काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन निर्देशन दिएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री लगायत मन्त्रालयका कर्मचारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन पनि निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सधैं… Continue reading रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
Category: बिचार
३० औं जनयुद्ध दिवस मनाउँदै माओवादी, प्रचण्डले दिए यस्तो सन्देश
काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाइरहेका छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले ‘जनयुद्ध दिवस’ मनाउने गरेका छन् । जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको ऐतिहासिक संघर्षको दिनका रुपमा स्मरण गरेका… Continue reading ३० औं जनयुद्ध दिवस मनाउँदै माओवादी, प्रचण्डले दिए यस्तो सन्देश
कांग्रेस नेता कोइरालाले गरे अध्यादेशको विरोध
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् । भक्तपुरमा जिपि कोइराला फाउन्डेसनले सोमबार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् । ‘दुईतिहाइको सरकारलाई अध्यादेश ल्याउनु पर्ने जरुरी नै थिएन,’ उनले भने, ‘संसद्लाई… Continue reading कांग्रेस नेता कोइरालाले गरे अध्यादेशको विरोध
मस्कको आलोचना हुन थालेपछि बचाउमा उत्रिए ट्रम्प
काठमाडौं । इलन मस्कले ट्रम्प शासनमा गरिरहेको मनपरीको विपक्षी दलबाट विरोध सुरु भएको छ । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उनको बचाउ गरेका छन् । उनले अमेरिकी सरकारका तर्फबाट मस्कले फजुल खर्च कम गर्न काम गरिरहेको बताएका छन् । यसअघि यस्ता कदमबाट सरकार भन्दा मस्कलाई बढी फाइदा पुगेको भन्दै डेमोक्रेटिक पार्टीले विरोध जनाएको थियो ।… Continue reading मस्कको आलोचना हुन थालेपछि बचाउमा उत्रिए ट्रम्प
मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थालेको बताएका छन् । प्रदेशलाई अधिकार दिन नचाहने, स्थानीय तहलाई बलियो बनाउन नचाहने तर शासनमा बसिरहने गर्दा अधिकारको लागि एउटा ठूलो आन्दोलनको महसुस भइरहेको हो कि भन्ने आफूलाई लाग्न थालेको प्रचण्डले बताए । संविधान निगरानी समूह र आइएसएसआरले आइतबार काठमाडौंमा… Continue reading मुलुकमा ठूलो आन्दोलनको आवश्यकता छ : प्रचण्ड
पाथिभरा केवलकार विवादमा चन्द्र ढकाल भन्छन् : केबलकारले पहिचान प्रवद्र्धन गर्छ-नागरिकको जीवनस्तर सुधार गर्छ
काठमाडौं । कोशी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चामा छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार भएको देखिएको छ । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको… Continue reading पाथिभरा केवलकार विवादमा चन्द्र ढकाल भन्छन् : केबलकारले पहिचान प्रवद्र्धन गर्छ-नागरिकको जीवनस्तर सुधार गर्छ
प्रधानमन्त्री र सातै प्रदेशका मूख्यमन्त्रीहरु बीच भर्चुअल बैठक, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक यसप्रकारको संवाद गरेका हुन् । करिब साढे दुई घण्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले प्रदेशका… Continue reading प्रधानमन्त्री र सातै प्रदेशका मूख्यमन्त्रीहरु बीच भर्चुअल बैठक, के भयो कुराकानी ?
२०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ मा एकल बहुमतले सरकार बनाउने दावि गरेका छन् । शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी ०८४ अघि सरकारमा नजाने स्पष्ट पारे । उनले ०८४ मा माओवादीले एकल बहुमतको सरकार बनाउने बताए । २०८४ सालको संसदीय चुनावमा माओवादी पहिलो पार्टी बन्ने… Continue reading २०८४ अगाडी सरकारमा जान्नौं, त्यसपछि एकल बहुमतको सरकार चलाउँछौं : प्रचण्ड
रविमाथि सरकारले प्रतिशोध साँधेको छ, संसदले समर्थन गर्यो : रास्वपा
काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डिपी अर्यालले सार्वभौम संसदले पनि रवि लामिछानेमाथि सरकारले साँधेको प्रतिशोधको समर्थन गरेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका कार्यवाहक सभापतिसमेत रहेका अर्यालले संसदको चौथो ठूलो दलको सभापतिसँग सरकारले प्रतिशोध साँधेको र त्यसलाई संसदले समर्थन गरेको बताएका हुन्। सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसदले पनि… Continue reading रविमाथि सरकारले प्रतिशोध साँधेको छ, संसदले समर्थन गर्यो : रास्वपा
प्रधानमन्त्रीले आज सातै प्रदेशका मूख्यमन्त्रीहरुसँग संवाद गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् । उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् । तत्कालीन समयमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने गरी बनाइएको सोही एक्सन रुमबाट प्रधानमन्त्री… Continue reading प्रधानमन्त्रीले आज सातै प्रदेशका मूख्यमन्त्रीहरुसँग संवाद गर्ने
संसदमा प्रचण्ड : गहकिलो भाषणले सरकारमाथि प्रहार
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वतयारीसहित आज संसदमा भाषणा गरेका छन् । उनको भाषणको अहिले चर्चा भइरहेको छ । उनले लिखित भाषणा गरेका थिए । गहकिला शब्द संयोजनसहित भाषण गरेका उनले सरकारमाथि दर्जनौं प्रश्न सोझाएका छन् । आफू नेतृत्वको सरकारले सुरु गरेका भ्रष्ट्राचार छानबिन प्रकरण… Continue reading संसदमा प्रचण्ड : गहकिलो भाषणले सरकारमाथि प्रहार
द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत मात्र, दुई वर्षमा सकिएला ?
