काठमाडौं । नेपालमा आजबाट चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिदैंछ । खोप अभियानका लागि सरकारले काठमाडौं उपत्यकाका १४ स्वास्थ्य संस्थालाई केन्द्र तोकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल… Continue reading नेपालमा आजबाट चिनियाँ खोप लगाउने अभियान शुरु
Category: विज्ञान प्रविधि
कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
काठमाडौं । कलाकार दीपाश्री निरौलासहितको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ परेका छन् । साइबर ब्युरोले कलाकारहरूको फेसबुक अकाउण्ट ह्याक गरेको अभियोगमा पर्सा बहुदजरमाई नगरपालिका ५ बस्ने १४ वर्षीय किशोरलाई पक्राउ गरेको हो । निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने उजुरी प्रहरी समक्ष पुगेको थियो । प्रहरीले १४… Continue reading कलाकारको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षिय किशोर पक्राउ
कलंकीमा भेटियो नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कारखाना, विभागको छापा
काठमाडौं । कलंकीमा नक्कली कस्मेटिक पदार्थ उत्पादन गर्ने कारखाना फेला परेको छ । आज वाणिज्य विभाग र अपराध महाशाखाको संयुक्त टोलीले कारखानामा छापा मारेसँगै यसको रहस्य खुलेको हो । विभागले छापा मारेको यो कारखानाबाट ब्राण्डेड कस्मेटिक वस्तुको खोलमा अप्रमाणित रसायन प्रयोग गरी कस्मेटिक बनाएर बिक्री गर्ने गरेको फेला परेको हो । विशेष सूचना पाएपछि विभागले… Continue reading कलंकीमा भेटियो नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कारखाना, विभागको छापा
कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका
काठमाडौं । कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका व्यक्तिले ७ वैशाख २०७८ देखि दोस्रो डोज लगाउनु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज वितरण हुने छ । पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा खोप लगाएका व्यक्तिले दोस्रो डोजको… Continue reading कोरोना खोपको दोस्रो डोज वैशाख ७ बाट लगाईंदै, यस्तो छ तालीका
मनकामना केवलकार ६ दिन बन्द हुने
चितवन । मनकामना केबुलकार ६ दिनसम्म बन्द हुने भएको छ । यो केवलकार परियोजनालाई अत्याधुनिक प्रविधिमा स्तरोन्नति गर्ने कामका लागि २५ चैतबाट ३० गतेसम्म बन्द हुन लागेको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको काम अनुसार बुल ह्विल बेरिङ नयाँ फेरिने भएको छ । बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना… Continue reading मनकामना केवलकार ६ दिन बन्द हुने
अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित
फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहावट भएसँगै सयौं घर परिवार प्रभावित बनेका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार विषाक्त पानी रहेको बाँधबाट पानी चुहावट भएको हो । यसले कम्तीमा तीन सय घरपरिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गर्दै उनीहरुलाई सुरक्षितस्थानमा सारेको छ । सीएनएनका अनुसार फ्लोरिडाको टाम्पा बे क्षेत्रमा… Continue reading अमेरिकाको फ्लोरिडामा विषाक्त पानी चुहियो, सयौं परिवार प्रभावित
२५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?
काठमाडौं । नेपालमा अहिलेसम्म भारतमा उत्पादित कोरोना विरुद्धको खोपको प्रयोग भइरहेकोमा २५ चैतबाट भने चिनियाँ खोप लगाउन शुरु हुने भएको छ । चीन सरकारले अनुदानमा दिएका ८ लाख डोज खोप लगाउने अभियान उक्त मितिबाट शुरु गर्ने निर्णय सरकारले गरेको हो । चीनले ‘भेरोसेल’ नामक खोप नेपाललाई अनुदानमा दिएको छ । यो दुई साता अगाडी नै… Continue reading २५ चैतबाट लगाइने भयो चिनियाँ खोप, को छन् प्राथमिकतामा ?
वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने
काठमाडौं । वायु प्रदूषणका कारण बन्द गरिएका देशभरका विद्यालय आजबाट सूचारु हुँदैछन् । हावामा प्रदूषणको मात्रा अत्यधिक बढेसँगै सरकारले चार दिनका लागि देशभरका विद्यालय बन्द गरेको हो । केन्द्र सरकारको निर्णय स्थानीय तहमा भने आशिंक रुपमा मात्र कार्यान्वयनमा आएको छ । स्थानीय सरकारले आफ्नो भेगका वायु सफा भएको भन्दै विद्यालय खुला राख्ने निर्णय समेत गरेका… Continue reading वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने
गोकर्णेश्वर नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने योजना
काठमाडौँ /गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेल स्थित ओसिस पार्टी प्यालेसमा गोकर्ण महिला सञ्जालकाको आयोजनामा उधोग व्यवसायबाट समाजमा पर्न सक्ने प्रभाव र वातावरणीय असर सम्बन्धी चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भयो । पाँच दिने चेतनामूलक तथा अभिमूखिकरण कार्यक्रमको समापन नगर प्रमुख सन्तोष चालिसेले शुक्रबार गरे । नगरपालिकाको आर्थिक सहयोगमा चैत १६ गते देखि चैत २०… Continue reading गोकर्णेश्वर नगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने योजना
चितवनमा गैंडा गणना टोलीमाथि ध्रुबे हात्तिको आक्रमण, पाँच जना घाइते
चितवन । एक सिंगे गैंडा गणना गर्न चितवन राष्ट्रिय निकुञ्जमा खटिएको टोलीमाथि जंगली हात्ती ध्रुबेले आक्रमण गर्दा पाँच कर्मचारी घाइते भएका छन् । आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएको निकुन्जले जनाएको छ । उनलाई उपचारका लागि साँझ हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । गैंडा गणनामा खटिएको टोली शुक्रबार निकुञ्जको… Continue reading चितवनमा गैंडा गणना टोलीमाथि ध्रुबे हात्तिको आक्रमण, पाँच जना घाइते
वर्षापछि देशका अधिकांश स्थानका आकास खुल्यो
काठमाडौं । बुधबारबाट परेको वर्षापछि देशका अधिकांश स्थानको आकास खुलेको छ । काठमाडौंमा तुवाँलो हट्ने क्रम शुरु भएको छ । यस भेगमा धेरैजसो स्थानमा आज घाम लागेको छ । वर्षाले घुलो र धुँवासहितको तुवाँलो हटाएपछि हावामा मडारिएको प्रदूषण समेत कम भएको हो । यद्दपी पूर्णरुपमा प्रदूषण हट्न अझै केही दिन लाग्ने बताइएको छ । जल… Continue reading वर्षापछि देशका अधिकांश स्थानका आकास खुल्यो
संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै काठमाडौं उपत्यका प्रवेशमा पुनः कडाई शुरु भएको छ । काठमाडौं उपत्यका छिर्ने व्यक्तिमाथि नाकामा ज्वरो नाप्ने काम शुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले नाकामा ज्वरो आएको वा कोरोनाको लक्षण शंका देखिएका मानिस माथि ज्वरो नाप्ने काम शुरु भएको जानकारी नेपाली… Continue reading संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरुको ज्वरो नाप्न शुरु
रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकको अब अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी मिल्नु पर्ने भएको छ । त्यसरी नमिलेको पाइएमा भने विमानस्थल बाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले बुधबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिन गरेको… Continue reading रोजगारीमा विदेश जाँदा बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने
उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना
काठमाडौं । काठमाडौं उपत्यकासहित पूर्वी र मध्य पहाडी भेगमा बुधबार साँझबाट हल्का वर्षा शुरु भएको छ । यो वर्षापछि एक सातादेखि आकासमा लागेको तुवाँलो हट्ने अपेक्षा गरिएको छ । आज कोठमाडौंमा भिजिविलिटी समेत केही बढेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौं उपत्यका, गण्डकी प्रदेश र प्रदेश १ को पहाडी क्षेत्रमा हल्का वर्षा भएको… Continue reading उपत्यकामा वर्षा, तुवाँलो हट्ने सम्भावना
खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने
काठमाडौं । राजधानी काठमाडौंमा घाम देखिन थालेको छ । यसले भिजिविलिटीमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा आज बिहान दुई हजार मिटरसम्म भिजिविलिटी रहेको छ । यो चार हजार मिटरसम्म पुग्ने अनुमान छ । यो हेलिकोप्टर उडान सम्मलाई पुग्ने भिजिविलिटी हो । हवाईजहाज भने १५ सय मिटरको भिजिविलिटीमै उड्न सक्छन्… Continue reading खुल्दैछ काठमाडौंको आकास, तुवाँलो भने अझै रहने
