Category: विज्ञान प्रविधि

  • रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

    रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले रोके सेवा

    काठमाडौं । रुसमा अन्तर्राष्ट्रिय संचारमाध्यमले आफ्नो प्रसारण रोकेका छन् । बीबीसी, सीएनएन, ब्लुमबर्ग, सीबीएस न्यूज र एबीसी न्यूजले रुसमा आफ्नो सेवा निलम्बन गर्ने निर्णय गरेको बीबीसीले लेखेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको नयाँ कानुनले युक्रेनमा जारी युद्धको बारेमा मिथ्या समाचारहरु फैलाएको अभियोगमा मानिसहरूलाई १५ वर्षसम्म जेल सजाय दिनेछ। कानुन लागु भएपछि रुसमा स्वतन्त्र रिपोर्टिङ बन्द गरिने सम्भावना छ।

    त्यहाँ समाचार संस्थाहरूलाई युक्रेनमा जारी द्वन्द्वलाई युद्ध भनेर उल्लेख गर्न अनुमति दिइएको छैन। सीबीएसका प्रवक्ताले प्रसारण नगर्ने जानकारी दिँदै भनेका छन्, हामीले नयाँ मिडिया कानुनलाई मध्यनजर गर्दै हाम्रो समूहको परिस्थितिको निगरानी गरिरहेका छौँ। एबीसीले पनि सेवा रोक्ने निर्णय नयाँ कानुनमा आधारित भएको बताउँदै भनेको छ, स्थितिको मूल्याङ्कन गर्न र रुसमा हाम्रा समूहहरूको सुरक्षामा यसले कस्तो अर्थ राख्छ भनेर निर्धारण गर्न आवश्यक छ।

    यसअघि शुक्रवार बीबीसी, सीएनएन र ब्लुमबर्गले रुसभित्रको सेवाहरू निलम्बन गरेको थियो। रुसको सञ्चार नियामक निकायले फेसबुक, ट्विटर, यूट्यूब र अन्य स्वतन्त्र स्थानीय सञ्चारमाध्यमहरूमा पहुँचमा पनि रोक लगाएको छ।

  • नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण

    नेपाली चिकित्सकहरुलाई ठूलो सफलता, पहिलो पटक बीना अप्रेसन मुटुको भल्भ प्रत्यारोपण

    काठमाडौं । नेपाली चिकित्सकहरुले ठूलो सफलता पाएका छन् । नेपालमा पहिलो पटक बीना अप्रेसन मुटुको कृत्रिम भल्भको सफल प्रत्यारोपण गरिएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्भ राखिएको छ । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्भ साँधुरो भएपछि भल्भको ठाउँमा नयाँ कृत्रिम भल्भ राखिएको जानकारी गराएका छन् ।

    उनका अनुसार नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेशन (टीएभीआई) विधिबाट महिलाको सफलतापूर्वक भल्भको प्रत्यारोपण गरिएको हो । यसविधि अनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरद्वारा मानवनिर्मित भल्भ मुटुभित्र छिराइ रोग भएको एओर्टिक भल्भको ठाउँमा प्रत्यारोपण गरिन्छ ।

    प्रत्यारोपण भएको भल्भले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने चिकित्सकको भनाई छ । केन्द्रले बिरामी महिलाको सोमवार भल्भ प्रत्यारोपण गरि शुक्रबार नै डिस्चार्ज दिएको छ । मुटुको एओर्टिक भल्भ साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्छ ।

    एओर्टिक भल्भ वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज भएको भल्भ नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा नै कृत्रिम भल्भको सफल प्रत्यरोपण गरेपछि अब भल्भ परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महँगो खर्च गरेर जान नपर्ने भएको केन्द्रका निर्देशक डा. अधिकारीलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । कृत्रिम भल्भ नेदरल्यान्डबाट भित्राइएको हो । सन् २००२ देखि यस किसिमको कृत्रिम भल्भ फ्रान्समा पहिलो पटक गरिएको थियो ।

  • बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन

    बेनामे चन्दादाताबाट युक्रेनलाई दिईदैंछ अर्बौको बिटकोइन

    काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन्। बीबीसीका अनुसार अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन्।

    अहिलेसम्म ४,००० भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख अमेरिकी डलर बराबर बिटकोइन सहयोग दिएका छन्। धेरैले भने ९५ अमेरिकी डलर वरपर चन्दा दिएका छन्। शनिवार दिउँसो युक्रेन सरकारले आधिकारिक ट्विटरमा लेखेको सन्देश यस्तो थियो, ‘युक्रेनको नागरिकलाई साथ दिनूस्। अब क्रिप्टोकरेन्सी चन्दा लिन थाल्यौँ।’

    सो ट्टिटरमा क्रिप्टोकरेन्सी ठेगाना राखिएको थियो, जसमा आठ घण्टामा ५४ लाख अमेरिकी डलर बराबर रकम जम्मा भएको थियो। युक्रेनी डिजिटल मन्त्रालयले युक्रेनको सशस्त्र सेनालाई सघाउन सहयोग मागिएको बताए पनि त्यो पैसा कसरी खर्च हुन्छ भनेको छैन।

  • सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

    सोमबार समेत मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । सोमबार समेत नेपालको पहाडी भेगमा मेघगर्जनसहित पानी पर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार जस्तै साँझबाट पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । आइतबार पोखरामा भीषण असिना पानी परेको थियो । पछिल्लो मौसमी प्रणालीको प्रभाव मंगलबारबाट हट्ने छ ।

    बुधबार भने पुनः पानी पार्ने अर्को प्रणाली भित्रने सम्भावना छ । त्यसपछि बुधवार र बिहीवार देशका धेरै ठाउँमा पानी पर्नेछ । तराईका जिल्ला बाहेक अन्य क्षेत्रमा बुधवार र बिहीवार वर्षाको सम्भावना छ । उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । अहिले पूर्वी क्षेत्र बाहेक अन्य ठाउँको मौसम सामान्यतया सफा रहेको छ ।

  • पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

    पोखरामा भीषण असिना-पानी, डोजर लगाएर सडक सफा गरियो

    पोखरा । नेपाल को पर्यटकीय नगरी पोखरामा भीषण असिना पानी वर्षिएको छ । बाक्लो असिनासहितको पानीका कारण पोखराको सडकमा असिना थुप्रिएको थियो । सो असिना अटाउन डोजको प्रयोग गर्नुपरेको छ । स्थानीयका अनुसार पोखरामा यती भयानक असिना परेको अनुभव यसअघि भएको थिएन । असिना पानीका कारण पोखरामा आइतबार दिउँसो सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चोक, रानिपैवा भागमा असिनाले सडक ढोको थियो ।

    सवारीसाधन रोकिनुका साथै बाटो हिड्नेलाई समेत अवरोध सिर्जना भएको थियो । अचानक परेको असिना पानीले धेरैलाई प्रभावित बनाएको थियो । असिना पानिले पोखरा महानगर क्षेत्रका कृषकको तरकारी, आलु, फलफुल, तोरी, गहुँ लगायतका अन्नबालीमा क्षति पुगेको बताइएको छ । यसले मौसमी तरकारीलाई ठूलो क्षती गरेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पानीसहित असिना परिरहेको मौसमविद्ले जनाएका छन् ।

  • शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम

    शुरु भयो चट्याङ्ग र मेघगर्जनको याम

    काठमाडौं । नेपालमा चट्याङ्ग र मेघगर्जनसहित हावाहुरी चल्ने याम शुरु भएको छ । आइतबार पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हो ।

    आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको छ । अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली भएको छ भने तराईका जिल्लामा हुस्सु र कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभाव कायमै रहने भएकाले भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र वर्षा हुनसक्ने अनुमान छ । मौसमविद्ले चट्याङ्गको सम्भावना रहेकाले खेतीपातीको काम गर्दा ध्यान दिन आग्रह गरेका छन् ।

  • नेपालमा तयार भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट

    नेपालमा तयार भयो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट

    काठमाडौं । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको छ । भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट हुने भएको हो । थाइल्याण्डबाट एरो थाइले ल्याएको विमानबाट आगामी एक हप्तासम्म भैरहवा क्षेत्रको आकासमा उडान गरि विमानस्थलको परीक्षण हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । जडान भएका उपकरणहरुले काम गरे÷नगरेको जाँच गर्न थाइल्याण्डबाट बिहीबार एरो थाइको जहाज नेपाल आएको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मुकुन्द मिश्रका अनुसार आगामी एक सातासम्म हरेक दिनजसो यो जहाज भैरहवाको आकासमा उड्ने भएको हो । जसले यहाँ जडान भएका हरेक उपकरणले विमानस्थल सञ्चालनका दौरान काम गरे, नगरेको परीक्षण गर्नेछ । जहाजमा कुल ७ जना अट्छन् । जसमा २ जना पाइलट हुन्छन् । क्यालिब्रेसन उडानमार्फत एयर ट्राफिक कन्ट्रोल टावरमार्फत कम्यूनिकेसन प्रणालीबारे परीक्षण हुनेछ । तालिका अनुसार शुक्रबार प्राधिकरण र क्यालिब्रेसन गर्ने टीमबीच ब्रिफिङ हुनेछ । त्यसपछि भने उडान सुरु हुनेछ ।

    जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसअगाडि २३ फेब्रुअरीका दिन सबै क्रु मेम्बर र प्राविधिकहरुको आरामका लागि बिदा दिइएको छ । त्यसबाहेक १८ फेब्रुअरीदेखि २७ सम्म हरेक दिनजसो जहाजले उपकरणहरुको जाँच गर्नेछ । खासगरी नयाँ विमानस्थल बनेपछि उडान रुटहरु निर्धारण गर्न, सञ्चार उपकरणको परीक्षण गर्न यस्तो उडान अनिवार्य गरिएको हुन्छ ।

    एरो थाइको जहाज २८ फेब्रुअरीमा थाइल्याण्ड फर्कने छ । त्यसपछिको १५ दिनमा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रिर्पोट बुझाउने छ । यस्तो रिर्पोट आएपछि भने नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो जहाजबाट परीक्षण उडान गर्न सक्नेछ । नेपालमा २००६ सालमा त्रिभुवन विमानस्थल बनेयता पहिलो पटक दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो ।

  • आजबाट शुक्रबारसम्म मौसम प्रतिकुल बन्दै, यस्तो छ प्रक्षेपण

    आजबाट शुक्रबारसम्म मौसम प्रतिकुल बन्दै, यस्तो छ प्रक्षेपण

    काठमाडौं । नेपालमा आजबाट मौसमः पुनः प्रतिकुल बन्ने भएको छ । देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना देखिएको छ । देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

    बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना हुने भएको छ । उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने छ । बुधबार दिउँसो सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना छ । सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ ।

    बाग्मती प्रदेश तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। राती सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत बागमती र प्रदेश नं १ को पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली तथा बाकी भूभागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश नं १ का पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय

    काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्न जहाज आउने मिति तय भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार ५ फागुनमा जहाज नेपाल आउने भएको छ । यो उडानमार्फत विमानस्थलको यान्त्रिक परीक्षण हुने छ । क्यालिब्रेसन उडानबाट विमानस्थलको सञ्चालनमा जडान उपकरणहरुले काम गरे÷नगरेको हेरिने छ । त्यसपछि विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजबाट परीक्षण उडान हुन्छ । त्यसपश्चात भने यो विमानस्थल व्यवसायिक उडानमा योग्य बन्ने छ ।

