फागुपर्व एक : प्रभाव अनेक

भीमनारायण श्रेष्ठ / शोणितपुर (थानकोट) विशेषतः हिन्दू धर्मावलम्वीहरू एकआपसमा उत्सुकताका साथ हर्षोल्लासमय वातावरणमा आ–आफ्नै घर आँगन एवम् सहर बजारमाविभिन्न रङ्गहरू खास गरी अबीर (सिन्दूर) एकआपसमा हालाहाल गरी फागुपर्व (होली) मनाउने गर्दछन् । कोहीकोही त पानी छ्यापाछ्याप समेत गरेर फागु (होली) को आनन्द लिने गर्दछन् । फागुपर्वको अवधिभर केटाकेटीहरूले बटुवाहरू माथि लोला हान्ने र पानीछ्याप्दै हाँसीखुसी… Continue reading फागुपर्व एक : प्रभाव अनेक

स्व. गजेन्द्र केशरी वास्तोलाज्युको स्मृतीमा

विनोद रोका / एटर्नी एट ल, न्यूर्योक स्व. गजेन्द्र केशरी वास्तोलाज्युलाई मैले २०३८ सालमा सर्बोच्च अदालतमा रहेको उहाँकै ईजलाशमा भेटने मौका पाएको थिएँ । त्यसबेला म नेपाल ‘ल’ क्याम्पस काठमाडौंमा स्नातक तहमा अध्ययन गर्दै थिए । देशमा पंचायती व्यवस्था थियो। बामपन्थी खेमाका प्राध्यापक एवं विद्यार्थीहरुको बिचारलाई संम्प्रेषण गर्न ल कलेजमा अध्ययनरत गोपाल शिवाकोटी ‘चिन्तन’ पैरवी… Continue reading स्व. गजेन्द्र केशरी वास्तोलाज्युको स्मृतीमा

प्रमलाई सुस्वास्थ्य सहित दिर्घायुकाे कामना

सुपेन्द्र बस्नेत / बोष्टन भनिन्छ ‘कल्पना, तर्कना, संझना, झझल्काे ईत्यादिका कारण सपना देखिन्छ । तर यकिन गर्न सकिरहेकाे छैन कि बिदेशिएदेखि मैले कुन कारणले हाे एक रातमा कम्तिमा २/३ वटा अनेक खाले मिश्रित सपनाहरु देख्दै आइरहेकाे छु । अचम्म लाग्दाे कुरा त के लागिरहेकाे छ भने देखिएका लगभग सतप्रतिशत सपनाहरु जन्मभूमि नेपाल र नेपालीसंग सम्बन्धित… Continue reading प्रमलाई सुस्वास्थ्य सहित दिर्घायुकाे कामना

गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?

पुरुषोत्तम लम्साल / भर्जिनिया मैले गाँजा नपिएको होइन, अनकूलता र आवश्यकतामा उपलब्ध भयो भने अझै पनि पिउन आपत्ती छैन । तर पत्याउनुहोस्, आजको लेख गाँजै खाएर लेखिरहेको छैन । गाउँबाटै व्यक्तिगत अनुभव बाँड्छु । गाउँमा बाँकेघर (शैलीगत रुपमा एक प्रकारको ग्रामीण घर) मा बाँके हजुरबा थिए । बाँकेघरको पल्लोपटि थियो जो बा (समवयी रामशरनका पिता)… Continue reading गाँजाशास्त्र : अरु खोल्ने हामी छोप्ने ?

यमलोकको यात्रा

आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क जन्म र मृत्यु दुबै सत्य हुन् । शरीर धारण गरेर यस धर्तीमा आएपछि शरीर त्याग गरेर फेरि अर्को यात्रा तय गर्नुपर्ने हुन्छ । सदैव मृत्युको भय रहने र स्वयं भगवान् शरीर धारण गरेर आएपनि शरीर त्याग गरेर निस्कनुपर्ने भएकाले यस धर्तीको नाम मृत्युलोक रहनगएको हो । सनातन पूर्वीय मान्यताअनुसार मृत्यु… Continue reading यमलोकको यात्रा

फ्ल्यासब्याकबाट : सभामुख अग्नि कि कञ्चन ?