काठमाडौं । आगामी २०८३ सालमा सम्पन्न हुनुपर्ने गरी लक्ष्य राखिएको काठमाडौ–मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति ३७.६ प्रतिशतमात्र पुगेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यस आयोजनाबारे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिफ्रिङ’ लिएका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेनालाई दिएको जिम्मेवारी गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्देशन दिए । उनले खोकना क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित… Continue reading द्रुतमार्गको भौतिक प्रगति ३७ प्रतिशत मात्र, दुई वर्षमा सकिएला ?
पाथिभरा केवलकार विवाद : नेपालमा लगानीको वातावरण बिग्रने निजी क्षेत्रको चिन्ता
काठमाडौं । नेपालका तीन निजी क्षेत्रका संस्थाहरुले पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केबलकार निर्माणलाई लिएर भइरहेको बन्द हडतालले मुलुकको पूर्वाधार विकासका लगानीमैत्री वातावरण बिथोलिने बताएका छन् । केबलकार परियोजना अघि बढिरहेको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निजी क्षेत्रले बन्द हडतालका कार्यक्रम तत्काल रोक्नसमेत आग्रह गरेका छन् ।… Continue reading पाथिभरा केवलकार विवाद : नेपालमा लगानीको वातावरण बिग्रने निजी क्षेत्रको चिन्ता
सेवा प्रवाह प्रभावकारी बनाउन प्रविधिमा जोड गरौं : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी सेवा प्रवाहसँग सम्बन्धित सूचना प्रविधि प्रणाली पूर्णरूपमा आधुनिक, प्रभावकारी एवं विश्वसनीय बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय र मातहत निकायमा प्रयोगमा रहेका विभिन्न सूचना प्रविधि प्रणालीको अवस्था सम्बन्धमा अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले त्यस्तो निर्देशन दिएका हुन् । वर्तमान अवस्थामा सेवा प्रवाह चुस्तदुरुस्त एवं छिटोछरितो र… Continue reading सेवा प्रवाह प्रभावकारी बनाउन प्रविधिमा जोड गरौं : अर्थमन्त्री
इलन मस्क भन्छन : यूएसएआईडी बन्द हुन्छ
काठमाडौं । अमेरिकी ुसरकारी दक्षता विभागुका निर्देशक तथा टेक खर्बपति इलन मस्कले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागिएको बताएका छन् । उनले आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गरेका छन् । जसमा उनले यूएसएआईडी बन्दको प्रक्रिया थालिएको जानकारी गराएका छन् । ‘यो सुधार्नै नसक्ने अवस्थामा छ,’ मस्कले भनेका छन्, ‘हामी यसलाई… Continue reading इलन मस्क भन्छन : यूएसएआईडी बन्द हुन्छ
प्रचण्ड भन्छन् : जनतामा राजनीतिक चेतना बढेको छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतामा राजनीतिक चेतना बढ्दै गएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) चितवनले भरतपुरमा आयोजना गरेको पार्टी प्रवेश एवं प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले देशभरि जनताको तहमा, वामपन्थी तहमा र समग्र राजनीतिक तहमा नयाँ चेतनाको विकास भएको पाइएको बताए । उनले भने,… Continue reading प्रचण्ड भन्छन् : जनतामा राजनीतिक चेतना बढेको छ
सातबुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमति कार्यान्वयनमा दृढ रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति देउवाले भने, “नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सात बुँदे सहमति भएर सरकार गठन भएको हो। हामी दुवै दलका साथै अन्य… Continue reading सातबुँदे सहमति कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
संसदमा प्रधानमन्त्रीको सम्बोधन, के के भने ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । सो क्रममा उनले पार्टी टुक्राउने र भत्काउनेजस्ता खुद्रे कुरा यो सरकारको मेन्युमा नरहेको दावि गरे । बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागिता र हालैको छिमेकी चीनको औपचारिक भ्रमणबारे जानकारी गराए । प्रधानमन्त्री ओलीले विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले… Continue reading संसदमा प्रधानमन्त्रीको सम्बोधन, के के भने ?
