राससललितपुर, ६ असारः वर्षा, सहकाल र समृद्धिका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको ऐतिहासिक रथयात्रा आज भोटो प्रदर्शन (भोटो जात्रा) सम्पन्न भएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ । नेपालको सबैभन्दा लामो तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण जात्राका रूपमा परिचित यो जात्रा तिथिअनुसार करिब दुई महिनासम्म मनाइने गरिन्छ । गत वैशाख ८ गते ललितपुरको पुल्चोकबाट सुरु भएको… Continue reading भोटो प्रदर्शनसँगै सकियो यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा
Category: समाचार
कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
तानसेन (पाल्पा), ६ असारः कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा दुवै… Continue reading कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
काठमाडौँ, ६ असारः सडक सुरक्षा र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एयर होस्टेसहरूको सहभागितामा विशेष ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ उपत्यकाका मुख्य चोक तथा बढी सवारी चाप हुने क्षेत्रमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गीता उड्डयन (एभिएसन) मा प्रशिक्षित एयर होस्टेसहरूको सहभागिता रहेको थियो ।… Continue reading एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम
गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ
काठमाडौँ, ६ असारः लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन जना लागूऔषधको क्रोनिक कारोबारीलाई आज काठमाडौँको बालकुमारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका लागूऔषध नियन्त्रण ब्यूरो… Continue reading गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
काठमाडौँ,६ असार : राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज अपराह्न अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित आज ललितपुरको जावलाखेल पुगेर उनले जात्रा अवलोकन गरेका हुन् । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका… Continue reading राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यहाँ हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । चर्को गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो । महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा तीन वटा… Continue reading रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला
दमौली (तनहुँ), ६ असारः तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार हराएकामध्ये अधिकांशलाई प्रहरीको खोजतलास तथा अनुसन्धानका क्रममा फेला पारिएको हो । प्रहरीका अनुसार जेठ महिनामा हराएका व्यक्तिमध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक… Continue reading तनहुँमा एक महिनामा हराएका २१ जनामध्ये १७ जना फेला
फिफा विश्वकप : इरानले अमेरिकाविरुद्ध उजुरी दिँदै
तिजुआना (मेक्सिको), ६ असार (रासस–एएफपी) ।उत्तर अमेरिका विश्वकपका क्रममा आफ्नो राष्ट्रिय टोलीमाथि यात्रा प्रतिबन्ध लगाइएको भन्दै इरानको फुटबल महासङ्घले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)मा औपचारिक उजुरी दर्ता गर्ने घोषणा गरेको छ । प्रतियोगिताअन्तर्गत संयुक्त राज्य अमेरिका जाने अनुमति अस्वीकार गरिएको भन्दै इरानले आयोजक व्यवस्थामाथि आपत्ति जनाएको हो । इरानले आइतबार लस एन्जलसमा बेल्जियमविरुद्ध हुने समूह चरणको… Continue reading फिफा विश्वकप : इरानले अमेरिकाविरुद्ध उजुरी दिँदै
उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु
कटारी (उदयपुर), ६ असारः उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान विद्यालयको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दीप एजुकेशन बोर्डिङ स्कुलको कर्मचारी सवार बा२ख ६४३८ नम्बर सडकबाट करिब १२ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।… Continue reading उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु
‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
नारायणगढ (चितवन), ६ असारः कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज यहाँ सम्पन्न भएको छ । विश्वविद्यालयबाट दुई हजार १९३ विद्यार्थी दीक्षित भएका छन् । त्यस अवसरमा विश्वविद्यालयका सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मुलुकको भविष्य कृषिको विकासबाट उज्ज्वल हुने भएकाले सरकारले यस क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेको बताए । चितवनको परिचय… Continue reading ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
भरतपुर, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट पारेका छन् । महाधिवेशन स्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरिएको बताए । “हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ,” उनले भने, “महाधिवेशनका लागि… Continue reading ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’
हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने
चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी लोकतन्त्रबाट कहिल्यै विमुख नहुने बताएका छन् । पार्टीको महाधिवेशनअघि आज यहाँ भएको बैठकमा उनले लोकतन्त्रबाट आफूहरू कदापि विमुख नहुने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान मुलुकलाई अहिलेको अवस्थामा ल्याउन योगदान गरेकाहरूको जगमा हामी उभिएका छौँ, हामीलाई यसमा गर्व… Continue reading हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँः सभापति लामिछाने
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
काठमाडौँ, ६ असारः सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ… Continue reading सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
६ असार, काठमाडौं । सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि आवेदन माग गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा व्यावसायिक कार्य योजना पेस गर्न भनिएको छ । सूचनामा… Continue reading निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
काठमाडौँ, ६ असारः आज विश्व शरणार्थी दिवस हो । यो दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ । द्वन्द्व, हिंसा, उत्पीडन तथा मानवअधिकार उल्लङ्घनका कारण आफ्नो घरबार छाड्न बाध्य भएका लाखौँ शरणार्थीप्रति सम्मान व्यक्त गर्दै यो दिवस प्रत्येक वर्ष जुन २० मा मनाउने गरिन्छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय ९युएनएचसीआर० का… Continue reading विश्व शरणार्थी दिवसः शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
