२३ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका… Continue reading प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै
Category: बिचार
वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने
२२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्त नीतिले निर्देशित गरेका कार्यक्रमलाई सघाउने गरी मौद्रिक नीति तयार हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आइतबार राजधानीमा आयोजित ‘प्रि मनिटरी’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले वित्त नीति र मौद्रिक नीतिबीच उचित समन्वय गरिने जनाएका हुन् । सो क्रममा गभर्नर डा।… Continue reading वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
२२ असार, हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने बताएका छन् । उनले कर्णाली करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग भएकाले यसलाई तत्काल दुई लेनको बनाइनुका साथै कालोपत्र गर्दै लैजाने बताए ।प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज एक समारोहबीच बेलिब्रिजको उद्घाटन… Continue reading कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल
२० असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, “मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, शान्तिको पनि नेता हो ।” राष्ट्रपति पौडेलले राजनीतिको दिशा बदल्ने सामथ्र्य राखेर… Continue reading गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल
पौराणिक कथामा जस्तै नारी–पीडाको निरन्तरता कायमै
प्रेमकृष्ण श्रेष्ठ२० असार, काठमाडौं । हालै एक ग्रामीण समाजमा एक निकै दुःखदायी घटना घट्यो । श्रीमानले बाहिर अर्कै स्त्रीसँग प्रेम गरेर हिंडन थालेपछि श्रीमतीले त्यस्तो नगर्न आग्रह गरिन् । श्रीमान्लाई यो कुरा पाच्य भएन । उनी हिंसामा उत्रिन थाले । सहन नसकी श्रीमती दुईचार निलडाम लिएर माइत गइन् । छोरीलाई आमाले ‘श्रीमान् भनेको भगवान् हो… Continue reading पौराणिक कथामा जस्तै नारी–पीडाको निरन्तरता कायमै
न्यूयोर्क शहर : मानसिक स्वास्थ्य र घरबारविहीनको संकट
कुमार न्यौपाने२० असार, न्युयोर्क । न्यूयोर्क शहर– विश्वकै व्यस्त (नसुत्ने) र समृद्ध शहरमध्ये एक । केही समयदेखि केही गहिरा सामाजिक संकटको सामना गर्दैछ– एक, मानसिक स्वास्थ्य र अर्को, घरबारविहीन हुनुको समस्या । हजारौं मानिस सडकमा वा अस्थायी आश्रयस्थलमा बसिरहेका छन्, तीमध्ये धेरै मानसिक रोगबाट पीडित छन् । यो समस्या केवल आवासको कमी होइन; यो राज्यको… Continue reading न्यूयोर्क शहर : मानसिक स्वास्थ्य र घरबारविहीनको संकट
नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान
१८ असार, मेड्रिड। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आह्वान गरेका छन् । स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु ‘समृद्ध, नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेकाले यसका लागि बाहिरको लगानीकर्तालाई… Continue reading नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान
एमाले नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन
१८ असार, काठमाडौं । नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकोले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन् । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बागमती प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षसहितको बैठकलाई आज ‘भर्चुअल’ रुपमा सम्बोधन गर्दै उनले अहिले नेतृत्वको विषयमा छलफल नगरी विधि र विधानका बारेमा बहस गर्न आग्रह गरे… Continue reading एमाले नेतृत्वबारे बहस नगर्न महासचिव पोखरेलको निर्देशन
नेवानिका लागि पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गर्न प्रक्रिया अघि बढेको छ : पर्यटन मन्त्री
१७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषय प्राथमिकताका साथ अघि बढेको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सभा सदस्यहरूको जिज्ञासाको जवाफ दिँदै उनले नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी र व्यावसायिक संस्थामा रूपान्तरण गर्न व्यवस्थापन सुधारको कामसमेत प्राथमिकताका साथ अघि बढेको समेत बताए । “नेपाल एयरलाइन्समा अन्तरराष्ट्रिय… Continue reading नेवानिका लागि पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गर्न प्रक्रिया अघि बढेको छ : पर्यटन मन्त्री
प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री
१७ असार, सेभिया । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाहसम्बन्धी उच्चस्तरीय साइड इभेन्टमा सहभागी भएका छन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सरसफाइ आधारभूत मानव अधिकारको विषय… Continue reading प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री
निजामती विधेयकमा छेडखानी, कांग्रेस नेता कोइरालाको आक्रोस
