१६ पुस, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी गराएको छ । निगमका अनुसार, पेट्रोलमा ४ रुपैयाँ, डिजेल–मट्टितेलमा ५ रुपैयाँका दरले मूल्य घटाइएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकतर्फ पनि ६ रुपैयाँले मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।… Continue reading पेट्रोलियम पदार्थको मूल्य घट्यो
Category: समाचार
असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । “असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि… Continue reading असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
काठमाडौँ, १६ पुस । नेपाल पत्रकार महासङ्घले सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा करिब तेब्बरले वृद्धि भएकामा ध्यानाकर्षण गराएको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै जानु, पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा जोखिम बढ्नुले प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको… Continue reading प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि
पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
राससकाठमाडौँ, १६ पुस । विशेष अदालतले घुस प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकामा अदालतले आज भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ ।… Continue reading पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त
बेइजिङ, १६ पुस (रासस–सिन्ह्वा) । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष खालिदा जियाको निधनमा चीनले गहिरो शोक व्यक्त गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मङ्गलबार बताएका छन् । प्रवक्ता जियानले बङ्गलादेशको अन्तरिम सरकार र उहाँको परिवार प्रति चीनले गहिरो सहानुभूति व्यक्त गरेको पनि बताए । मिडिया रिपोर्टका अनुसार मङ्गलबार खालिदा… Continue reading बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त
शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या
काठमाडौँ, १६ पुसः शितलहरका कारण निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक… Continue reading शितलहरले पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा अझै समस्या
६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
काठमाडौँ, १६ पुस । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार वटा एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी… Continue reading ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद
काठमाडौँ, १६ पुसः देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)को आयोजनामा हुने संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख आतिथि रहने एफएनसिसिआईले जनाएको छ । संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी), नागरिक समाज तथा सञ्चार क्षेत्रका… Continue reading अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद
शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा
वीरगञ्ज (पर्सा), १६ पुसः वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।… Continue reading शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा
सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ
मध्यविन्दु (नवलपरासी), १५ पुस । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखिको शीतलहरले सडक चिप्लो तथा हिलाम्य बनेपछि अवरुद्ध भएको हो । दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि राजमार्गमा समस्या भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय… Continue reading सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ
काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५
काठमाडौँ, १५ पुस । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ । यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम… Continue reading काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५
कृषिमन्त्री परियारको सय दिन : किसानको बक्यौता रकम भुक्तानीदेखि कृषि बजार सुधारसम्म
काठमाडौँ, १५ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारीमा डा मदनप्रसाद परियार बहाली भएको आज १०० दिन पूरा भएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा रहेर आम किसानहरूसँग प्रत्यक्ष वा परोक्ष जोडिएका समस्या समाधान गर्न र उनीहरू आवश्यकता सम्बोधन गर्न उनी लागिपरेका छन् । यस अवधिमा मन्त्री परियारको प्रयासबाट कृषि जन्य उत्पादन प्रवद्र्धन… Continue reading कृषिमन्त्री परियारको सय दिन : किसानको बक्यौता रकम भुक्तानीदेखि कृषि बजार सुधारसम्म
समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
काठमाडौँ, १५ पुसः आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गर्ने ६४ राजनीतिक दलमध्ये २२ दलले मात्रै ११० स्थानमा उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगमा यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीमा २२ दलले मात्रै समानुपातिकको सबै स्थान ११० उम्मेदवारी मनोनयन गरेका हुन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कूल ६४ दलले… Continue reading समानुपातिकको बन्दसूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
काठमाडौँ, १५ पुस । पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको… Continue reading पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ, १५ पुस । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटार चोकस्थित सडकमा चक्रपथबाट बूढानीलकण्ठतर्फ जाँदै गरेको बा प्र०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा घाइते उहाँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु… Continue reading काठमाडौंमा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण जारी
मुस्ताङ, १५ पुस । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ० चक्रपथ सडक निर्माण जारी छ । चालुआवको पाँचमहिनामा सो सडकको भौतिक प्रगति ३९ प्रतिशत पुर्याइएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय गण्डकीअन्तर्गत… Continue reading मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण जारी
शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी
पाम बीच (फ्लोरिडा), १५ पुस (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई आइतबार फ्लोरिडास्थित आफ्नो रिसोर्टमा स्वागत गर्दै युक्रेन र रुसबीच शान्ति सम्झौता ‘पहिलेभन्दा धेरै नजिक’ पुगेको दाबी गरेका छन् । यद्यपि उनले वार्ता अत्यन्तै जटिल रहेको र अझै पनि बिग्रन सक्ने सम्भावना रहेको स्वीकार गर्दै यसका कारण चार वर्षदेखि जारी युद्ध… Continue reading शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी
प्रचण्ड नेतृत्वको नेकपाले दियो सबै नयाँ अनुहारलाई अवसर, समानूपातिक सूचीमा कोको परे ?
