Category: घूमघाम

  • ६ महिनामा भित्रिए ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक

    ६ महिनामा भित्रिए ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक

    काठमाडौं । ६ महिनामा नेपालले ५ लाख ८५ हजार ५ सय ३१ जना पर्यटक भित्राउन सफल भएको छ नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ को ६ महिनामा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

    सन् २०१८ को ६ महिनामा ५ लाख २० हजार १४ जना पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ । यस वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.६० प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

    नेपालमा पछिल्लो समय बौद्धमार्गी बाहुल्य भएका मुलुकबाट पर्यटक बढी भित्रिरहेका छन् । चीन, थाइल्याण्ड, श्रीलंका, चाइनिज ताइपेइजस्ता मुलुकका पर्यटकको वृद्धिदर निकै उत्साहजनक रहेको छ ।

    तर, भारत, बंगलादेश, पाकिस्तान तथा यूरोपका पर्यटकको वृद्धि भने कम रहेको छ । अमेरिका र आसीयाना क्षेत्रबाट पनि उल्लेख्य पर्यटक बढ्न नसकेको तथ्यांकले देखाएको छ ।

    बोर्डका अनुसार ४ लाख ९० हजार ५ सय ३४ जनाले हवाई मार्ग प्रयोग गरी नेपाल आएका छन् भने ९४ हजार ९ सय ९७ पर्यटक भने स्थलमार्गबाट नेपाल भित्रिएका छन् ।

    स्थलमार्गबाट भित्रने भारतीय नागरिकलाई भने पर्यटक मानिदैन । उनीहरुको गणना पनि हुँदैन ।

    तथ्यांकअनुसार ६ महिनामा यूरोपबाट आउने पर्यटकको संख्या केवल २.३२ प्रतिशतले मात्र बढेको छ । अष्टे«लिया र न्यूजिल्याण्डबाट पनि गत वर्षकै हाराहारीमा पर्यटक भित्रिएका छन् ।

    श्रीलंकाबाट गत वर्षको तुलनामा ५२.४१ प्रतिशत पर्यटक बढी आएका छन् । चीनबाट १९.५३ प्रतिशत पर्यटक बढ्दा भारतबाट ७.३६ प्रतिशत मात्र पर्यटक बढेको तथ्यांक छ ।

  • यति एयरलाइन्सको जहाज चिप्लिदा विमानस्थल ८ घण्टा बन्द

    यति एयरलाइन्सको जहाज चिप्लिदा विमानस्थल ८ घण्टा बन्द

    काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको धावनमार्गमा यति एयरलाइन्सको जहाज चिप्लएपछि बन्द भएको विमानस्थल ८ घण्टा पछि सूचारु भएको छ ।

    त्रिभुवन विमानस्थलमा शुक्रबार बिहान ११ बजे नेपालगन्जबाट आएको जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लएको थियो । उक्त घटनामा यात्रु र जहाज भने सकुसल रहे ।

    तर, जहाजको पांग्रा हिलोमा भास्सिएपछि बेलैमा जहाज बाहिर निकाल्न सकिएको थिएन । त्रिभुवन विमानस्थल व्यवस्थापनका अनुसार साँझ साढे ६ बजे जहाज बाहिर निकालिएको र साँझ ७ बजेबाट विमानस्थल सूचारु भसकेको छ ।

    ८ घण्टा विमानस्थल बन्द हुँदा दर्जनौं उडान रद्द भए भने काठमाडौं आउँदै गरेका एक दर्जन भन्दा बढी जहाजको उडान डाइभर्ट गरिएको थियो ।

    देशभरबाट हुने सबै आन्तरिक उडान ११ बजेपछि बन्द भएको थियो । देशको एक मात्र विमानस्थल सानो घटनाका कारण पनि बारम्बार बन्द हुने गरेको छ ।

    नेपालगन्जबाट काठमाडौं आएको जहाजमा चालक दलका सदस्यसहित ६९ यात्रु सवार थिए ।

  • हिमालय एयरलाइन्सको ढाकामा सिधा उडान

    हिमालय एयरलाइन्सको ढाकामा सिधा उडान

    काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं\ढाका\काठमाडौं रुटमा सीधा उडान गर्ने भएको छ । हिमालयले ६ साउनबाट काठमाडौंदेखि ढाकासम्म सिधा उडान गर्न लागेको हो ।

    यस रुटमा एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उडाउने बिहीबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

    एयरलाइन्ससँग तीन वटा न्यारोवडी जहाज रहेका छन् । व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बंगलादेश जाने दुवै प्रकृतिका यात्रुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

    नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बंगलादेशी पर्यटकलाई नेपाल सम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुने कम्पनीले उल्लेख गरेको छ ।

    एयरलाइन्सले मध्यपूर्वी एशियाका गन्तव्य स्थल दोहा, दुबई\आबु धावी, दमामको नियमित उडान सँगै ढाकाको नयाँ उडानले बंगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्ने कम्पनीको विश्वास छ ।

    यस उडानबाट छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पु¥याउने कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए ।

    एअरलाइन्सले हप्ताको तीन दिन काठमाडौंदेखि ढाका उडानको योजना बनाएको हो ।

    दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क तथा इकोनोमी क्लासमा २० केजी सम्म छुट दिने कम्पनीले जानकारी दिएको छ ।

    यस रुटमा सोमबार, बुधबार र शनिबार जहाज उडाउने योजना कम्पनीले बनाएको छ ।

  • रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

    रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्न सम्झौता

    काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्न ठेक्का सम्झौता भएको छ ।

    बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्न मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए\तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

    पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ राखिएको छ ।

     

     

    राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता हुनुलाई सुखद् पक्ष भन्दै प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण हुने बताए ।

    उनले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्ने उल्लेख गरे ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर पुननिर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपार्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिए ।

    सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले निर्धारित समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्नेमा विश्वास व्यक्त गरे ।

    निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको क्षेत्रमा पुनर्निर्माणको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले निर्माण व्यवसायी र आफूहरुबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनर्निर्माणको काम गर्ने बताए ।

    रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिवरीको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ ।

    यो मन्दिर तिहारमा भाइटिकाको दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्छ ।

  • आफ्नै हजुरबुवाको हातबाट नाबालिका पानी जहाजको ११ औं तल्लाबाट खस्दा

    आफ्नै हजुरबुवाको हातबाट नाबालिका पानी जहाजको ११ औं तल्लाबाट खस्दा

    घटना अनेक किसिमका हुन्छन् ।मानिसको जिवनमा कतिखेर के घटना घट्न पुग्छ थाहा हुँदैन । कति बेला सोच्दै नसोचेको घटना घट्छ थाहा नै हुन्न । गत अाईतबार यस्तै भएको छ। अमेरिकाको ईन्डियाना राज्यमा बसोबास गर्दै आएको एक परिवार एक हप्ता लामो करेबियन देशहरुको भ्रमणमा थियो ।भ्रमणकै क्रममा पोर्टो रिकोस्थित सान हुआनको समुन्द्री किनारमा पार्क गरिरहेको पानी जहाजको ११ तल्ला माथि आफ्नै हजुरबुवा साल्भटोर एनिलोजको हातबाट १८ महिनाको क्लोई विगन्ड चिप्लिएर समुन्द्रको चट्टानमा बजारिन पुगिन ।बिदा मनाउन गएको परिवारमा हेर्दा हेर्दै बज्रपात पर्यो, जब ति फूल जस्ती नाबालकाको मृत्‍यु भयो ।
    १८ महिनाकी ती नाबालिक रोयल करेबियन क्रुजको ११ तल्लाको डाइनिङ् हलमा अाफ्नो हजुरबुवाको काखमा खेल्दै थिईन। डाईनिङ् रुमका झ्यालहरु ठुला ठुला थिए। त्यस मध्ये एउटा झ्यालको सिसा खुल्ला थियो । त्यतिकै मा हजुरबुवाले नातिनीलाई झ्यालमा बसाए तर आफ्नो सन्तुलन गुमाउन पुगे र ति नाबालिका जहाजको ११ औं तल्लाबाट झर्न पुगिन । तत्काल उनको मृत्‍यु भएको थियो । ती नाबालिकाका पिता विलियन विगन्ड इन्डियाना राज्यमा कार्यरत प्रहरी हुन् । घटना पछि इन्डियानास्थित साउथ बेन्ड प्रहरी डिपार्टमेन्टले समबेदना प्रकासित गरेको छ । ती बालिका आफ्ना दिदीहरु,माता पिता र हजुरबुवा हजुरआमाको साथमा करेबियन यात्रामा थिईन ।
    एजेन्सी

  • काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए

    काठमाडौंका सम्पदा एक वर्षका लागि यूनेस्कोको खतरा सूचिबाट उम्किए

    काठमाडौं । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)ले काठमाडौं उपत्यकालाई खतराको सूचिमा राख्ने प्रस्ताव एक वर्षका लागि स्थगित गरेको छ ।

    अजरबैजानको बाकुमा जारी वर्ल्ड हेरिटेज कमिटीको ४३ औं सेसनले नेपालका सम्पदालाई एक वर्ष खतराको सूचिमा नराख्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

    काठमाडौं उपत्यकाभित्रका सम्पदालाई खतराको सूचिमा राख्ने प्रस्ताव सेसनमा गरिएको थियो । तर, नेपालमा भूकम्पपछिको पुनर्निर्माण चलिरहेको र त्यसका लागि अझ बढी विदेशी सहयोग आवश्यक पर्ने भन्दै तत्काल खतराको सूचिमा नराख्ने निर्णय यूनेस्कोले गरेको हो ।

    मन्त्रालयका अनुसार यूनेस्कोले एक टोली पठाएर नेपालका सम्पदाको अडिट गर्नेछ । उक्त अडिट टोलीले दिने प्रतिवेदनका आधारमा आगामी वर्षको सेसनले नेपालबारे अन्तिम निर्णय लिनेछ ।

    सेसनमा चीन, ब्राजिलजस्ता देशले नेपाल पर्यटनमा आधारित मुलुक रहेका कारण उक्त देशका सम्पदालाई खतराको सूचिमा राख्न नहुने बताएका थिए ।

    मन्त्रालयका अनुसार यूनेस्कोले खासगरी विश्व सम्पदा क्षेत्रभित्र बन्न संरचनाको परम्परागत विशेषता र मौलिकता हराएकोतर्फ विशेष चासो राखेको छ ।

