काठमाडौं केन्द्रित राजावादीको आन्दोलनबारे माओवादी केन्दैका अध्यक्ष प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनबीच वाकयुद्ध चलेको छ । प्रचण्डले शनिबार नुवाकोटमा आयोजित एक कार्यक्रममा राजावादी आन्दोलनमा भाडाका मान्छे आएको टिप्पणी गरेका थिए । उनले यो आन्दोलन धेरै दिन नटिक्ने समेत बताएका थिए । जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले आफुले आन्दोलनमा भाडाका मान्छे ल्याउने गरेको प्रचण्डलाई स्मरण… Continue reading राजावादी आन्दोलनमा प्रचण्ड–लिङ्देन जुहारी
Category: समाचार
पोखरा–मुग्लिन सडक बिस्तार धमाधम, यस्तो बन्दैछ राजमार्ग
१८ जेठ, काठमाडौं । ८०.३३ किलोमिटर लामो मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको काम धमाधम भइरहेको छ । सडक विभाग, आयोजना निर्देशनालय (एडीबी) का अनुसार अहिले कामले गति लिएको छ । यो आयोजनालाई दुई भागमा छुट्याएर काम भइरहेको छ । आँबुखैरेनी–जामुनेसम्म ४१.४५ किलोमिटरका काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । जामुनेदेखि पोखरा पृथ्वीचोकसम्मको ३८.८८ किलोमिटर सडक… Continue reading पोखरा–मुग्लिन सडक बिस्तार धमाधम, यस्तो बन्दैछ राजमार्ग
भक्तपुर–नगरकोट सडक स्तरोन्नति सुरु
१८ जेठ, भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी भक्तपुर–नगरकोट सडक स्तरोन्नति कार्य सुरु गरेको हो । नगरपालिकाले सडक निर्माणका… Continue reading भक्तपुर–नगरकोट सडक स्तरोन्नति सुरु
राजावादीले आज लगातार तेस्रो दिन प्रदर्शन गर्दै, नारायणचौरमा भेला हुँदै
१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा सुरु भएको राजावादी आन्दोलन आज तेस्रो दिन प्रवेश गरेको छ । शनिबार नारायणहिटी अगाडी आन्दोलनको तयारी गरिरहेका पूर्वराजा समर्थकलाई सरकारले निषेधाज्ञा लगाएको थियो । त्यसपछि आन्दोलनकारी बालुवाटार मोडिएका थिए । आज भने आन्दोलन नारायणचौरमा केन्द्रित हुने राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले जानकारी दिए । उनले आन्दोलनमा सहभागी सहयोगी… Continue reading राजावादीले आज लगातार तेस्रो दिन प्रदर्शन गर्दै, नारायणचौरमा भेला हुँदै
सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि स्वास्थ्य मन्त्रालयले ल्यायो ‘हेल्पलाइन’ सेवा
१८ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ । मन्त्रालयले लत त्याग्न चाहनेका लागि ११३२ मा फोन गरी परामर्श लिनसक्ने व्यवस्थाको सुरुआत गरेको हो । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको शुभारम्भ गरे । उनले… Continue reading सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि स्वास्थ्य मन्त्रालयले ल्यायो ‘हेल्पलाइन’ सेवा
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी
एजेन्सी\रासस१७ जेठ, काठमाडौं । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले एसियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको चेतावनी दिँदै अमेरिका हिन्द–प्रशान्त क्षेत्रमा ‘रहिरहन’ तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार, प्रविधि र विश्वका रणनीतिक कुनाहरूमा प्रभावका विषयमा बेइजिङसँग छलफल गरिरहेका बेला अमेरिकी रक्षा मन्त्रीले सिङ्गापुरमा आयोजित वार्षिक सुरक्षा मञ्चमा… Continue reading चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी
गाजामा करिब ११ हजार क्यान्सर रोगी उपचार अभावमा तड्पिँदै
एजेन्सी१७ जेठ, काठमाडौं । गाजा क्षेत्रमा हाल जारी इजरायली सैन्य कारबाहीको बीचमा करिब ११ हजार क्यान्सर पीडितलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवाको पर्याप्त अभाव भएको गाजाका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्य अधिकारीहरूद्वारा सार्वजनिक गरिएको वक्तव्यमा तीमध्ये लगभग पाँच हजार जना बिरामीहरूलाई तत्काल विदेशी उपचारको आवश्यकता रहेको उल्लेख गरिएको छ, जुन प्रारम्भिक परीक्षण, किमोथेरापी… Continue reading गाजामा करिब ११ हजार क्यान्सर रोगी उपचार अभावमा तड्पिँदै
गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर
संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले शुक्रबार गाजाको अवस्थालाई अत्यन्तै गम्भीर बताएको छ । निरन्तर बम आक्रमण, कुपोषण, ठूलो सङ्ख्यामा जनताको विस्थापन र सार्वजनिक सुरक्षाको अभावका कारण अहिलेको परिस्थिति अति सङ्कटपूर्ण भएको बताइएको छ । उक्त कार्यालयका अनुसार चार दिनपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदार संस्थाहरूले पठाएको पाँचवटा राहत सामग्री बोकेका सवारीसाधन… Continue reading गाजाको मानवीय अवस्था युद्ध सुरु भएदेखि अहिलेसम्मकै गम्भीर
धरान–धनकुटा सडक एकतर्फी सञ्चालन
