काठमाडौँ, २१ पुस । प्रधानमन्त्री सुशीला कार्कीले खानेपानी मन्त्रालयको कार्यभार कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई तोकेकी छिन् । प्रधानमन्त्री कार्कीले गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाली आउनुभएको खानेपानी मन्त्रालयको कार्यभार मन्त्री डा परियारलाई तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
Category: समाचार
धार्मिक सहिष्णुतामा खलल पुर्याउनेलाई कडा कारबाही गरिने
काठमाडौँ, २१ पुसः नेपाल सरकारले धार्मिक सहिष्णुतामा खलल पुर्याउन खोज्ने व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा स्थानीय प्रशासनले समन्वयात्मक भूमिका खेल्दै स्थितिलाई थप बिग्रन नदिन भूमिका खेल्ने, प्रदेश र स्थानीय सरकारलाई पनि यस्तै समन्वयात्मक भूमिकाका लागि अनुरोध गर्ने निर्णय भएको छ । बैठकमा विभिन्न… Continue reading धार्मिक सहिष्णुतामा खलल पुर्याउनेलाई कडा कारबाही गरिने
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल
जनकपुरधाम, २१ पुसः जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले एक सूचना जारी गरी जिल्लामा शान्तिसुरक्षा तथा अमनचयनका लागि सबैमा अपिल गरेका छन् । सूचनामा भनिएको छ,“विभिन्न बहानामा सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुतामा खलल पुर्याउने, धर्मलक्षित… Continue reading धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न अपिल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने
काठमाडौँ, २१ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी… Continue reading कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने
म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा
याङ्गुन, म्यानमा, २१ पुस (रासस–एएफपी) । म्यानमाको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ । सैन्य शासनको राष्ट्रिय सुरक्षा परिषद्को विज्ञप्तिमा भनिएको छ,“सङ्घीय गणराज्य म्यानमारका कार्यवाहक राष्ट्रपतिाले विभिन्न जेल, हिरासत केन्द्र र शिविरमा सजाय भोगिरहेका ६ हजार १३४ जना पुरुष र महिला कैदीलाई… Continue reading म्यानमा सेनाद्वारा ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा
ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
बेलायत, २१ पुस । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको… Continue reading ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह
बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह
ढाका, २१ पुस (रासस–एएफपी) । भारतले एक बङ्गलादेशी क्रिकेटरलाई इन्डियन प्रिमियर लिग (आइपिएल) छोड्न बाध्य पारेको घटनापछि बङ्गलादेशले आगामी महिना श्रीलङ्कामा सुरु हुने टि–२० विश्वकपमा आफ्ना खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गर्ने भएको छ । बङ्गलादेशका अन्तरिम सरकारका युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले आइतबार राज्यद्वारा सञ्चालित बिएसएस समाचार एजेन्सीमार्फत जारी विज्ञप्तिमा बङ्गलादेशी क्रिकेट,… Continue reading बंगलादेश–भारत विवाद चुलिँदै, टि–२० विश्वकप खेल भारत बाहिर सार्न आग्रह
भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो
वाशिङ्टन, २१ पुस (रासस–एएफपी) । भेनेजुएलामाथि गरिएको सैन्य कारबाहीपछि क्यारिबियन क्षेत्रमा लगाइएको हवाई क्षेत्रसम्बन्धी प्रतिबन्ध अमेरिकाले शनिबार राति हटाएको छ । उक्त प्रतिबन्धका कारण यसअघि व्यावसायिक उडानहरू अस्थायी रूपमा रोकिएका थिए । समाचारअनुसार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई हेलिकोप्टरमार्फत न्युयोर्क सहर लगिएको छ, जहाँ उहाँहरूमाथि लागूऔषध तस्करी तथा हतियारसम्बन्धी अभियोग लगाइएको छ ।… Continue reading भेनेजुएलामाथिको कारबाहीपछि अमेरिकाले क्यारिबियन हवाई क्षेत्रको प्रतिबन्ध हटायो
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप
काराकास, २१ पुस (रासस–एपी) । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् । उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र… Continue reading मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप
दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण
सियोल, २१ पुस (रासस–एपी) । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन् । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको विज्ञप्तिअनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७ः५० बजे क्षेप्यास्त्र प्रक्षेपण… Continue reading दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण
कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो
कङ्गो, किन्शासा, २१ पुस (रासस–सिन्ह्वा) । अफ्रिकी देश कङ्गो लोकतान्त्रिक गणतन्त्रको पूर्वी क्षेत्रमा भएको ड्रोन आक्रमणसम्बन्धी समाचारप्रति संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले गम्भीर चासो व्यक्त गरेको छ । कङ्गोमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन प्रमुख मोनुस्कोले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सर्वसाधारण तथा नागरिक पूर्वाधारलाई लक्षित गर्ने सबै प्रकारका आक्रमणको कडा निन्दा गर्नुभएको छ । उक्त क्षेत्रमा… Continue reading कङ्गोको पूर्वी क्षेत्रमा द्वन्द्व चर्किँदै, संयुक्त राष्ट्रसङ्घको गम्भीर चासो
सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण
दमास्कस, २० पुस (रासस–एपी) । बेलायती र फ्रान्सेली लडाकू विमानहरूले मध्य सिरियामा इस्लामिक स्टेट (आइएस) समूहसँग सम्बन्धित हतियार र विस्फोटक भण्डारण गरिएको आशङ्का गरिएको एक भूमिगत केन्द्रमा हवाई आक्रमण गरेका छन् । बेलायती रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो । मन्त्रालयका अनुसार शनिबार साँझ सिरियाको होम्स प्रान्तस्थित ऐतिहासिक सहर पालमिराको उत्तरतर्फ… Continue reading सिरियामा आइएस लक्ष्यमा बेलायत–फ्रान्सको हवाई आक्रमण
साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु
एडेन, यमन, २० पुस (रासस–एएफपी) । यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी) का कम्तिमा ८० सैनिकहरू शुक्रबारदेखि साउदी अरबको सहयोगप्राप्त सेनासँगको लडाइँ र आक्रमणमा मारिएका समूहका एक सैन्य अधिकारीले आइतबार एएफपीसँग बताएका छन्। “संयुक्त अरब इमिरेट्स समर्थित एसटिसी बलका कम्तिमा ८० जना मारिएका, १३० जनालाई बन्धक बनाइएको र १५२ सदस्य घाइते भएका छन्,” समूहका अधिकारीले… Continue reading साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु
टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा
काठमाडौँ, २० पुस । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ । टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ । घोषित खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल… Continue reading टी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा
नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल दिल्लीमा
काठमाडौँ, २० पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन आज साँझ त्यहाँ पुगेका छन् । नेपाली समाज भारतको आयोजनामा सोमबार हुने उक्त कार्यक्रममा उनी सहभागी हुने संयोजक दाहालको सचिवालयले जनाएको छ । नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र… Continue reading नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल दिल्लीमा
मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित
जनकपुरधाम, २० पुसः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज यहाँ आयोजित साक्षरता प्रदेश घोषणा अभियान तयारी सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले मधेस प्रदेश विगतमा शिक्षाको क्षेत्रमा अगाडि… Continue reading मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित
प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’
काठमाडौँ, २० पुसः नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने भएको छ । श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गर्नुभएको उक्त चलचित्रमा अहिनेता राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी,… Continue reading प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’
निर्वाचन आउन ६० दिन बाँकी : निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन
काठमाडौँ, २० पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष… Continue reading निर्वाचन आउन ६० दिन बाँकी : निर्वाचन आचारसंहिता–निर्वाचनमा बालबालिका प्रयोग गर्न पाइँदैन
पूर्वप्रधानमन्त्री खनाललाई दिइयो पुनः नागरिकता प्रमाणपत्र
काठमाडौँ, २० पुस । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज नागरिकताको प्रमाणपत्र प्राप्त पुनः प्राप्त गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री खनालको निवासमा आगजनीका कारण नागरिकतासँगै महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए । नष्ट भएको नागरिकता पुनः प्राप्त गर्न उनी आज… Continue reading पूर्वप्रधानमन्त्री खनाललाई दिइयो पुनः नागरिकता प्रमाणपत्र
