काठमाडौं । कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका सम्बन्धमा केन्द्र सरकार र प्रदेश सरकारबीच समन्वयलाई अझ प्रभावकारी बनाइने भएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गरेका छन्। उक्त अवसरमा समन्वयलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आएका थिए । दोस्रो पटक मिगौला प्रत्यारोपणपछि… Continue reading मूख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीको भिडियो कन्फ्रेन्स
Category: विज्ञान प्रविधि
अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी
काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ । यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ । सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको छ । सरकारले निजी स्वास्थ्य… Continue reading अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी
वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु
वुहान । कोरोनाको उद्गमस्थल चीनको हुबेई प्रान्तको राजधानी वुहानमा लकडाउन खुलेको छ । यससँगै चीनबाट यो रोगको संक्रमण उन्मुलन भएको छ । बुधबारदेखि यहाँ यातायात सेवा सूचारु भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । यहाँ लगातार ७६ दिन लकडाउन भयो । सरकारले यसबीचमा व्यापक स्वास्थ्य अभियान संचालन गरेको थियो । यो शहरले करीव ३ हजार… Continue reading वुहानमा खुल्यो लकडाउन, रेल र एयरलाइन्स सुचारु
राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने
काठमाडौं । कोरोना संकटका कारण हरेक दिन ज्यालादारी गरेर कमाउने वर्ग समस्यामा परेको छ । उनीहरुलाई अहिले विभिन्न क्षेत्रले सहयोग गरिरहेका छन् । तर, केही मानिसले सहयोगका नाममा आफ्नो प्रचारको काम बढी गरेको भन्दै गुनासो आएपछि सरकारले अब सामाजिक संजालबाट राहत वितरणको फोटो तस्वीर सार्वजनिक गर्न नपाउने निर्णय गरेको छ । राहत वितरणको सस्तो प्रचार… Continue reading राहत वितरण गरेको फोटो-भिडियो सामाजिक संजालबाट प्रचार गर्न नपाइने
२४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन
काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमित बिरामी फेला परेनन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नियमित प्रेस ब्रिफिंग अनुसार आइतबार र सोमबार थप संक्रमण पुष्टी भएन । २४ घण्टा भित्र कूल २२५ वटा नमुनाको परीक्षण भएको थियो । यससँगै नेपालमा कूल नमूना परीक्षणको संख्या १८९० पुगेको छ । जसमध्ये ९ जनामा मात्र… Continue reading २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन
कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा
न्युयोर्क हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले जनाएका छँन् ।न्युयोर्क राज्यका स्वास्थ अधिकारीहरुले बताएका छँन् -डिपार्ट्मेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पातलमा उपचारत ४… Continue reading कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा
एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी
काठमाडौं । सरकारले नेपालमा एकै पटक २० हजार व्यक्तिमा कोभिड १९ को परीक्षण गर्ने भएको छ । यो परीक्षण सुदूरपश्चिम प्रदेश र बागलुङमा गर्न लागिएको हो । सुदुरपश्चिममा समुदायस्तरमा कोरोना भाइरसको संक्रमणको आंशका सहित सरकारले र्यापिड टेष्टको तयारी थालेको हो । यसअघि मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट प्रविधिबाट कोभिड१९ को परीक्षण गर्ने निर्णय… Continue reading एकैपटक करीव २० हजार जनामा कोरोना परीक्षणको तयारी
के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?
न्यूयोर्क टि बी (ट्युबरक्लोसिस) रोग बिरुद्धको खोप अनिबार्य गरिएका देशहरुमा कोरोना भाईरसका कारण मृत्यु हुनेहरुको संख्या निक्कै कम देखिएको एक अध्ययनले देखाएको छ । टि बि बिरुद्धको खोप अनिबार्य नगरिएका देशहरुमा कोरोनाको कारण मृत्यु हुनेको संख्या अधिक भएपनि यो खोप अनिबार्य भएका देशहरुमा भने कोरोना संक्रमित र मृत्यु हुनेको संख्या निकै न्युन भएको उक्त अध्ययनले… Continue reading के टि बी रोगको भाइरस बिरुद्ध प्रयोग गरिने बि सि जी खोप लिनेलाई कोरोना लाग्दैन ?
कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?
न्यूयोर्क । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी)का डाक्टरले कोरोना भाइरस (कोभिड १९) विरुद्धको सम्भावित खोप पत्ता लगाएको दावि गरेका छन् । यद्दपी यसलाई कुनै आधिकारिक निकायले पुष्टी भने गरेका छैनन् । डाक्टरहरुले प्रेस विज्ञप्ती जारी गर्दै खोपको परिक्षण सफल भएको बताएका छन् । उनीहरुले २१ जनवरीबाट खोपको विकास थालिएको उल्लेख गरेका छन् । डाक्टरहरुका… Continue reading कोरोनाको खोप पत्ता लगाएको अमेरिकी डाक्टरको दावि कति सत्य ?
