भैरहवा (रूपन्देही), २९ मङ्सिर । सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही… Continue reading भैरहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
Category: समाचार
एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता
काठमाडौँ, २९ मङ्सिरः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ । विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ’ समितिको बैठकले एनआरएनएको १२औँ एकता महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको हो । सङ्घका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति जारी गरी ‘स्टेरिङ कमिटी’ले महाधिवेशनको… Continue reading एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता
एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता
काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे… Continue reading एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता
घोटाला केन्द्र कारबाहीपछि विदेशी नागरिक फिर्ता लिन म्यान्माको आग्रह
बैङ्कक, २९ मङ्सिर (रासस–एपी) । म्यान्माको सैन्य शासनले थाइल्यान्डसँगको सीमाना नजिक पूर्वी कायिन राज्यमा रहेका अनलाइन घोटाला केन्द्रहरूमा गरिएको कारबाहीका क्रममा पक्राउ परेका सयौँ विदेशी नागरिक चाँडो फिर्ता लिन सम्बन्धित देशहरूलाई आग्रह गरेको छ । हालैका महिनामा अधिकारीहरूले थाइल्यान्ड सीमा क्षेत्रको व्यापारिक सहर म्यावड्डी नजिक रहेका केके पार्क र स्वे कोक्को नामक दुई ठूला घोटाला… Continue reading घोटाला केन्द्र कारबाहीपछि विदेशी नागरिक फिर्ता लिन म्यान्माको आग्रह
सिकारीको बन्दुक पड्किँदा सहकर्मीको मृत्यु
बागमती, २९ मङ्सिर । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ । जङ्गलमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उनीसँगै सिकार गर्न हिँडेका मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।… Continue reading सिकारीको बन्दुक पड्किँदा सहकर्मीको मृत्यु
एमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन
काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जारी ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः३० देखि १ः३० बजेसम्म उम्मेदवारको दर्ता मनोनयन हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । आयोगले आज बिहान १०ः१५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन… Continue reading एमाले महाधिवेशन : आज उम्मेदवारको मनोनयन
बजार अनुमगनमा थप सक्रिय बन्दै विभाग
काठमाडौँ, २९ मङ्सिरः बजार अनुमगन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौँका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ । त्यसमध्ये दुई वटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ । कागेश्वरी मनोहरा–९ महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले रु पाँच हजार जरिवाना गरेको छ । उपभोक्ता संरक्षण… Continue reading बजार अनुमगनमा थप सक्रिय बन्दै विभाग
राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई
केदार मगर–राससखोटाङ, २९ मङ्सिरः राजनीति गर्दैमा अरु कुनै पेसा गर्नु हुँदैन भन्ने छैन । कतिपयले राजनीतिलाई नै पेसाझैँ बनाउँदा मुलकुमा भ्रष्टाचार बढेको आरोप पनि लाग्दै आएको छ । यस्तै सन्दर्भमा संविधानसभा सदस्य दुर्गाजयन्ती राईले दिक्तेल बजारमा कृषि उत्पादनको मूल्य अभिवृद्धि र स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नमूना कृषिजन्य सामग्री प्रशोधन केन्द्र’ सञ्चालन गर्दै आउनुभएको छ… Continue reading राजनीतिसँगै कृषिजन्य उत्पादनको व्यापारमा नेत्री राई
पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग
राससम्याग्दी, २९ मङ्सिर । धवलागिरि गाउँपालिका–३ मुनामा आइतबार सम्पन्न पालिकास्तरीय बाल कचहरीबाट बालअधिकारको सुनिश्चितता, संरक्षण तथा प्रवर्द्धन र बालविवाह न्यूनीकरणका लागि १० बुदे घोषणापत्र जारी भएको छ । बाल क्लबका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षकसम्बद्ध सङ्घसंस्था र सरोकारवालाबीच धवलागिरि गाउँपालिकामा रहेको बालबालिकासम्बन्धी समस्या र समाधान उपायका विषयमा छलफल गरी घोषणापत्र जारी भएको हो । बालविवाह, विभेद, बाल… Continue reading पालिकास्तरीय बाल कचहरीः बालविवाह अन्त्य गर्न माग
महबाटै करोड कारोबार गर्दै विनोद हमाल
राष्ट्रिय समाचार समिति (रासस) भजनी (कैलाली), २९ मङ्सिर । परिश्रम गरे स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एक उदाहरण हुनुहुन्छ दाङको तुलसीपुर उपमहानगरपालिका–६ मदन नगरका विनोद हमाल । व्यावसायिक माहुरीपालनबाट बर्सेनि करोडौँको कारोबार गर्दै आउनुभएका हमाल व्यवसायीमात्र होइन समाजका लागि एक प्रेरणा पनि हुनुहुन्छ । विसं २०५५ देखि माहुरीपालन व्यवसाय गर्दै आउनुभएका उहाँबाटै सिकेको सीपबाट… Continue reading महबाटै करोड कारोबार गर्दै विनोद हमाल
२४ घण्टामा देशभर २२ स्थानमा आगलागी
काठमाडौँ, २९ मङ्सिर । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् । ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन् । कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ । बिजुली सर्ट… Continue reading २४ घण्टामा देशभर २२ स्थानमा आगलागी
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौँ, २९ मङ्सिर । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ । खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्नेलगायतका नयाँ व्यवस्था थप गरेको… Continue reading निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने
राससचितवन, २८ मङ्सिरः चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुस २ गते कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर… Continue reading खोरसोरका दुई छावा पुस २ गते कतार पठाइने
एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने
काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने निर्णय गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उक्त निर्णयबारे जानकारी दिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत विधान महाधिवेशनबाट पारित विषयलाई नचलाउन माग गरेको भए पनि… Continue reading एमाले केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने
समृद्धिका पक्षमा पार्टी एक लयमा प्रस्तुत हुन अध्यक्ष ओलीको आग्रह