    गौतमबुद्ध विमानस्थलमा उपकरण जडानसहति प्राविधिक कामको जिम्मेजारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई)ले पाएको छ । जहाज ल्याउने र क्यालिब्रसन उडान गर्ने जिम्मेवारी समेत सोही कम्पनीको हो । भैरहवामा ३ हजार मिटर लम्बाई र ६० मिटर चौडाईको विमानस्थल बनेको छ ।

  • काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै

    काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा सोमबारबाट दिइँदै

    काठमाडौं । काठमाडौँ महानगरपालिकामा माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गरिने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउन सूचना जारी गरेको हो । कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ः०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

    यसरी खोप लगाउन कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि कामपाले आग्रह गरेको छ ।

  • आजबाट मौसममा सुधार, घाम लाग्ने

    आजबाट मौसममा सुधार, घाम लाग्ने

    काठमाडौं । नेपालमा एक साता लामो वर्षा र हिमपात थामिएसँगै आइतबारबाट मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहने सम्भावना छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर वर्षा भएको थियो । सो मौसमी प्रभाव कम भएसँगै आकास खुलेको हो ।

    मौसमी प्रणालीमा सुधार भएपछि हिमपात र वर्षा कम हुने महाशाखाले जनाएको छ । अब तापत्रमm बढ्ने अनुमान गरिएको छ । यसबीचमा उच्च हिमाली भेगमा माइतस १५ डिग्रीसम्म तापक्रम घटेको छ । महाशाखाका अनुसार आइतबार दिउँसो पनि मौसम सफा नै रहनेछ । राति प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य हुने सम्भावना छ ।

  • मौसममा आइतबारबाट मात्र सुधार

    मौसममा आइतबारबाट मात्र सुधार

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार समेत देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।

    अपरान्हपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने बताइएको छ । प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तरराष्ट्रिय दुबै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको छ । महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

    प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

    तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ । भोलि आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

  • टावर नजिकै चट्याङ पर्दा भैरहवा विमानस्थल बन्द

    टावर नजिकै चट्याङ पर्दा भैरहवा विमानस्थल बन्द

    रुपन्देही । वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि गौतमबुद्ध विमानस्थल बन्द भएको छ । विमानस्थल प्रशासनका अनुसार  शुक्रवार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो । साथै टावरको तार चुडिएको र रनवेकाे पीएपीआई लाइट बिग्रेका कारण विमानस्थल बन्द गरिएको हो ।
    विमानस्थल बन्द भएपछि विमानस्थलबाट काठमडाै जान पर्खेका यात्रु र यहाँ आउने यात्रुहरू समस्यामा परेका छन् । मर्मतपछि शनिवारदेखि मात्रै सञ्चालनमा आउनेछ । शुक्रबार मौसमका कारण देशभरको उडान प्रभावित बनेको छ ।

  • देशभर वर्षा र हिमपातले बढायो चिसो

    देशभर वर्षा र हिमपातले बढायो चिसो

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेको छ । यसबाट भएको हिमपातले देशैभर चिसो बढेको छ । बाक्लो हुस्सुका कारण हवाई यात्रा समेत प्रभावित बनेको छ । आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वागमती प्रदेशका केही स्थानमा मेघ गर्जनरचटयाङसहित वर्षा हुनेछ। अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाई छ । उच्च पहाडी तथा हिमाली भू(भागका अधिकांश स्थानमा हल्का हिमपातको सम्भावना छ।

    चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। शुक्रबार देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रही देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन चट्याङरअसिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

  • खोप अभियानको सफलताका लागि डब्लूएचओले नेपाललाई दियो बधाई

    खोप अभियानको सफलताका लागि डब्लूएचओले नेपाललाई दियो बधाई

    काठमाडौं । नेपालमा संचालन भएको कोभिड–१९ विरुद्धको खोप अभियानमा प्राप्त सफलताका लागि विश्व स्वास्थ्य संगठनले नेपाललाई बधाई दिएको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिमा पूर्ण खोप दिएसँगै नेपालले खोप अभियानमा कोशेढुङ्गा पार गरेको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई दिएको हो ।

    ‘सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ’, डब्ल्युएचओ नेपालले ट्विटरमामा भनेको छ । नेपाल सरकारले चैतसम्म १८ वर्षमाथिका शतप्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य लिएको छ ।

  • फेसबुकलाई खतराको घण्टी, १८ वर्षमा पहिलो पटक दैनिक प्रयोगकर्ता घटे

    फेसबुकलाई खतराको घण्टी, १८ वर्षमा पहिलो पटक दैनिक प्रयोगकर्ता घटे

    न्यूयोर्क । विश्वको अग्रणी सामाजिक सञ्जाल फेसबुकलाई टाउको दुखाउने एक खबर बिहीबार सार्वजनिक भएको छ । खबर अनुसार फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ। फेसबुकको माउ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो। त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ९३ करोड थियो।

    मेटाले टिकटक र यूट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लग्दा आफ्नो आम्दानी कम हुनसक्ने चेतावनी समेत दिएको बीबीसीले उल्लेख गरेको छ। उक्त विवरण आएको केही घण्टापछि न्यूयोर्कमा मेटाको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले घटेको थियो। उक्त गिरावटले कम्पनीको मूल्यमा करिब २०० अर्ब डलर ह्रास आएको छ। ट्विटर, स्न्यापच्याट र पिनट्रिस्टको मूल्य पनि खस्किएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले कम्पनीको विस्तारमा बाधा पुग्नुको कारण प्रतिस्पर्धी माध्यमहरूमा युवाहरूको आकर्षण बढ्नु भएको बताएका छन् ।

    गुगलपछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्ल्याटफर्मको स्वामित्व मेटामा रहेको छ। उसले एपलको अपरेटिङ सिस्टमले लागु गरेका गोपनीयतासम्बन्धी परिवर्तनहरूले पनि आफूलाई प्रभाव पारेको जनाएको छ। एपलको परिवर्तनले ब्रान्डहरूलाई आफ्ना लक्षित समुदाय पहिचान गर्न एवम् फेसबुक र इन्स्टाग्राममा गरिएका आफ्ना विज्ञापनको मापन गर्न गाह्रो बनाएको थियो।

