काठमाडौं । नेपालमा अब अवैध रुपमा भित्रिएका मोवाइल सेटले काम नगर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी जेठबाट अवैध मोवाइलको सेट लक गर्ने प्रणाली कार्यान्वयनमा ल्याउँदैछ । प्राधिकरणले यो प्रणाली कार्यान्वयन गराउन आवश्यक यन्त्र उपकरण नेपाल ल्याइसकेको र जडानको काम भइरहेको जनाएको छ। यो सिस्टम प्रयोगमा आएसँगै नेपालमा दर्ता नभई अवैध रुपमा भित्रिएका मोवाइल… Continue reading नेपालमा अवैध भित्रिएका मोवाइल सेट नचल्ने प्रणाली जोडिँदै
Category: विज्ञान प्रविधि
अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए
लण्डन । युरोपेली सङ्घ ईयूको औषधी नियामक (ईएमए)ले कोरोना भाइरसको खोप अक्सफर्ड आस्ट्राजेनेका सुरक्षित रहेको बताएको छ । बीबीसीका अनुसार इएमएले गरेको एक समिक्षामा यो खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालिएको हो । यूरोपका १३ मुलुकले यो खोपको प्रयोग रोकेका छन् । खोप लगाएमा रगत जम्ने समस्या भएको भन्दै खोप वितरण रोकिएको थियो ।… Continue reading अक्सफर्ड-आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ : इएमए
खरीद गरेको थप खोप नआएपछि रोकियो खोप अभियान
काठमाडौं । नेपालले भारतको सेरम इन्स्टिच्युटसँग किनेको खोप नआएपछि खोप अभियान नै प्रभावित बनेको छ । सरकारले तत्कालका लागि कोरोना खोप अभियान नै स्थगित गरेको छ । सेरम इन्स्टिच्युटलाई अग्रिम भुक्तानी दिएर खरीद गरेको २० लाख डोजमध्ये १० लाख डोज मात्र नेपाल आएको छ । बाँकि १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य… Continue reading खरीद गरेको थप खोप नआएपछि रोकियो खोप अभियान
बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइयो
बर्दिया । बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइएको छ । बर्दियामा पछिल्लो समय बाघको आक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ । मानिसमाथि आक्रमण गरी आतंक फैलाएको एउटा बाघलाई आज बर्दियाको गेरुवा क्षेत्रबाट नियन्त्रणमा लिएको राष्ट्रिय निकुन्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ… Continue reading बर्दियामा मान्छे खाने बाघलाई नियन्त्रणमा लिइयो
युरोपमा एस्ट्राजेनेकाको खोपमाथि धमाधम रोक, डब्लूएचओद्धारा नरोक्न आह्वान
काठमाडौं । यूरोपेली मुलुकहरुले एस्ट्राजेनेकाको कोरोना विरुद्धको खोप माथि धमाधम रोक लगाइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एस्ट्राजेनेकाले आविष्कार गरेको कोरोनाविरुद्धको खोप नरोक्न आह्वान गरेको छ । यूरोपेली मुलुकहरुले एस्ट्राजेनेकाको खोप लगाएपछि रगत जम्ने समस्या देखिएको बताएका छन् । बेलायतले सबैभन्दा प्रारम्भमा यो खोप माथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि डेनमार्क, नर्वे, आइसल्याण्ड्स,… Continue reading युरोपमा एस्ट्राजेनेकाको खोपमाथि धमाधम रोक, डब्लूएचओद्धारा नरोक्न आह्वान
बंगलादेश भ्रमणअघि राष्ट्रपतिले लगाइन् कोरोना खोप
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले आसन्न बंगलादेश भ्रमण अगाडी कोरोना भाइरसको खोप लगाएकी छिन् । उनले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित खोप केन्द्रबाट खोप लिएकी हुन् । आगामी साता बंगलादेशको औपचारिक भ्रमणमा जानु अगाडी आफुले खोप लगाएको उनले संचारकर्मीलाई प्रतिक्रिया दिइन् । आफु खोप वितरणमा आफ्नो उमेर समुह नै पर्खिएको भन्दै उनले बंगलादेश जानु अगाडी भने… Continue reading बंगलादेश भ्रमणअघि राष्ट्रपतिले लगाइन् कोरोना खोप
दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक सम्भावनाबारे टुंगो लगाउन चिनियाँ प्राविधिक आउँदै
काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन पुरा भएको छ । अब यस स्थानबाट व्यवसायिक रुपमा पेट्रोलियम पदार्थ निकाल्न सकिने सम्भावनाबारे टुंगो लगाउन पुनः चिनियाँ प्राविधिकको टोली नेपाल आउने भएको छ । दैलेखको श्रीस्थान नाभिस्थानमा पेट्रोलियम पद्धार्थको अन्वेषण चीनले नै गरिसकेको छ । अब सो स्थानमा व्यावसायिक उत्खनन सम्भावनाको टुङ्गो लगाउने भएको हो । चिनियाँ… Continue reading दैलेखमा पेट्रोलियम पदार्थको व्यवसायिक सम्भावनाबारे टुंगो लगाउन चिनियाँ प्राविधिक आउँदै
टिचिङ अस्पतालको अर्को सफलता, ११ महिने बालकमा कलेजो प्रत्यारोपण
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जले थप एक सफलता प्राप्त गरेको छ । सर्जन प्राध्यापक डा. रमेश सिंह भण्डारीका अनुसार यहाँ ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण भएको हो । बालबालिकामा कलेजो प्रत्यारोपण नेपालमा पहिलो पटक भएको हो । काभ्रेका एक बुबाले दिएको कलेजो बालकमा प्रत्यारोपण भएको हो । जन्मनासाथ बालकमा कलेजेको समस्या… Continue reading टिचिङ अस्पतालको अर्को सफलता, ११ महिने बालकमा कलेजो प्रत्यारोपण
अमेरिकामा १ मेबाट १८ वर्षभन्दा माथिका सबैले खोप पाउने
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा १ मे २०२१ देखि १८ वर्ष भन्दा माथिका सबैले कोरोना भाइरस विरुद्ध खोप लगाउन सक्ने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै प्रान्तीय र स्थानीय सरकारलाई मे १ सम्म सबै वयस्क नागरिकलाई कोरोनाको खोप लगाउन सक्ने गरी व्यवस्थापनको तयारी गर्न निर्देशन दिएका छन् । अमेरिकामा कोरोना भाइरसको रोकथामका… Continue reading अमेरिकामा १ मेबाट १८ वर्षभन्दा माथिका सबैले खोप पाउने
दोस्रो चरणमा ८ लाखभन्दा बढीले लगाए कोरोना खोप
काठमाडौं । नेपालमा प्राथमिकतामा रहेका मानिस भन्दा वृद्धवृद्धामा कोरोना खोपबारे उत्साह देखिएको छ । पहिलो चरणमा प्राथमिकताको पहिलो चरणमा रहेकाहरुले खोप लगाउन आनाकानी गरेका थिए । तर, दोस्रो चरणमा भने बिहिबारसम्म ८ लाख भन्दा बढी मानिसले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस चरणमा ६५ वर्ष भन्दा माथिका वृद्धवृद्धालाइर्ए खोप दिइएको छ… Continue reading दोस्रो चरणमा ८ लाखभन्दा बढीले लगाए कोरोना खोप
चैत १५ बाट धारामा आउने भयो मेलम्चीको पानी
काठमाडौं । आमागी चैत १५ बाट काठमाडौं उपत्यका बासीको घरको धारामा पानी आउने भएको छ । तर, पहिलो चरणमा परीक्षणका रुपमा मात्र मेलम्चीको पानी वितरण हुने छ । मेलम्ची खानेपानी आयोजनाले पानी वितरणको तालीका नै बनाएर यस्तो जानकारी दिएको हो । चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थालिने आयोजनाले… Continue reading चैत १५ बाट धारामा आउने भयो मेलम्चीको पानी
बागमतीमा छोडियो मेलम्चीको पानी, लेदो बगेर नुहाउनै नमिल्ने
काठमाडौं । महाशिवरात्रिका अवसरमा आज मेलम्चीको पानी बागमती नदीमा छोडिएको छ । भक्तजनहरुलाई नुहाउनका लागि भन्दै मेलम्चीको पानी बागमती नदीमा छोडिएको हो । मेलम्चीको सफाल पानी नदीमा बगाइए पनि ढल र लेदो मिसिएको पानी मात्रै बगेको छ । खानेपानी मन्त्रालयले बागमतीमा नुहाउनका लागि भन्दै मेलम्चीको सफा पानी छोडेको थियो । तर, पानी लेदो मिसिएको ढल… Continue reading बागमतीमा छोडियो मेलम्चीको पानी, लेदो बगेर नुहाउनै नमिल्ने
भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट
काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्। स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो। प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको… Continue reading भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट
नेपालमा आजबाट दोस्रो चरणको खोप अभियान शुरु, ६५ वर्ष माथिका नागरिकलाई कोरोना खोप दिईंदै
काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट शुरु हुनेछ । यस अभियानका दौरान देशभरका ६५ वर्ष माथिका करीव १६ लाख नागरिकले खोप पाउने भएका छन् । साथै यसै चरणमा हिमाली जिल्लाका ५५ वर्ष माथिका सबैले खोप लगाउन सक्ने भएका छन् । नेपालमा १४ माघबाट खोप लगाउन थालिएको हो । स्वास्थ्य तथा… Continue reading नेपालमा आजबाट दोस्रो चरणको खोप अभियान शुरु, ६५ वर्ष माथिका नागरिकलाई कोरोना खोप दिईंदै
कोभ्याक्सबाट २० मुलुकमा २ करोड डोज खोप पठाइयो, नेपालमा आइतबार आउने
काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा शुरु भएको कोभ्याक्स कार्यक्रममार्फत अहिले विश्वका गरिब तथा कम आयस्रोत भएका मुलुकमा कोरोना भाइरस विरुद्धको खोप पठाउन थालिएको छ । यसै क्रममा विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका २ करोड डोज खोप पठाइएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो कार्यक्रमबाट अनुदानमा मुलुकहरुलाई खोप दिइने भएको छ । खोप पहिलो… Continue reading कोभ्याक्सबाट २० मुलुकमा २ करोड डोज खोप पठाइयो, नेपालमा आइतबार आउने
प्रधानमन्त्रीले आइतबार कोभिड खोप लगाउने, शुरु हुँदै दोस्रो चरणको खोप अभियान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ कोरोना भाइरसविरूद्धको खोप लगाउने निश्चित भएको छ । संसारका अधिकांश मुलुकमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखले खोप लगाएर अभियानको प्रारम्भ हुने गरेकामा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म लगाएका थिएनन् । उनले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोरोना भाइरसविरूद्धको खोप लगाउने भएका हुन् । शनिबार स्वास्थ्य तथा जनसंख्या… Continue reading प्रधानमन्त्रीले आइतबार कोभिड खोप लगाउने, शुरु हुँदै दोस्रो चरणको खोप अभियान
आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान
काठमाडौं । मेलम्ची खानेपानीको परीक्षणका दौरान आज सुन्दरीजलमा पानी खसालिँदैछ । यसरी आएको पानीलाई मेलम्चीको वितरण केन्द्रमा नभई बागमति नदीमा पठाइने छ । यसले नदीको जलप्रवाह बढ्न सक्ने भन्दै मेलम्ची विकास समितिले सतर्क रहन नदी किनारका बासिन्दालाई आह्वान गरेको छ । सुरुङ परीक्षणका क्रममा बागमतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल… Continue reading आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान
मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने
काठमाडौं । आज मेलम्चीको पानी काठमाडौं झारिदैछ । दुई साता अगाडी नै सुरूङमा पठाइएको पानी आज काठमाडौंस्थित सुन्दरीजलमा झार्न लागिएको हो । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी सुरूङमार्गमार्फत पहिलो पटक काठमाडौं आएको हो । निर्माण थालेको दुई दशकपछि काठमाडौं बासीको पानीको तिर्खा मेट्ने सपना पुरा हुने समय भने नजिकिएको छ । आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि… Continue reading मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने
मौसम प्रतिकुल बन्दै, केही स्थानमा वर्षा हुने
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शनिबार बिहानबाटै मौसम प्रतिकुल बनेको छ । देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्यरुपमा बदली भएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागहरुको एक, दुई स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । सामान्य वर्षा र… Continue reading मौसम प्रतिकुल बन्दै, केही स्थानमा वर्षा हुने
विप्लवसँगको सहमतिमा हतियारको विषय खै ?
