आजबाट आन्तरिक उडान बन्द, अत्यावश्यक परे चार्टर्ड गर्न सकिने

काठमाडौं । सरकारले चार्टर्ड उडानको ढोका खुला राख्दै आजबाट सबै आन्तरिक उडान बन्द गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण रोक्ने भन्दै सरकारले गत राती १२ बजेबाट आन्तरिक उडान रोक्ने निणय गरेको हो । बिहीबारबाट सबै अन्तर्राष्ट्रिय उडानमा समेत रोक लगाइएको छ । यद्दपी यसबीचमा भारतसँग भने सातामा दुई उडान निरन्तर रहने छ । नेपाल… Continue reading आजबाट आन्तरिक उडान बन्द, अत्यावश्यक परे चार्टर्ड गर्न सकिने

अप्रिलमा भित्रिए साढे २२ हजार पर्यटक, अमेरिकाबाट मात्र २७४०

काठमाडौं । नेपालमा कोरोना महामारी शुरु भएयता अप्रिल महिनामा सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । एकातर्फ पर्वतारोहणको मौसम र अर्कोतर्फ नेपाललाई ट्रान्जिट बनाउँदै भारतीय नागरिक तेस्रो मुलुक उडेका कारण यो महिनामा पर्यटक आगमन बढेको हो । अध्यागमन विभागका अनुसार अप्रिलमा विदेशबाट कुल २२ हजार ४ सय ५० विदेशी नागरिक नेपाल आएका छन् । तथ्यांकअनुसार… Continue reading अप्रिलमा भित्रिए साढे २२ हजार पर्यटक, अमेरिकाबाट मात्र २७४०

आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द

Photo : Lonely Planet

काठमाडौं । सरकारले सोमबार मध्यरातिदेखि लागु हुने गरी आन्तरिक उडान बन्द गरेको छ । सोमबारका लागि निर्धारित उडान भने जारी रहने छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार राती १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले भारतबाट हुने सम्पूर्ण उडान रद्द गरेको छ… Continue reading आन्तरिक उडान भोली रातीबाट बन्द, भारतसँगको उडान रद्द

हङकङले रोक्यो नेपालसँगको हवाई उडान

File Photo

हङकङ । काठमाडौंबाट हङकङका लागि हुने हवाई उडान रोकिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच हङकङले नेपालसँगको हवाई उडान रोक्ने निर्णय गरेको हो । संचारमाध्यमहरुका अनुसार शनिबारदेखि लागू हुने गरि नेपालसँगका सबै हवाइ उडान रोक्ने निर्णय त्यहाँको सरकारले गरेको छ । नेपालमा कोरोनाभाइरसको संक्रमण तिब्र छ । तर, हङकङमा भने विदेशबाट आएका मानिसहरुमा मात्र… Continue reading हङकङले रोक्यो नेपालसँगको हवाई उडान

हवाई उडान व्यवस्थापन गर्न वायुसेवा संचालकले बनाए समिति

Photo : BBC

काठमाडौं । निषेधाज्ञाको समयमा पनि त्रिभुवन विमानस्थलमा हवाई यात्रा भने यथावत रहेको छ । विमानस्थलमा अधिक भिडभाड हुँदा संक्रमणको डर हुने परिस्थितिमा यात्रुको व्यवस्थापनमा सहजिकरण गर्न वायुसेवा संचालकहरुले अनुगमन समिति बनाएका छन् । वायुसेवा संचालक संघ (आयोन)का कार्यकारी निर्देशकको संयोजकत्वमा बुद्ध एयर, यति एयरलाइन्स, समिट एयर, श्री एयरलाइन्स र सौर्य एयरलाइन्सका प्रतिनिधि रहेको अनुगमन कमिटी… Continue reading हवाई उडान व्यवस्थापन गर्न वायुसेवा संचालकले बनाए समिति

विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने

काठमाडौं । निषेधाज्ञाको समयमा हवाई यात्रुको आवतजावत सहजिकरण गर्न विमानस्थलसम्म साझा यातायातका बस चल्ने भएका छन् । आन्तरिक तथा बाह्य यात्रुको सुविधालाई ध्यानमा राखी वैशाख १६ देखि काठमाडौं उपत्यकामा साझा यातायातले हवाई यात्रुलाई विमानस्थलसमम लैजाने भएको हो । सोही दिनबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु हुँदैछ । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने बन्द गरेको छैन… Continue reading विमानस्थलसम्म यात्रु लैजान साझा यातायातका बस चलाइने

काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

File

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने सबैले अनिवार्य क्वारेन्टिन बस्नु पर्ने भएको छ । काठमाडौं आउनेहरुले होम आइसोलेसन वा स्थानीय तहले तोकेको सेन्टरमा बस्नु पर्ने नियम सरकारले ल्याएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गर्दै यस्तो जानकारी गराएका हुन् । स्थानीय सरकारले १६ वैशाखबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरिसकेको… Continue reading काठमाडौं छिर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान

File photo : Seven summit treks pvt

काठमाडौं । सगरमाथा आरोहणका लागि नेपालमा एक सिजनमा अहिलेसम्मकै बढी पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले आरोहण अनुमति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । यसअघि सन् २०१९ मा ३८२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । कोरोना भाइरसको दोस्रो लहरको सन्त्रासका बीच नेपालमा पर्वतारोहणमा भने उत्साह… Continue reading सगरमाथा चढ्न करीव ४ सयले लिए अनुमति, बन्यो कीर्तिमान

बुद्ध एयरद्धारा पोखराबाट चार अन्तर प्रदेश उडानको घोषणा

काठमाडौं । नेपालको निजी क्षेत्रको ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट अब अन्तर प्रदेश उडान गर्ने भएको छ । १ मेबाट एकै पटक चार गन्तब्य जोड्ने गरी अन्तर प्रदेश उडानको घोषणा बुद्धले गरेको हो । बुद्धले पर्यटकीय शहर पोखराबाट विराटनगर, सिमरा र नेपालगन्जलाई एकै पटक जोड्न लागेको हो । साथै भैरहवाबाट भरतपुर उडानको तयारी समेत… Continue reading बुद्ध एयरद्धारा पोखराबाट चार अन्तर प्रदेश उडानको घोषणा

त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क नलगाई जान नपाइने भएको छ । कोरोना भाइरसको बढ्दो महामारीका बीच विमानस्थल सुरक्षा कार्यालयले नो माक्स, नो इन्ट्री नियम ल्याएको हो । कार्यालयले विमानस्थलमा अतिआवश्यक नपरेसम्म यात्रु बाहेक अन्य व्यक्ति नआउन र आए पनि गेटबाटै फर्कन आग्रह गरिएको छ । यात्रुलाई पिसिआर रिर्पोट अनिवार्य बोक्न भनिएको छ । भिडभाड… Continue reading त्रिभुवन विमानस्थलमा ‘नो मास्क-नो इन्ट्री’

हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे

file

काठमाडौं । वसन्त ऋतुमा नेपालमा हिमाल चढ्न अनुमति लिनेको संख्या करीव ५ सय पुगेको छ । सगरमाथासहित हिमाल आरोहण गर्न अनुमति लिने आरोहीको संख्या मंगलबारसम्म ४९२ पुगेको हो । पर्यटन विभागको तथ्यांक अनुसार सगरमाथा चढ्न यो सिजनमा ३० समूहका २ सय ९० जनाले अनुमति लिएका छन् । तथ्यांक अनुसार ल्होत्सेमा ७ समूहका ५५ जनाले अनुमति… Continue reading हिमाल आरोहण अनुमति लिने करीव ५ सय पुगे

खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने

काठमाडौं\एजेन्सी। अमेरिकाले यात्रामाथि लगाएको प्रतिवन्धहरुमा केही खुकुलो गरेको छ । अब कोरोना भाइरसविरुद्धको खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा जाँच वा बीना निगरानी नै स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने भएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले शुक्रबार यस निर्णयबारे जानकारी गराएको हो । खोपको साइकल पुरा गरेका व्यक्तिले हवाई‚ बस‚ रेलमार्गमा स्वतन्त्र… Continue reading खोपको मात्रा पुरा गरेका व्यक्तिले अमेरिकामा स्वतन्त्र रुपमा यात्रा गर्न सक्ने

पर्वतारोहणमा अनुमति लिने संख्या उत्साहजनक, २० समुहका १५१ ले पाए परमिट

file

काठमाडौं । नेपालमा बसन्त ऋतुमा पर्वतारोहणमा जाने पर्यटक तथा नेपालीको संख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । कोरोना भाइरसको महामारीपछि पहिलो पटक पर्वतारोहण हुन लागेको हो । पर्यटन विभागका अनुसार बिहीबार साँझसम्म २० समूहका १ सय ५१ जनाले हिमाल आरोहण अनुमति लिएका छन् । अहिलेसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल… Continue reading पर्वतारोहणमा अनुमति लिने संख्या उत्साहजनक, २० समुहका १५१ ले पाए परमिट

भारतपछि अमेरिकाबाट नेपालमा धेरै पर्यटक आए

काठमाडौं । नेपालमा पर्यटक आगमनको मूख्य स्रोत बजार भारत हो । त्यसपछि दोस्रो स्थानमा चीन रहने गरेको छ । तर, चीनले कोरोना महामारीका बीचमा आफ्ना नागरिकलाई यात्रामा प्रतिवन्ध लगाएको छ । यसले अन्य मुलुकबाट नेपालमा पर्यटक आगमन बढेको छ । मार्च महिनामा भारतपछि अमेरिकाबाट सर्वाधिक संख्यामा पर्यटक आएको तथ्यांकमा देखिएको छ । अध्यागमन विभागका अनुसार… Continue reading भारतपछि अमेरिकाबाट नेपालमा धेरै पर्यटक आए

बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति

काठमाडौं । बहराइनका राजपरिवारका सदस्य शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टीमले वसन्त ऋतुमा सगरमाथा चढ्न अनुमति प्राप्त गरेको छ । पर्यटन विभागले यो टोलीका लागि आरोहण अनुमति जारी गरेको हो । यस सिजनका लागि अहिलेसम्म सगरमाथा चढ्न दुई समुहले अनुमति लिएका छन् । बहराइनबाट त्यहाँको डिफेन्स फोर्सका १६ जनाको टोली २ चैतमा नेपाल आएको हो… Continue reading बहराइनका राजपरिवारका सदस्यसहितको टीमले पायो सगरमाथा आरोहण अनुमति

यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान

काठमाडौं । काठमाडौं-वनारस रुटमा यति एयरलाइन्सले परीक्षण उडान गरेको छ । बुधबार भएको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरूमा चार्टर्ड र नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको यतिले परीक्षण उडान पुरा गरेको हो । यसअघि बनारसमा बुद्धको उडान थियो ।… Continue reading यतिले गर्यो काठमाडौं-वनारस परीक्षण उडान

आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

file

काठमाडौं । आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने भएका छन् । ट्राफिक प्रहरीले नै यस्तो निर्णय गरेसँगै पठाओले आफ्नो राइडरलाई यसबारे जानकारी गराएको छ । पठाओले राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन रोक लगाएको जनाएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक… Continue reading आजबाट पठाओ राइडरले कम्पनीको पहिचान खुल्ने ड्रेस लगाउन नपाउने

चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप लिन नेपाल वायुसेवा निगमको जहाज बेइजिङजाने भएको छ । निगमको वाइड बडी ए ३३० जहाज १५ चैतमा चीन जान लागेको हो । बेइजिङबाट कोरोना खोप लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने भएको छ । सरकारले १ चैतको मन्त्रिपरिषद्को बैठकबाट मित्रराष्ट्र चीनबाट… Continue reading चीनले दिएको अनुदानको खोप लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने

राष्ट्रपति भण्डारी आज ढाका जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गलादेशको राजधानी प्रस्थान गर्ने भएकी छिन् । उनी दुई दिने राजकीय भ्रमणको सिलसिलामा बंगलादेश जान लागेकी हुन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो । उनी नेपाल एयरलाइन्सको विशेष चार्टर जहाजबाट बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम छ । दुई दिने भ्रमणका… Continue reading राष्ट्रपति भण्डारी आज ढाका जाँदै

फेरी बढ्यो हवाई भाडा

काठमाडौं । इन्धनको मूल्य बढेसँगै निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायु सेवा सञ्चालक संघले शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा बढाउने निर्णय गरेको हो । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएकोले निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेको जारी विज्ञिप्तमा जनाइएको छ… Continue reading फेरी बढ्यो हवाई भाडा

आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

file

काठमाडौं । यो वर्ष आरोहण सिजनलाई सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिने भएको छ । आपतकालिन समयमा आरोही तथा सहयोगीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य मन्त्रालयले काजमा डाक्टर खटाउने भएको छ । पर्यटन विभागका अनुसार सगरमाथाको आधार शिविर र नाम्चेदेखि आधार शिविरको बीचमा एक स्थानमा डाक्टर रहने छन् । उनीहरुले आरोहीलाई प्राथमिक उपचार गरी… Continue reading आरोहण सुरक्षित बनाउन सगरमाथा आधार शिविरमा डाक्टर राखिँदै

पर्यटकलाई समेत अनअराइभल भिसा खुलाउने तयारी

काठमाडौं । सरकारले नेपाल आउने पर्यटकलाई समेत अब अनअराइभल भिसा खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनिवार्य क्वारेन्टिनको प्रावधान हटाएर अनअराइभल भिसा समेत दिन सकिने गरी प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । मन्त्रालयका अनुसार ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको नेगेटिभ रिर्पोट लिएर आउने पर्यटकका लागि विमानस्थलमा स्वाव संकलन गर्ने… Continue reading पर्यटकलाई समेत अनअराइभल भिसा खुलाउने तयारी

बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए

काठमाडौं । बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल खालिफासहित बहराइनको फौजी टोली सगरमाथा चढ्न नेपाल आएको छ । यो टोलीमा कुल १६ जना छन् । गत अक्टोवरमा नेपालका लोबुचे र मनास्लु हिमाल चढेर फर्केको टोली आगामी सिजन सगरमाथा चढ्न लागेको हो । आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आएको हो… Continue reading बहराइनका राजकुमारसहित फौजी टोली सगरमाथा चढ्न नेपाल आए

मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

काठमाडौं । बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०का उपविजेता सन्तोष साहलाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिट बधाई दिएकी छिन् । साह अहिले नेपालमा छन् । उनलाई नेपालमा आतिथ्य उद्योगले भब्य स्वागत समेत दिएको छ । बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेट गरी बधाई ज्ञापन गरेकी हुन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर… Continue reading मास्टर सेफ सन्तोष साहलाई बेलायती राजदूतको बधाई

हवाई यात्राका दौरान नेपाली आकासमा समेत इन्टरनेट सुविधा दिने तयारी

Photo : CGTN

काठमाडौं । हवाई यात्राका दौरान अन्तराष्ट्रिय उडानमा अधिकांश एयरलाइन्समा इन्टरनेट सुविधा उपलब्ध हुन्छ । तर, नेपाली आकासमा छिरेपछि भने यो सुविधा बन्द हुन्छ । नेपाल दूरसंचार प्राधिकरणले विदेशी एयरलाइन्सले नेपाली आकाशमा जहाज उडाउँदा इन्टरनेट सुविधा प्रयोग गर्न पाउने गरी सुविधा दिने तयारी गरेको छ । नेपालको सरकारी समाचारपत्र गोरखापत्रका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार… Continue reading हवाई यात्राका दौरान नेपाली आकासमा समेत इन्टरनेट सुविधा दिने तयारी

बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने

file

काठमाडौं । बहराइनबाट राजपरिवारका सदस्यसहितको एक टोली सगरमाथा आरोहण गर्न नेपाल आउने भएको छ । उनीहरु आगामी चैत २ मा नेपाल आउने निश्चित भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आरोहण दलका सदस्यले बिहीबार भेटेका छन् । उनीहरुले सगरमाथा आरोहणका विषयमा जानकारी लिएको समेत बहराइनस्थित नेपाली राजदूतावासले उल्लेख गरेको… Continue reading बहराइनका राजपरिवारका सदस्यसहितको टोली सगरमाथा आरोहणमा आउने

जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने

Ayodhya Photo Source : Ruhi\wikipedia

काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्या हवाईमार्गबाट जोडिने भएका छन् । नेपालको निजी क्षेत्रबाट संचालित बुद्ध एयरले यी दुई शहरको बीचमा हवाई सेवा शुरु गर्ने तयारी थालेको हो । बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । अयोध्यामा अहिले भारतले राम मन्दिर बनाइरहेको छ ।… Continue reading जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने

त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र खुल्ने

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा मात्र चल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थल दैनिक १८ घण्टा मात्र चलाउने गरी समय तोकिएको हो । अहिले विमानस्थल दैनिक २१ घण्टा संचालनमा छन् । सोचेजति यात्रु र उडान नभएपछि विमाास्थलको संचालन अवधि घटाउन लागिएको हो ।… Continue reading त्रिभुवन विमानस्थल अब १८ घण्टा मात्र खुल्ने

पिसिआर नेगेटिभ रिर्पोट हुने पर्यटकलाई अनअराइभल भिसा देउ : व्यवसायी

काठमाडौं । पर्यटन व्यवसायीले सरकारले आफै ठूल्ठूला सभा सम्मेलन गर्दै हिँड्ने तर पर्यटक आगमनमा भने कोरोनाको डण्डा लगाइरहेको प्रति आपत्ति जनाएका छन् । सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धित छाता संगठनका प्रतिनिधिले नेपालमा पर्यटकलाई तोकिएको कडा क्वारेन्टिनको प्रावधान हटाउन माग गरेका हुन् । पछिल्लो समय नेपालमा हजारौं मानिस भेला गरेर प्रधानमन्त्री स्वयमःले भाषण गर्दै हिँडेका छन् ।… Continue reading पिसिआर नेगेटिभ रिर्पोट हुने पर्यटकलाई अनअराइभल भिसा देउ : व्यवसायी

माउण्ट केटुमा तीन आरोहीको मृत्यु

Getty Images\file

इस्लामावाद । संसारको दोस्रो अग्लो हिमाल माउण्ट केटू आरोहणमा गएका तीन आरोहीको ज्यान गएको छ । यसको पुष्टी पाकिस्तान सरकारले गरेको छ । फेब्रुअरी महिनाको प्रारम्भ मै आरोहणमा गएका तीन जना वेपत्ता छन् । उनीहरु भेटिने सम्भावना नरहेको भन्दै सरकारले मृत घोषणा गरेको हो । पाकिस्तानी नागरिक अलि सद्पारा, आइस्ल्याण्डका जोन स्नोरी र चिलीका जुहाल… Continue reading माउण्ट केटुमा तीन आरोहीको मृत्यु