अब चितवनमा पनि कोरोना परिक्षण
चितवन । अब चितवनमा समेत कोरोनाको परिक्षण सम्भव भएको छ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । यो प्रयोगशालाको काम आजबाट संचालनमा आएको हो । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बिहीबार दिनभर स्थानको अध्ययनमा जुटेको थियो । प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र… Continue reading अब चितवनमा पनि कोरोना परिक्षण
भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ब्लाकआउट घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उक्त आह्वान गरेका हुन् । उनका अनुसार ५ अप्रिलका दिन रातको ९ बजे ९ मिनेटका लागि देशभर लाइट अफ गरिने छ । त्यसक्रममा मैनवत्ति र दियो बालेर कोरोना विरुद्धको अभियानमा ऐकिवद्धता जनाउन उनले… Continue reading भारतमा ५ अप्रिलमा ब्लाकआउट, ९ मिनेट लाइट अफ गरिने
अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने
काठमाडौं । नेपालमा अब कोरोनाको परिक्षण सातै वटै प्रदेशबाट हुने भएको छ । नमुना परिक्षण गर्न अब काठमाडौं आइरहनु पर्ने झण्झट हटेको छ । सरकारले (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारबाट सबै प्रदेशमा प्रयोगशालाले काम गर्न थाल्नेछन् । प्रदेश १ को धरानस्थित… Continue reading अब कोरोनाको परिक्षण सात वटै प्रदेशबाट, नमुना काठमाडौं ल्याउन नपर्ने
कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्
न्युयोर्क कोरोना भाइरस संक्रमित तथा भाईरस संक्रमणको कारण हुने कोभिड -१९ को बिरामीको उपचार गर्ने निश्चित औषधि नबनेको कारण अहिले विश्व समुदाय आतंकित छ । झन्डै ५० हजार मानिसको ज्यान लिइसकेको भाइरस संक्रमणको जोखिममा लाखौं मानिस छन् । विश्वका शक्तिशाली मानिएका थुप्रै राष्ट्रहरु भाइरसका सामु निरिह देखिएका छन् । यद्यपी विश्वभर दर्जनौ औषधिहरुको परिक्षण उपचार… Continue reading कोरोना भाइरस संक्रमणबाट हुने कोभिड -१९ को उपचारमा यस्ता औषधि आउँदै छन्
अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन
न्यूयोर्क । कोरोना भाइरस (कोभिड–१९) परीक्षण अब ५ मिनेटमै सम्भव हुने भएको छ । अमेरिकी कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको दावि गरेको छ । यसले संक्रमितको छिटो पत्ता लाग्ने र फैलावट कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । अहिले विकसित तथा विकाससिल, सबै मुलुकमा परीक्षण झण्झटिलो रहेको छ… Continue reading अमेरिकी कम्पनीले बनायो कोरोनाको नतिजा ५ मिनेटमै पत्ता लगाउने मेसिन
कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो
काठमाडौं । कोरोनाको कहर संसारभर जारी छ । यसले यूरोप र अमेरिकालाई यतिबेला सबैभन्दा नराम्रोसँग प्रभावित पारेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार साँझसम्म विश्वभर यस भाइरसका कारण करीव ३१ हजार मानिसको ज्यान गइसकेको छ । शनिबार मात्र कोरोना (कोभिड १९)ले संसारभर एकै दिन ३५ सय भन्दा बढी मानिसको ज्यान लियो । संगठनका अनुसार… Continue reading कोरोनाबाट एकै दिन ३५ सयको मृत्यु, इटलीमा मर्नेको संख्या १० हजार नाघ्यो
उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज
काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोनाको परिक्षण हुने गरी सेबा बिस्तार गरेको छ । धरानमा शनिबारबाटै सेवा बिस्तार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार अब हेटौडा, पोखरा तथा नेपालगन्जमा समेत सेवा बिस्तारको तयारी छ । यसपछि नमुना परिक्षणका लागि काठमाडौं आइरहनु पर्ने छैन । प्रवक्ता देवकोटाका अनुसार… Continue reading उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज
चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट
काठमाडौं । सरकारले चैत महिनाका लागि विद्यूतका ग्राहकलाई छूट दिने भएको छ । यो छूट घरायसी प्रयोजनमा विद्यूत उपयोग गर्ने ग्राहकका लागि मात्र हो । उर्जा मन्त्रालयका अनुसार करीव ३८ लाख ग्राहक यसबाट लाभान्वित हुने भएका छन् । १ सय ५० युनिटसम्म विद्युत प्रयोग गर्ने ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट दिन लागिएको हो… Continue reading चैत महिनाको विद्यूत महसुलमा २० प्रतिशत छूट
कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ
काठमाडौं । देशब्यापी लकडाउन कारण अहिले सबै काम ठप्प छ । कलकारखाना बन्द भएका छन् । व्यापारिक क्षेत्र ठप्प छन् । सोहीकारण विजुलीको माग घटेको छ । लकडाउन घोषणा भएसँगै विद्युतको माग ह्वातै घटेको हो । बढी विद्युत् खपत गर्ने कलकारखाना, होटल, व्यापारिक भवन, कार्यालय अहिले बन्द छ । घरायसी प्रयोजनमा निकै कम मात्र विद्युत… Continue reading कुलमानको आह्वान, विजुली धेरै चलाउनुहोस, माग घटेको छ
भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो
काठमाडौं । सरकारले कोरोना भाइरसको संम्भावित संक्रमणविरुद्ध लड्न भारत र चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण मगाएको छ। चीन सरकारले नेपालसँग आवश्यक सामग्रीको सूचि नै मागेको थियो । सोही अनुसार सरकारले चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्री १ लाख ६० हजार थान मगाएको छ । जिनको माध्यमबाट कोरोना परीक्षण गर्ने सामग्री ५ लाख वटा मगाइएको छ । भाइरसको… Continue reading भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो
आजबाट अन्तराष्ट्रिय उडान बन्द
काठमाडौं । नेपाल आउने अन्तराष्ट्रिय वायुसेवा कम्पनीको उडान आजबाट बन्द हुँदैछ । सरकारले विदेशी यात्रुको आवतजावत रोक्ने उद्देश्यले आजबाट अन्तराष्ट्रिय उडान तथा अवतरण रोक्ने निर्णय गरेको छ । यसको कार्यान्वयन आजबाट हुने भएको छ । नेपालमा २९ कम्पनीका ६५ भन्दा बढी उडान अवतरण हुने गरेका थिए । संसारका १८५ भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएसँगै… Continue reading आजबाट अन्तराष्ट्रिय उडान बन्द
भारतमा फैलिदै कोरोना, एकै दिन थपिए ४० संक्रमित
नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ४० जनाले बढेको छ । नेपालसँग खुला सिमाना रहेको भारतमा कोरोना भाइरसको संक्रमणमा वृद्धि भएपनि नेपालमा भने सिमाना रोक्ने विषयमा कुनै तयारी गरिएको छैन । अहिले औपचारिक रुपमा ४ वटा मात्र सिमा नाकाबाट नेपाल प्रवेश खुला रहेको भएपनि सबै तर्फ खुला सिमाना भएका कारण मानिसहरु निर्वाध… Continue reading भारतमा फैलिदै कोरोना, एकै दिन थपिए ४० संक्रमित
चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै
चितवन । कोरोना भाइरसको संक्रमण भित्रिहालेमा त्यसको उपचारका लागि काठमाडौं बाहिर अस्थायी अस्पताल निर्माणमा तिब्रता दिइएको छ । संक्रमित भइहालेको उनीहरुलाई अलग्गै राखेर उपचार गर्नुपर्ने भएकाले प्रदेश तथा स्थानीय सरकारले तल्लो तहमा ठूलो क्षमताका अस्थायी अस्पताल निर्माणमा तिब्रता दिएका हुन् । चितवनस्थित भरतपुर महानगरपालिकाले तीन दिनमा ७०९ सैयाको अस्पताल निर्माण गरेको छ । अब यो… Continue reading चितवनमा तीन दिनमा बन्यो ७० सैयाको अस्पताल, बुटवल र विराटनगरमा बन्दै
यातायातका साधनलाई रुट परमिट खुला
काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणको डरले चैत महिनाभर स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेको छ । यसले काठमाडौं तथा शहरी इलाका छाडी ग्रामिण भेगमा फर्कने यात्रुको चाप बढ्न सक्ने आंकलन गर्दै सरकारले रुट परमिट खुला गरेको हो । यससँगै… Continue reading यातायातका साधनलाई रुट परमिट खुला
मेलम्चीमा सुरुङ मार्गमा पानी हालेर परीक्षण गरियो, आयोजना अन्तिम चरणमा
