काठमाडौँ, १९ पुस । ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल… Continue reading ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प
Category: समाचार
कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला
झापा, १९ पुसः कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ । कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर तारजस्तो वस्तु बाहिर निकालिएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शङ्कास्पद वस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले त्यसको… Continue reading कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला
रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
रसुवा, १९ पुसः गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी… Continue reading रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
काठमाडौँ, १८ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको अवलोकन गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज सर्वोच्च अदालतमा पुगेर गत भदौ २४ गते आगजनी भएर जलेको भवनको अवलोकन गरेकी हुन् । अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले न्यायालयमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै न्यायालय जस्तो ऐतिहासिक धरोहर जल्नु अकल्पनीय भएको बताइन् । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलका… Continue reading पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
५१ यात्रु बोकेको बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा चिप्लियो
१८ पुस, काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल पुगेको बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजमा ५१ जना सवार थिए । यात्रु तथा चालक दलका सदस्य सकुसल छन् । जहाजमा आगो नलागेका कारण ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । दुर्घटनाको कारण खुलेको छैन ।… Continue reading ५१ यात्रु बोकेको बुद्ध एयरको जहाज भद्रपुर विमानस्थलमा चिप्लियो
‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’
भरतपुर (चितवन), १८ पुसः सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास गर्नुपर्नेमा जोड दिएका छन् । आज यहाँ सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको पर्यटन’ विषयक समूहगत छलफलका क्रममा सहभागीहरूले तीनवटा पर्यटकीय गन्तव्यलाई जोडेर ‘गोल्डेन ट्रायङ्गल’का रूपमा विकास गर्न सकिने सुझाव दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भरतपुरमा पर्यटनको ठूलो सम्भावना भएको… Continue reading ‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’
भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा
पर्वत, १८ पुसः भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ । पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने… Continue reading भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका नारी
राससकञ्चनपुर, १८ पुस । शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै छिन् । उमेरले पाको देखिए पनि उनको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ (छलिया) नृत्य खेलिरहेको उनलाई देख्दा जोकोही चकित पर्छन् । दार्चुलाको धुलगडाबाट उनी तराई बसाइँ झरेको करिब तीन दशक बितिसकेको… Continue reading मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका नारी
चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित
राससभोजपुर, १८ पुस । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् । गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि… Continue reading चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित
तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात
काठमाडौँ, १८ पुस । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण… Continue reading तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात
निर्वाचन ६२ दिन बाँकी : सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह
काठमाडौँ, १८ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ ।… Continue reading निर्वाचन ६२ दिन बाँकी : सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
काठमाडौँ, १८ पुस । रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री शर्मालाई बुधबार बधाई सन्देश पठाएर रुसी विदेशमन्त्रीले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गर्दै दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू… Continue reading परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
सन् २०२५ मा १२८ पत्रकारको हत्या
ब्रसेल्स, १८ पुस (रासस–एएफपी) । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भन्नुभयो, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड अलर्ट हो ।” प्रेस… Continue reading सन् २०२५ मा १२८ पत्रकारको हत्या
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बोलाइयो
काठमाडौँ, १७ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस… Continue reading कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बोलाइयो
आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’
काठमाडौँ, १७ पुस । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२–८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबीच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्थिक क्रियाकलाप बढेको र वृद्धिदर पनि औसतभन्दा बढी हुने जनाएको छ । गत आव २०८१–८२ को ‘आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन’ सार्वजनिक गर्दै राष्ट्र बैंकले गत वर्षकोभन्दा यस वर्ष आर्थिक क्रियाकलापमा… Continue reading आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’
कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
कर्णाली, १७ पुसः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निस्सासिएर… Continue reading कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका
रसुवा, १७ पुस । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण… Continue reading करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
काठमाडौ, १७ पुस । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्रचार गर्न लागेको… Continue reading जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
प्रधानमन्त्री र दुर्गा प्रसाईबीच आज पनि वार्ता, के भयो कुराकानी ?
काठमाडौँ, १७ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिए । दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता,… Continue reading प्रधानमन्त्री र दुर्गा प्रसाईबीच आज पनि वार्ता, के भयो कुराकानी ?
तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा
काठमाडौँ, १७ पुस । गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिए । आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी… Continue reading तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा
डा निकोलस भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह
काठमाडौँ, १७ पुस : राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएकाले उनीहरुको जीवन रक्षा गर्न आग्रह गरेको छ । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा भ्रष्टाचारको छानबिन र कारबाही गर्नुपर्नेलगायत माग राखी विगत १० दिनदेखि काठमाडौँको माइतिघरमा आमरण अनशनमा बसेका डा भुसाल र विष्टको… Continue reading डा निकोलस भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह
ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)
काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको… Continue reading ठमेलदेखि न्यूयोर्कसम्म यसरी मनाइयो नयाँ वर्ष (तस्वीर कथा)
रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास
भक्तपुर, १७ पुसः आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् । विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् । केही वर्षयता… Continue reading रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास
नेपालबाट एक वर्षमा विदेशिए १५ लाख नेपाली
१७ पुस, काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा १५ लाख बढी नेपाली विदेशिएका छन् । सन् २०२५ मा १५ लाख २३ हजार नेपाली विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार यसै अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश भित्रिएका छन् । नेपालीहरू अध्ययन र श्रमका… Continue reading नेपालबाट एक वर्षमा विदेशिए १५ लाख नेपाली
आजको मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पाटन (ललितपुर), १७ पुस : देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको… Continue reading आजको मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
नयाँ वर्ष सन् २०२६ सुरु
काठमाडौँ, १७ पुस । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा… Continue reading नयाँ वर्ष सन् २०२६ सुरु
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड
काठमाडौँ, १७ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख… Continue reading अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड
भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी
काठमाडौँ, १७ पुस । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा सङ्घसंस्थालाई तत्कालै पत्र काट्ने बताएकी छिन् । भृकुटीमण्डपको अवलोकनपश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनिन्, “कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आज आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि आजै पत्र… Continue reading भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउन पत्र काट्ने सरकारको तयारी
समानुपातिकको बन्दसूचीमाथि आलोचित भएपछि रविले भने : सच्याउँछौं
कास्की, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरावलोकन गरिने बताएका छन् । पोखरामा आज आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई दुई दिनभित्रमा सम्बोधन गर्ने स्पष्ट पारे । उनले हाल… Continue reading समानुपातिकको बन्दसूचीमाथि आलोचित भएपछि रविले भने : सच्याउँछौं
राप्रपा र राप्रपा नेपालबीच एकीकरण
काठमाडौँ, १६ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच आज एकीकरण भएको छ । यहाँ आज आयोजित एकतासभामा दुवै पार्टी एकीकृत भएको घोषणा गरिएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट… Continue reading राप्रपा र राप्रपा नेपालबीच एकीकरण