आज केही स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, ६ असारः हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया… Continue reading आज केही स्थानमा हल्का वर्षाको सम्भावना
सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन :गृहमन्त्री गुरुङ
काठमाडौँ, ५ असार । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भएको बताउँदै यसमा प्रहरीले कुटपिट गरेको नदेखिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै उनले हिरासतमा रहँदा प्रहरीले कुनै शारीरिक वा मानसिक पीडा नदिएको प्रतिवेदनमा उल्लेख भएको जानकारी… Continue reading सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन :गृहमन्त्री गुरुङ
मन्त्रिपरिषद् बैठकः धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त
काठमाडौँ, ५ असारः सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति… Continue reading मन्त्रिपरिषद् बैठकः धितोपत्र बोर्डको अध्यक्षमा डा गोपाल भट्ट नियुक्त
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड
राससकास्की, ५ असारः पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि रु सात अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले आज पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् । चालु वर्षमा रु आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार… Continue reading पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड
रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा
भरतपुर, ५ असारः यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित गरी यहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ । महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, उच्चपदस्थ व्यक्तित्व तथा विदेशी पाहुनाको समेत सहभागिता रहने भएकाले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए… Continue reading रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा
ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
काठमाडौँ, ५ असारः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ । सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले… Continue reading ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा
सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह
चितवन, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । महाधिवेशनन उद्घाटनस्थलमा आज साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन् । महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुईतिहाइ हासिल गर्न सकिएको भन्दै महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने बताए । उनले भने,… Continue reading सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ : महामन्त्री शाह
अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
कञ्चनपुर, ५ असारः अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो । उक्त बिदा विद्यालयको वार्षिक बिदा… Continue reading अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
वासिङ्टन र तेहरान बीचको एमओयूको सार्वजनिक
वासिङ्टन, ५ असार (रासस–क्यूएनए) । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको (सम्झौता–पत्र) एमओयू सार्वजनिक गरेका छन् । ज्ञापन पत्रमा तत्काल र स्थायी युद्धविराम, ६० दिन भित्र अन्तिम सम्झौता वार्ता गर्ने प्रतिबद्धताका साथै प्रतिबन्ध राहत, आवागमनको स्वतन्त्रता र पुनर्निर्माणसँग सम्बन्धित उपायहरू समावेश छन् । प्रकाशित ज्ञापन पत्रमा लेबनानसहित सबै स्थनामा सैन्य… Continue reading वासिङ्टन र तेहरान बीचको एमओयूको सार्वजनिक
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
ललितपुर, ५ असारः करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार प्रत्येक… Continue reading शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने
जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
किन्सासा, ५ असार (रासस–सिन्ह्वा) । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोलाबाट सङ्क्रमितको सङ्ख्या ८०८ पुगेको छ भने १९२ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । इबोला भाइरस सङ्क्रमणको प्रकोपको स्थितिबारे जारी प्रतिवेदन नम्बर ३१ अनुसार आइतबार २६ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र ११ जनाको मृत्यु भएको छ । यसले सङ्क्रमणको मृत्यु… Continue reading जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश
काठमाडौँ, ५ असारः मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो । मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित ग¥यो । मेक्सिकोको जितमा लुइस रोमो नायक बने । उनले… Continue reading मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
राससत्रिवेणी (नवलपरासी), ५ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाभित्र रहेका विद्यालय अहिले आविष्कार र उत्पादनसँग जोडिँदै गएका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रममार्फत नगरभित्रका २३ विद्यालयमा विभिन्न नवप्रवर्तनात्मक तथा उत्पादनमुखी परियोजना सञ्चालन गरिएका छन् । कार्यक्रमले विद्यालय शिक्षालाई कक्षाकोठाबाट उत्पादन,… Continue reading आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर
काठमाडौँ, ५ असार । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आवका लागि बिहीबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिइन् । त्यसैगरी, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने, असोज… Continue reading कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
कास्की, ५ असार । देशका छवटा महानगरमध्येमा भौगोलिक रूपमा सबैभन्दा ठूलो पोखरा महानगर पालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम ल्याएको छ । पोखरा सभागृहमा बसेको १९औँ नगरसभामा बिहीबार महानगर प्रमुख धनराज आचार्यले वार्षिक नीति कार्यक्रम प्रस्तुत गरे । ‘समुन्नत पोखराको आधारः सबल अर्थतन्त्र र पूर्वाधार’को ध्येयका साथ समग्र पोखराको व्यवस्थित विकासका लागि… Continue reading पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने