दुई सातामै ५ डिग्रीले कम भयो तापक्रम

काठमाडौं । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । काठमाडौं उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले… Continue reading दुई सातामै ५ डिग्रीले कम भयो तापक्रम

यस वर्षको मनसुन बाहिरियो

photo source : Setopati

काठमाडौं । यस वर्षको मनसुन नेपालका सबै भू–भागबाट बाहिरिएको छ । असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन दशैंको टीकाको दिन कोशी प्रदेशबाट समेत बाहिरिएको हो । जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गरी नेपालबाट मनसुन बाहिरिएको जानकारी दिएको छ । जुन, जुलाई, अगष्ट, सेप्टेम्बर महिनालाई मनसुन अवधि मानिन्छ । नेपालमा सरदर… Continue reading यस वर्षको मनसुन बाहिरियो

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, कसले पाए ?

काठमाडौं । यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र जोन जम्परलाई सन् २०२४ को रसायन शास्त्रतर्फको पुरस्कार दिइएको हो । बेकर र जम्पर अमेरिकी वैज्ञानिक हुन् भने हसाबिस बेलायतका हुन् । आर्टिफिसियल… Continue reading रसायन शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा, कसले पाए ?

यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

काठमाडौं । यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा भएको छ । यो पुरस्कार दुई अमेरिकी वैज्ञानिक भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले संयुक्त रूपमा पाउने भएका छन् । नोबेल पुरस्कार समितिले ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई जना अनुसन्धानकर्तालाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो । माइक्रोआरएनएले जिनहरूको गतिविधि नियमन गर्छ । मानव जातिमा विभिन्न माइक्रोआरएनएका… Continue reading यस वर्ष चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकी वैज्ञानिकलाई

यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४) को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ । कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग… Continue reading यस वर्ष हिउँदमा सरदर भन्दा धेरै वर्षा, बढी गर्मी

नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, खुल्यो विद्युत निर्यातको बाटो

काठमाडौं । नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता भएको छ । सम्झौताले नेपालबाट बंगलादेशमा विद्युत निर्यातको बाटो खुलेको छ । बिहीबार नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता भएको छ । अब नेपाल तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्न सक्षम बन्ने भएको छ । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ… Continue reading नेपाल र बंगलादेशबीच ऐतिहासिक सम्झौता, खुल्यो विद्युत निर्यातको बाटो

काठमाडौंसहित मध्य र पूर्वी नेपालमा निरन्तर वर्षा

काठमाडौं । सुदूरपश्चिमका जिल्लाबाट मनसुन बाहिरिने तरखरमा रहेका बेला पूर्वी र मध्य क्षेत्रमा भने वर्षा भइरहेको छ । आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी खालको छ । आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना छ । काठमाडौंको उत्तरी भेगमा भारी वर्षा भइरहेको छ… Continue reading काठमाडौंसहित मध्य र पूर्वी नेपालमा निरन्तर वर्षा

आजबाट नेपालमा वर्षाको सम्भावना, कति घातक ?

काठमाडौं । देशभर मनसुनी वायुसँगै भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान हाल कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ भने कोशी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम… Continue reading आजबाट नेपालमा वर्षाको सम्भावना, कति घातक ?

बुधबारबाट पूर्वी नेपालमा वर्षाको सम्भावना

काठमाडौं । बुधबारबाट दुई दिन लगातार झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव पूर्वी नेपालमा बढी पर्ने भएको छ । महाशाखाका अनुसार वर्षा हल्कादेखि मध्यम खालको हुने सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । बागमती र गण्डकी प्रदेशसम्म पानी पर्ने भए पनि ती प्रदेशमा लगातार झरी… Continue reading बुधबारबाट पूर्वी नेपालमा वर्षाको सम्भावना

कस्तो रहनेछ अबको मौसम ?