पुरुषोत्तम लम्साल / भर्जिनिया विद्रोहको राजनीतिकरणपछि नाम पनि प्रतिस्थापन—विस्थापनको चक्रअनुसार चल्छ । मन त पुष्पकमल दाहाललाई पनि सबैले ‘प्रचण्ड’ मात्रै भनिदिए हुन्थ्यो भन्ने छ । तर विद्रोहले प्रचण्ड र राजनीतिले पुष्पकमल स्वीकार गर्यो । अब सबका पार्टीका टेकनाम सङ्ग्रहालयमा भेटिने अवस्थामा छन् । विद्रोहकालीन नामका चार्म अहिले छैन । प्रभाकरको त्रास हटेर जनार्दन शर्माको लोकप्रियताको… Continue reading फ्ल्यासब्याकबाट : सभामुख अग्नि कि कञ्चन ?

साग समापनपछि उब्जिएका अनुत्तरित प्रश्नहरु

प्रशान्त उप्रेती / फ्रान्स १३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्य अनि सभ्य रुपमा सम्पन्न भएको छ । प्राकृतिक बिपत्ती खेपेपछि पटक पटक मिति परिवर्तन गरेर भएपनि नेपाल प्रतियोगिता आयोजना गर्न सफल भएको छ । यो महान खेलकुद उत्सव सुरु हुने नहुने कल्पना परि-कल्पना बीच चर्चा-परिचर्चालाई छिचोल्दै इतिहासकै एक गर्व गर्न लायक अनिस्मरणीय भएकोमा कसैको दिई… Continue reading साग समापनपछि उब्जिएका अनुत्तरित प्रश्नहरु

मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ र राष्ट्रवाद

पीपलमणि सिग्देल / न्यूयोर्क मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसीले नेपाललाई दिने भनिएको ५० करोड डलर अर्थात् करिब ५५ अर्ब नेपाली रुपैंया अनुदान सम्झौता गर्न आवश्यक पर्ने संसदीय अनुमोदनको घडी नजिकिंदै गर्दा यस विषयलाई लिएर तर्कवितर्क मौलाएका छन् । अमेरिकामा सन् २००४ मा एमसीसी स्थापना गरी विदेशको आर्थिक उन्नतिमा सहयोग गर्ने हेतुते कार्य थालेपछि अर्मेनिया, घाना,… Continue reading मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ र राष्ट्रवाद

फाईभजी, क्वान्टम कम्प्युटिङ र क्वान्टम टेलिपोर्टेसनको युग

धन लामा / कनेक्टिक्ट भर्खरै हामी ईस्वी संवतको नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं । सामान्य रुपमा हेर्दा यो प्रवेश पुरानो वर्षहरुमा जस्तै देखिन्छ तर विज्ञान र प्रविधिको दृष्टिले यो अत्यन्त महत्वपूर्ण छ । संख्याको दृष्टिले यो एउटा दशकको अन्त्य र नयाँ दशकको शुरुवात हो भने, विज्ञान र प्रविधिको विकासको दृष्टिमा यो अत्यन्त ठूलो… Continue reading फाईभजी, क्वान्टम कम्प्युटिङ र क्वान्टम टेलिपोर्टेसनको युग

रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु

अर्जनप्रसाद मैनाली विश्वरक्तदाता रक्तदानको सिलसिलामा रमाईला क्षणहरु अक्सर आईरहन्छन् । एकपटक रक्तदानस्थलमा थुप्रै मानिसहरु भेला भएका थिए । कतिपयले “बिगतमा गरेका पापहरु रगत दान गरेर कसैको जीवन बचाउन सहयोग गरी सबै पाप पखाल्नु पर्यो” भनि ठट्टा गर्दै थिए । केही साथीहरु ‘मलाई त उच्च रक्तचाप छ, औषधी सेवन गरिरहेको छु,’ भन्दै रक्तदान गर्न मिल्दैन भन्दै… Continue reading रक्तदाताको डायरी : न्यूयोर्क शहरमा शुरुका दिनहरु

टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्न नमानेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकटमा फसेको छ । उपसभामुखलाई राजिनामा गर्न लगाएर सभामुखमा आफ्नो पार्टीबाट माथिल्लो तहका नेता राख्ने र उपसभामुख विपक्षि दललाई दिने रणनीतिमा शिवमाया तगारो बनेकी छिन् । उनले आफूलाई हटाएर देखाउन चूनौति दिँदै राजिनामा नगर्ने बताएकी हुन । उनको शर्त भने आफू… Continue reading टसमस गरिनन् शिवमाया, नेकपालाई सकस

सभामुख सकस : ओली प्रचण्डको असफलता

आर एल श्रमजीवी / क्यालिफोर्निया तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको १९ महिना बितिसक्दा पनि हाल सभामुखको चयन गर्न नसकेकोमा यी दुई पार्टीमा एकता भए पनि मन नमिलेको प्रष्ट हुन्छ । संसद् सचिवालयको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराको पद नै गएको थियो । अदालतको फैसलापछि महरा… Continue reading सभामुख सकस : ओली प्रचण्डको असफलता

अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति

सुपेन्द्र बस्नेत / बोष्टन सृष्टिकाे भरपुर  ब्याख्या गर्ने सबैभन्दा पुरानाे दस्तावेज हाे – धर्मशास्त्र । अनि मानव सभ्यता बिकासकाे जग , मेरुदण्ड र ऐतिहासिक धराेहर पनि मानिन्छ, धर्मशास्रलाई । चाहे त्याे जुनसुकै धर्म किन नहाेस् । जसले मानवलाई  प्राणी जगतमा सर्वाेकृष्ट, चेतनशील, बुद्धिमानी, पराेपकारी प्राणी र प्राणी जीवन चक्रकाे सबैभन्दा उत्तम चाेला हाे भनेर ब्याख्या… Continue reading अष्ट्रेलियाकाे जंगलमा लागेकाे डडेलाेले दिलाएकाे क्षतिप्रति गहिराे दुखानुभूति

रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

अर्जुनप्रसाद मैनाली विश्व रक्तदाता मैले सन् १९८५ र ८६ तिर कलेजमा ‘द ब्लड डोनर’ भन्ने पाठ पढेको थिएँ ।त्यो पाठमा एक जना अमेरिकी रक्तदाता थोमसले आफ्नो रगत दिएर धेरैलाई बचाएको मर्मस्पर्शी अभिव्यक्ति थियो ।मानव शरिरमा रगत समुहको नाम पनि हुन्छ भन्ने थाहा पाएपछि मेरो शरिरमा कुन समुहको रगत होला भन्ने लाग्यो । सन् १९८७ अगष्ट… Continue reading रक्तदाताको डायरी : उत्सुकताका ती दिनहरु

नेताका छोराछोरी राजनीतिमा किन लागेनन् ?

आरएल श्रमजीवी / क्यालिफोर्निया कविवर केदारमान व्यथितले भनेका थिए – राजनीति शौचालय हो भने साहित्य भोजनालय हो । सायद कवि व्यथितको यही सत्य नेताकाछोराछोरीले थाहा पाएर होलान् अधिकांश उनीहरु राजनीतिमा छैनन् । हामीले अहिलेदेखि रहेका छौं कि नेपाली काँग्रेसका अघिल्लापुस्ताका नेता बिपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधी र गिरिजाप्रसाद कोइराला बाहेकका कुनै पनि नेताका छोरा… Continue reading नेताका छोराछोरी राजनीतिमा किन लागेनन् ?

नेपाली रामचरितमानस : रामायणको अर्को घुम्ती

आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क एक समय संस्कृत साहित्यका आदिकवि महर्षि वाल्मीकि प्रेमालापमा मग्न सारस पंक्षी जोडीको गतिविधि नियालिरहेका थिए । तत्क्षण सिकारी आयो, पुरुष सारसको हत्या गरिदियो । स्त्री सारस विलाप गर्न थाली । यो दृष्य देखेर महर्षि वाल्मीकिको मानसपटलमा करुणा प्रष्फुटित भयो र स्वतस्फुर्त रुपमा कवित्व जागृत हुनपुग्यो । महर्षि वाल्मीकिको मुखबाट निस्कियोः… Continue reading नेपाली रामचरितमानस : रामायणको अर्को घुम्ती

ॐ बुझ्नलाई ध्यानमा डुब्नु पर्छ

​विनोद रोका, न्युर्योक ॐ को गहिराई अनन्त रहेछ । ब्रमाण्ड जत्तिकै गहन । ॐ को चेतनामा अडिग रहन नसकेको मेरो मनको अवस्था छ । ॐ को अन्तस्करण पहिल्याउने यात्रामै छु । यस्तो मन लिएर बाँचेको मान्छेलाई विश्व सन्देशका योगेश भाईले ॐ को बारेमा एउटा लेख लेख्न आग्रह गरे । मेरो बानी कसैलाई टार्न वा नाई… Continue reading ॐ बुझ्नलाई ध्यानमा डुब्नु पर्छ

विश्व पर्यावरण र जैविक विविधता संरक्षणमा लाग्नु पर्दछ : प्रकृति र मानिस

डिल्ली वहादुर रावत / काठमाडौं  विश्वको राजनीतिलाई हेर्दा सोभियत संघको बिघटनपछि संसार अहिले एक ध्रुवीय बन्न पुगेको छ । जसले गर्दा शीत युद्धको अन्त्य भयो । तर पनि युद्धको कालो वादल मडारी रहेको छ । युद्ध आफैमा समाधान होइन वरु चौतर्फी समस्याको श्रोत हो । यसले पर्यावरण क्षेत्रमा पनि गम्भीर संकटहरु निम्त्याउछ । पर्यावरणको दृष्टिकोणबाट… Continue reading विश्व पर्यावरण र जैविक विविधता संरक्षणमा लाग्नु पर्दछ : प्रकृति र मानिस

पारस्थितिकीय प्रणालीमा गिद्धको महत्व: प्रकृति र मानिस

डिल्ली वहादुर रावत प्रकृतिले सृष्टिचक्रलाई निरन्तरता दिनका लागि पारस्थितिकीय प्रणालीमा आधारित सृष्टि गरेको छ । कुनै पनि एक पक्षको विनास भयो भने त्यसको कु-प्रभाव अर्काे पक्षमा पर्न जान्छ । त्यसैले सवैको संरक्षण गर्दा नै मानिसको अस्तित्व यो धर्तीमा दिगो रहन पुग्छ । दुर्भाग्यनै भनौं आज मानिसमा बढ्दो अहमता र म भन्ने शब्दको कारण आफ्नै अस्तित्व… Continue reading पारस्थितिकीय प्रणालीमा गिद्धको महत्व: प्रकृति र मानिस

अमेरिका : लाहुर न ससुराल

दधिराम खतिवडा / टेक्सस, अमेरिका “प्लस टु पास, युरोपअमेरिका टाप”को लक्ष्य बोकेका छोरोछोरी र यसैलाइ सामाजिक प्रतिष्ठाको उच्चतम आकांक्षा मान्ने आमअभिभावक कयौँको मुल खेत उड्यो त कतिपयको मुलघरदेखि सहरको पिलरवाले घर नै । मुख्य सहरका मुख्य सडकका दायाँबाँया दुवैपट्टी स्थापति /सन्चालित कन्सल्टेन्सी, दलाल र बिचौलियालले अधिकांशलाइ सिरीखुरी पारेका घटना बग्रेल्ति नदेखिएका होइनन् । आमअभिभावकको आफ्नो… Continue reading अमेरिका : लाहुर न ससुराल

साली

योगेश आदी ‘डंगोल’ दिदीको बिवाहको दिन नै भिनाजूको जुत्ता समातेर ठट्टाको बिजारोपण गर्ने पात्र हो; साली । जुत्ता मोलमोलाईको क्रमदेखि नै हेपिन शुरुहुन्छ त्यो अनुग्रहित पात्र । अन्य कसैको घरको शोभा अनि कसैको जीवनसाथी बन्नुपर्ने पात्रको नाम जोडेर “साली आधी घरवाली” “साली कस्को भेनाको” जस्ता भद्दा मजाकका बोलबोलाईमा रौसिन्छन् समाज । मनपर्ने एउटी साली छ…… Continue reading साली

विद्यार्थी आन्दोलनको रन्को र सत्याग्रहको फन्को

पुरुषोत्तम लम्साल भर्जिनिया गएको साउनदेखि नै शुरु भएको थियो निजी मेडिकल कलेजका विद्यार्थीको आन्दोलन, चितवन मेडिकल कलेजबाट । आन्दोलनकारी विद्यार्थीको माग थियो, सरकारले तोकेको भन्दा बढी शुल्क उठाउनु गलत हो र कलेजले अवैधानिक रुपमा उठाएको शुल्क फिर्ता गर्नपर्छ । यत्ति थियो माग । कलेज प्रशासनले उतिबेला विद्यार्थीको मागलाई बेवास्ता गर्दै लौजा भनेर कलेज नै बन्द… Continue reading विद्यार्थी आन्दोलनको रन्को र सत्याग्रहको फन्को

डाहालाग्दो इलिनोइको एकता

कल्पना घिमिरे स्टेजमा पफरमेन्स देख्ने बित्तिकै उनीसंग कतिबेला कुरा गरौं भन्ने भयो । पफरमेन्स सकिन नपाउँदै बिबाहको पार्टीको भिडभाड र गानाबजाना भन्दा पर लगें । बिज्ञा पौडेल खड्का, उमेरले खै कति पुगिन् थाहा छैन । सोध्न मिलेन । तर, उनको पातलो, फुर्तिलो शरिर र दमदार नृत्य देख्दा लाग्थ्यो उनी भर्खरै कलेज जान थालेकी युवती हुन्… Continue reading डाहालाग्दो इलिनोइको एकता

सबै पुरानो खराव र नयाँ असल भन्ने हुँदैन

– डा. बद्री पोख्रेल [email protected] असल र खराव समय, सन्दर्भ, कालक्रम र ठाँउ अनुसार सावित हुन्छ । कुनै कुरा कुनै वेला ठीक भए पनि अर्को सन्दर्भमा वेठीक पनि ठहर्न सक्तछ । कतै हास्नुको महत्व हुन्छ भने कुनै सन्दर्भमा हास्नु अशिष्टता देखाउनु हुन्छ । महत्व नवुझ्दा श्रीखण्ड पनि हसियाको वींड वरावर महत्वहीन हुन पुग्छ भने महत्व… Continue reading सबै पुरानो खराव र नयाँ असल भन्ने हुँदैन

आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे

सुपेन्द्र बस्नेत / बोष्टन आज भन्दा १६ बर्ष अगाडिकाे कुरा हाे । जतिबेला म पश्चिम नेपालकाे कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा सञ्चालित जिडब्लुपी / सेभ द चिल्ड्रेनकाे परियाेजनामा कार्यरत थिए । परियाेजना अन्तरगत हरेक जिल्लामा युनिट कार्यालयहरु र त्यस अन्तर्गत लक्षित समुदायलाई लक्षित गरी ड्रप ईन सेन्टरहरु पनि रहेका थिए र क्षेत्रीय… Continue reading आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे

बिदेशिएका नेपालीको आक्रोस

मिनबहादुर पण्डित (दुबई) घर परिवार बाट टाडा २० बर्ष बिदेश बसेर अरबको तातो गर्मीमा काम गरी खाइ नखाइ बनाएको जम्मा एउटा घर छ । त्यसमा पनी नगरपालिका कर, तिरो आदि बाहेक १०५ मासिक घर बाहाल कर पनि तिर्नु पर्ने रे । तिर्छु यदी मैले तिरेको पैसाले देश विकास हुन्छ भने । तिर्छु यदी मैले तिरेको… Continue reading बिदेशिएका नेपालीको आक्रोस

नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?

प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर नारायण गोपाललाई उदृत गर्दै दाहाल थरका एक प्रशसकले हालै फेसबुकको भित्तोमा लेखे– यो धर्तीमा नारायण गोपालको गीत छ र मेरो जीवन छ । तिनै नारायण गोपाल हुनु, जस्ले कालिप्रसाद, दिनेश अधिकारी, नागेन्द्र थापा र भैरवनाथ रिमालजस्ता त्यतिबेलाका मसिना गीतकारलाई स्थूल बनाए । जस्ले एउटा जाती भन्दा सिङ्गो देशको लागि सुमधुर स्वर… Continue reading नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?

आयो विवाहको मौसम

आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क श्रावण, भाद्र, आश्विन र कार्तिक महिनाको चार महिने विश्रामपछि मंसीर महिना लाग्ने वित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । गरगहना, लत्ताकपडाको जोहो गर्दै वाक्दान आदि विधिले केटाकेटी तयार पारी शालको पातको टपरी गास्ने, सेल पकाउने, कसर बाट्ने, यज्ञ तयार गर्ने र शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले… Continue reading आयो विवाहको मौसम

प्रधानमन्त्रीको परीक्षा

पुरुषोत्तम लम्साल / भर्जिनिया शुरुमा एउटा दन्त्यकथा सापटी लिन्छु । चिसो मौसम थियो । एक राजा सुती र मलमलमा बेरिएर दिनभर सयरमा थिए । साँझपख दरबार फर्कंदै गर्दा उनले दरबारको ढोकामा पहरा दिइरहेको सैनिकको बर्दी ज्यादै पातलो देखे । राजाले सोधे; “बाहिर यस्तो चिसो छ तिमीलाई जाडो भएको छैन ?” सिपाहीले भन्यो, “विल्कूल महाराज ।… Continue reading प्रधानमन्त्रीको परीक्षा

कालापानी विवाद के हो ?

आर एल श्रमजीवी / क्यालिफोर्निया भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका केही भू–भागलाई समेटिएपछि नेपालबाट चौतर्फी रुपमा विरोधकास्वरहरू उठिरहेका छन् । नेपाली प्रिन्ट मिडिया, टेलिभिजनहरु सामाजिक संजाल र युट्युबमा निक्कै हल्ला छ । बिदेशमा रहेकानेपालीहरु पनि आफ्नो मातृभूमिको सिमा मिचिदा दुखित र चिन्तित छन् । भारतको विदेश मन्त्रालयले बिज्ञप्ति जारी गर्दै हामीले सिमानामिचेको छैन भनेको… Continue reading कालापानी विवाद के हो ?