काठमाडौं । हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले सम्झौता गरेको छ । सम्झौता अनुसार यो समुह शान्तीपूर्ण राजनीतिमा आउन तयार भएको छ । सम्झौतामा आफु इमानदार रहने प्रतिवद्धता समेत विप्लवले गरेका छन् । तर, खुला राजनीतिमा आउने भनिएसँगैै उक्त समूहले आजसम्म चलारहेका हातहतियार र त्यसको व्यवस्थापनबारे भने सम्झौता मौन बसेको छ । यसको… Continue reading विप्लवसँगको सहमतिमा हतियारको विषय खै ?
हवाई यात्राका दौरान नेपाली आकासमा समेत इन्टरनेट सुविधा दिने तयारी
काठमाडौं । हवाई यात्राका दौरान अन्तराष्ट्रिय उडानमा अधिकांश एयरलाइन्समा इन्टरनेट सुविधा उपलब्ध हुन्छ । तर, नेपाली आकासमा छिरेपछि भने यो सुविधा बन्द हुन्छ । नेपाल दूरसंचार प्राधिकरणले विदेशी एयरलाइन्सले नेपाली आकाशमा जहाज उडाउँदा इन्टरनेट सुविधा प्रयोग गर्न पाउने गरी सुविधा दिने तयारी गरेको छ । नेपालको सरकारी समाचारपत्र गोरखापत्रका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार… Continue reading हवाई यात्राका दौरान नेपाली आकासमा समेत इन्टरनेट सुविधा दिने तयारी
न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
न्यूजिल्याण्ड । न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै मानिसहरु बाहिर घर बाहिर निस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । भूकम्पसँगै सुनामीको समेत चेतावनी त्यहाँको भूकम्प मापन केन्द्रले दिएको छ । भूकम्प नर्थ आइल्याण्ड द्धिप न्यूजिल्याण्डमा आएको हो । प्यासिफिस सुनामी चेतावनी केन्द्रले समेत त्यहाँ सुनामीको चेतावनी दिएको हो । भूकम्प गएको केन्द्रबाट… Continue reading न्यूजिल्याण्डमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने
काठमाडौं । आजबाट संघीय संसदका सांसद तथा संसद सचिवालयका कर्मचारीलाईखोप लगाइने भएको छ । संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम राखिएको छ । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइने भएको छ । सभामुख र… Continue reading आजबाट सांसद र कर्मचारीलाई कोरोना खोप दिइने
प्रधानसेनापति थापाले लगाए कोरोना खोप
काठमाडौं । संसारका अधिकांश मुलुकमा उच्च पदस्थ अधिकारीबाट कोरोना खोप लगाएर खोप अभियानको शुरुवात गरिएको छ । तर, नेपालमा भने राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च सरकारी अधिकारीले खोप लगाएनन् । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोना विरुद्धको खोप लगाउँदै खोप सुरक्षित रहेको सन्देश दिएका छन् । उनले भारतबाट अनुदानमा आएको कोभिसिल्ड खोप लगाएका हुन् । थापाले छाउनीस्थित… Continue reading प्रधानसेनापति थापाले लगाए कोरोना खोप
चीनबाट अनुदानमा नेपालले पाउने भयो थप तीन लाख डोज खोप, कुल ८ लाख पुग्यो
काठमाडौं । नेपालले चीनबाट थप तीन लाख डोज कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ । शुरुमा ३ लाख दिने भनेको चीनले त्यसलाई बढाएर ५ लाख पुर्याएको थियो । यो मात्र पनि बढाएर ८ लाख पुर्याएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिइन् । सोमबार साँझ एक ट्वीट गर्दै उनले यस्तो जानकारी गराएकी हुन्… Continue reading चीनबाट अनुदानमा नेपालले पाउने भयो थप तीन लाख डोज खोप, कुल ८ लाख पुग्यो
फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर
पोखरा । पोखरास्थित फेवाताल अतिक्रमणको शिकार बनिरहेको छ । यसको उचित संरक्षण गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसै सन्दर्भमा प्रदेश सरकारले फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक गरेको छ । अब फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर बनेको छ । ११ हजार २५५ रोपनी ११ आना १ पैसा कायम क्षेत्रफल निर्धारण गरिएको… Continue reading फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर
संसद बैठक अगाडी नै सांसद र कर्मचारीलाई कोरोना खोप लगाइने
काठमाडौं । सांसद र संसद सचिवालयका कर्मचारीलाई कोरोना खोप लगाइने भएको छ । संसद बैठक २३ फागुनमा बोलाइएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यसै साता सांसद तथा संसद सचिवालयका कर्मचारीलाई खोप लगाइने भएको हो । सचिवालयका अनुसार सांसद र कर्मचारीले फागुन १९, २० र २१ मा सिभिल अस्पताल पुगी खोप… Continue reading संसद बैठक अगाडी नै सांसद र कर्मचारीलाई कोरोना खोप लगाइने
जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति
काठमाडौं । जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप अमेरिकामा प्रयोगको अनुमति पाएको छ । यो खोप एक डोजमात्र लगाए पुग्ने भएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आम आम मानिसले प्रयोग गर्ने फ्रिजमा समेत भण्डारण गर्न सकिने र एक डोजमात्रै लगाए मात्र पुग्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । यो खोपलाई अनुमति… Continue reading जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति
हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु
पोर्ट ओ प्रिन्स। हाइटीमा कैदीले गरेको जेल ब्रेक र झडपमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । २ सय भन्दा बढी कैदी भोगेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटना शुक्रबार भएको हो । झडपका क्रममा जेलका निर्देशक समेतको ज्यान गएको बताइएको छ । जेलमा झण्डै ४०० कैदी रहेका थिए। राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा… Continue reading हाइटीमा कैदीले गरे जेल ब्रेक, २ सय भागे-२५ को मृत्यु
कोभ्याक्स स्किम अनुसार खोप वितरण शुरु, घाना पुग्यो पहिलो खेप
काठमाडौं । गरिब तथा कम आय भएका मुलुकका संयुक्त राष्ट्रसंघको पहलमा कोभ्याक्स स्कीम अनुसार खोप वितरण शुरु भएको छ । यसको पहिलो खेप घाना पठाउँदै खोप वितरण शुरु गरिएको हो । कोभ्याक्स योजना अनुसार खोप पाउने घाना पहिलो मुलुक समेत बनेको छ । एस्ट्राजेनेकाको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यास स्कीममा पहिलोपटक घानाको राजधानी अँकारा… Continue reading कोभ्याक्स स्किम अनुसार खोप वितरण शुरु, घाना पुग्यो पहिलो खेप