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, २० पुस । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो । आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक… Continue reading नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस
लुम्बिनी, २० पुसः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरिएको छ । नेकपा (एमाले)को आज सम्पन्न क्षेत्रीय भेलाले उपाध्यक्ष पौडेलको एकल नाम सिफारिस गरेको हो । यस्तै क्षेत्र नं ३ बाट समेत उपाध्यक्ष पौडेललाई पहिलो नम्बरमा उम्मेदवारका लागि सिफारिस गरिएको पार्टीको… Continue reading एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस
काठमाडौं–हेटौडा सडकमा जिप दुर्घटना, नौ घाइते
मकवानपुर, २० पुस । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा पर्ने भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज साँझ जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नं को जिप सडकबाट खोल्सामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पु¥याइएको छ ।
नेपालले १ वर्षमा गर्यो ११६ जना विदेशीको प्रवेश अश्वीकार, ५०१ लाई डिपोट
१९ पुस, काठमाडौं । नेपालले एक वर्षको अवधिमा ११६ जना विदेशीलाई नेपाल प्रवेशमा अश्वीकार गरेको छ । अध्यागमन विभागका अनुसार सन् २०२५ मा नेपालको अध्यागमनले विभिन्न ३६ मुलुकका ११६ जनाको प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको हो । प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता गरिएकामा सबैभन्दा बढी भारत र चीनका नागरिक छन्। भिसाको म्याद सकिएका, विगतमा शंकास्पद… Continue reading नेपालले १ वर्षमा गर्यो ११६ जना विदेशीको प्रवेश अश्वीकार, ५०१ लाई डिपोट
भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग
काराकस, १९ पुस (रासस–एएफपी) । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएकी छन् । सरकारले उनीहरु जीवित रहेको तत्काल प्रमाण मागेको उनले बताइन् । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाड्रिनो लोपेजले सरकारले शनिबार बिहानै भएको अमेरिकी आक्रमणका मृतक र घाइतेको बारेमा जानकारी लिन काम गरिरहेको बताएका छन्… Continue reading भेनेजुयलाद्वारा अमेरिकासँग राष्ट्रपति मदुरोको अवस्थाबारे जानकारी माग
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
काठमाडौँ, १९ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा… Continue reading आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्च सीमा तोकियो
काठमाडौँ, १९ पुसः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् । यसैगरी काभ्रेपलान्चोकका दुइवटै निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोरखाको एक,… Continue reading निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्च सीमा तोकियो
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते, छ जना सामान्य उपचारपछि ‘डिस्चार्ज’
झापा, १९ पुसः भद्रपुर विमानस्थलमा शुक्रवार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना… Continue reading बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते, छ जना सामान्य उपचारपछि ‘डिस्चार्ज’
कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान
काठमाडौँ, १९ पुस । काठमाडौ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् । सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै आएको चीनकोे विश्वप्रसिद्ध आइटी कम्पनी ‘हिक भिजन ब्राण्ड’ द्वारा उत्पादित क्यामरा हुन् । अति… Continue reading कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान
ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, १९ पुस । ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल… Continue reading ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प
कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला
झापा, १९ पुसः कनकाई नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान झोलाभित्र शङ्कास्पद वस्तु फेला परेको छ । कनकाई पुलको पूर्वतर्फ राजमार्गको छेउमा फेला परेको उक्त झोलामा प्रेसर कुकर राखिएको र झोला बाहिर तारजस्तो वस्तु बाहिर निकालिएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले शङ्कास्पद वस्तु के हो भन्ने यकिन भइनसकेको र सुरक्षा निकायले त्यसको… Continue reading कनकाई पुल नजिक राजमार्गमा शङ्कास्पद वस्तु फेला