    मेटाको कूल आम्दानीको अधिकांश हिस्सा विज्ञापनबाट आउँछ र त्यो उक्त अवधिमा बजारको अनुमानभन्दा विपरित ३३ अर्ब ६७ करोड डलर पुगेको थियो। आगामी त्रैमासिकमा सो आम्दानी २७ अर्ब डलरदेखि २९ अर्ब डलरको बीचमा हुने र त्यो विज्ञहरूले अपेक्षा गरेभन्दा कम रहेको बताइन्छ। मेटाले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्व रहेको टिकटकसँग प्रतिस्पर्धा गर्न भिडिओमा लगानी गरिरहेको छ।

  • आजबाट पुनः प्रतिकुल बन्दै मौसम, यस्तो छ पूर्वानुमान

    आजबाट पुनः प्रतिकुल बन्दै मौसम, यस्तो छ पूर्वानुमान

    काठमाडौं । नेपालमा आजबाट मौसम पुनः प्रतिकुल बन्ने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिबारसम्म बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ । यस अवधिमा बदलीसँगै असिनासहितको वर्षा र हिमपातको सम्भावना छ । यसले हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना रहेको विभागको भनाई छ ।

    आइतबारदेखि भने यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक सुधार हुने छ । बुधबार रातिदेखि सुदूरपश्चिम प्रदेशबाट यो प्रणाली भित्रिने छ । यसको बढी असर काठमाडौं उपत्यकामा बिहीबार रातिदेखि देखिने छ । शुक्रबार दिनभर घाम लाग्ने छैन । ‘काठमाडौं उपत्यकाको हकमा शुक्रबार धुम्म हुन्छ, वर्षा हुन्छ, कतैकतै भारी वर्षा पनि हुन सक्ने सम्भावना छ । शनिबार दिउँसोदेखि भने सुदूरपश्चिम क्षेत्रको आकाश विस्तारै खुल्ने छ ।

  • ब्राजिलमा विनासकारी बाढी, कम्तिमा २४ को मृत्यु

    ब्राजिलमा विनासकारी बाढी, कम्तिमा २४ को मृत्यु

    साओपाओलो । ब्राजिलमा यो साता आएको विनासकारी बाढी र पहिरोमा परी कम्तिमा २४ जना मारिएको खबर सार्वजनिक भएको छ । ब्राजिलमा पछिल्लो दुई दिनयता वर्षासँगै बाढी र पहिरोको प्रकोप बढेको छ । यसले कम्तीमा २४ जनाको ज्यान गइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । धेरै मानिस विस्थापित भएका छन् ।

    ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित भएको छ । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले २४ जना नागरिकको ज्यान गएको पुष्टि गरेका छन् । यो संख्या अझै बढ्न सक्ने उनले बताए । भारी वर्षाका कारण उद्धारमा कठिनाई भइरहेको छ । बाढीपछि राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ । सडक पहिरोले बगाएका कारण यातायात अवरुद्ध भएको छ ।

  • आजबाट मौसममा सुधार, तापक्रम बढ्ने

    आजबाट मौसममा सुधार, तापक्रम बढ्ने

    काठमाडौं । पछिल्लो दुई साता लगातार प्रतिकुल बनेको मौसम शनिबारबाट केही सुधार हुने अपेक्षा गरिएको छ । काठमाडौं उपत्यका, तराई र पहाडी भेगका धेरैजसो क्षेत्रमा दुई सातादेखि खुलेर घाम लागेको छैन । धुम्मिएको मौसममा शनिबारबाट सुधार देखिने मोसम पूर्वानुमान महाशाखाको भनाई छ । न्यून चापीय प्रणालीको प्रभाव हिजोदेखि नै कम हुन थालेको र आजदेखि थप सुधार हुँदै जाने अनमाुन छ । मौसम पूर्णरुपमा खुल्न भने केही दिन लाग्नेछ । पानी परेपछि मात्रै मौसम पूर्णरुपमा खुल्ने सम्भावना हुन्छ । तर, तत्काल पानी पार्ने कुनै प्रणाली भने सक्रिय छैन । घाम लाग्दा तापक्रम बढ्ने छ ।

  • नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

    नेपालमा अझै ७३ लाख खोप स्टक, कतिले लगाए ?

    काठमाडौं । नेपालमा ७३ लाख मात्रा भन्दा खोप भण्डार केन्द्रमा स्टक रहेको सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका अनुसार सरकारसँग ७३ लाख ३५ हजार ४०० मात्रा खोप सबै प्रदेशका भण्डारण केन्द्रमा स्टक छ । खोप लगाउन आवश्यक पर्ने ६१ लाख ६८ हजार सिरिन्ज समेत सरकारसँग स्टक रहेका कारण तत्काल नेपालमा खोप अभाव नहुने सरकारको भनाई छ ।

    महाशाखाका अनुसार भेरोसेल छ लाख ११ हजार ३८२ मात्रा, जोन्सन एण्ड जोन्सन ६ लाख ३२ हजार २ सय, अस्ट्राजेनेका १३ लाख १९ हजार, कोभिसिल्ड २५ लाख ४३ हजार ३१० मात्रा, फाइजर तीन लाख ५२ हजार ९६८ र मोडर्ना १८ लाख ७६ हजार ५४० मात्रा स्टमा रछ । नेपालमा पहिलो पटक भारतबाट अनुदानमा गत वर्ष माघ ८ गते खोप आएको थियो। अहिलेसम्म नेपालमा खरिद, अनुदान र कोभ्याक्स सुविधा अन्तर्गत खोप प्राप्त भएको छ।

