेज अन्सारीको निधन भएको दूतावासले… Continue reading कतारमा नेपालीमाथि आक्रमण, दूतावासले भन्यो भिडभाडमा नआउ
श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सेड्यूल उडानको लाइसेन्स
काठमाडौं । नेपालबाट अब ४ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय सेड्यूल उडान गर्ने भएका छन् । सरकारले श्री एयरलाइन्सलाई बुधबार अन्तर्राष्ट्रिय सेड्यूल उडानको अनुमति दिएएपछि यस्ता कम्पनीको संख्या ४ पुगेको हो । यसअघि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरसँग मात्र यस्तो लाइसेन्स थियो । श्रीले भने चार्टर्ड उडान मात्र गर्न सक्ने गरी अनुमति पाएको छ… Continue reading श्री एयरलाइन्सलाई अन्तर्राष्ट्रिय सेड्यूल उडानको लाइसेन्स
फेरि राजनीतिक अस्थिरताको खतरा- भारतीय सक्रियताले संसय बढायो
विश्वन्युज संवाददाता काठमाडौं नेपालमा नाटकीय ढंगले राजनीतिक घटनाक्रम परिवर्तनको संकेत देखिन थालेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराजाको विदेश भ्रमणले नेपालमा राजनीतिक नयाँ रुप देखिन थालेको छ । यो बीचमा भारतीय पक्षबाट भएका महत्वपूर्ण भेटवार्ताले नेपालको राजनीतिमा नयाँ उतारचढाव आउन सक्ने अनुमान गरिएको छ ।… Continue reading फेरि राजनीतिक अस्थिरताको खतरा- भारतीय सक्रियताले संसय बढायो
प्रदेश मन्त्रीलाई पक्रन आदेश
काठमाडौं । पाटन उच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पक्रन प्रहरीलाई आदेश दिएको छ । बैंकिङ कसूरको मुद्दामा अदालतले उनलाई पक्रन आदेश दिएको हो । त्यसका लागि अदालतले तीन दिनको समय दिएको छ । कृषि विकास बैंकको बैंकिङ कसूरसम्बन्धी मुद्दा दायर गरेको थियो । सोही मुद्दामा मन्त्री खत्रीलाई तीन दिनभित्र अदालतमा… Continue reading प्रदेश मन्त्रीलाई पक्रन आदेश
विदेशी लगानी नआए निजगढ विमानस्थल सरकारले बनाउँछ : भट्टराई
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशी लगानी नआए निजगढ विमानस्थल सरकार आफैले निर्माण गर्ने बताएका छन् । सरकारले यस आयोजनाका लागि विदेशी लगानी कुरिरहेको छ । यद्दपी लगानीको मोडालिटी भने तय भइसकेको छैन । अर्कोतर्फ लगानी बोर्डमार्फत करीव ७ वटा लगानीकर्ताले निजगढ विमानस्थलमा चासो देखाएका छन् । संसारकै ठूला विमानस्थलमध्ये… Continue reading विदेशी लगानी नआए निजगढ विमानस्थल सरकारले बनाउँछ : भट्टराई
प्राधिकरणमा कूलमान जादू, १ वर्षमै सवा ७ अर्ब मुनाफा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इतिहासमै सबैभन्दा ठूलो आर्थिक वृद्धि हाँसिल गर्न सफल भएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङको कूशल व्यवस्थापनमा प्राधिकरणले निरन्तर सकारात्मक नतिजा निकाल्न सफल भएको हो । लोडसेडिङ अन्त्य भएपछिको एक वर्ष अवधिमा प्राधिकरणको नाफा ७ अर्ब २० करोड पुगेको छ । अहिले प्राधिकरण जलविद्युत आयोजनाको निर्माण सक्ने र प्रसारण क्षमता… Continue reading प्राधिकरणमा कूलमान जादू, १ वर्षमै सवा ७ अर्ब मुनाफा
नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत
काठमाडौं । नेपालले आर्थिक वर्ष २०७५\७६ मा ७.०५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गरेको छ । अर्थ मन्त्रालयका अनुसार नेपालले लगातार तेस्रो वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हाँसिल गर्ने क्रममा यो उपलब्धी प्राप्त गरेको हो । आव २०७३\७४ मा ७.७४ प्रतिशत आर्थिक वृद्धि भएकोमा आव २०७४\७५ मा ६.३ प्रतिशतको आर्थिक वृद्धिदर रहेको थियो । गत… Continue reading नेपालको आर्थिक वृद्धिदर ७.०५ प्रतिशत
अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु
धादिङ । त्रिशुली नदीमा बस दूर्घटनामा परी हराइरहेका १९ यात्रु अझै वेपत्ता छन् । शुक्रबार पृथ्वीराजमार्गको धादिङ, बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट बस त्रिशूली नदीमा खसेको थियो । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार यात्रुको खोजीमा गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँसम्म खोजी कार्य जारी रहेपनि वेपत्ताको कुनै अत्तोपत्तो छैन । प्रहरी नदि किनारमा खटिएर खोजी जारी राखेपनि… Continue reading अझै भेटिएनन् त्रिशुलीमा हराइरहेका डेढ दर्जन यात्रु
कन्सल्टेन्सीमा विभागको छापा, यूरोपका लागि अवैध रोजगारको लोभ
काठमाडौं । यूरोपमा आकर्षक रोजगारीमा पठाउने भन्द्यै व्यापक प्रचार प्रसार गरिरहेको एलाएन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ। उक्त कन्सल्टेन्सीले विभिन्न सामाजिक संजालमा यूरोपका लागि आकर्षक जागिरका लागि भन्दै विज्ञापन गरेको थियो । उक्त झुठो विज्ञापनमार्फत यूवालाई ठगि गर्ने मनसाय राखेको भन्दै विभागको टोलीले छापा मारेको हो । कन्सल्टेन्सीको सिनामंगलस्थित कार्यालयमा छापा… Continue reading कन्सल्टेन्सीमा विभागको छापा, यूरोपका लागि अवैध रोजगारको लोभ
सुसाइट नोटमा अख्तियार प्रमुखलाई सम्बोधन गर्दै आत्महत्या
रौटहट । भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका एक कर्मचारीले इमानदारीसाथ काम गर्दागर्दै फसाएको भन्दै आत्महत्या गरेका छन् । मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आइतबार आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका-९ को रातामाटे जंगलमा उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । सोही स्थानका स्थानीय उनी शनिबार काठमाडौंदेखि उदयपुर गएका थिए। प्रहरीका… Continue reading सुसाइट नोटमा अख्तियार प्रमुखलाई सम्बोधन गर्दै आत्महत्या
स्वदेश फर्किए प्रधानमन्त्री
काठमाडौं । सिंगापुरमा स्वास्थ्योपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन । शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम तय गरी अघिल्लो शनिबार सिंगापुर गएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फर्किएका हुन् । प्रधानमन्त्रीले आफ्नो भ्रमणलाई अनौपचारिक भएको बताए । उनले विमानस्थलमा संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् । आफू ठिक भएको फर्किएको भन्दै प्रधानमन्त्रीले केही दिनपछि सबै जानकारी थाहा… Continue reading स्वदेश फर्किए प्रधानमन्त्री
काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंका मूख्मूख्य चोकमा होभरहेड ब्रिज निर्माणको योजना सार्वजनिक गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले ट्राफिक जाम हुने खास खास चोकमा ‘ओभरहेड ब्रिज’ निर्माणको योजना अगाडी बढेको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चाबहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड… Continue reading काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?