काठमाडौं आजदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो जनधनको क्षति हुने गरी तीन दिनदेखि रहेको प्रतिकूल मौसममा आइतबारदेखि सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको हो । आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । तर, आगामी २४ घण्टाका लागि कोशी, वाग्मती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा… Continue reading कस्तो रहनेछ अबको मौसम ?

काठमाडौंमा इतिहासकै ठूलो वर्षा, भयानक क्षति

photo source : Setopati

काठमाडौं । काठमाडौं उपत्यकामा इतिहासकै धेरै वर्षा भएका छ । यसले भयानक धनजनको क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ । २१ जना हराइरहेका छन् । बागमती, नख्खु लगायतका सबै नदीमा आएको… Continue reading काठमाडौंमा इतिहासकै ठूलो वर्षा, भयानक क्षति

उच्च जोखिममा कोशी ब्यारेज, पुल माथिबाट बग्न थाल्यो पानी

काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपरान्ह चार बजे ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उनले बताए । बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको उनले बताए । यहाँ… Continue reading उच्च जोखिममा कोशी ब्यारेज, पुल माथिबाट बग्न थाल्यो पानी

कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल) भरिनै लागेको भन्दै प्रशासनले सचेत गराएको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको केही घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना छ । कुलेखानी जलविद्युत आयोजना समुद्री सतहबाट १ हजार ५३० मिटरको तहमा भरिन्छ । अहिले १ हजार ५२६ मिटरको… Continue reading कुलेखानी भरिनै लाग्यो, तटिय क्षेत्रमा सचेत रहन आह्वान

झापामा अधिक वर्षा, हाइ अलर्ट जारी

काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले प्रहरी प्रशासन अलर्टमा रहेको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका डुबान भइरहने स्थानमा सतर्कता अपनाइएको बास्तालाले बताए… Continue reading झापामा अधिक वर्षा, हाइ अलर्ट जारी

काठमाडौं उपत्यकासहित देशैभर लगातार झरी

काठमाडौं । आज लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले देशभर वर्षा भइरहेको छ । त्यसको प्रभावले आइतबारसम्म सिमसिमदेखि भिषण वर्षासम्म हुनसक्ने प्रक्षेपण… Continue reading काठमाडौं उपत्यकासहित देशैभर लगातार झरी

दुई दिन रात्री बस नचलाउन आह्वान

सरकारले दुई दिन रात्री बस नचलाउन आह्वान गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि नाइट बस नचलाउन भनेको हो । जल तथा मौसम बिज्ञान विभागका अनुसार आज बिहिवार बाट आइतबार सम्म देशैभर भारी वर्षा हुदैछ । सोही अनुसार ५० भन्दा धेरै जिल्लामा रेड अलर्ट जारी गरिएको छ । हिमाली… Continue reading दुई दिन रात्री बस नचलाउन आह्वान

सक्रिय भयो मनसुन, ५६ जिल्लामा रेड अलर्ट

काठमाडौं । मनसुन सक्रिय भएपछि ५६ जिल्लामा रेड अलर्ट जारी भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको हो । ‘रेड अलर्ट’ले उच्च जोखिमको सम्भावनालाई जनाउँछ । मौसम पूर्वानुमान महाशाखाले यसअघि असोज ७ गते जारी गरेको विशेष बुलेटिनमा २७ जिल्लालाई मात्र उच्च जोखिमको… Continue reading सक्रिय भयो मनसुन, ५६ जिल्लामा रेड अलर्ट

नेपालमा अबको केही दिन मनसुन सरहकै भीषण वर्षाको सम्भावना

काठमाडौं । मौसमविदले नेपालभर जारी मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्यसैले विहीबारदेखि आइतबारसम्म उच्चसतर्कता अपनाउनुपर्ने उनीहरुको सुझाव छ । नेपालका केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ । यसले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा छ ।बंगालको खाडी र अरब सागर दुवैतर्फबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले… Continue reading नेपालमा अबको केही दिन मनसुन सरहकै भीषण वर्षाको सम्भावना

दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्य र पोखराबाट नेपालका सबै प्रमुख सहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । बस व्यवसायी र… Continue reading दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ । असोज ८… Continue reading आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

आज पनि केही स्थानमा भारी वर्षा, कहाँ कस्तो रहनेछ ?