ललितपुरमा बर्डफ्लू पुष्टी
ललितपुर । ललितपुरमा बर्डफ्लू पुष्टी भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा कृषकले पालेका पन्क्षीमा बर्ड फ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । नख्खुमा हाँस, कुखुरा तथा बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टी भएको हो । भारतमा बढ्दो यो रोगको संक्रमण नेपालमा समेत फाट्टफुट्ट देखिएको छ ।… Continue reading ललितपुरमा बर्डफ्लू पुष्टी
‘मौसममा तत्काल सुधारको सम्भावना छैन’
काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानको आकास धुलाम्य छ । तुवाँलोले आकाश ढाकेको छ । तर, यो प्रदुषणसहितको तुवाँलो तत्काल नहट्ने भएको छ । जल तथा मौसम विभागले आगामी तीन दिनको मौसमी विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । वायुमण्डल स्थिर अवस्थामा रहिरहने छ, जसले गर्दा तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने… Continue reading ‘मौसममा तत्काल सुधारको सम्भावना छैन’
भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान
काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई कोरोनाभाइरस विरूद्धको एक लाख डोज खोप दिएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार खोप आइतबार काठमाडौं आएको हो । सेनाले कोभिड १९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यसहित भारतीय सेनाबाट नेपाली सेनालाई भ्याक्सिन प्राप्त भएको जनाएको छ । भ्याक्सिनको औपचारिक हस्तान्तरण भने केही दिनपछि हुने छ । भारत सरकारले नेपाल… Continue reading भारतीय सेनाद्धारा नेपाली सेनालाई १ लाख डोज खोप प्रदान
कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?
काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाश छोपिएको छ । बाक्लो तुवाँलोका कारण भिजिविलिटी कम भएको छ । यसले हवाई उडानमा प्रभाव पारेको छ । मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखिएको छ । बाक्लो धुँवासहितको यो तुवाँलोले मानिसहरुलाई अत्याएको बेला जल तथा मौसम विज्ञान विभागले तुवाँलो हट्न अझै केही दिन लाग्ने बताएको छ । नेपालका धेरैजसो… Continue reading कहिले हट्छ काठमाडौंको आकासमा लागेको तुवाँलो ?
भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो
काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतक भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । यससँगै यो घटनाको अनुसन्धानमा थप प्रमाण प्राप्त भएको प्रहरीको भनाई छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको प्रहरीले जनाएको छ । नेपाली संचारमाध्यमले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका उदृत गर्दै… Continue reading भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो
भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट
काठमाडौं । भारत सरकारले कोरोना खोपको निर्यात रोक्ने निर्णय गरेको छ । भारतमा बढ्दो संक्रमण र ठूलो जनसंख्यार्मा एक साथ खोप वितरण गर्नुपर्ने भएसँगै भारतले केही समयका लागि खोपको निर्यात रोक्ने निर्णय लिएको हो । यसबाट नेपालमा खोपको आपूर्ति प्रभावित हुने भएको छ । नेपालले भारतसँग खरीद गरेको १० लाख डोज खोप अझै नेपाल आएको… Continue reading भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट
नेपालले पनि अब इ-पासपोर्ट बाड्ने
काठमाडौं । नेपालले अब इ-पासपोर्ट वितरण गर्ने भएको छ । अहिले नेपालमा मेसिन रिडएबल पासपोर्ट (एमआरपी) प्रचलनमा रहेको छ । एमआरपीलाई समेत विस्थापित गरी अब इ-पासपोर्टमा जान लागेको राहदानी विभागले जनाएको छ , विभागले अतिआवश्यक नपरेसम्म एमआरपी नबनाउन समेत आग्रह गरेको छ । आगामी सेप्टेम्बरबाट नेपालमा इपासपोर्ट प्रचलनमा आउने भएको हो । विभागले इ-पासपोर्ट छाप्ने… Continue reading नेपालले पनि अब इ-पासपोर्ट बाड्ने
समातेको बाघ भागेपछि बाँके राष्ट्रिय निकुञ्जमा बढ्यो जोखिम