१५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक तर्फका उम्मेदवारमा सबै नयाँ अनुहारले अवसर पाएका छन् । पार्टीले यसअघि संघ र प्रदेशमा सांसद बनिसकेकाहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति सार्वजनिक गरेको थियो । सोही अनुसार नेकपाको सूचीमा सबै नयाँ अनुहार छन् । यो पार्टीको खर्स आर्यको महिलातर्फ करुणा बस्नेत र पुरुषमा प्रमेश हमाल पहिलो नम्बरमा छन्… Continue reading प्रचण्ड नेतृत्वको नेकपाले दियो सबै नयाँ अनुहारलाई अवसर, समानूपातिक सूचीमा कोको परे ?
निर्वाचन आउन ६५ दिन बाँकी : आयोगले तोक्यो खर्च सीमा
काठमाडौँ, १५ पुस ः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् ।… Continue reading निर्वाचन आउन ६५ दिन बाँकी : आयोगले तोक्यो खर्च सीमा
रवि, कुलमान र बालेनबीच यस्तो भयो सहमति
१४ पुस, कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेबीच त्रिपक्षीय सहमति भएको छ । सहमति पत्रमा लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । साक्षी बालेन बसेका छन् । सहमति अनुसार जेन जी आन्दोलनलाई आत्मसाथ गर्ने उल्लेख छ । पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने भएको छ । चुनाव चिन्ह… Continue reading रवि, कुलमान र बालेनबीच यस्तो भयो सहमति
नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची
काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा ९एमाले०का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो । पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको… Continue reading नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची
पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन
काठमाडौँ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएको छ । एमालेका सचिव डा राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेद्वारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिए ।… Continue reading पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन
रन्जिता श्रेष्ठको पार्टी प्रचण्डको नेकपामा समाहित
१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ । नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा नै रहनेछ । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड,… Continue reading रन्जिता श्रेष्ठको पार्टी प्रचण्डको नेकपामा समाहित
अन्ततः कुलमान पनि रास्वपामा
१४ पुस, काठमाडौं । अन्ततः कुलमान घिसिङ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध हुने भएका छन् । उनलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति जुटेको हो । आजै सहमति पत्रमा हस्ताक्षरको तयारी छ । १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने गरी सहमति जुटेको छ । यसअघि पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन… Continue reading अन्ततः कुलमान पनि रास्वपामा
मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
मुस्ताङ, १४ पुस । यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित ‘हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाईब्रिड स्याउको बीउ छरेर यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो ।… Continue reading मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन
याङ्गुन, १४ पुस (रासस–एपी) । म्यान्मामा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरणअन्तर्गत आइतबार मतदान सुरु भएको छ । तर देशका धेरै भागमा गृहयुद्ध जारी रहेकाले यो निर्वाचन सुरुदेखि नै विवादको घेरामा परेको छ । तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान… Continue reading म्यान्मामा सेनाले सत्ता कब्जा गरेपछि पहिलो पटक निर्वाचन
बङ्गलादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबीच चुनावी गठबन्धन
ढाका, १४ पुस (रासस–एएफपी) । बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको राजनीतिक सङ्गठन (एनसिपी) सँग सिट बाँडफाँडका लागि सम्झौताको घोषणा गरेको छ । केही विद्यार्थी नेताहरूले गठबन्धनको विरोध गरेका छन् । सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि हुन लागेको पहिलो चुनावबाट… Continue reading बङ्गलादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबीच चुनावी गठबन्धन
प्रतिनिधिसभा निर्वाचन : रौटहतमा एक मतदातास्थलसहित १८ केन्द्र थप गरियो
चन्द्रपुर (रौतहट), १४ पुस । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् । विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा पाँच सय… Continue reading प्रतिनिधिसभा निर्वाचन : रौटहतमा एक मतदातास्थलसहित १८ केन्द्र थप गरियो
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
टक्सार (भोजपुर), १४ पुसः पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो… Continue reading प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?
काठमाडौँ, १४ पुसः निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा रु… Continue reading प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?