१७ जेठ, धरान । अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सो सडक आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ । साँगुरीगढी गाउँपालिका–६ स्थित फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको हो । अस्थायी डाइभर्सन गरेर आज साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोशीे प्रदेश… Continue reading धरान–धनकुटा सडक एकतर्फी सञ्चालन
बैतडीमा दुर्घटनामा दुई जनाको मृत्यु
१७ जेठ, बैतडी । बैतडीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको भीरबाट लडेर मृत्यु भएको होभने अर्काको ट्रकको ठक्करबाट ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार भीरबाट लडेर दशरथचन्द नगरपालिका–६ टाककी ७० वर्षीया धनपती नाथ र ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका–५ बिष्टपालीका ८१ वर्षीय महावीर बिष्टको… Continue reading बैतडीमा दुर्घटनामा दुई जनाको मृत्यु
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने एक रुपैयाँले मूल्य वृद्धि भएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने घटेको छ । निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
रासस१७ जेठ, झापा । स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा गए रातिको अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीन वटा डाइभर्सन बगाएको छ । बाढीले बगाएका तीनवटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका हुन् । काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल… Continue reading बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
रासस१७ जेठ, जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिए । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले… Continue reading जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नति हुँदै, विकासमा नयाँ आयाम थपिने विश्वास
रासस१७ जेठ, कञ्चनपुर । पूर्व पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको विकासमा नयाँ आयाम थपिने विश्वास गरिएको छ । आर्थिक वर्ष ०८२–८३ को बजेट वक्तव्यमा चार लेनको सडक स्तरोन्नीका लागि रु २१ अर्ब १९ करोड बजेट विनियोजन भएपछि सडक पूर्वाधार निर्माणले फड्को मार्ने विश्वास गरिएको छ । ‘एसियन हाइवे स्टयाण्र्ड’ को सडक बन्ने भएपछि यसले सुदूरपश्चिमको… Continue reading गड्डाचौकी–अत्तरिया सडकखण्ड स्तरोन्नति हुँदै, विकासमा नयाँ आयाम थपिने विश्वास
ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सवोच्च अदालतद्वारा अनुमति
एजेन्सी\रासस१७ जेठ, अमेरिकी सर्वोच्च अदालतले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाबाट आएका लाखौँ आप्रवासीको कानुनी हैसियत तत्कालका लागि रद्द गर्न ट्रम्प प्रशासनलाई शुक्रबार अनुमति दिएको छ। यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेनले सुरु गरेको ‘प्यारोल’ कार्यक्रम (अध्यागमन हिरासतबाट रिहाइ) अन्तर्गत अमेरिका बस्दै आएका करिब पाँच लाख ३२ हजार व्यक्तिलाई देश निकालाको जोखिममा पारेको छ । प्यारोल… Continue reading ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सवोच्च अदालतद्वारा अनुमति
गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर… Continue reading गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री
सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
रासस१७ जेठ, दोधारा चाँदनी । दार्चुलाको मालिकार्जून गाउँपालिका–५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगकोे त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन् । हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब… Continue reading सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर
बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास
रासस१७ जेठ, खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोशीबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने भएको छ । बजेट अभावले मुआब्जा निर्धारण रोकिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई नेपाल सरकारले आर्थिक वर्ष २०८२–८३ को बजेट समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने विश्वास गरिएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत्… Continue reading बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास
माईखोलाको बाढी बस्ती पस्यो, सुगाबथानका २२ घर डुबानमा
१७ जेठ, भद्रपुर । झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् । वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ… Continue reading माईखोलाको बाढी बस्ती पस्यो, सुगाबथानका २२ घर डुबानमा
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
१७ जेठ, धनकुटा । आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिए । सडक अवरोध हुँदा… Continue reading कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : राष्ट्रसङ्घ