काठमाडौँ, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशीविदेशी पक्षका चुनौतीकाबीच पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका छन् । सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको आजदेखि सुरु भएको बन्दसत्रमा सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीति, विकास र समृद्धिका पक्षमा पार्टी एक लय र सुरका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए । गत भदौ २३ र… Continue reading समृद्धिका पक्षमा पार्टी एक लयमा प्रस्तुत हुन अध्यक्ष ओलीको आग्रह
एमाले महाधिवेशन : उपमहासचिव गुरुङको संयोजकमा कमिटी गठन
काठमाडौँ, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औं राष्ट्रिय महाधिवेशनको निर्णय र छलफललाई औपचारिक रुपमा अभिलेखीकरण गर्न माइन्युट कमिटी गठन गरेको छ । महाधिवेशनको बन्दसत्रमा महासचिव शङ्कर पोखरेलले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकमा माइन्युट कमिटी गठन गरिएको जानकारी दिए । समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य… Continue reading एमाले महाधिवेशन : उपमहासचिव गुरुङको संयोजकमा कमिटी गठन
भ्रष्टाचार मुद्दामा खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ, २८ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरी मेलम्ची खानेपानी विकास समितिका तत्कालिन अध्यक्ष र खानेपानी मन्त्रालका सचिवहरु भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह… Continue reading भ्रष्टाचार मुद्दामा खानेपानी मन्त्रालयका सचिवसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन
कांग्रेस सांसद तथा अर्थ समिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ, २८ मङ्सिर । विघटित प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेविरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका निवर्तमान सभापति चालिसेमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगरप्रमुख चालिसेले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य… Continue reading कांग्रेस सांसद तथा अर्थ समिति सभापति चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार
काठमाडौँ, २८ मङ्सिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर २९ गते सोमबार बस्ने भएको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको… Continue reading कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार
सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि…
काठमाडौँ, २८ मङ्सिर । राजनीतिमा सधँै पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय रहिरहनुपर्छ भन्ने मान्यता नेताहरुमा छ भन्ने भाष्य नेकपा (एमाले) का केही पुराना नेताहरुबाट खण्डित भएको छ । अन्य नेताहरु पद र अवसरका लागि सक्रिय रहेको स्थितिमा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष… Continue reading सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र बडालबाट तोडिएपछि…
राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
काठमाडौँ, २८ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभाको चुनावमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपतिले चुनावलाई प्रभावित नुहने गरी काम गर्न सरकारलाई सुझाव दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए… Continue reading राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
सिड्नीको बोन्डी बिचमा गोली चल्यो, कम्तिमा १० जनाको मृत्यु
सिड्नी, २८ मङ्सिर (रासस–सिन्ह्वा) । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा ‘केही व्यक्ति’ को मृत्यु भएको र घटनामा संलग्नता रहेको आशङ्कामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ। यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो… Continue reading सिड्नीको बोन्डी बिचमा गोली चल्यो, कम्तिमा १० जनाको मृत्यु
मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द
खोटाङ, २८ मङ्सिरः प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । यही मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५… Continue reading मुआब्जा नपाएपछि माथिल्लो रावाखोला आयोजना बन्द
एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ, २८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाइएको जानकारी दिए । उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । यस्तै, बिहान ८ः०० बजे बोलाइएको… Continue reading एमाले केन्द्रीय कमिटी बैठक बस्दै
एमाले महाधिवेशन : सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
रमेश गिरी–राससभक्तपुर, २८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौँको भृकुटीमण्डपमा हुनेछन् । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक… Continue reading एमाले महाधिवेशन : सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
निर्वाचन ८१ दिन बाँकी : देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो
काठमाडौँ, २८ मङ्सिर ः प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः… Continue reading निर्वाचन ८१ दिन बाँकी : देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो
कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु
बैङ्कक, २८ मङ्सिर (रासस–एएफपी) । कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि सहमति भएको भन्ने भनाइलाई थाई प्रधानमन्त्रीले खण्डन गरेका छन् । दक्षिणपूर्वी एसियाली छिमेकीहरूबीचको हिंसा उनीहरूको ८०० किलोमिटर (५०० माइल) सीमाको औपनिवेशिक युगको सीमाङ्कनलाई लिएर लामो समयदेखि चलिरहेको विवादबाट उत्पन्न भएको… Continue reading कम्बोडियासँगको युद्धमा चार थाई सैनिकको मृत्यु
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
प्रकाश सिलवाल–राससकाठमाडौँ, २७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भएको थियो । श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ… Continue reading नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म
राष्ट्रपति र प्रधानमन्त्रीले दिए एनपिएल विजेतालाई बधाई
काठमाडौँ, २७ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, “खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई… Continue reading राष्ट्रपति र प्रधानमन्त्रीले दिए एनपिएल विजेतालाई बधाई
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदुरपश्चिम लगातार उपविजेतामा सिमित
काठमाडौँ, २७ मङ्सिरः लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग… Continue reading लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदुरपश्चिम लगातार उपविजेतामा सिमित