    पूनर्निर्माणका क्रममा आधुनिक निर्माण सामग्रीका प्रयोगका सम्बन्धमा पनि यूनेस्कोको चासो रहेको छ ।

    काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिर, बौद्धस्तुपा, स्वयम्भू, काठमाडौं, पाटन र भक्तपुर दरवार स्क्वायर तथा चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

    यसबाहेक सगरमाथा राष्टिय निकुन्ज, चितवन राष्टिय निकुन्ज र लुम्बिनी पनि विश्व सम्पदा सूचिमा रहेका छन् ।

  • नेपालमा १५ पाँचतारे होटेल

    नेपालमा १५ पाँचतारे होटेल

    काठमाडौं । नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको छ । १६ असारमा ठमेलमा खुलेको अलफ्ट काठमाडौं ठमेलले पर्यटन विभागबाट पाँचतारे होटेलको वर्गिकरण स्वीकृति लिएसँगै नेपालमा पाँचतारे होटेलको संख्या १५ पुगेको हो ।

    ठमेलस्थित १४ तला अग्लो छायाँ सेन्टरमा यो होटेल अवस्थित छ । २ असारमा मेरियट काठमाडौं होटेलले पाँचतारे होटेलको मान्यता पाएको थियो ।

    यस भवनको ६ तलासम्म सिनेमा हल, पसल तथा विभिन्न कर्पोरेट हाउसका कार्यालय संचलनमा छन् । त्यसमाथि भने होटेल स्थापना गरिएको छ । होटेलमा १७७ वटा कोठा छन् ।

    पछिल्लो समय पाँचतारे होटेलमा व्यवसायीको आकर्षण बढेको छ । फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे मान्यता पाएयता ४ वटा होटेलले पाँचतारे मान्यता पाइसकेका छन् ।

    यसबीचमा नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर र काठमाडौं मेरियट होटेलले पाँचतारे मान्यता प्राप्त गरे ।

    नेपालमा खुलेका पाँचतारे होटेलमध्ये १० राजधानीमा र पाँच होटेल उपत्यका बाहिर छन् ।

    उपत्यका बाहिर सोल्टी वेस्टेन्ड प्रिमियर, भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट, बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा, पोखराको न्ड होटेल र द फूलबारी रिसोर्टले पाँचतारे मान्यता पाए ।

  • निजगढ विमानस्थल बनाउन रुख कटान आदेश देउ : समिति

    निजगढ विमानस्थल बनाउन रुख कटान आदेश देउ : समिति

    काठमाडौं । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले वन तथा वातावरण मन्त्रालयलाई निजगढमा निर्माण हुने दोस्रो अन्तरराष्ट्रिय विमानस्थल आयोजनामा रुख कटान आदेश दिन निर्देशन जारी गरेको छ ।

    समितिको शुक्रबार बसेको बैठकले मन्त्रालयलाई उक्त आयोजनामा काट्नु पर्ने रुखका लागि रुख कटान आदेश दिन निर्देशन दिएको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाका अनुसार रुख कटान आदेश अहिले वन मन्त्रालयमा पुगेर अड्किएको छ ।

    वन मन्त्रालयले रुख कटान आदेश मन्त्रीपरिषद्मा लगेर पास गराएपछि मात्र उक्त आयोजनामा काट्नु पर्ने रुख काट्ने अनुमति प्राप्त हुन्छ ।

    त्यसपछि मात्र साइट क्लियरेन्सको काम शुरु हुन्छ । यस आयोजनामा साइट क्लियरेन्सको काम नेपाली सेनाले गर्ने गरी जिम्मेवारी पाइसकेको छ ।

    निजगढ विमानस्थलका लागि पहिलो चरणमा करीव ७ लाख रुख काट्नु पर्ने र त्यसमध्ये ५ लाख हाराहारी पोथ्रा र कुकाठ रहेको प्राधिकरणको भनाई छ ।
    समितिले पर्यटन मन्त्रालय र प्राधिकरणलाई यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर काम अगाडी बढाउन पनि निर्देशन दिएको छ ।

    निर्माणको मोडालिटी नबनेका कारण सरकारले तत्काल मोडालिटी तय गरी स्रोतको जोहो थाल्न समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

    यो आयोजना कुन मोडेलमा कसरी बनाउने भन्ने टुंगो लाग्न नसक्दा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल आयोजना अलपत्र अवस्थामा छ ।

  • अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा

    अफ्रिकामा रक्तदानको आह्वान गर्दै भौंतारिदा

    यात्रा संस्मरण: अर्जुन मैनाली 

    यात्रा उद्देश्यात्मक भयो भने थप मज्जा आउँदो रहेछ । जिबनमा धेरै घुमियो, कहिले आफ्नो लागि कहिले अरुका लागि । यस पटक मानवताका लागि घुमें ।

    रगत दिएर बिमारी बचाउनु एक सामान्य चिकित्सा उपचार हो । यद्यपी धेरै बिरामीले समयमा रगत नपाएर जीवन गुमाउनु परेका छन् । केहीलाई भए पनि आफ्नै रगत दिई बचाउँ, केहीलाई रक्तदान गर्न हौसला प्रदान गरुँ, केहीलाई उत्प्रेरणा जगाऊँ भन्ने भावनाले समय समयमा अफ्रिकाको मलावी, युगाण्डा, इथियोपिया जस्ता देशमा गएर रक्तदान गर्ने गरेको छु ।

    अफ्रिकामा अझबढी सेवा गर्नका हेतु अफ्रिका सोसाइटी ब्लड ट्रान्सफ्युजनको सदस्यता लिएको छु । यस संस्थामार्फत वर्ल्ड ब्लड डोनर्स डे २०१९ रुवान्डामा जुन १४ मा मनाउन लागेको थाहा पाएँ । तुरुन्तै रुवाण्डा बायोमेडिकल सेन्टरका पब्लिक हेल्थ डाइरेक्टर जनरल एसोसिएट प्रोफेसर डा. जेनिन कोन्डोसँग संपर्क गरें । उनले ईमेलमा लेखे; ‘यस बर्ष विश्व स्वास्थ्य संगठनले मनाउन लागेको वर्ल्ड ब्लड डोनर्स डे २०१९ हामीले होष्ट गर्दैछौं । जुन १३ – १४ मा हुने कार्यक्रममा तपाईंले स्वेच्छिक रक्तदान “सबैको लागि सुरक्षित रगत” गर्नको लागि बोलिदिनु पर्यो।’ मैले तुरुन्तै; ‘हुन्छ, म आउछु’ भनें । मेरो लागि सुवर्ण अवसर पनि थियो । आन्तरिक द्वन्दबाट गुज्रिएर द्रुत आर्थिक बिकासमा लम्कारहेको देशमा काम गर्ने वातावरण हुँदोरहेछ । परिवर्तन महत्व बुझेका छन् । 

    न्यूयोर्कबाट रुवान्डा जान सिधा हवाइ सेवा भएको भए करिव १० घण्टामा पुग्थें । सो नभएकाले जहाजले रुवान्डा भन्दा पनि टाढा कतार लग्यो । अर्को जहाजले रुवान्डाको राजधानी किगाली पुर्याउँदा २२ घण्टा लाग्यो । थकित थिएँ । त्यहाँका युवाहरुमा रक्तदान गर्न हौसला बढाउन उनिहरुका सामुन्ने थकाईको वास्ता नगर्दै ब्लड बैंकमा गएर रक्तदान गरें । त्यहाँ उपस्थित करिव एक दर्जन युवाहरुका अनुसार अफ्रिकामा रगत नै नपाएर धेरै बिरामीहरुले जीवन गुमाउनु परिरहेको घटनाले मन छोयो । त्यसैले, “मेरो आफ्नै रगतले एक जना बिरामीलाई मात्र भएपनि बचाउन र उपस्थित युवाहरुमा कम्तिमा बर्षको एक पटक भएपनि रक्तदान गर्न उत्प्रेरणा गरौं भन्ने उद्देश्यले पटक पटक अफ्रिका आउनु परेको हो” भनें ।

    भोलिपल्टको वर्ल्ड ब्लड डोनर्स डेको एकेडेमी सत्रमा प्रमुख अतिथी रुवान्डाका स्वास्थ्य राज्यमन्त्री र १५ देशका ५२ जना सहभागीहरुलाई सम्बोधन गर्दै आफुले रक्तदान र रक्तदान उत्प्रेरणा गरेका बिभिन्न कार्यहरु र स्वेच्छिक रक्तदान “सबैको लागि सुरक्षित रगत” गर्नको लागि एक उपाय; बिषयमा १८ वटा पावर प्वाइन्ट स्लाईड प्रस्तुत गरें । भने; “मैले ३२ बर्ष यता १७१ पटक रक्तदान गरि सकेछु । मैले दान गरेको रगत करिव ८५ हजार मिलिलिटर परिमाण हुन्छ । मेरै रगतले मात्रै करिव ५१३ जना बिमारी बचाउन सहयोग पुगेको छ ।रक्तदान गरौं भन्ने लाखौंमा सन्देश पुर्याएँ, सयौ कार्यक्रम राखें, हजारौं पोका रगत सञ्कलन गर्न सघाएँ” । मेरो अनुभव सुनिसकेपछि दिवा भोजको समयमा धेरैले मेरो कामको तारिफ गरे । मेरो हौसला अझ बुलन्द भएको महसुस गरें ।

    पर्सीपल्ट रुवाण्डाका करिव २५० जना रक्तदाताहरु पनि थपिए । सोही अवसरमा आयोजक, केही अतिथी र मैले ढोकासम्म पुगेर प्रमुख अतिथी मन्त्रीलाई स्वागत गर्दै रक्तदान कार्यक्रम चलिरहेको ठाउँमा लग्यौं । मन्त्रीले कार्यक्रम बढो रुचीका साथ अवलोकन गरिरहेका थिए । मैले मन्त्रिलाई ‘हजुर पनि रक्तदान गर्नु हुन्छ कि ?’ सोधें । समय धेरै लाग्ने हो कि ? भन्दै मन्त्रीले पनि रक्तदान गरे । मन्त्रीले रक्तदान गर्ने अवस्था सिर्जना गर्दिदा युवाहरुमा रक्तदान गर्न सन्देश गयो, भन्ने मलाई लाग्यो ।

    अपरान्हतिर आयोजकले मलाई टेष्टिमोनि स्पिचको लागि मन्चमा बोलाए । जुन मेरो लागि महत्वपूर्ण अवसर थियो । मैले बोल्न राखेको टिपोट हराएछु, बोल्ने क्रममा उत्प्रेरणा गर्न महत्व राख्ने कतिपय मुख्य बुँदाहरु नै छुटे । केहीबेर खिन्न लाग्यो । कार्यक्रमको अन्त्यमा मन्त्रीले म लगायत देश बिदेशका १५ जनालाई सम्मान गरे । मेरो सम्मान पत्रमा ‘बिरामीहरुको जीवन बचाउन तपाईंले उदारतकासाथ रगत दान गर्नु भएकोमा स्वास्थ्य मन्त्रालय तपाईंलाई पुरस्कृत गर्न पाउँदा खुशी छ’ लेखिएको छ ।

    दुई दिनको समयमा अफ्रिकाका युवाहरुलाई रक्तदान गरी रहन जागरुक गराएँ । मेरो कृयाकलापलाई स्थानीय टेलिभिजन लगायतका सञ्चार माध्यायमले महत्व दिएका थिए ।

  • विश्व सम्पदाको खतराको सूचिमा पर्दैछ काठमाडौं ?