    खरिद गरिएको एक करोड २० लाख, विभिन्न दातृ निकायबाट अनुदानमार्फत् प्राप्त गरेको ५४ लाख ६२ हजार ७२०, कोभ्याक्समार्फत खरिद गरिएको ७५ लाख ९७ हजार २००, कोभ्याक्समार्फत् अनुदानमा प्राप्त रहेको एक करोड दुई लाख ३६ हजार १२०, कोभ्याक्सको एएमसीमार्फत् प्राप्त भएको आठ लाख ७२ हजार ६०० गरी नेपालले अहिलेसम्म चार करोड ३३ लाख ६८ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ।

    नेपालमा कोभिसिल्ड ९४ लाख ८७ हजार, भेरोसेल एक करोड ९७ लाख ३६ हजार ४००, जान्सन एण्ड जान्सन ३७ लाख ११ हजार ५००, अस्ट्राजेनेका, ४३ लाख ५६ हजार ५६०, फाइजर सात लाख ६५ हजार १८०, मोर्डना ५३ लाख १२ मात्रा खोप नेपालले प्राप्त गरेको छ । नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ।

    सरकारले गत वर्ष माघ १४ गते अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिलाई खोप दिएर खोप अभियान सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गरेदेखि अहिलेसम्म तीन करोड ६ लाख चार हजार १५२ मात्रा खोप लगाइसकेको छ ।
    एक करोड ६४ लाख ७४ हजार ५१४ ले एकमात्रा र एक करोड ३८ लाख ३३ हजार ६२९ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। कुल जनसंख्याको ५४.२ प्रतिशतले एक मात्रा र ४५.५ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

  • इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान

    इलोन मस्कको रकेट चन्द्रमामा ठोक्किन सक्ने अनुमान

    काठमाडौं । इलोन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनीले प्रक्षेपण गरेको एउटा रकेट चन्द्रमामा ठोक्किएर विस्फोट हुने अनुमान गरिएको छ । फाल्कोन ९ बूस्टर नाम दिइएको उक्त रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । आफ्नो लक्ष्य पूरा गरेपछि पुनः पृथ्वीमा फर्कन आवश्यक इन्धन अभाव भएपछि यो रकेट अन्तरिक्षमै रहेको थियो । खगोलास्त्री जोनाथन म्याकडोवेललाई उदृत गर्दै बीबीसीले लेखे अनुसार चन्द्रमामा अनियन्त्रित रूपमा रकेट बज्रिन पुग्ने अहिलेसम्मकै यो पहिलो ज्ञात घटना हुनेछ। तर यसको असर ठूलो नहुने उनको भनाई छ ।

    अन्तरिक्षमा मौसमसम्बन्धी भूउपग्रह पठाउने कामको सुरुवातका लागि प्रक्षेपण भएको यो रकेट आफ्नो लक्ष्य पूरा भएपछि सात वर्षदेखि पृथ्वीको उच्च कक्षमा अलपत्र थियो। भविष्यमा अन्य ग्रहहरूमा पनि मानव बस्ती बसाउने मस्कको व्यापारिक अन्तरिक्ष अन्वेषण कार्यक्रम स्पेस एक्सकै एउटा कामका लागि यो रकेट पठाइएको थियो। सन् २०१५ यता उक्त रकेटलाई पृथ्वी, चन्द्रमा र सूर्यका फरक फरक गुरुत्वाकर्षण शक्तिले तानेर राखेका थिए।

    अमेरिकाको हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापक म्याकडोवेल फरक फरक गुरुत्वाकर्षण शक्तिका कारण यसले तय गर्ने बाटो ‘विश्रृङ्खल’ भएको बताउँछन्। आफ्नो लक्ष्य पूरा गरेपछि पृथ्वीमा फर्कन आवश्यक ऊर्जा नभएका कारण अन्तरिक्षमै छोडिएका उपकरणहरूका लाखौँ अन्तरिक्ष फोहोरहरूकै रूपमा यो रकेट पनि रहेको थियो। फाल्कोन ९ को सम्भावित दुर्घटनाबारे पत्रकार एरिक बर्जरले सबैभन्दा पहिले अन्तरिक्षसम्बन्धी वेबसाइट आर्स टेक्निकामा र तथ्याङ्क विश्लेषक बिल ग्रेले आफ्नो ब्लगमा उल्लेख गरेका थिए।

    यो रकेट आगामी मार्च ४ मा चन्द्रमाको सतहमा पुगेर ठक्कर खाएपछि विस्फोट हुनेछ। रकेटले चन्द्रमाको सतहमा एउटा सानो खाडल बनाउनेछ। सफ्टवेयरको प्रयोगबाट पृथ्वी नजिकका अन्तरिक्ष उपकरणहरू निगरानी गर्दै आएका बिल ग्रेका अनुसार यो रकेट ज्यानुअरी ५ मा पृथ्वीको नजिकैबाट झरेको थियो। उनका अनुसार यो मार्च ४ मा चन्द्रमाको पल्लो छेउमा बज्रनेछ।

  • त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

    त्रिवि अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने

    काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा फ्रन्ट लाइनमा खटिने कर्मचारीले कार्यालय समयमा मोवाइल चलाउन नपाउने भएका छन् । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएको छ । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न पाउने छन् ।

    उक्त कार्य भए, नभएको भने वरिष्ठ अध्यागमन अधिकृतले अनुगमन गर्नेछन् । मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने गरी सूचना जारी गरिएको हो । अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतको जानकारीमा ल्याई स्वीकृति भएपछि मात्र प्योग गर्न पाइने भएको छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्नु पर्ने भएको छ ।

    प्रशासनले कर्मचारीलाई अफिसियल सिम र मोबाइलको व्यवस्था मिलाउने र अध्यागमन डेस्क अफिसरबाहेकका कर्मचारीले भने अध्यागमनको काम कारवाहीलाई नियमन गर्न व्यक्तिगत तथा सरकारी फोन प्रयोग गर्न सक्ने गरि निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ

  • तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर

    तीन महिनामा एप्पलले कमायो १२३.९ बिलियन डलर

    काठमाडौं । एप्पल कम्पनीको बिक्री बढेको छ । अक्टोबर र डिसेम्बरको बीचमा एप्पलको बिक्री ११ प्रतिशतले बढेको हो ।

    माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा बिक्री बढेको अनुमान गरिएको छ । अमेरिकी सञ्चार माध्यमका अनुसार गएको तीन महिनामा मात्रै १२३.९ बिलियन कमाई गरेको छ ।

    बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो लागेकोले कम्पनीले प्राप्त गरेको वृद्धिलाई निरन्तरता दिने बताइएको छ ।

    कोरोना महामारीका बेला मानिसहरूले अनलाइनमा बढी समय बिताएको कारण एप्पलको बिक्री बढेको हो ।

    विज्ञहरूले गत वर्ष चेतावनी दिएका थिए कि माइक्रोचिपको विश्वव्यापी अभावले एप्पलको बिक्रीलाई असर गर्न सक्छ ।

    तर, बिहीबार कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई त्रैमासिक तथ्यांकको बारेमा जानकारी गराएको छ । जुन तथ्यांकले कम्पनी यो संकटबाट जोगिएको देखाउँछ ।

    एप्पलको उत्पादन ‘म्याक’को बिक्री १२ प्रतिशत र ‘आईफोन’को बिक्री ९ प्रतिशतले बढेको छ।

    विज्ञहरूले आइप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने र यही उत्पादनको मात्रै बिक्री १४ प्रतिशतले घटेको अनुमान गरेका थिए ।

    यो अवधिमा कम्पनीले आईफोन १३ बाट ७१ अर्ब ६० करोड डलर राजस्व पाएको छ।

    कम्पनीको सेवा युनिटहरु एप्पल पे, एप स्टोर र टिभी स्ट्रिमिङ सर्भिसतर्फको राजस्व समेत २३ प्रतिशतले बढेको छ।

    आईप्याडको बिक्री भने १४ प्रतिशतले घटेको छ। चीनमा एप्पलको बिक्री २० प्रतिशतले बढेको पाइएको छ। एप्पलले जनाएअनुसार नाफा २० प्रतिशतले बढेर ३४ अर्ब ६० करोड डलर पुगेको छ।

    कम्पनीका १ अर्ब ८० करोड सक्रिय डिभाइसहरु बजारमा रहेका छन्।

  • टोङ्गामा ज्वालामुखीले क्षतविक्षत समुन्द्रमुनीको ५० हजार किलोमिटर इन्टरनेट केबल कसरी जोडिदैंछ ?

    टोङ्गामा ज्वालामुखीले क्षतविक्षत समुन्द्रमुनीको ५० हजार किलोमिटर इन्टरनेट केबल कसरी जोडिदैंछ ?

    काठमाडौं । अघिल्लो साता टोङ्गामा एक शक्तिशाली ज्वालामुखी विस्फोट भयो । जसका कारण दक्षिण प्रशान्त क्षेत्रको टापु राष्ट्र टोङ्गालाई बाँकी विश्वसँग जोड्न समुद्रमुनि बिछ्याइएको फाइबर(अप्टिक तार चुँडिएको छ। न्यूजील्यान्डको विदेश मन्त्रालयले महासागरमुनि ४९,८८९ किलोमिटर लामो तार मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने बताइसकेको छ ।

    बीबीसीका अनुसार समुद्रमुनिको ज्वालामुखी विस्फोटन भएपछि उत्पन्न सुनामीका कारण टोङ्गाका १,१०,००० मानिसहरूको बाहिरी विश्वसँगको सम्पर्क विच्छेद भएको हो । साउथ प्यासिफिक विश्वविद्यालयको भूउपग्रह प्रयोग गरेर मुख्य टापुमा टूजी प्रविधिको ताररहित इन्टरनेट स्थापना गरिएको छ। तर यो इन्टरनेट निकै सुस्त गतिमा चल्छ।

    टोङ्गा केबलले सञ्चालन गरिरहेका तारहरू तटीय क्षेत्रमा ३७ किलोमिटरसम्म चुँडिएको आकलन गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार ज्वालामुखीपछि कम्पनीले गरेको जाँचका क्रममा तार छिनेको पत्ता लागेको थियो।
    युरोपेली सब सी केवल असोसिएशनका उपाध्यक्ष समेत रहेका भर्जिन मिडियाका इन्जिनियर पिटर जेमिसनका अनुसार यसको जाँच एकदमै सरल छ।


    ूउनीहरूले टापुबाट प्रकाशको एउटा पल्स पठाउँछन् जसलाई यात्रा गर्न कति समय लाग्छ भनेर एउटा मसिनले मापन गरेपछि कहाँ तार टुटेको छ भनेर थाहा हुन्छ । मर्मत गर्ने डुङ्गालाई समुद्रमुनि तार टुटेको पहिलो ठाउँमा पठाइन्छ। त्यसपछि यसले आरओभी भनिने टाढैबाट सञ्चालन गर्न सकिने पनडुब्बी साधन वा ग्रापनेल भनिने एउटा चेन जडित हुकको सहायताले टुटेको ठाउँ पत्ता लगाउँछ।

    पानी मुनिको केबल मर्मत गर्न प्रयोग गरिने विशेष डुङ्गा यो टापु राष्ट्रमा पुग्न केही समय लाग्नेछ । यसले तार टुटेको ठाउँमा डुङ्गामार्फत लगिएको नयाँ तार जोड्छ र तार चुँडिएको अर्को छेउमा पनि त्यसरी नै जोडिन्छ। सबै काम फटाफट हुँदा यसको लागि पाँचदेखि सात दिनसम्म लाग्नसक्छ। तर मर्मतका लागि प्रयोग हुने विशेष डुङ्गा सबैभन्दा पहिले यो टापुमा पुग्न नै समय लाग्छ। यी टापुहरूबाट सबैभन्दा नजिक मर्मत गर्ने डुङ्गा पपुवा न्युगिनीको मोर्सबाई बन्दरगाहमा छ।

    जुन ४,७०० किलोमिटर टाढा हो। रिलायन्स नामको यो विशेष डुङ्गाले दक्षिण प्रशान्त क्षेत्रको ५०,००० किलोमिटर क्षेत्रमा सेवा दिँदै आएको छ। त्यसअघि विज्ञहरूले हालै ज्वालामुखी विस्फोट भएको समुद्र डुङ्गा र कर्मचारीहरूका लागि सुरक्षित रहे नरहेको निर्क्यौल गर्नुपर्नेछ। यस्ता खाले मर्मतहरू वर्षमा २०० वटा मात्र हुने गरेको अनुमान छ। त्यसमा पनि प्राकृतिक विपत्तिका कारण तारहरू चुँडिने घटना कमै मात्र हुने गर्छन्।

    1NewsNZ/Twitter

    अधिकांश तारहरू चुँडिने घटना माछा मार्ने डुङ्गामा लगाइने जाली र बल्छीका कारण हुने गर्छन्। डेटा केबलहरू सिसाको फाइबरअप्टिक तत्त्वबाट बनेका हुन्छन्। फाइबरलाई सुरक्षाका लागि बाहिरी आवरणमा प्रयोग गरिएको तत्त्वका कारण मात्रै यस्ता तारहरू मोटो देखिने गर्छन्। एउटा महाद्वीपबाट अर्को महाद्वीपसम्म पुग्ने तारहरू समुद्रमुनि एकदेखि दुई मिटर गहिराइसम्म पुरिनुपर्छ। तर धेरे गहिरो समुद्रमा तारहरूमा क्षति पुग्ने सम्भावना कम हुने भएकाले अधिकांश यस्ता तारहरू समुद्रमुनिको सतहमा यत्तिकै छोडिने गरिएका छन्।

    यस्ता तारहरूमा क्षति पुग्ने भनेको टोङ्गामा भएको जस्तो अपवादमा हुने प्राकृतिक विपद् हो। सन् २००६ मा ताइवानको तटीय क्षेत्रमा गएको भूकम्पले पनि तारहरू चुँडाएको थियो। त्यसपछि उक्त क्षेत्रमा इन्टरनेट र अन्तर्राष्ट्रिय टेलिफोन सम्पर्क टुटेको थियो। पश्चिमा देशहरूमा एउटा तार टुटिहाले पनि खासै समस्या हुँदैन किनभने यहाँ धेरै यस्ता तारहरू छन्। उदाहरणका लागि बेलायतसँग डेटा आदानप्रदानका लागि यस्ता ५० वटा तार छन्। तर टोङ्गामा यस्तो तार एउटा मात्रै थियो।

  • टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने

    टेकु अस्पतालमा आजबाट खोप लगाउन पाइने

    काठमाडौं । स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएपछि रोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको खोप अभियान आजबाट पुनः संचालनमा आउने भएको छ । एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारबाट पुनः सञ्चालन गरिने भएको छ । काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन गरिएपछि खोप अभियान पुनः सञ्चालन गर्न लागिएको हो । मंगलबार बिहान १० बजेदेखि खोप लगाउन शुरु गरिने छ ।

    आइतबार अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरिएको थियो । यो अस्पतालमा कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा र बुस्टर डोज लगाइन्छ । टेकु सबैभन्दा व्यस्त अस्पताल हो ।

  • बालबालिकालाई लगाउन थप ४० लाख मोडर्ना खोप ल्याइयो

    बालबालिकालाई लगाउन थप ४० लाख मोडर्ना खोप ल्याइयो

    काठमाडौं । नेपालमा बालबालिकालाई लगाउने थप ४० लाख मोडर्ना खोप ल्याइएको छ । सोमबार १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार यो खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने हो । अमेरिकी खोप मोडर्ना कतार हुँदै नेपाल आएको हो । बाँकी २३ लाख ४० हजार मात्रा खोप मङ्गलबार नेपाल आउँदैछ ।

    कोभ्याक्समार्फत विश्व बैङ्कको सहुलियतमा यो खोप आएको हो । यसअघि ३८ लाख मोडर्ना खोप ल्याएर बालबालिकामा लगाइएको छ । सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई खोप लगाइसकेको छ । यो खोपको वितरणका सम्बन्धमा ठोस निर्णय भइसकेको छैन ।

  • ११ घण्टा उडेको जहाजको पांग्रामा जब जिवित व्यक्ति भेटिए….

    ११ घण्टा उडेको जहाजको पांग्रामा जब जिवित व्यक्ति भेटिए….

    काठमाडौं । लगातार ११ घण्टा उडेको एक जहाजको पांग्रामा एक जिवित व्यक्ति भेटिएपछि विश्वभर अहिले यसको चर्चा भइरहेको छ । दक्षिण अफ्रिकाबाट आएको एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भागमा लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा जीवितै फेला पारेको हो । सामान्यतया जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ।

    बीबीसीका अनुसार दक्षिण अफ्रिकाको उक्त सहरबाट उडेको कार्गो विमान केन्याको राजधानी नाइरोबीमा एक पटक रोकिएको ठानिएको छ। लामो दूरीको उडानमा विमानको बाहिरी भागमा लुकेर त्यसरी चढ्ने मानिस जीवित फेला पर्नु असामान्य मानिन्छ। आकाशमा निकै माथि पुगेपछि अक्सिजनको मात्रा तथा तापक्रम घट्ने हुँदा सास फेर्न नसकेर र कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ।