१७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको उल्लेख गरे । यस… Continue reading निजामती विधेयकमा छेडखानी, कांग्रेस नेता कोइरालाको आक्रोस
अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली
१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताएका छन् । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै उनलेआफूहरू नियममा आधारित र समतामूलक विश्वव्यापी व्यापार प्रणालीका पक्षमा रहेको स्पष्ट पार्दै यसबाट सबै देशहरूले लाभ प्राप्त गर्नसक्ने उल्लेख गरे ।… Continue reading अतिकम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्ः प्रम ओली
विद्या भण्डारीलाई अगाडी राखेर ओलीले भने : नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छ
१४ असार, काठमाडौँ, १४ असारः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले एकढिक्का भएकाले कसैले टुक्रयाउने नसक्ने बताएका छन् । मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित जबजका तीन दशक कार्यक्रममा उहाँले एमाले टुक्रयाउने सपना नदेख्न चेतावनी दिए । अध्यक्ष ओलीले भने, “नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ, विगतमा… Continue reading विद्या भण्डारीलाई अगाडी राखेर ओलीले भने : नेकपा एमाले एक छ, टुक्रयाउने सपना नदेखे हुन्छ
एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई
१४ असार, काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले एसइईमा ग्रेड नपाउने विद्यार्थीहरुले यसलाई नै अन्तिम परीक्षा नठान्न र सफलताको अर्को दिन आउने बताए । प्रधानमन्त्री ओलीले एसइई परीक्षाको नतिजा सुधार गर्न आफूले गरेको मेहिनतले काम लागेको… Continue reading एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई
ट्रम्पको दाबी : इरान र इजरायलबीच युद्धविराम भयो
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरेल र इरान सिङ्गो र पूर्ण युद्धविरामका निम्ति सहमत भएको दाबी गरेका छन्। उनले अबको केही घण्टामा त्यस्तो युद्धविराम कार्यान्वयनमा जाने पनि बताए । इरान र इजरेलको तर्फबाट उनको त्यस्तो घोषणाको पुष्टि हुन बाँकी नै छ। डोनाल्ड ट्रम्पले युद्धविराम सहमतिको बारेमा घोषणा गर्दै दुवै देशले आफ्ना सैन्य कारबाहीहरूलाई अन्त्य… Continue reading ट्रम्पको दाबी : इरान र इजरायलबीच युद्धविराम भयो
द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री
९ असार, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हाल इजरायल–इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावलाई गम्भीरताका साथ लिँदै ती क्षेत्रहरूमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गतको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले भनिन्, “मन्त्रालयले जुन १५ मा विस्तृत सम्पर्क विवरणसहितको यात्रासम्बन्धी जानकारी जारी… Continue reading द्वन्द्वरत क्षेत्रमा नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर कार्य गरिरहेका छौँ : परराष्ट्रमन्त्री
इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने : ट्रम्प
८ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता गर्न दुई साताको समय दिने घोषणा गरेका छन् । “हामी इरानसँग कुरा गर्नेछौं र के गर्ने भनेर निर्णय लिनेछौँ”, ट्रम्पले भने, “इरानका बारेमा अमेरिकाले के गर्ने भन्ने निर्णय अहिले नै गर्न सकिँदैन।” ट्रम्पले गत जुन १३ देखि इरानविरुद्ध इजरायलले सुरु गरेको कारबाहीमा आफ्नो… Continue reading इरानलाई आणविक सम्झौताका लागि निर्णय लिन दुई साताको समय दिइने : ट्रम्प
देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री
६ असार, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्कोसहित आसपासका क्षेत्रमा हुने सवारी जामको समस्या समाधान गर्ने बताएका छन् । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नवनिर्मित फ्लाई ओभरको उद्घाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढङ्गले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।… Continue reading देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री
इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी
एजेन्सी५ असार, काठमाडौं । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुसार इरानले कहिल्यै आत्मसमर्पण नगर्ने बताएका छन् । ट्रम्पले संयुक्त राज्य अमेरिकाले खामेनीको कहाँ लुलेका छन् भन्ने अमेरिकालाई थाहा भएको र चाहेमा उनको हत्या गर्न सक्ने दावी गर्दै इरानले तत्काल ‘बिनाशर्त आत्मसमर्पण’ गर्नुपर्ने बताएको केही घण्टापछि इरानी सवोच्च नेता खामेनीको उक्त… Continue reading इरानले कुनै हालतमा आत्मसमर्पण गर्दैनः खामेनी
ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु
एजेन्सी५ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै ट्रम्पले इरानसँग आफ्नो धैर्य ‘समाप्त भइसकेको’ र इस्लामिक गणतन्त्र इरानको ’निःशर्त आत्मसमर्पण’ का लागि आफ्नो आह्वान दोहोर्याए । “इरानमा प्रत्यक्ष संलग्न हुने वा नहुने के… Continue reading ट्रम्प भन्छन् : इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको छु
ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ
३ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कदम’ चाल्न आवश्यक रहेको निर्णय गर्न सक्ने उपराष्ट्रपति जेडी भान्सले मङ्गलबार बताएका छन् । भान्सले एक्समा लेखेका छन्, “राष्ट्रपतिले हाम्रो सेनाको ध्यान हाम्रा सेनाको सुरक्षा र हाम्रा नागरिकको सुरक्षामा केन्द्रित गर्न उल्लेखनीय संयम देखाएका छन्, उनले इरानी युरेनियम संवद्र्धन अन्त्यका लागि थप… Continue reading ट्रम्पले इरानविरुद्ध ‘थप कदम’ चाल्न सक्ने उपराष्ट्रपति भान्सको भनाइ
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए । विश्वविद्यालयका निमित्त उपकुुलपति… Continue reading विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प
२ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताएका छन् । एबीसी न्यूजका अनुसार रिपब्लिकन राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहेको बताउँर्दै एबिसी न्युजका वरिष्ठ राजनीतिक संवाददाता रचेल स्कटलाई दिएको अफ–क्यामेरा अन्तर्वार्तामा ट्रम्पले मध्यपूर्वका कट्टर… Continue reading ’इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुन सक्छ’: ट्रम्प
माओवादी लचक भएपछि चल्यो संसद, गृहमन्त्रीले दिए यस्तो जवाफ
३० जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसदमा आफ्नोबारे उठेका प्रश्नको जवाफ दिएका छन् । संसदमा उनले विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपको नाराबाजीका बीचमा बोलेका हुन् । राप्रपाले समेत संसद अवरोधमा साथ दियो । प्रमुख विपक्षी दल भने संसद खोल्न सहमत भएसँगै अन्य विपक्षी दलको अवरोधका वावजुत आज संसद चलेको हो । संसदमा गृहमन्त्री… Continue reading माओवादी लचक भएपछि चल्यो संसद, गृहमन्त्रीले दिए यस्तो जवाफ
अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन
२८ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तरमन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानुनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीलाई निर्देशन दिएका हुन् । प्राथमिकताका आधारमा कामको सहजीकरण गरेर शीघ्र सम्पन्न गर्ने वातावरण तयार पार्न अर्थमन्त्री पौडेलको… Continue reading अन्तरमन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्रीको निर्देशन
देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो
२७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताएका छन् । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आयोजना गरेको अन्तक्र्रियामा उनले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति… Continue reading देउवा भन्छन् : सरकारले व्यापार होइन, नियमन गर्ने हो
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
एजेन्सी२४ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व प्रसिद्ध अमेरिकी उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ बताउँदै आफ्ना अर्बपति पूर्व सहयोगीसँगको विवादलाई थाँती राख्दै अघि बढ्ने बताएका छन् । विश्वका सबैभन्दा धनी र शक्तिशाली व्यक्तिहरूबीचको तीव्र सार्वजनिक सम्बन्ध विच्छेदले विश्वलाई चौतर्फीरूपमा राजनीतिक र आर्थिक जोखिमतर्फ धकेलेको छ । ह्वाइट हाउसका अधिकारीहरूले एएफपीलाई बताएअनुसार… Continue reading मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ
२४ जेठ, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका बिरामी उपचार नपाई फर्कनुुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । मोरङको कटहरी गाउँपालिका(२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको आज उद्घाटन गर्दै उनले सामाजिक भावबाट सञ्चालित अस्पतालको विकासका लागि सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । “जीवन… Continue reading प्रधानमन्त्री भन्छन् : आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ
बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति
२४ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । मुस्लिम समुदायको महान् पर्व इद दल अज्हा (बकर इद) को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेकानेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,… Continue reading बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति
उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा
२३ जेठ, धरान । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताएका छन् । धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू सङ्घको प्रथम महाधिवेशनमा आज उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताए । उनले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस… Continue reading उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन : गगन थापा