    विश्व सम्पदाको खतराको सूचिमा पर्दैछ काठमाडौं ?

    काठमाडौं । काठमाडौं उपत्यका भित्रका विश्व सम्पदाहरुलाई यूनेस्कोले खतराको सूचिमा राख्ने प्रस्ताव गरेको छ । युनेस्कोअन्तर्गत, वल्र्ड हेरिटेज कमिटिको ४३ औं सेसन आगामी साताबाट अजरबैजानको बाकुमा शुरु हुँदैछ ।

    उक्त सेसनमा लैजाने एजेण्डामध्ये एक एजेण्डा नेपालको काठमाडौंलाई खतराको सूचिमा राख्नु पनि हो । किनकी यूनेस्कोले नेपाललाई लामो समयदेखि सम्पदा संरक्षणमा गम्भीर बन्न चेतावनी दिइरहेको थियो ।

    खासगरी पुनर्निर्माणमा देखिएको ढिलाईका कारण अहिले सम्पदाहरु अस्तव्यस्त अवस्थामा रहेका छन् । संम्पदा संरक्षणमा सरकारले देखाएको ढिलासुस्तीका कारण विश्व सम्पदा सूचिहरु खतराको सूचिमा पर्ने सम्भावना बढेको हो ।

    नेपालबाट पर्यटन सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा जाने प्रतिनिधिमण्डले बाँकि विश्वलाई कसरी विश्वास दिलाउन सक्छ, त्यसमा नेपालका सम्पदाको भविश्य निर्भर हुनेछ ।

    विश्व सम्पदा सूचिमा पर्नु कुनै पनि सम्पदाको गौरवको विषय हो । किनकी सूचिमा पर्नासाथ ती सम्पदाको विश्वव्यापी चर्चा हुन्छ भने यसको विकास, प्रवद्र्धन र संरक्षणमा यूनोस्कोले पनि सहयोग गर्छ ।

    काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्ध, स्वयम्भू, बसन्तपुर, पाटन र भक्तपुर दरवार स्क्वायर र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा रहेका छन् ।

    कमितिको ४३ औं सेसन आगामी ३० जुनदेखि १० जुलाईसम्म चल्नेछ । यही बैठकले नेपालका सम्पदाको भविश्य निर्धारण गर्नेछ ।

    नेपालमा काठमाडौं उपत्यकाबाहेक लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचिमा रहेका छन् ।

  • नेपालमा कति दिन बस्छन् पर्यटक ?

    नेपालमा कति दिन बस्छन् पर्यटक ?

    काठमाडौं । संसारकै सुन्दर मुलुकमध्ये एक नेपाल पर्यटन बजारमा बिस्तारै आफ्नो उपस्थिति देखाउने क्रममा छ । सन् २०१८ मा इतिहासमै सबैभन्दा धेरै पर्यटक नेपाल आए ।

    यस वर्ष यस वर्ष ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएको सरकारको तथ्यांक छ । पर्यटक आगमन बढेपनि पर्यटनका माध्यमबाट हुने आयले नेपाली अर्थतन्त्रमा त्यति धेरै प्रभाव पार्न सकेको छैन ।

    यसको मुल कारण नेपालमा पर्यटकले खर्च गर्ने पर्यटकीय उत्पादन नहुनु पनि हो । त्यसकारण यहाँ आउने पर्यटकको बसाई अवधि पनि छोटो हुन्छ ।

    तर, पर्वतारोहण र पदयात्रामा आउने सिमित पर्यटकका कारण पनि बसाई अवधि लामो देखिने गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०१८ को समग्र पर्यटन तथ्यांक सार्वजनिक गरेको छ ।

    तथ्यांक अनुसार नेपाल आउने पर्यटक औसतः १२.४ दिन मात्र नेपालमा बस्ने गर्छ । पर्वतारोहण र पदयात्राका लागि आउने करीव पौनो दुई लाख पर्यटकका कारण नै औसतः बसाई अवधि धेरै देखिएको हो ।

    किनकी उक्त प्रयोजनमा आउने पर्यटकको बसाई औसतः १५ दिनदेखि ४० दिनसम्म पनि पुग्ने गर्छ । तर, भारतीय, चिनियाँ तथा धार्मिक, मनोरन्जन र बिदा मनाउन आउने पर्यटक भने लामो समय नेपालमा बिताउने गरी यहाँ पर्यटकीय उत्पादन विकास भइसकेका छैनन् ।

    सन् २०१७ मा औसत १२.६ दिन पर्यटक नेपाल बसेका थिए । सन् २०१६ मा १३.४ र सन् २०१५ मा १३.१६ दिन पर्यटक नेपालमा बसेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    सन् २०१८ मा बिदा मनाउने र मनोरञ्जनको उद्देश्यले नेपाल आउने पर्यटक ७ लाख ३ हजार ८ सय ४३ जना थिए । उक्त बर्ष धार्मिक पर्यटक १ लाख ८७ हजार ६ सय ९२ थिए ।

    पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकको संख्या १ लाख ६९ हजार १ सय ८० थियो ।

    पछिल्लो ५ वर्षमा पर्यटकको बसाई अवधि

    सन् २०१४ :  १२.४४ दिन

    सन् २०१५ : १३.१६ दिन

    सन् १०१६ : १३. ४ दिन

    सन् २०१७ :  १२.६ दिन

    सन् २०१८ : १२.४ दिन

  • लामीडाँडा एयरपोर्टमा सफल परीक्षण उडान

    लामीडाँडा एयरपोर्टमा सफल परीक्षण उडान

    खोटाङ । नेपाल नागरिक उड्डयन प्राधिकरणले खोटाङको लामिडाँडा एयरपोर्टमा सफल परीक्षण उडान गरेको छ ।

    समिट एयरको जहाजमार्फत प्राधिकरणले मंगलबार यस विमानस्थलमा परीक्षण उडान गरेको हो । पूर्व पहाडी जिल्ला खोटाङस्थित रावावेसी गाउँपालिकामा रहेको यो विमानस्थल २०७३ कात्तिकदेखि स्तरोन्नतीका लागि बन्द थियो ।

    मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक कर्मचारी, समिट एयरका कर्मचारीसहितको टोली लामिडाँडा विमानस्थलमा पुगेको थियो । धावनमार्ग पीचसहित स्तरोन्नती शुरु भएपछि पहिलो पटक यहाँ जहाज पुगेको हो ।

    लामीडाँडा एयरपोर्ट नेपालको पुरानो विमानस्थलमध्ये एक हो । यहाँ २०२८ सालमै जहाज पुगेको थियो । त्यसो त पूर्वमा सोलुखुम्बको लुक्ला र फाप्लुपछि यही विमानस्थल बढी चल्ने गथ्र्यों ।

    तर, धुले धावनमार्ग भएका कारण सुरक्षित भने थिएन । अब धावनमार्ग पीच भएपछि विमानस्थल सुरक्षित हुने प्राधिकरणका इन्जिनियर तथा आयोजना प्रमुख विनायक भट्टराईले जानकारी दिए ।

    उनका अनुसार यो आयोजना ६ करोड रुपैयाँमा सम्पन्न भएको हो । ५ सय २० मिटर लामो र २० मिटर चौडाईको धावनमार्ग पीच गरिएको छ ।

    मंगलबार विमानस्थलमा भएको परीक्षण उडानका अवसरमा आयोजित कार्यक्रममा खोटाङका सांसद विशाल भट्टराईले यो विमानस्थल नियमित चल्ने वातावरण बनाउने प्रतिवद्धता जनाए । त्यसका लागि पर्यटन मन्त्रालय पुगेर पहल थाल्ने उनको भनाई थियो ।

  • भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार

    भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको प्रचार

    काठमाडौं । नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देश भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपाल सेल्स मिसन आयोजना भएको छ ।

    नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल) सँगको सहकार्यमा सेल्स मिसन सम्पन्न गरेको हो ।

    नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल सेल्स मिसन २०१९ सम्पन्न गरेको सोट्टोले जानकारी दिएको छ ।

    जुन १०, १२ र १४ मा ती तीन देशमा सेल्स मिसन सम्पन्न भएको बताइएको छ । कार्यक्रममा बोर्डको तर्फबाट सहभागी प्रतिनिधिले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न सहभागीलाई आग्रह गरेका थिए ।

    कार्यक्रममा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपाल सम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि देखाइएको थियो ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटनलाई प्राथमिकता दिएको बताए ।

    उनले नेपाल भ्रमण वर्ष, २०२० को अवसर पारी उनले नेपाल भ्रमण गर्न पर्यटकलाई आग्रह गरे । सोट्टो नेपालका अध्यक्ष मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द«को रुपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिहरुलाई अनुरोध गरे ।

    उक्त अवसरमा नेपालबाट सहभागी पर्यटन व्यवसायी र विदेशस्थित पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेँेह र थाईल्याण्डको बैंककमा क्रमशः जुन १०, १२ र १४ तारिखका दिन व्यवसायिक गतिविधिहरु विस्तारका सम्बन्धमा अन्तरक्रिया समेत भएको थियो ।

    नेपाली राजदुतावास बैंककको सहकार्य एवम् समन्वयमा बैंककमा आयोजना गरिएको नेपाल साँझ २०१९ मा थाइल्याण्डका लागि नेपालका राजदूत गणेश प्रसाद ढकालले नेपाल र थाईल्याण्डको साठी वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको स्मरण गरे ।

    थाइल्याण्डका जनतामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेको भन्दै उनले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीलाई अनुरोध गरे ।

    सन् २०१८ मा भियतनामबाट कुल १२,४५४ कम्बोडियाबाट ३,७९० र थाईल्याण्डबाट ५३,२५० जना पर्यटकहरु नेपाल भ्रमणमा आएको तथ्यांक छ ।

    नेपाल वायु सेवा निगमले हप्तामा तीन पटक काठमाडौं –बैंकक–काठमाडौं हवाई सेवा संचालन गरिरहेका छन् । यस सहज आवागमनले यी देशहरुबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ ।

  • लुक्ला उडान रामेछापबाटै निरन्तर

    लुक्ला उडान रामेछापबाटै निरन्तर

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको लुक्ला विमानस्थलमा रामेछापबाट भइरहेको उडानलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    काठमाडौंबाट लुक्ला जान पर्यटकले जहाज चढ्न रामेछापस्थित विमानस्थल पुग्नुपर्ने व्यवस्थालाई निरन्तरता दिइएको प्राधिकरणले जानकारी दिएको छ ।

    लुक्लामा उडान सेवा दिइरहेका चार वायुसेवा कम्पनीलाई पत्र पठाउँदै प्राधिकरणले आगामी सिजनका लागि पनि लुक्लामा रामेछापबाटै उडान निरन्तर गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

    काठमाडौंस्थित त्रिभुवन विमानस्थलको धावनमार्गको पीच उप्काएर बनाउनुपर्ने भएपछि बसन्त ऋतुमा हुने सगरमाथा आरोहण अवधिका लागि काठमाडौंबाट हुँदै आएको लुक्ला उडान रामेछाप सारिएको थियो ।

    काठमाडौंमा धावनमार्ग मर्मतको काम १५ असारबाट सम्पन्न हुँदैछ । त्यसपछि पनि लुक्ला उडान काठमाडौं नसार्ने निर्णय प्राधिकरणले गरेको हो ।

    लुक्ला सबैभन्दा व्यस्त आन्तरिक विमानस्थलमध्ये एक हो । यहाँ मूख्य पर्यटकीय सिजनमा दैनिक ५० वटासम्म उडान हुन्छन् । यस विमानस्थलमा नेपाल वायुसेवा निगमसहित तारा एयर, सिता एयर र समिट एयरले उडान गर्छन् ।

  • सार्वजनिक पार्क बनाउन समुन्द्रमा बोईङ ७४७ डुबाईयो

    सार्वजनिक पार्क बनाउन समुन्द्रमा बोईङ ७४७ डुबाईयो

    बहराईन 

    मध्य पूर्विय देश बहराईनमा समुन्द्र  मुनि विश्व कै बिशाल सार्वजनिक पार्क बन्ने भएको छ । एक लाख बर्ग मिटर (१००००० ) को पार्कको मुख्य आकर्षण भने ७० मिटर लामो बोईङ ७४७ हुनेछ । गत जुन १० तारिख बहराईन टुरिजम् एन्ड एक्जिबिसन अथोरिटीले एक पत्रकार सम्मेलन आयोजना गरी आगामी अगष्ट महिनादेखि विश्व कै सबै भन्दा ठुलो पानी मुनिको सार्वजनिक पार्क संचालनमा आउने बताएको हो । उक्त अचम्मको सार्वजनिक पार्कका आकर्षणको रुपमा राख्न लागिएको बिशाल बोईङलाई पानी मुनी करिब ६५ फिटको सामुन्द्रिक सतहमा राखिने जनाईएको छ ।  पार्क निर्माणका लागि आवश्यक बोईङ ७४७ को पाङ्रा र इन्जिनहरुलाई निकालेर जहाज पानी भित्र पठाउन ठिक्क पारेको तस्बिरहरु बहराईन सरकारका निकायले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।  

    पार्कमा सम्पूर्ण रुपमा हरिया बस्तुहरुको प्रयोग गरिने छ भने समुन्द्री घाँस झ्याउ लेउहरुको संरक्षण गर्दै समुन्द्री जिवहरुको बासस्थानका रुपमा समेत बिकास गरिने छ । समुन्द्रको ६५ फिट गहिरोमा रहेको पार्क हेर्न चाहने पर्यटकहरुलाई अनुमती प्राप्त अनुभवी गोताखोरले लैजाने छन् ।  

    समुन्द्रमा हवाई जहाज डुबाउने बहराईन भने पहिलो राष्ट्र होईन । यस् अघि क्यानाडाले संन् २००६ मा बोईङ ७३७ र सन् २०१६ मा टर्कीले एयरबस ए ३०० समुन्द्रको सतहमा कृतिम चट्टान निर्माणका लागि डुबाईसकेका छन् ।

  • एक सिजनमै सगरमाथा चुचुरोमा पुगे ६ सय ५९ आरोही

    एक सिजनमै सगरमाथा चुचुरोमा पुगे ६ सय ५९ आरोही

    काठमाडौं । बसन्त ऋतुमा सगरमाथामा सफल आरोहण गर्ने आरोहीको संख्या ६ सय ५९ पुगेको छ । पर्यटन विभागले बुधबार सार्वजनिक गरेको एकिकृत तथ्यांक अनुसार यस वर्ष सगरमाथा चढ्न ४४ आरोहण दलका ३ सय ८१ र सहयोगी ६ सय ४२ जनाले अनुमति लिएका थिए ।

    त्यसमध्ये २ सय ८१ जना मात्र आरोही चुचुरोमा पुग्न सके । आरोही र नेपाली सहयोगी सहित एकै सिजनमा ६ सय ५९ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

    अघिल्लो सिजनको वसन्तु ऋतुमा ५ सय ६३ जना आरोही तथा नेपाली सहयोगी चुचुरोमा पुगेका थिए ।

    विभागको तथ्यांक अनुसार उक्त वर्ष ३७ समूहका ३ सय ६१ जना आरोहीले अनुमति लिएकोमा २ सय ६१ जना मात्र चुचुरोसम्म पुग्न सफल भएका थिए ।

    ४९ करोड ५९ लाख रोयल्टी संकलन

    सरकारले बसन्तु ऋतुको आरोहणबाट ४९ करोड ५९ लाख ८६ हजार रुपैयाँ संकलन गरेको छ । यसमध्ये सबैभन्दा धेरै सगरमाथाबाट उठ्छ । सगरमाथाबाट मात्र ४४ करोड २६ लाख रुपैयाँ संकलन भएको तथ्यांक छ ।

    अघिल्लो वर्ष सरकारले विभिनन्न हिमालबाट ४१ करोड २८ लाख रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये सगरमाथाबाट मात्र ३६ करोड १४ लाख रुपैयाँ संकलन भएको थियो ।

    ८ जनाको निधन
    यस सिजनमा सगरमाथामा ८ जनाले ज्यान गुमाए । सगरमाथामा अधिक आरोही तथा सहयोगी मृत्युको कारण स्वास्थ्य समस्या रहेको भन्दै पर्यटन विभागले अधिक आरोहण अनुमति वितरणका कारण सगरमाथामा आरोहीको निधन नभएको स्पष्ट पारेको छ ।

  • भिजिट इयर २०२० का लागि बने प्रदेशस्तरीय प्रवद्र्धन समिति, कुन प्रदेशमा कसलाई जिम्मेवारी ?

    भिजिट इयर २०२० का लागि बने प्रदेशस्तरीय प्रवद्र्धन समिति, कुन प्रदेशमा कसलाई जिम्मेवारी ?

    काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने सन्दर्भमा प्रवद्र्धन प्रभावकारी बनाउन भन्दै प्रदेश स्तरीय प्रवद्र्धन समिति गठन गरेको छ ।

    यस्तो समितिमा प्रदेश मूख्यमन्त्री संरक्षक रहनेछन् । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अध्यक्ष रहने छन् भने मन्त्रालयका सचिव सदस्य सचिव रहने गरी समिति बनाइएको छ ।

    समितिमा निजी क्षेत्रका एक पर्यटन व्यवसायी प्रादेशिक कार्यक्रम संयोजक तोकिएको छ । प्रधानमन्त्री एवम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरको निर्णयले प्रदेश समिति गठन गरेको मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो ।

    सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । केन्द्रमा व्यवसायी व्यवसायी सुरज वैद्य कार्यक्रम कार्यान्वयन संयोजक रहेका छन् ।

    कुन प्रदेशमा कसले पायो जिम्मेवारी ?

    (क) प्रदेश नं. १, नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
    संरक्षक : मुख्यमन्त्री, प्रदेश नं. १
    अध्यक्ष : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रदेश सरकार, प्रदेश नं. १
    सह अध्यक्ष : प्रमुख सचिव, प्रदेश सरकार, प्रदेश नं. १

    निजी क्षेत्र
    सदस्य : राजन श्रेष्ठ, मोरङ (प्रादेशिक कार्यक्रम संयोजक)
    सदस्य : भविष श्रेष्ठ, मोरङ
    सदस्य : उदय श्रेष्ठ, झापा
    सदस्य : तारा बास्तोला, झापा
    सदस्य : जिवन पराजुली, सुनसरी
    सदस्य : खगेन्द्र विष्ट, धनकुटा
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, धनकुटा
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, मोरङ
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, इलाम
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, पाँचथर
    सदस्य : अर्जुन कार्की, झापा
    सदस्य : राजेन्द्र डंगोल, झापा
    सदस्य : एलिना मगर, सुनसरी
    सदस्य : राजु कार्की, झापा
    सदस्य : योगेन्द्र निरौला, झापा
    सदस्य : तुलसी पोखरेल, खोटाङ
    सदस्य : रेवत बहादुर थापा, धनकुटा
    सदस्य सचिव : सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, प्रदेश नं. १

    (ख) प्रदेश नं. २, नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
    संरक्षक : मुख्यमन्त्री, प्रदेश नं. २
    अध्यक्ष : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रदेश सरकार, प्रदेश नं. २
    सह अध्यक्ष : प्रमुख सचिव, प्रदेश सरकार, प्रदेश नं. २

    निजी क्षेत्र
    सदस्य : मनिष झा, धनुषा (प्रादेशिक संयोजक)
    सदस्य : देवनारायण मण्डल, धनुषा
    सदस्य : अशोक वैद्य, पर्सा
    सदस्य : राकेश गुप्ता, सिराहा
    सदस्य : हिरा गौतम, धनुषा
    सदस्य : मोहन प्रधान, पर्सा
    सदस्य : मोहन शर्मा, बारा
    सदस्य : मनिष झा, धनुषा
    सदस्य : रामवली दास, धनुषा
    सदस्य : सुधिर उपाध्याय, पर्सा
    सदस्य : मागेन कामत, सिराहा
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, महोत्तरी
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, सप्तरी
    सदस्य सचिव : सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, प्रदेश नं. २

    (ग) प्रदेश नं. ३, नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
    संरक्षक : मुख्यमन्त्री, प्रदेश नं. ३
    अध्यक्ष : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रदेश सरकार, प्रदेश नं. ३
    सह अध्यक्ष : प्रमुख सचिव, प्रदेश सरकार, प्रदेश नं. ३
    निजी क्षेत्र
    सदस्य  : अनिल लामा, मकवानपूर (प्रादेशिक कार्यक्रम संयोजक)
    सदस्य : राजेन्द्र सापकोटा,धादिङ
    सदस्य : सुमन घिमिरे, चितवन
    सदस्य : सुन्दर कार्की, दोलखा
    सदस्य : रामशरण कार्की, धादिङ
    सदस्य : शिव लामिछाने, धादिङ
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं
    सदस्य  : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, भक्तपूर
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, ललितपूर
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, चितवन
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, मकवानपूर
    सदस्य : मेघ आले, काठमाडौं
    सदस्य : अनुज पाण्डे, काठमाडौं
    सदस्य : होम पाठक, काठमाडौं
    सदस्य : केशव बडाल, काठमाडौं
    सदस्य सचिव : सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, प्रदेश नं. ३

    (घ) गण्डकी प्रदेश, नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
    संरक्षक : मुख्यमन्त्री, गण्डकी प्रदेश
    अध्यक्ष : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रदेश सरकार, गण्डकी प्रदेश
    सह अध्यक्ष : प्रमुख सचिव, प्रदेश सरकार, गण्डकी प्रदेश
    निजी क्षेत्र
    सदस्य : अग्नि कंडेल, कास्की (प्रादेशिक कार्यक्रम संयोजक)
    सदस्य : सञ्जीव कोइराला, कास्की
    सदस्य : चिरन्जिवी पोखरेल, कास्की
    सदस्य : योगेश भट्टराई, कास्की
    सदस्य : गोपी भट्टराई, कास्की
    सदस्य : रामु गौतम, कास्की
    सदस्य : सोम थापा, कास्की
    सदस्य : राजु ढकाल, स्याङ्जा
    सदस्य : भरत पराजुली, कास्की
    सदस्य : हरि शर्मा, कास्की
    सदस्य : नरेश भट्टराई, कास्की
    सदस्य : बिमला गौचन, म्याग्दी
    सदस्य : राजकुमार श्रेष्ठ, तनहुँ
    सदस्य : शिव आचार्य, कास्की
    सदस्य : सुरज(निरज थकाली, मुस्ताङ
    सदस्य : प्रेम घले, लम्जुङ
    सदस्य : लक्ष्मण गिरी, नवलपरासी
    सदस्य : हरि भुजेल, कास्की
    सदस्य सचिव : सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, गण्डकी प्रदेश

    (ङ) प्रदेश नं. ५, नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
    संरक्षक : मुख्यमन्त्री, प्रदेश नं. ५
    अध्यक्ष : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रदेश सरकार, प्रदेश नं. ५
    सह अध्यक्ष : प्रमुख सचिव, प्रदेश सरकार, प्रदेश नं. ५
    निजी क्षेत्र
    सदस्य : माधव नेपाल, रुपन्देही (प्रादेशिक कार्यक्रम संयोजक)
    सदस्य : चन्द्रप्रकाश श्रेष्ठ, रूपन्देही
    सदस्य : विष्णु शर्मा, रुपन्देही
    सदस्य : सागर अधिकारी, रुपन्देही
    सदस्य : जितु गिरी, रूपन्देही
    सदस्य : चेतन पन्त, रुपन्देही
    सदस्य : मनमोहन श्रेष्ठ, पाल्पा
    सदस्य : मोहन चौधरी, बर्दिया
    सदस्य : असित शम्शेर राणा, बाँके
    सदस्य  : शान्ता शर्मा, रूपन्देही
    सदस्य : शिखर पाण्डे, रूपन्देही
    सदस्य : रविन्द्र शर्मा घिमिरे, रूपन्देही
    सदस्य : सुन्दर गौतम, दाङ
    सदस्य : कृष्ण चौधरी, बाँके
    सदस्य : यादव पाण्डे, रूपन्देही
    सदस्य : श्रीचन्द गुप्ता, रूपन्देही
    सदस्य : जुद्ध बहादूर कुँवर, प्युठान
    सदस्य : कृष्ण प्रसाद शर्मा, वाग्ले, वर्दिया
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, बुटवल
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, लुम्वीनी
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, पाल्पा
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, दाङ
    सदस्य सचिव : सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, प्रदेश नं. ५

    (च) कर्णाली प्रदेश, नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
    संरक्षक : मुख्यमन्त्री, कर्णाली प्रदेश
    अध्यक्ष : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रदेश सरकार, कर्णाली प्रदेश
    सह अध्यक्ष : प्रमुख सचिव, प्रदेश सरकार, कर्णाली प्रदेश
    निजी क्षेत्र
    सदस्य : राजु कार्की, मुगु (प्रादेशिक कार्यक्रम संयोजक)
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, दैलेख
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, कालिकोट
    सदस्य : छेवाङ लामा, हुम्ला
    सदस्य : देवराज जैशी, सुर्खेत
    सदस्य : दिलबहादुर महत, जुम्ला
    सदस्य : निराजन के.सी., जुम्ला
    सदस्य : देवी कृष्ण रोका, मुगु
    सदस्य : दिपेन्द्र खत्री, सुर्खेत
    सदस्य : नोर्बु लामा, जुम्ला
    सदस्य : लंक बहादुर शाही, डोल्पा
    सदस्य : जनकराज शर्मा, जुम्ला
    सदस्य सचिव : सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, कर्णाली प्रदेश

    (छ) सुदूर पश्चिम प्रदेश, नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवर्द्धन समिति
    संरक्षक : मुख्यमन्त्री, सुदूर पश्चिम प्रदेश
    अध्यक्ष : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रदेश सरकार, सुदूर पश्चिम प्रदेश
    सह अध्यक्ष : प्रमुख सचिव, प्रदेश सरकार, सुदूर पश्चिम प्रदेश
    निजी क्षेत्र
    सदस्य : परमानन्द भण्डारी, कन्चनपूर (प्रादेशिक कार्यक्रम संयोजक)
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, कैलाली
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, कन्चनपूर
    सदस्य : अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, डडेलधुरा
    सदस्य : कलम बम, कैलाली
    सदस्य : गोपी हमाल, कैलाली
    सदस्य : सञ्जय चौधरी, कैलाली
    सदस्य : माया प्रकाश भट्ट, कैलाली
    सदस्य : सुवास शाही, कैलाली
    सदस्य : धर्मराज पाठक, कैलाली
    सदस्य : कल्पना गैह्रे, कन्चनपूर
    सदस्य : चन्द्र विष्ट, कैलाली
    सदस्य : मानवहादुर शाही, कैलाली
    सदस्य : किशोर खड्का, कैलाली
    सदस्य सचिव : सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, सुदूर पश्चिम प्रदेश

  • कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना

    कर्णाली प्रदेशको आफ्नै वायुसेवा कम्पनी बनाउने योजना

    काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशको आफ्नै वायुसेवा सञ्चालनको योजना सार्वजनिक गरेको छ । प्रदेशको आगामी आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा कर्णाली हवाई सेवा सञ्चालनको योजना राखिएको छ । यसपाली बन्दै गरेको बजेटमा यो योजना समेटेर जाने योजना प्रदेश सरकारले बनाएको छ ।

    प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार निजी क्षेत्रसँगको साझेदारमा आफ्नै वायुसेवा संचालन गर्ने योजना छ ।

    सरकार एक्लैले जहाज कम्पनी स्थापना गर्ने नभई भइरहेकै निजी कम्पनीलाई सहुलियतमार्फत आकर्षित गरी उक्त कम्पनीको सेवालाई कर्णाली प्रदेशमा केन्द्रित गर्न सकिने योजना प्रदेश सरकारको रहेको छ ।

    कर्णाली सहित देशभरका सात वटै प्रदेश अहिले बजेट बनाउने चटारोमा छन् । कर्णाली प्रदेशले संघीय सरकारसँग समन्वय गरी दूर्गम सेवा कोषको रकम सदूपयोग गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ ।

    उक्त कोषबाट उडान अनुमति प्राप्त गरी सुर्खेतबाट प्रदेशका जिल्ला सरमुकाम तथा संघीय राजधानीसम्म नियमित जहाज उड्ने वातावरण बनाउने प्रदेश सरकारको योजना छ ।

  • सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई

    सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई

    काठमाडौं । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजागर गर्ने उद्दश्यले आयोजित तेस्रो संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ ।

    काठमाडौंमा २३ जेठबाट शुरु भएको मार्टमा ४३ देशबाट ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवाला सहभागी भएको बताइएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका विभिन्न सङ्घ–संस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरद्घारा आयोजित हिमालयन ट्राभल मार्ट नेपाली पर्यटन क्षेत्रकै बृहत एवम् प्रमुख ट्राभल एन्ड टुरिज्म सम्बन्धी मेलाको रुपमा स्थापित भएको पाटा नेपाल च्याप्टरले उल्लेख गरेको छ ।

    मार्टको अवसर पारी पाटा नेपाल च्याप्टरले स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई विशेष अवार्ड प्रदान गरिएको थियो । उक्त अवसरमा विश्वप्रसिद्ध बेलायती पर्वतारोही ‘डक स्कट’ लाई पर्वतारोहण र नेपाली पर्यटन क्षेत्रको प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको थियो ।

    जुन ७ मा आयोजित मार्टको कन्फ्रेन्समा साहसिक पर्यटनको समसामयिक तथा भावी प्रवृत्तिहरु, दिगो पर्यटन विकासका अवसर तथा चुनौतिहरुलगायत नेपालमा अध्यात्म पर्यटनको सम्भावना र पर्यटकीय अवसरबारेमा विशेष प्राथमिकताका साथ छलफल गरिएको थियो ।

    मार्टको ‘साइड इभेन्ट’ का रुपमा आयोजना गरिने अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया कन्फ्रेन्समा ५० भन्दा बढी अन्तर्राष्ट्रिय मिडिया\ब्लर्गसहरुसहित सयौँ राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीहरुमाझ ट्राभल मिडिया तथा ब्लर्गसले गन्तब्यको पर्यटन प्रवद्र्धन एवम विकासमा खेल्ने भूमिका र अवसरहरुको बारेमा छलफल गरिएको थियो ।

    सो कार्यक्रमबीच भ्रमण वर्ष २०२० सम्बन्धित एक विशेष अन्तर्राष्ट्रिय ‘मिडिया ब्रिफिङ्गङ’ गरिएको थियो । भ्रमण वर्ष अभियानका संयोजक सुरज बैद्यले अभिायन अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरुको कार्ययोजना लगायत नेपालका पर्यटकीय गन्तब्य र सम्भावनाबारे प्रस्तुति पेस गरेका थिए ।

    यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनीहरु तथा संस्थाले सहभागिता जनाएका थिए ।

    पाटा नेपालले हिमालयन ट्राभल मार्टको चौथो संस्करण आगामी वर्ष २०२० जुन १२ देखि १५ सम्म आयोजना गरिने जनाएको छ ।

  • अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

    अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

    पैसा सबै चिज होईन भन्नेहरुका लागि अब मनग्य पैसा भयो भने धेरै चिज प्राप्त हुँदो रहेछ भन्ने नयाँ उदाहरण सार्वजनिक भएको छ ।  

    नासाले अब पर्यटकका लागि पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र खुला गर्ने भएको छ । नासाले पर्यटकका लागि अन्तरिक्ष केन्द्रसम्म उड्ने सौभाग्य भने अर्को बर्षदेखि प्रदान गर्ने भएको कुरा घोषणा गरेको छ ।  नासाले प्रति बर्ष २ जना मात्र प्राईभेट अन्तरिक्ष यात्रीको लागि स्विकृती दिने जनाएको छ । तर अन्तरिक्ष यात्रा गर्ने सौभाग्य भने सामान्य जीवनयापन गर्नेहरुको पंहुच बाहिर हुने छ । नासाको अन्तर्राष्ट्रिय    अन्तरिक्ष यात्रा गर्ने पर्यटकका लागि ३० दिनको प्याकेज हुने छ भने शुल्क प्रती रात न्युनतम पनि ३५ हजार अमेरिकी डलर पर्ने छ ।  उक्त घोषणा नासाले गत शुक्रबार नयाँ बिजिनेस योजना बनाउदै सार्वजनिक गरेको हो । पर्यटकले अन्तरिक्ष यात्रा आगामी बर्षको सुरुदेखि गर्न पाउने छन् ।  

    नासाले खर्चको फाँटबारी भने यसरी बाँडफाँड गरेको छ –

    रिजेनरेटिभ लाईफ सपोर्ट र शौचालय शुल्क – ११,२५० अमेरिकी डलर प्रति दिन 

    क्र्यु सप्लाईज ( खाना अक्सिजन र मेडिकल किट )- २२,५०० अमेरिकी डलर प्रति दिन 

    ठाउँ भाडा – १०५ अमेरिकी डलर प्रति दिन 

    बिधुत शक्ती – ४२ अमेरिकी डलर प्रति किलोवाट प्रति घण्टा 

    डाटा – ५० अमेरिकी डलर प्रति गेगा बाईटस् 

    एजेन्सी ।

  • शुरु भयो हिमालयन ट्राभल मार्ट, ४१ देशका पर्यटन व्यवसायी नेपालमा

    शुरु भयो हिमालयन ट्राभल मार्ट, ४१ देशका पर्यटन व्यवसायी नेपालमा

    काठमाडौं  ।   हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु भएको छ । मार्टमा नेपालसहित ४१ देशका ७ सय पर्यटन व्यवसायी भेला भएका छन् । मार्टको तेस्रो संस्करण अहिले संचालन हुँदैछ ।

    हिमालयन ट्राभल मार्ट सन् २०१७ देखि नेपालमा शुरु भएको हो । अन्तरदेशीय पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा मेला सहयोगी हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष शुनिल शाक्यले जानकारी दिए ।

    नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मार्ट आयोजना  उनले बताए । मार्टको बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

    तीन दिनसम्म चल्ने मार्टले नेपालको पर्यटन ब्राण्डमा उल्लेख्य भूमिका खेल्ने नेपाल पर्यटन बौर्डका सीइओ दीपकराज जोशीले बताए ।
    सन् २०१८ मा पर्यटक आगमन वृद्धिदरका दृष्टिबाट नेपाल संसारमै अग्रणी मुलुक रहेको भन्दै जोशीले यस मार्टले नेपाललाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    मार्टमा व्यवसायीहरुबीच विजनेश टू विजनेश भेट हुनेछ । जसका माध्यमबाट व्यवसायीले नेपालसहित हिमालयन क्षेत्रको पर्यटन प्याकेज बिक्रि गर्न सक्नेछन् ।

    मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनीले भाग लिएका छन् । ६ मुलुक(नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड)बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले आफ्ना प्याकेज बिक्रि गर्नेछन् ।

  • नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने

    नेपाल एयरलाइन्स तत्काल जापान नउड्ने

    काठमाडौ । नेपाल वायुसेवा निगमको जापान उडानको तालीका तत्कालका लागि स्थगित भएको छ । निगमले यात्रु नपाएपछि जापान उडान सार्न लागेको हो ।

    निगमले असार १९ गतेबाट जापानको ओशाकामा नियमित उडान गर्ने योजना बनाएको थियो । तर, बजारिकरणमा पर्याप्त ध्यान दिन नसकेपछि निगमले यात्रु पाएन ।

    सोहीकारण जापान उडानको योजना स्थागित गरिएको निगमका अधिकारीहरु बताउँछन् । जापान निगमले यसअघि जहाज उडाइसकेको पुरानो गन्तब्य हो ।

    यहाँ नेपाली एयरलाइन्सले सन् १९९४ देखि २००७ सम्म उडान गरेको थियो । जहाज जहाजको अभावले उडानलाई निरन्तरता दिन सकेन ।

  • मिङ्मा दोर्ची शेर्पाका नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

    मिङ्मा दोर्ची शेर्पाका नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

    काठमाडौं । आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका छन् ।
    शेर्पाले गत जेठ १३ मा ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरी नयाँ कीर्तिमान कायम गरेको पायोनियर एडभेन्चरले जानकारी दिएको हो । शेर्पा संखुवासभाका स्थानीय हुन् ।

    उनले सगरमाथा र ल्होत्से हिमालको सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको कम्पनीले दावि गरेको छ ।

    शेर्पाले सगरमाथाको ५ पटक सफल आरोहण गरिसकेका छन् । उनी ल्होत्सेमा ३, मकालुमा ३, मनास्लुमा ३, केटुमा २, धवलागिरीमा २ र आमादब्लाम हिमालमा २ पटक गरी २० पटक हिमालको सफल आरोहण गरिसकेका छन् ।

  • यूरोपमा नेपालको सेल्स मिशन

    यूरोपमा नेपालको सेल्स मिशन

    काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको प्रवद्र्धन गर्न यूरोपमा “नेपाल सेल्स मिशन यूरोप २०१९” सम्पन्न गरेको छ ।

    बोर्डका अनुसार वारसामा मे २७ मा, भियानामा मे २९ र म्यूनिखमा मे ३१ मा यो कार्यक्रम सम्पन्न भएको छ । सेल्स मिशनमा दुई नेपाली ट्राभल कम्पनी द एक्सप्लोर नेपाल र इन्टरटु्र्स नेपालले भाग लिएका थिए ।

    सेल्स मिसनको उद्देश्य नेपाली व्यवसायीले यूरोपेली समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध बिस्तार र व्यवसाय वृद्धि गरी नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउने रहेको छ ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक दिवाकर बिक्रम राणाले उक्त सेल्स मिशनमा गन्तब्य प्रस्तुतीकरण दिएका थिए । जसमा नेपालका विभिन्न पर्यटकीय आकर्षण समावेस गरिएको बोर्डले उल्लेख गरेका थिए ।

    उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमसमेत सहभागी थिए । सहभागीले नेपाल भ्रमण वर्ष २०२० लाई लिएर अभियानका बारेमा सोधखोज गरेका थिए ।

    जर्मनीका लागि नेपाली महामहिम राजदूत रमेशप्रसाद खनालले यस किसिमको सेल्स मिसनले यूरोपका पर्यटन व्यवसायीहरुसँग सम्बन्धमा घनिष्टता ल्याई नेपाली बजार बलियो र बिस्तार गरिने बताए ।

    नेपाल पर्यटन बोर्डद्वारा सेल्स मिशनमा सहभागी मध्येबाट हरेक शहरमा २ जना विजेतालाई नेपाल भ्रमण प्याकेज प्रायोजन गरिएको थियो ।

    २०१८ मा अन्तराष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर दश लाखको संख्या हाशिल भएको थियो ।

    हालको वृद्धिदर र अन्तराष्ट्रिय प्रवद्र्धनले पर्यटनको सकारात्मक प्रवृत्तिलाई इङ्गित गर्ने बोर्डले उल्लेख गरेको छ ।

  • नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट

    नेपाल प्रवद्र्धन गर्न हिमालयन ट्राभल मार्ट

    काठमाडौं । नेपाललाई हिमालय गन्तब्यको प्रवेशद्धारको रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ आयोजना हुने तेस्रो संस्करणको हिमालयन ट्राभल मार्ट बिहीबारदेखि काठमाडौंमा शुरु हुने भएको छ ।

    सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

    नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसीक पर्यटकीय गन्तव्यकोरुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यले मार्ट जुन ६ देखि ९ तारिखसम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने लागेको हो ।

    नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले मार्टको आयोजना गर्ने लागेको हो ।

    मार्टको यस अघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको पाटाले जानकारी दिएको छ ।

    क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहेको यो मार्टले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको छ ।