जहाज दुर्घटनाबारे राष्ट्रपति ट्रम्पले के भने ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जहाज दुर्घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले पत्रकारसँग सात्क्षात्कार गरेका हुन् । दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ । राष्ट्रपति ट्रम्पले यस दुर्घटनाको कारण अहिले नै भन्न नसकिन तर छिट्टै यसबारे खुल्ने उनले बताए । उनले दुर्घटनामा मारिएका व्यक्तिका परिवारमा समवेदना व्यक्त गरे । उनले दुर्घटनामा हेलिकप्टरको… Continue reading जहाज दुर्घटनाबारे राष्ट्रपति ट्रम्पले के भने ?
विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका हुन्… Continue reading विकास र समृद्धिको आकांक्षा पूरा गरौं : राष्ट्रपति
सार्वजनिक कार्यक्रममा जान थाले प्रधानमन्त्री, भक्तपुर पुगेर के भने ?
काठमाडौं । शारीरिक अस्वस्थताका कारण निवासमै आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा जान थालेका छन् । उनी सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको उद्घाटनमा पुगेका थिए । सो कार्यक्रममा बोल्दै नउले सत्ता खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार विकास र स्थिरताको बलियो… Continue reading सार्वजनिक कार्यक्रममा जान थाले प्रधानमन्त्री, भक्तपुर पुगेर के भने ?
सांसदसँग समन्वय गरेर काम गर्न कांग्रेसका मन्त्रीलाई सभापति देउवाको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीले सांसदसँँग समन्वय गरेर काम गर्नुपर्ने बताएका छन् । सोही अनुसार अघि बढ्न उनले निर्देशन समेत दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिए । सांसद रामहरी खतिवडाका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा… Continue reading सांसदसँग समन्वय गरेर काम गर्न कांग्रेसका मन्त्रीलाई सभापति देउवाको निर्देशन
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्र मन्त्रीद्धारा दुख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी हुन् । मन्त्री डा. राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी हुन् । उनले… Continue reading भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्र मन्त्रीद्धारा दुख व्यक्त
यो सरकार आगामी चुनावसम्मै टिकोस : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार २०८४ को आम निर्वाचनसम्मै गए हुने बताएका छन्। चितवनमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले माओवादीको अहिलेको प्राथमिकता सरकार नभएको बताए। ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन, मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो,’ उनले भने। वर्तमान… Continue reading यो सरकार आगामी चुनावसम्मै टिकोस : प्रचण्ड
राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डोनाल्ड जे। ट्रम्पलाई अमेरिकाको ४७ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति पौडेलले एक सन्देशमार्फत राष्ट्रपति ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै नेपाल र संयुक्त राज्य अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र विस्तार हुने विश्वास व्यक्त गरे । राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा… Continue reading राष्ट्रपति पौडेलले टम्पलाई दिए बधाई
ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?
काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई उनले सम्बोधन गरेका छन् । उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो,’ उनले भने, ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः… Continue reading ट्रम्पको पहिलो भाषण, के के विषय समेटिए ?
बामदेव गौतम एमालेमा जाने तयारीमा
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मै फर्किने तयारी गरेको पाइएको छ । उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । संवाद सकारात्मक भएको समेत बताइएको छ । उनी २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका छन् । प्रधानमन्त्री ओली र गौतम बीच आज पनि… Continue reading बामदेव गौतम एमालेमा जाने तयारीमा
नेपाल भित्रै ठूला कारखाना खुल्ने क्रममा छन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै देशमा फलामखानी र मलकारखाना जस्ता ठूला उद्योगहरू खुल्ने क्रममा रहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्प्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ऊर्जाले खपतका ठाउँहरू आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने उनको भनाइ छ । ‘हामीसँग आठ… Continue reading नेपाल भित्रै ठूला कारखाना खुल्ने क्रममा छन् : प्रधानमन्त्री
रविमाथि सरकारले पूर्वाग्रह गरेको छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले पूर्वाग्रह साधेको जनतामा परेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले यस्तो बताएका हुन् । ‘रविमाथि सरकारले पूर्वाग्रह साधेको हो भन्ने जनतामा परेकै छ । रविमाथि अत्याचार नै हो भन्ने जनतामा परेको छ’ प्रचण्डले भनेका… Continue reading रविमाथि सरकारले पूर्वाग्रह गरेको छ : प्रचण्ड
अध्यादेशमा सत्तारुढ दलमा असहमति छैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलको कुनै पनि असहमति नभएको दाबी गरेका छन् । बुधबार सिंहदरबारमा अध्यादेशबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढंगले प्रस्तुत भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा अक्षरमा पनि कहिँ कतै असहमति… Continue reading अध्यादेशमा सत्तारुढ दलमा असहमति छैन : प्रधानमन्त्री