काठमाडौं । शनिबार पश्चिमी भूभागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन जारी गरी दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनी वायु र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित… Continue reading आज पनि केही स्थानमा भारी वर्षा, कहाँ कस्तो रहनेछ ?

मनसुनको प्रभाव आजबाट पुनः सक्रिय हुँदै

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ । कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छभने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले… Continue reading मनसुनको प्रभाव आजबाट पुनः सक्रिय हुँदै

लेवनानमा पेजर र वाकीटकी विष्फोटपछि संसारभर सुरक्षा चासो

People gather outside a hospital after hundreds were seriously wounded by exploding communications devices, in Beirut, Lebanon, on 17 September 2024 (Mohamed Azakir/Reuters)

काठमाडौं । यस साता लेबनानभर भएको अपत्यारिलो आक्रमणमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका पेजर र वाकी(टाकी विस्फोटमा ३७ जनाको मृत्यु भएको छ । दुई हजार नौ सयभन्दा बढी घाइते भएका छन् । दुई दिनसम्म भएका यी विस्फोटले इरान समर्थित उग्रवादी समूह हिजबुल्लाहलाई ठूलो धक्का पुगेको छ । उसले आफ्नो कट्टर शत्रु इजरायलमाथि आक्रमणको दोष लगाएको छ र… Continue reading लेवनानमा पेजर र वाकीटकी विष्फोटपछि संसारभर सुरक्षा चासो

दुई दिन मौसम सफा, त्यसपछि पुनः वर्षको सम्भावना

काठमाडौं । असोज लागेसँगै मौसम घमाइलो हुन थालेको छ । आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भएर घमाइलो हुने मौसमविदले बताएका छन् ।तर अर्को प्रणालीले शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले जानकारी दिए । देशको पश्चिम क्षेत्रको आधाजसो भूभागमा अझै… Continue reading दुई दिन मौसम सफा, त्यसपछि पुनः वर्षको सम्भावना

ताप्लेजुङमा भूकम्पको धक्का महसुस

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प भएको थियो ।

मनसुनको आंशिक प्रभाव, कहाँ कस्तो छ अवस्था

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम-बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित… Continue reading मनसुनको आंशिक प्रभाव, कहाँ कस्तो छ अवस्था

अन्तरिक्षमा अड्किएका दुई यात्री भन्छन् : स्टेशनबाटै मतदान गर्न उत्सुक छौं

काठमाडौं । नासाका अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा अझै सन् २०२५ को फेब्रुअरीसम्म बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट मतदान गर्न उत्सुक रहेको बताएका छन् । अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोरले आइएसएसबाट सहभागी भएको न्यूओर्क टाइम्सले जनाएको छ… Continue reading अन्तरिक्षमा अड्किएका दुई यात्री भन्छन् : स्टेशनबाटै मतदान गर्न उत्सुक छौं

आज कस्तो रहनेछ मौसम ?

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार… Continue reading आज कस्तो रहनेछ मौसम ?

आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान… Continue reading आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

टिकटकले नेपालमा खुलायो अवसर, विशेष कर्मचारी राख्ने तयारी

काठमाडौं । ९ महिना लामो प्रतिबन्ध फुकुवा भएलगत्तै टिकटकले नेपालका लागि विशेष कर्मचारी तथा प्रतिनिधिहरु राख्ने भएको छ । टिकटकले पब्लिक पोलिसी म्यानेजर (ग्लोबल पब्लिक पोलिसी) पदमा आवेदन मागेको छ । सरकारले राखेको नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने… Continue reading टिकटकले नेपालमा खुलायो अवसर, विशेष कर्मचारी राख्ने तयारी