    हिमालयन ट्राभल मार्टले छोटो समयमै विश्व पर्यटन बजारमा राम्रो ख्याति प्राप्त गरिरहेको र धेरै पर्यटन स्रोत बजारहरुवाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको पाटाले उल्लेख गरेको छ ।

    हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको समेत आयोजकको दावि छ । यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रर्वद्धन तथा व्यवसायीहरुका बीच सञ्चाल विस्तार गर्न सहयोग पुगेको छ ।

    हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वब्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस विजनेस–टु–विजनेस मार्टको परिकल्पना गरिएको हो ।

    यस पटकको बीटुबी मार्टमा ३० मुलुकबाट विश्वव्पापी क्रेता कम्पनीहरु र ६ वटा मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरु सहभागीता जनाउने बताइएको छ ।

    मार्टमा ३८ जना अन्तर्राष्टिण्य ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधीहरुले समेत सहभागिता जनाउने छन् । समग्रमा नेपाल सहीत ४३ देशका करिब ७०० जनाले मार्टमा सहभागीता जनाउने आयोजकको भनाई छ ।

    तेस्रो हिमालयन ट्राभल मार्टमा आयोजना गरिने कार्यक्रमहरु नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्यप्राप्तिमा समेत केन्द्रित रहने आयोजकको अपेक्षा छ ।

  • अन्तरर्राष्ट्रिय बजारमा आलोचित बन्यो सगरमाथा टुप्पोको भिड

    अन्तरर्राष्ट्रिय बजारमा आलोचित बन्यो सगरमाथा टुप्पोको भिड

    न्यूयोर्क

    हरेक बर्ष नयाँ नयाँ किर्तिमान स्थापित गर्ने उदेश्यले थुप्रै पर्बतारोही सगरमाथा चढ्ने गर्छन् । विश्वभरका पर्बतारोही लामो प्रशिक्षण गरेर हरेक बर्ष खुल्ने सगरमाथा आरोहणको समय कुरेर बस्छन् ।

    यसरी थुप्रै पर्बतारोहीले नयाँ एवं अनौठा किर्तिमान पनि कायम गरेका छन् । तर यो मौसमको सगरमाथा आरोहण नयाँ किर्तिमान भन्दा धेरै बिबादित बनेको छ । कामिरिता शेर्पा एक जनाले एक साता भित्र दुई पटक सफल आरोहण गरेर नयाँ किर्तिमान राख्न सफल भए । उनको यो २४ औँ आरोहण हो ।
    कामिरिताको यो सफलता समेत ओझेल पार्ने गरि यो मौसमको सगरमाथा आरोहण अन्तरर्राष्ट्रिय जगतमा निक्कै बिबादित बन्यो । विश्वकै अग्रणी मानिएका सिएनएन, न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट जस्ता संचार माध्यमले सगरमाथामा ट्राफिक जाम हुने गरी तालिम बिनाका पर्बतारोहीको भिड पठाउँदा धेरैको ज्यान गएको भन्दै नेपाल सरकारको आलोचना गरेका छन् । ति संचार माध्यमहरुले लगतार नकारात्मक समाचार छापे पछी सगरमाथा आरोहण नै विश्वभर बिबादित बन्न पुगेको हो ।

    चर्चित संचार संस्था न्युयोर्क टाइम्सले नयाँ दिल्ली डेट लाईनमा अमेरिकाको एरिजोना राज्यका एक पर्बतारोहीको अनुभब लेखेको छ– ‘मात्र २ वटा पिङ्पोङ् बलको टेबल अट्ने भाग जती समथर भाग भएको त्यस्तो साँघुरो सगरमाथाको टुप्पोमा एकै पटक १५÷२० जना खाँदिनु पर्ने भिड थियो । त्यती मात्र होईन चुचुरोमा पुग्नु अगाडि घण्टौ लाम बसेर पालो पर्खिनु पर्ने भिड पनि त्यतिकै थियो ।’ एड दोहरिंग नामका ति पर्बतारोहीले सगरमाथा अनुभवलाई ‘चिडिया खाना जस्तो दृश्य’ को संज्ञा दिएका छन् । मे २६ तारिख ‘इट वाज लाईक ए जस्डेथ अन एन अनरुलि ओभर क्राउडेड एभरेस्ट’ शीर्षकमा न्यूयोर्क टाईम्सले आफ्नो अनलाईन संसकरणमा लेखेको छ––‘सगरमाथा आरोहणको समस्या हिम पहिरो, हिम आँधी, हावा हुरी र हाई अल्टिचुट मात्र होईन सबै भन्दा खतरनाक मृ‍त्युको कारक अनुभब नभएका पर्बतारोहीको भिड हो । अन्तिम एक हजार फिटमा घण्टौँ कुर्नु पर्ने भिड भएका कारण पर्वतारोहीको मृत्यु भएको हो ।’ यो बर्षको लागि नेपाल सरकारले ३८१ जना पर्वतारोहीहरुलाई आरोहण अनुमति दिएको थियो ।

    बेलायत स्थित चर्चित पत्रिका द गार्जियनले पनि बिगत एक साता देखि सगरमाथामा क्षमता भन्दा अधिक भिड भएको कारण पर्वतारोहीको मृत्यु भएको समाचार लगातार छापेको छ । गार्जियनले पूर्व ब्रिटिश सेना निर्मल पुर्जा ‘निम्स’ ले खिचेको भिडको तस्बीरले सबै कुरा प्रस्ट पारेको समेत उल्लेख गरेको छ । त्यसैगरी डेली मेलले पनि विश्वकै अग्लो चुचुरोमा ९ दिन भित्र ११ को मृत्यु भयो भन्ने शीर्षकमा नेपाल सरकारले बिना तालिममा मान्छेलाई सगरमाथा आरोहणको अनुमति दिएको र क्षमताभन्दा धेरै मान्छेलाई आरोहण अनुमति दिएको भन्दै सरकारको आलोचना गरेको छ ।
    त्यसैगरी वासिंगटन पोस्टले ‘कसरि माउण्ट एभरेस्टको लोकप्रियता घातक हुन पुग्यो’ शीर्षकमा अंकित अधिकारी र जोना स्लाटरको बाई लाईनमा सगरमाथाको टुप्पोमा भएको भिडलाई इंगित गर्दै नेपाल सरकारले आरोहण अनुमति दिने प्रक्रियालाई परिवर्तन गर्नुपर्ने बताएको छ ।

    सिएनएनले बिगत १ हप्ता देखि सगरमाथा आरोहणका क्रममा पर्वतारोहीहरुको मृत्युको समाचार प्राथमिकता साथ प्रकाशन र प्रसारण गर्दै आएको छ । आरोहणको पछिल्ला दिनहरुमा २ जना अमेरिकी नागरिकको मृत्यु भए पछि सीएनएनले फलोअप समाचार प्रकाशन र प्रसारण गर्न थालेको हो । सिएनएनले एक जना नेपाली गाईडको भनाई भिडियोमा देखाएको छ । जुन भिडियोमा ति गाईडले भनेका छन्– ‘जीवनमा एक पटक पनि एउटा हिमाल नचढेको मान्छेलाई समेत अनुमति दिएको रहेछ ।’ नेपाल सरकारका तर्फबाट अल्टिच्युट सिकनेसका कारण पर्वतारोहीहरुको मृत्यु भएको भनिए पनि सगरमाथाको डेथ जोनमा २ घण्टा देखि ४ घण्टासम्म पालो कुर्नु पर्ने भिड भएका कारण पर्वतारोहीको मृत्यु भएको भिडियोमा बोलेका अधिकांशले बताएका छन् । अमेरिका स्थित शिकागोबाट प्रकाशित हुने एक व्यंग्यात्मक पत्रिकाले त ” सगरमाथामा धनीमानीहरुको मृत्यु भएर विश्वको जनसंख्यालाई सन्तुलित गर्न समेत सघाउ पुगेको ” लेखेको छ ।
    यी संचार माध्यम बाहेक जेनेभाबाट प्रकाशित द अनियन साथै सीबिएस न्युज , एबिसी न्युज , एनपीआर, फक्स न्युज, नेसनल पोस्ट, द सिडनी मर्निङ्ग हेराल्ड, एनडिटिभी लगायतका थुप्रै मिडियाले सगरमाथा आरोहणका लागि हचुवामा अनुमति दिएका कारण निर्दोष मानिसको ज्यान गएको आरोप लगाएका छन् ।

  • सुदूरपश्चिममा सोट्टो नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन

    सुदूरपश्चिममा सोट्टो नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन

    कञ्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल)ले यस वर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनपुर लगायत स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तक्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले आफ्नो प्रवद्र्धनात्मक अभियान अगाडि बढाएको हो ।

    नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले आन्तरिक पर्यटनको प्रवद्र्धनात्मक कार्य अगाडि बढाएको हो । प्रवद्र्धनात्मक अभियानले शुक्लाफाँटा–नालापानी–खप्तडको पर्यटकीय सम्पदाहरुको उजागर गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यहाँका गन्तव्यहरुको प्रवद्र्धन एवम् प्रचारप्रसार गर्नेछ । साथै, सुदूरपश्चिममा रहेको सम्पूर्ण गन्तव्यहरुको पर्यटन प्याकेज तयार गरी अभियानले आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटकलाई बढीभन्दा बढी सुदूरपश्चिममा ल्याउने लक्ष्य लिएको अभियानका संयोजक एवम् सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यमबहादुर खड्काले जानकारी दिए । उनले यसअन्तर्गत कञ्चनपुर–बझाङ–अछाम–कैलालीलाई एकसाथ प्रवद्र्धन गराएर अगाडि बढाउने बताए ।

    यस्तै स्थलगत अध्ययन भ्रमणमा रहेका नेकपा एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले भारतीय पर्यटकलाई सुदूरपश्चिममा भित्र्याएर थुप्रै आम्दानी गर्न सकिने भएकाले सुदूरपश्चिमका पर्यटकीय पूर्वाधार विकासमा जोड दिन स्थानीय तहका प्रमुख तथा पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले पर्यटन स्वयंसेवा नभएको भन्दै यस व्यवसायमा रकम लिएर सेवा दिनुपर्ने बताए । साथै पर्यटकलाई बेच्न सकिने धेरैभन्दा धेरै ठाउँको विकास गर्न र एकअर्कालाई एकआपसमा जोड्न पनि उनले पर्यटन व्यवसायी र स्थानीय तहका प्रतिनिधिलाई आग्रह गरे ।

