बिष्णु सिंह (बैजु) भारत र नेपाल जातीय विभेदले ग्रसित मुलुकहरुमा पर्दछ । जुन अमानवीय हो । यी मुलुकहरुको समाजमा जातीय बिभेद सदियौंदेखि विद्यमान छन् । मानिस जन्मदा पुरुष, स्त्री र तेस्रो लिंगीको रुपमा जन्मिने भए तापनि पूरातनिक मान्यता अनुसार सृष्टिकर्ता ब्रह्माको मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्रीय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्र जन्मिएको भनि सनातनिहरुले चार वर्णको… Continue reading नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप
Category: बिचार
सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश
काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि… Continue reading सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश
नेम्वाङको निधनले स्तब्ध छु : देउवा
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् । ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको… Continue reading नेम्वाङको निधनले स्तब्ध छु : देउवा
वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भने, “यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको… Continue reading वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री
राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको गुनासो गरेका छन् ।पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् । यो देशमा राम्रो काम गर्नेलाई स्टन्ट भनेर खिसी गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । बिहान आफू… Continue reading राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो
नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् । आइतवार समितिको बैठकमा सभापति राणाले बाँदरले बालिनालीमा क्षति पुर्याएर किसानलाई खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बताइन् । उनले बाँदरको संरक्षण गरेर कुनै… Continue reading नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा
पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’ राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेकालाई मात्र नभई कर्मचारी, सुरक्षा… Continue reading पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आक्रमक स्टाटस सार्वजनिक गरेका छन् । उनले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको नेक्सस बनिरहेको भन्दै त्यसको कडा शब्दमा आलोचना गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको सन्दर्भ निकाल्दै महामन्त्री थापाले संरचनागत संयन्त्रहरूमा देखिएको लुपहोलका कारण भ्रष्टाचार मौलाएको उल्लेख गरेका… Continue reading गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं
ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् । ‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर… Continue reading ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर
सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको… Continue reading सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान
आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाश शरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्। आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए। ‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन… Continue reading आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण
कम्तिमा ३५ दिन सीआइबीलाई विश्वास गरौं : गृहमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)लाई विश्वास गर्न आग्रह गरेका छन् । एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले विगतमा संसदीय वा अर्को समिति बनाएर हेरिएको बताए । ७९९९ किलो सुन भित्रिएको भनिएपनि १ तोला सुन समेत पत्ता लगाएको… Continue reading कम्तिमा ३५ दिन सीआइबीलाई विश्वास गरौं : गृहमन्त्री
युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा शान्ति वार्ताको अवधारणालाई अस्वीकार नगर्ने बताएका छन्। सेन्ट पिट्सबर्गमा अफ्रिकी नेताहरूलाई भेटेपछि बोल्दै उनले शान्ति वार्ताका लागि अफ्रिकीहरू र चिनियाँले गरेको पहलले पनि भूमिका खेल्नसक्ने बताए। राष्ट्रपति पुटिनले युक्रेनी सेनाले प्रत्याक्रमण जारी राखेका बेला युद्धविराम कार्यान्वयन गर्न असहज भएको पनि बताएका छन्। युक्रेन र रुस दुवैले यसअघि… Continue reading युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत
भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरूद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्। समाजवादी मोर्चामा आवद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरूद्ध अभियान थालिएको छ। तस्करीविरूद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ… Continue reading भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री
रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडाध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् । रास्वपा साधारण… Continue reading रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने
बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गरेका छन् । नेपालले सन्… Continue reading बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री
एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै नसक्ने बताए । केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेको उनको भनाई छ । पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु… Continue reading एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो
साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा प्रधानमन्त्रीले गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् । साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई… Continue reading साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन
प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी
काठमाडौं । २०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनमा नराम्रोसँग भक्कानिएका प्रचण्ड पुत्र वियोगलाई भुलाउन अनेक प्रयास गरिरहेका थिए । तर, उनको वियोग थामिनुको साटो अझै बढ्ने क्रममा थियो । छोराको निधनपछि अझ पिडामा डुबेकी प्रचण्ड पत्नी सीता दाहाल त्यसपछि अझ कमजोर बन्दै गइन् । आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी… Continue reading प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी
जीवन एक प्रयोग
योगेश आदी जीवन मात्र होइन जगत पनि प्रयोग रहेछ । करिव २६०० वर्ष पहिले बुद्धले ज्ञानको प्राप्तिपश्चात कल्याणकारी समाजको स्थापना गर्नआफ्नो संघको माध्यमबाट कम्यूनिजम् प्रयोग गर्न खोजे । वर्ग संघर्षको कारक तत्व विभेदी सामाजिक परिपाटी रहेको ठहर गर्दैपरिवर्तको मार्ग द्वन्द र हिंसा होइन कि सत्मार्ग र सत्संग हो, भन्ने निष्कर्ष निकाले । समाजको निरन्तरता एवम् अस्तित्वको लागि त्याग वाप्राप्ति मात्र पनि होइन कि मध्यमार्ग अवलम्वन गर्नुपर्छ भन्ने सुझाव पनि दिए । बुद्ध दार्शनिक मात्र बने, ज्ञान बाँडे । कालान्तरमा उनको तानाशाह बिहिन रहने साम्यबादी तरिकाले चल्ने सामाजिक व्यवस्थाको प्रयोगराज्यस्तरमा व्यवहारिक देखिएन । ज्ञान र विवेकको प्रचुर चर्चा भयो । राजा अशोक जस्ता अन्यायीहरुले उनको ज्ञान फैलाए ।त्रिपिटकको रुपमा लिपिबद्ध गरे । थुप्रै उपग्रन्थ बनाइए । अहिले धर्मको रुप लियो । करिव २५०० बर्ष पहिले बुद्ध जस्तै दर्शनका ज्ञाता सोक्रेट्सको चर्चा युनान (हालको ग्रिस) बाट फैलिदै तात्कालिन स्पार्टासम्म हुन थाल्यो। उनको तार्किक र बौद्धिक प्रश्नहरुबाट तात्कालिन राज्यसत्ता झस्किन्थ्यो । राज्य सत्ता इतिहास र धर्मको आडमा चल्नु हुदैन भन्ने उनकोअडान थियो । प्रजातन्त्रमा पनि थुप्रै अवगुण हुन्छ किनकि जनमत र समावेसीको नाममा विवेकहिन र ज्ञानहिन असक्षम व्यक्ति पनि राज्यसञ्चालनमा पुग्छ भनेर सर्वप्रथम भन्ने व्यक्ति सोक्रेट्स नै थिए । कुनैपनि व्यक्तिले दोश्रो व्यक्तिलाई सोच्न लगाउन मात्र सक्छ, यस्तो नैगर भन्न सक्दैन भन्ने उनी अग्रगामी सोच राख्थे । उनको बौद्धिक प्रयोग समाजले पचाउन सकेन । उनी सेनामा हुँदा राम्रो नगरेको रएथेन्सले स्पार्टासँग युद्ध हार्नुमा उनले युवाहरु भट्काएको भन्ने आरोपमा उनलाई दुई तिहाको बहुमति सभाले दिइएको दुई सजायकोविकल्पमा उनले बिष सेवन रोजेका थिए । एउटै किताब नलेखेका दार्शनिक सोक्रेट्सका कट्टर भक्त दार्शनिक प्लुटोले भने उनको दर्शनमा आधारित ३३ पुस्तक लेखें। त्यसैगरिप्लुटोकै लयमा एरिस्टोटलले पनि उनको बिचारमा माथि ३०० भन्दा बढी पुस्तक लेखे । पछि अलेक्जेण्डरले सोक्रेट्सै विचारलाई फैलाए। ईतिहासको कालखण्डमा पनि बिचारको प्रयोग गर्ने बारे सबैभन्दा ठुला युद्धहरु भए । त्यसपछिको लामो कालखण्ड युद्ध, जीत र सिमा बिस्तारको प्रयोगमा रुमल्लियो । भारत वर्षमा मुगल साम्राज्यसम्म र पश्चिममा सन्१८१८ मा कार्ल मार्क्सले जन्म लिनुअघि नै युनिभर्सिटीहरुमा राज्यसंयन्त्र र दर्शनको अध्यापन हुन थालिसकेका थिए । मार्क्सका वकिलपिताले उनलाई दर्शनको महत्व सानैमा बुझाइसकेका थिए। लामो समय मार्क्सको दुई पुस्तक “कम्युनिष्ट मेनिफेष्टो र क्यापिटल” लेसबै प्रयोग माथि प्रश्न उठाए । मार्क्सले बुद्धले जस्तै समाजमा ‘हुने र नहुने’ (बोर्ज्वाजी र प्रोलिटेरिएट्) बीचको वर्गसंघर्ष नै दुखको कारण देखाए। समाजबाद मार्फतसाम्यबाद नै निकास हो भन्ने तर्क राखे । एङ्गेल्सले सघाए । तर परिवर्तनको लागि द्वन्दको बाटो देखाए । भौतिक परिवर्तनको लागिद्वन्दको आवश्कता महसुस गरे । जबकि उनी भन्दा २२०० वर्ष अघिनै बुद्धले भक्ति मार्गबाट बर्ग हट्न सक्छ भनिसकेका थिए । जबकिमार्क्स धर्मलाई अफिम मान्दथे । भारतका डा. अम्बेडकरले भने जस्तै बुद्ध र मार्क्सको बिचारको फ्यूजनको प्रयोग चाहिँ मध्यमार्गी प्रयोगबन्न सक्ला । कार्ल मार्क्सको साम्यबादी समाज निर्माणको परिकल्पना कतिपय देशले लागू गर्न खोजे शुरमै अव्यवहारिक ठहरिए । चीनले आंशिकलागू गर्न खोजे । रुसले १९औं शताप्दीको शुरुमा गरेको मार्कसिजम् र लेलिनिजमको प्रयोगबाट नै अव्यवहारिक ठानिसकेका थिए ।आखिर सबैबाद र सिद्धान्तहरु एक प्रयोगकै रुपमा चलिआएका छन्। कसैले कुनै पद्दति मात्रै ‘ठीक हो’ भन्छ भने त्यो सबैभन्दा ठुलो झुठो साबित हुन्छ । जगत नै प्रयोगमा चल्छ, जीवन जस्तै। ठीकलागुन्जेल अस्तित्वमा रहन्छ । हाम्रो जीवन पनि हामीले रोजेको बिभिन्न प्रयोग मघ्ये सहज लागेको अवस्थामा रोकिएको पेशा वाव्यवसायलाई कर्म मानेर बाँच्ने क्रिया मात्र हो । के थाहा भोली के प्रयोग गर्न मन लाग्छ ।
अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया
काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्। कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताइन्। उनले सो विषय बेकारको विषय भएकाले संसदमा… Continue reading अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया
आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री
काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संकटमा परेका छन् । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा मागेको छ । बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा… Continue reading आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री
विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन् । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको पनि उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज बिहान भक्तपुरमा सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको… Continue reading विगतको समिक्षा गरी नेकपातर्फ फर्कनु पर्ने प्रचण्डको धारणा
कांग्रेस बदल्न पद त्याग गर्न पनि तयार छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेको बताएका छन् । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्न आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताए । एउटै व्यक्ति ५–६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना… Continue reading कांग्रेस बदल्न पद त्याग गर्न पनि तयार छु : गगन थापा
धान दिवसमा प्रधानमन्त्रीको सन्देश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन् । जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने उनको भनाइ छ । राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा धान उत्पादन वृद्धिको लक्ष्य पूरा हुन… Continue reading धान दिवसमा प्रधानमन्त्रीको सन्देश
एमाले सचिव भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए । आफूलाई कालो झण्डा देखाएको प्रशंग उल्लेख गर्दै भट्टराईले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर… Continue reading एमाले सचिव भट्टराईमाथि इलाममा कालो झण्डा देखाइयो
चित्त नबुझे नयाँ सरकार बन्छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु नौलो कुरा नभएको बताएका छन् । काठमाडौंमा(४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे फेर्न सकिने बताए । ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार… Continue reading चित्त नबुझे नयाँ सरकार बन्छ : गगन थापा
माधव नेपाल भन्छन् : ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दैछन्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकारलाई ढालेर दलाल पुँजीवादी कांग्रेससँग सरकार बनाउन तयारी गरिरहेको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले बर्बराइरहेको तपाईहरुले सुनिरहनुभएको छ। कस्तो… Continue reading माधव नेपाल भन्छन् : ओलीले कांग्रेससँग मिलेर सरकार बनाउन खोज्दैछन्
विद्यालय बन्द गराएमा मुद्दा लगाउने बालेनको चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले भोलिदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने घोषणा गरेको प्रसङ्गलाई लिएर मेयर शाहले चेतावनी दिएका हुन् । सेवा सुविधा बढाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयका कर्मचारी तथा प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)हरुले भोलिदेखि सामुदायिक… Continue reading विद्यालय बन्द गराएमा मुद्दा लगाउने बालेनको चेतावनी
रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत
काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध युक्रेनको बहुप्रतीक्षित प्रत्याक्रमण सुरु भएको पुष्टि गर्ने गरी बोलेका छन्। उनले भने, ‘प्रत्याक्रमण र रक्षात्मक कारबाहीहरू भइरहेका छन्।’ तर युक्रेनी राष्ट्रपतिले कुन तहमा र कहाँ प्रत्याक्रमण भइरहेको भनेर विस्तृतमा कुरा नगर्ने बताएका छन्। ती प्रतिक्रियाहरू युक्रेनको दक्षिण र पूर्वी भागमा लडाइँ चर्किएपछि र व्यापक रूपमा हुने भनिएको प्रत्याक्रमणका चर्चामाझ… Continue reading रुस विरुद्ध प्रत्याक्रमण सुरु भएको युक्रेनी राष्ट्रपतिको संकेत