    प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागिनसकेको बताएको छ। विमानको अग्रभागमुनि रहेको र विमान अवतरण गर्दा प्रयोग हुने पाङ्ग्रालाई नोज ह्वील भनिन्छ। डच प्रसारक एनओसका अनुसार विमानस्थलमा फेला परेपछि ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। एम्बुलेन्स आउँदासम्म सोधिएका प्रश्नको उनले उत्तर दिएका थिए।

    कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्। आइतवार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा एकचोटि ओर्लिएको उडानसम्बन्धी डेटामा देखिन्छ। तर ती व्यक्ति दक्षिण अफ्रिकाबाटै कि केन्याबाट उक्त विमानमा त्यसरी लुकेका हुन् भन्ने थाहा हुन सकेको छैन।

  • उपत्यकासहित देशका अधिकांश भू-भागमा मौसम प्रतिकुल, वर्षा र हिमपातको सम्भावना

    उपत्यकासहित देशका अधिकांश भू-भागमा मौसम प्रतिकुल, वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । काठमाडौ उपत्यकासहित देशका अधिकांश भेगमा बिहीबारबाट मौसम प्रतिकुल बनेको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । महाशाखाका अनुसार पश्चिम र पूर्वी तराई भेगमा हुस्सु तथा कुहिरो लागेको छ। बिहीबार देशको पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

    देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    शुक्रबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • अमेरिकामा वायुसेवा कम्पनीको विरोधपछि ५ जी सेवा रोकियो

    अमेरिकामा वायुसेवा कम्पनीको विरोधपछि ५ जी सेवा रोकियो

    न्यूयोर्क । अमेरिकामा ५ जी मोवाइल सेवा तत्काल प्रयोगमा नआउने भएको छ । यो प्रविधि लागु गर्ने सम्बन्धमा वायुसेवा कम्पनीहरुको शुरुबाटै विरोध थियो । सोहीकारण मोबाइल सेवा कम्पनीहरु वितमानस्थलहरुमा फाइभ जी सेवा स्थगति गर्न सहमत भएका छन् । विमान कम्पनीहरुले फाइभ जी सेवाले उडानमा असर पुर्याउने भन्दै अमेरिका आउजाउ गर्ने उडान रद्द गरेका थिए । त्यसपछि अमेरिकाका एटी एण्ड टी र भिरिजोनले फाइभ जी त्कालका लागि स्थगित गरेका बीबीसीले लेखेको छ ।

    यी कम्पनीहरुले अमेरिकामा बुधबारदेखि फाइभ जी सेवा सुरु गर्ने निर्णय गरेका थिए । एटी एण्ड टीका प्रवक्ताले समाचार एजेन्सी पीटीआईलाई प्रतिक्रिया दिंदै आफूहरुले ४० बढी देशमा यो सेवा सुरु गरिसकेको तर अमेरिकामा सुरु गर्न नसक्दा निराश भएको बताएका छन् । फाइभ जी सेवा सुरु हुने जानकारी पाएलगत्तै भारतको ध्वजाबाहक एयर एण्डिया, इमिरेट्स लगायतका कम्पनीहरुले अमेरिकाको उडान रद्द गरेका थिए ।

    अमेरिकाकै अमेरिकन एयरलाइन्स, डेल्टा, युनाइटेड लगायतका १० भन्दा बढी एयरलाइन्स कम्पनीहरुले पनि फाइभ जी मोबाइल फोन सेवा सुरु नगर्न आग्रह गरेका थिए । फाइभ जी सिग्नलको सी ब्याण्डले हवाई उडानमा असर पुर्याउने चेतावनी एयरलाइन्स कम्पनीहरुले दिएका छन् । यसले विमानको नेभिगेसन सिस्टमलाई असर गर्ने एयरलाइन्स कम्पनीहरुको भनाइ छ । विमानमा रेडियो अल्टिमिटर जडान गरिएको हुन्छ ।

    यसले विमानको गतिविधिको जानकारी दिनुका साथै पाइलटलाई सुरक्षित तरिकाले विमान उडाउन सहयोग गर्दछ । फाइभ जीले त्यही रेडियो अल्टिमिटरमा असर पुर्याउने चेतावनी दिइएको छ । यसले विमानको ब्रेकिङ सिस्टममा पनि असर गर्ने र रनवेमा विमानलाई रोक्न नसकिने हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।एयरलाइन्स कम्पनीहरुले फाइभ जी सिग्नललाई हवाई अड्डाभन्दा करिब दुई माइल टाढा राख्नुपर्ने माग गरेका छन् ।

    यदि यसो नगरिएमा फाइभ जीले विमान उद्योग, यात्रु, आपूर्ति प्रणाली, भ्याक्सिन वितरण र अर्थव्यवस्थामा असर पर्ने चेतावनी उनीहरुले दिएका छन् । मोबाइल कम्पनीहरुले उच्च गतिको इन्टरनेट सेवा फाइभ जी लागू गर्नका लागि आफ्नो नेटवर्क प्रणालीलाई अपग्रेड गरेका छन् । यस कार्यमा अरबौं डलर खर्च गरिएको छ ।

    तर एयरलाइन्स कम्पनीहरुको विरोधका कारण त्यो लगानीमा जोखिम पैदा भएको विश्लेषण गरिएको छ । अमेरिकाको वायरलेस उद्योगको समूह सीटीआईएले भने फाइभ जी प्रणाली सुरक्षित रहेको जनाएको छ । एयरलाइन्स कम्पनीहरुले तथ्यलाई तोडमोड गरेर डर पैदा गर्न खोजेको आरोप पनि उसले लगाएको छ ।

  • खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी

    खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपी

    काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप लगाएको कार्ड हराएमा प्रतिलिपी लिन सकिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार तीन तरिकाबाट हराएको खोप कार्ड लिन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ।

    जोन्सन एण्ड जोन्सन खोप लगाएको भए त्यही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि दिन सकिन्छ । तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ । सरकारले आउँदो ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्न कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । बुस्टर डोजको लागि पनि खोप कार्ड अनिवार्य छ ।