सिन्धुपाल्चोक । राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची आयोजनाको सुरुङ मार्गमा पानी हालेर परीक्षण सम्पन्न भएको छ । सोमबार खानेपानी मन्त्री बिना मगरसहित मेलम्ची विकास समितिका पदाधिकारी सोही प्रयोजनका लागि मेलम्ची पुगेका थिए । मेलम्चीको हेडवर्क्सबाट पानी हालेर सुरुङ मार्गको परीक्षण गरिएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सोहीकारण संरचनाहरूको परीक्षण शुरु गरिएको हो… Continue reading मेलम्चीमा सुरुङ मार्गमा पानी हालेर परीक्षण गरियो, आयोजना अन्तिम चरणमा
भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव
काठमाडौं । कोरोनाले प्रभावित बन्दै गएको सार्क क्षेत्रमा यस संक्रमणविरुद्ध सामूहिक रुपमा लड्न नेताहरु सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रियतामा आइतबार सार्क मुलुकका सरकार प्रमुखहरुबीच भिडियो वार्ता सम्पन्न भयो । वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिए । यस भिडियो वार्तामार्फत भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ ‘कोभिड–१९… Continue reading भिडियो वार्तामा सार्क मुलुकका नेता, ‘कोभिड–१९ सार्क आपतकालीन कोष’ खोल्ने प्रस्ताव
आज सार्कका नेताहरु भिडियो वार्तामा जोडिँदै, कोरोना प्रभावबारे छलफल हुने
काठमाडौं । आज सार्क क्षेत्रका सरकार प्रमुखहरु भिडियो वार्तामा जोडिने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क मुलुकका सबै सरकार प्रमुखहरु एक आपसमा भिडियो वार्ता गर्न लागेका हुन् । खासगरी कोरोना भाइरसको संक्रमणबाट बच्न साझा रणनीति बनाउने उद्देश्यले प्रधानमन्त्री मोदीले यस्तो प्रस्ताव गरेका थिए । आइतबार साँझ सार्क क्षेत्रका नेताहरु भिडियो वार्तामा जोडिन… Continue reading आज सार्कका नेताहरु भिडियो वार्तामा जोडिँदै, कोरोना प्रभावबारे छलफल हुने
तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी
काठमाडौं । लामो समयदेखि प्रतिक्षारत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अब निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने आयोजनाले जनाएको छ । आयोजनाले एक सूचना प्रकाशित गरी आयोजनाको परिक्षण गर्न लागिएका कारण नदी किनारमा सचेत हुन आह्वान समेत गरिएको छ । यो आयोजनाको कूल भौतिक प्रगति… Continue reading तामाकोशीको परिक्षण हुने, आयोजना सम्पन्न हुने अन्तिम तयारी
बुद्ध एयरले काठमाडौं बनारस उडान कटौती गर्ने
काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको बनारसमा गरिरहेको उडान बन्द गर्ने घोषणा गरेको छ । आइतबारबाट ३० अप्रिलसम्म बुद्धको बनारस उडान बन्द हुने भएको कम्पनीले जानकारी दिएको छ । भारत सरकारले विदेशी नागरिकको हकमा १४ मार्चदेखि अप्रिल ३० सम्म भिसा रद्द गर्ने निर्णय गरेको छ । तर, यो निर्णयले नेपाली यात्रुलाई भने प्रभाव पार्दैन ।… Continue reading बुद्ध एयरले काठमाडौं बनारस उडान कटौती गर्ने
जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फ्रेन्सबाट बस्ने
पिट्सबर्ग । कोरोना भाइरसले संसारभर यात्रा कठिन बनाएपछि यस अवधिमा निर्धारित महत्वपूर्ण बैठकहरुसमेत प्रभावित भएका छन् । अमेरिकाको पिट्सबर्गमा यसै महिना आयोजना गरिएको जी–७ देशहरुको मन्त्रीस्तरीय बैठकमा अब मन्त्रीहरु आफै सहभागी नहुने भएका छन् । त्यसका लागि अत्याधुनिक प्रविधिको प्रयाग गरी मन्त्रीहरु भिडियो कन्फ्रेन्समा बस्ने भएका छन् । बैठक मार्च २४ र २५ तारिखमा आयोजना… Continue reading जी–७ को मन्त्रीस्तरीय बैठक भिडियो कन्फ्रेन्सबाट बस्ने
सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो
धनकुटा । धनकुटामा तमोर नदिले एक युवकलाई बगाएको छ । धनकुटा नगरपालिका–९ मुलघाटमा तमोर नदीमा सेल्फी खिच्ने क्रममा नदीले बगाएर शनिबार एक युवक बेपत्ता भएको प्रहरीले पुष्टी गरेको छ । भारतको बिहार राज्यस्थित पूर्णिया घर भएका भिनित कुमार नमोर नदीमा खसेका थिए । त्यसपछि उनलाई नदीले बगाएर वेपत्ता पारेको हो । उनी विराटनगरस्थित नोबेल मेडिकल… Continue reading सेल्फी खिच्दा तमोरमा खसेका युवकलाई नदीले बगायो