बाँके । मान्छे माथि आक्रमण गरी आतंक फैलाएको बाघ समातेको केही दिनमै खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुन्जमा जोखिम बढेको छ । खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि निकुन्जमा उच्च सतर्कता अपनाइएको निकुन्ज प्रशासनलाई उदृत गर्दै राससले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती… Continue reading समातेको बाघ भागेपछि बाँके राष्ट्रिय निकुञ्जमा बढ्यो जोखिम
काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान
काठमाडौं । प्रशासनले काठमाडौं उपत्यकामा मास्क अनिवार्य गरेको छ । कोरोना भाइरसको बढ्दो महामारीलाई ख्याल गर्दै मास्क अनिवार्य रुपमा लगाउन उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेका छन् । प्रशासनले भिडभाड नगर्न र होली पर्व समेत घरमा मात्र मनाउन समेत भनेको छ । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड १९… Continue reading काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होली घरमै मनाउन आह्वान
चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने
काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप लिन नेपाल वायुसेवा निगमको जहाज बेइजिङजाने भएको छ । निगमको वाइड बडी ए ३३० जहाज १५ चैतमा चीन जान लागेको हो । बेइजिङबाट कोरोना खोप लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने भएको छ । सरकारले १ चैतको मन्त्रिपरिषद्को बैठकबाट मित्रराष्ट्र चीनबाट… Continue reading चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने
पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने
काठमाडौं । भूकम्पपछि सरकारी अनुदानमा पुनर्निर्माण भएका निजी आवासमा अब थप संरचना बनाउन पाइने भएको छ । अहिलेको मुल संरचनालाई आधार मानेर घरको दायाँ–बायाँ वा अगाडि–पछाडि भूकम्प प्रतिरोधी संरचना थप गर्न सकिने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यविधि बनाएको छ । कार्यविधि प्राधिकरणको कार्यकारी समितिबाट पारित भएपछि कार्यान्वयनमा जाने प्राधिकरणका सिइओ सुशील ज्ञवालीले जनाएका छन् ।… Continue reading पुनर्निर्माण भएका घरमा थप संरचना बनाउन पाइने
नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति
काठमाडौं । नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले अनुमति पाएको छ । अघिल्लो शुक्रबार नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिन नेपाल ल्याउन निजी कम्पनीले अनुमति पाएको हो । भारत बायोटेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप आयात गर्न औषधि व्यवस्था विभागबाट अनुमति पाएको हो । अनुमति पाएसँगै करीव दुई सातामा यो… Continue reading नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले पायो अनुमति
फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढेको हुनाले भीडभाड नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै कोरोना त्रास बढेकाले सभा, जुलस, भेला, र्याली, बैठक, सेमिनार तथा जमघटमा नर्गन अनुरोध गरेको हो । पछिल्लो समय भारत लगायतका देशमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा समेत संक्रमण फैलिने… Continue reading फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने
ललितपुर । ललितपुर महानगरपालिका भित्र अब पम्प्लेट तथा पोस्टरहरु टास्न नपाइने भएको छ । सहरलाई सुन्दर र सफा बनाउन यस्तो अभियान चलाइएको महानगरपालिकाले जनाएको छ । घर र पर्खालका भित्ता, टेलिफोन, बिजुलीको खम्बामा पम्प्लेट र पोष्टर टाँस्न पाइने छैन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले खम्बामा टाँसिएका पम्प्लेट, पोष्टर उप्काएर शुक्रबार यस अभियानको प्रारम्भ गरेका… Continue reading ललितपुर महानगरभित्र पम्प्लेट र पोष्टर टाँस्न नपाइने
भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति
काठमाडौं । भारत बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति मिलेको छ । यो खोपलाई नेपालमा आकस्मिक प्रयोगको अनुमति दिइएको हो । आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हो । कम्पनीले सबै प्रक्रिया पूरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा विभागले… Continue reading भारत बायोटेकको खोपलाई नेपालमा प्रयोगको अनुमति