रासस१६ जेठ, संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको जोखिममा रहेको चेतावनी दिँदै गाजा ‘पृथ्वीको सबैभन्दा भोकमरी भएको ठाउँ’ बनेको शुक्रबार जनाएको छ । करिब २० महिनादेखि जारी युद्ध अन्त्यका लागि भएको वार्ताले अहिलेसम्म कुनै सफलता हासिल गर्न सकेको छैन र इजरायलले मार्चमा गाजामा पुनः सैन्य कारबाही सुरु गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मानवीय संस्था… Continue reading शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा : राष्ट्रसङ्घ
नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी
१६ जेठ, काठमाडौं । काठमाडौँ प्रशासनले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ १७ देखि २४ गतेसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जानकारी दिए । उनका अनुसार केशरमहल चोकबाट नारायणहिटी दरबार… Continue reading नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी
गैरआवासीय नागरिकतामा सरकारको अङ्कुश, आफ्नै नागरिकले भिसा लिनुपर्ने व्यवस्था
योगेश आदीन्यूयोर्कगैरआवासीय नेपाली नागरिकता प्राप्ति सुरु गरिएको दुई वर्ष पुग्दासमेत संविधानले दिएका अधिकारबाट गैरआवासीय नेपालीलाई अझै पनि वञ्चित गरिएको छ । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको राजनीतिक अधिकारबाहेकको अधिकार प्रयोगमा सरकारले प्रतिबन्ध लगाएको छ । नेपालको संविधान २०७२ ले विदेशमा बसोबास गरिरहेका नेपाली मूलका व्यक्तिहरुलाई विशेष प्रकारको नागरिकता अर्थात् गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था… Continue reading गैरआवासीय नागरिकतामा सरकारको अङ्कुश, आफ्नै नागरिकले भिसा लिनुपर्ने व्यवस्था
१५ दिनअघि नै नेपाल भित्रियो मनसुन
१६ जेठ, काठमाडौं । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले… Continue reading १५ दिनअघि नै नेपाल भित्रियो मनसुन
परराष्ट्रमन्त्री डा राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
१६ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तरराष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहनुभएकी मन्त्री डा राणा र चिनियाँ विदेशमन्त्रीबीच सो भेटवार्ता भएको… Continue reading परराष्ट्रमन्त्री डा राणा र चिनियाँ विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु
१६ जेठ, सोलुखुम्बु । पछिल्लो आठ महिनामा खुम्बु क्षेत्रमा १३ विदेशी पर्यटकले भवितव्यमा परी ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको असोजदेखि यही जेठ ४ गतेको अवधिमा खुम्बु क्षेत्रमा उक्त सङ्ख्यामा विदेशी पर्यटकको मृत्यु भएको हो । लुक्ला प्रहरीका सूचना अधिकारी विकास राईका अनुसार मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर, मुटुसम्बन्धी समस्या र… Continue reading खुम्बु क्षेत्रमा आठ महिनामा १३ विदेशी पर्यटकको मृत्यु
विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
१६ जेठ, काठमाडौँं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीच समझदारी वृद्धि आवश्यक रहेको बताएकी छिन् । चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहरुबीचको आदान प्रदान र पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनलेविभिन्न संस्कृतिहरुको सुन्दर बगैँचा रहेको संसारमा विविध जातीय समूह,… Continue reading विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा
१६ जेठ, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यही जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस हर्जोगका… Continue reading अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा
राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा
१६ जेठ, राजविराज । राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा आएको छ । बसपार्कको बिहीबार एक समारोहबीच राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले उद्घाटन गरे । राजविराज–२ स्थित राजदेवी टोलमा बसपार्क सञ्चालनमा आएपछि नगरको मुख्य सडकहरुमा देखिएको सवारीसाधनको चाप कम हुने कार्यवाहक नगरप्रमुख परविनले बताए । लामो समयदेखि बसपार्क सञ्चालनमा नआएका कारण बजार व्यवस्थित गर्न समस्या… Continue reading राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा
अमेरिकी व्यापार अदालतले भन्सार शुल्कमा रोक लगायो, ट्रम्पलाई ठूलो धक्का
एजेन्सी१६ जेठ, काठमाडौं । अमेरिकी सङ्घीय अदालतले बुधबार डोनाल्ड ट्रम्पको व्यापक आयात भन्सार शुल्कहरूलाई प्रभावमा आउनबाट रोकेको छ । राष्ट्रपतिले विश्वव्यापी भन्सार शुल्कका साथ आफ्नो अधिकार नाघेको फैसला गर्दै अदालतले उक्त कदम रोकेको हो । कडा नयाँ भन्सार शुल्कहरूमार्फत सरकारहरूलाई वार्ताको टेबलमा ल्याएर संसारसँग अमेरिकी व्यापारिक सम्बन्धलाई पुनः आकार दिने प्रयास गरिरहनुभएका राष्ट्रपति ट्रम्पका लागि… Continue reading अमेरिकी व्यापार अदालतले भन्सार शुल्कमा रोक लगायो, ट्रम्पलाई ठूलो धक्का