    स्थलगत भ्रमण अभियानलाई स्वागत गर्दै हान कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले सुन्दर सुदूरपश्चिम नारा मात्र नभएर पर्यटक लोभ्याउने भर्जिन गन्तव्य भएको बताए । उनले घुम्न आउने पर्यटकलाई सबै किसिमको सेवा–सुविधा दिन सुदूरपश्चिम तयार रहेको पनि बताए । यस्तै, भीमदत्त नगपालिकाका मेयर सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका मेयर अशोक चन्द लगायतले पर्यटकीय गुरुयोजना बनाएर सुदूरपश्चिमका गन्तव्यहरुको विकासमा स्थानीय सरकार लागिपरेको बताएका छन् ।

    स्थलगत भ्रमण अभियानमा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापासहित सोट्टो–नेपालका पूर्व अध्यक्ष यमबहादुर खड्का, महासचिव नारायण पराजुली, कोषाध्यक्ष मानबहादुर शाही, सदस्यहरु भुवनदेवी महर्जन, इन्दिरादेवी गौतम, विन्दु प्रधान, सुशिल नेपाल, पर्यटन पत्रकार संघ (जाट–नेपाल) का महासचिव हरिशरण न्यौपाने, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर ७ का संयोजक महेश भट्टराई, एनएमए साईपाल शाखाका महासचिव किशोर खड्का, फोटो पत्रकार जनार्दन अर्याल, पत्रकारद्वय बीपी अनमोल र प्रकाश शाह लगायत एक दर्जन बढीको सहभागिता रहेको छ । भ्रमण समूहले भारतको हरिद्वार, ऋषिकेषका पर्यटन व्यवसायीसँग अन्तक्रिया गर्दै नेपालको शुक्लाफाँटा हुँदै खप्तडसम्मको भर्जिन पर्यटकीय गन्तव्य हेरेर आनन्द लिन आग्रह गर्दै यतिबेला भारतका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्न भारतको उत्तराखण्डमा रहेको हरिद्वार पुगेको छ ।

  • एकैदिन ९४ आरोही सगरमाथा शिखरमा

    एकैदिन ९४ आरोही सगरमाथा शिखरमा

    सोलुखुम्बु । सगरमाथा आरोहणको चौथो दिन अर्थात् बुधबार एकैपटक करिब १ सय जनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहण दलबाट गएकाले फरक–फरक समयमा एकै दिनमा ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

    आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण नभए पनि चौथो दिन बुधबार मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्पर्क अधिकृत श्रेष्ठको भनाइ छ ।

    वैशाख ३० गतेदेखि आरोहण शुरु भएको पहिलो दिन बाटो निर्माण गर्दै गएका आठ जना शेर्पा गाइडले एकै पटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए । सम्पर्क अधिकृत श्रेष्ठ भन्छन्– ‘तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन, तर चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।’

    कामिरीताको नयाँ विश्व कीर्तिमान

    आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान राख्न सफल भएका हुन् । कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोडेका छन् ।

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा जन्मेका ४८ वर्षीय कामिरीताले सन् १९९२ देखि सगरमाथा आरोहण शुरु गरेका हुन् । रासस

  • भरिभराउ मुक्तिनाथ

    भरिभराउ मुक्तिनाथ

    बागलुङ । मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

    धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र जेठ पनि पर्यटकीय याम हो ।

    सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या ९ हजार १ सय ५ रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्म १६ हजार ९ सय ८४ बाह्य पर्यटक मुक्तिनाथ पुगेका छन् । सबैभन्दा बढी ८ हजार ५ सय ५६ पर्यटक भारतीय रहेका छन् ।

    मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिमसम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताए । ‘अहिले दैनिक सयौं बाह्य पर्यटक मुक्तिनाथ आइरहेका छन्, आन्तरिक पर्यटकको पनि घुइँचो छ,’ उनी भन्छन्, ‘पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटललाई भ्याइनभ्याइ छ ।’

    पर्यटकको चाप बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि उत्तिकै बढेको छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटकले रात बिताउने गरेका छन् । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँ जान्छन् ।

    जोमसोमका होटल व्यवसायी अनिता शेरचन पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको बताउँछन् । ‘मुस्ताङ घुम्ने नेपालीको संख्या वर्षेनी बढ्दो छ, पर्यटकीय याममा हाम्रो पनि व्यस्तता बढ्छ,’ उनले भनिन् । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।

    एक्याप जोमसोमका प्रमुख दाहालका अनुसार म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको संख्या सबैभन्दा बढी छ । यस्तै, मनाङ हुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । सूचना केन्द्रका अनुसार वर्षेनी मुक्तिनाथ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।

    गत वर्ष कुल ४६ हजार ६ सय ७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त संख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गतवर्ष ५२ हजार बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । रासस

  • हिउँमा हराउँदा…

    हिउँमा हराउँदा…

    कुमार न्यौपाने
    हिमाली जिल्लाहरूमा हिउँ पर्नु सामान्य नै हो, तर पनि खेतीको समयमा पर्नु भाग्यको कुरा मानिन्छ । ओंठमा हाँसोसहित भन्ने गर्छन्– ‘अब त बाली सप्रने भयो । हिँउले पानीको स्रोत बढाउँछ ।’
    नेपाल आफैँमा हिमाली देश, तर मैले हिउँ आँखाभरि हेरेको परारको साल अमेरिकातिर मात्रै हो । ४० हजार फीटमाथिको जहाजबाट खुबै हिउँ देखियो, विशेष गरी न्यूयोर्कबाट क्यालिफोर्निया उड्दा । हुन त हिउँदको समय परेर होला अधिकांश उडान हिउँमाथि थियो । त्योभन्दा अगाडि न्यूयोर्क, अल्बानी हुँदै नायग्रा फल्स पुग्दा हिउँको स्पर्श त छँदै थियो, तर पश्चिमको उडानमा देखिएको हिउँको मात्राले जिब्रो नै टोकाएको थियो । हुन त ‘ब्ल्याक सी’बाट अगाडि बढेदेखि नै युरोपीय हिउँका आकार र मात्रा देखियो । लण्डन र न्यूयोर्कबीच ३,४७० माइल फैलिएको एटलान्टिकमा हिउँका ढिक्काहरु हेर्दै गर्दा टाइटानिक याद आयो, ज्याक अनि रोज पनि । त्यही अभागी आइसबर्ग, जसले आजसम्म बदनाम कमाएको छ । याद आयो त्यही कथा त्यो माइनस टेम्प्रेचरमा यदि हवाईजहाज खस्यो भने पौडी खेल्न जान्ने र म जस्तो नजान्ने बीचको के भिन्नता होला ? क्यानाडाको दक्षिणपूर्वी पुछार नोभा स्कटियादेखि न्यूयोर्क लगभग हिउँभित्र नै थिए ।
    म बेलाबेलामा हेटौंडाबाट काठमाडौं उक्लँदा सिमभन्ज्याङ, दामनतिर परेको अलिकति चिप्ले हिउँ देखेकोलाई हजारौं माइल हिउँ नै हिउँको धर्तीले हिउँमा हराएको भन्न बाध्य पा¥यो ।
    हिमयात्रा स्मरण गर्दा अर्को हिउँको देश स्वीट्जरल्याण्डको यात्रा सम्झन्छु । रोमबाट फ्लोरेन्स हुँदै भेनिसतिर रेलबाट हानिँदा देखिएको आल्पसको छेउ पर्ने होचा (नेपालीलाई होचा लागेको हुनसक्छ) हिउँका पहाडहरु र पछि जेनेभा शहरको एक छेउबाट जेनेभा लेकको किनारैकिनार पुगिने अर्को छेउको मोन्ट्रक्स शहर हिउँको काखमै देख्दा अचम्म लाग्यो । मेरो लागि भने प्रतिकूल हिउँ यात्रा थियो त्यो सायद । चिसोमा फ्लेवरवाला फ्रेन्च दहीका बट्टाहरु रित्तो पार्दा जति मज्जा आएथ्यो, त्योभन्दा कम थिएन मोन्ट्रेक्स पुग्दा युरिक एसिडको आक्रमणको पीडा । एकजना सानो यात्री (छोरी शैवी) र उसकी आमा (श्रीमती सुधा) सँगै हामी जम्मा तीनमध्ये म लगभग लङ्गडो हुँदै जेनेभा लेक वरपरको हिउँ चैं खेल्न छाडेनौं । अर्को दिन मबाहेक सबै गु्रयरे तीरको चीज र चकलेटको स्वर्ग मानिने ठाउँ घुम्न गएपछि होटलको झ्यालबाट जेनेभा लेकपारिको हिमाल नै मेरो लागि सबै आल्पस थियो । एक स्वीस सहयोगीले हामी नेपालबाट भन्ने थाहा पाएपछि सोध्यो– ‘तिमीहरु त हिउँमै हुर्केका होलाउ है ?’ हामीले मुखामुख गरेर टा¥यौं । उसको सोचाइ पनि ठीकै हो, हाम्रो जस्तै भूपरिवेष्ठित देश, जहाँ हिमालको फेददेखि झण्डै टुप्पैसम्म सररर रेल कुदेको देख्दै हुर्केको व्यक्तिको मनमा त्यस्तो सोच आउनु जायजै थियो । तर, अर्को कुरा उनीहरुको सबैभन्दा अग्लो हिमाल हाम्रो सगरमाथाको बेस क्याम्पतिर आइपुग्थ्यो । अलिकति झूट बोलेर स्वीस हिउँ खेलियो ।
    अर्को स्मरण ७–८ वर्ष अगाडि लमजुङको घलेगाउँको । त्यो पाखाको हिउँ मायालु थियो । स्कुले साथीको योग दिवस मनाउने कार्यक्रमको निम्ता मान्न त्यहाँ पुगेको थिएँ । घले पोशाक, स्थानीय फूलको माला, घोडा, भेंडीगोठ र आत्मीय व्यवहारले किन फर्किने कार्यक्रम राखे होलान्झैं भएको थियो । गएकै दिन नाकैमा ठोक्किनेझैं गरी ठडिएको मनास्लुलाई रातै पर्दा पनि छोड्न मन थिएन । त्यही रात हिउँ प¥यो फुरफुर ! त्यो नै जीवनमा पहिलो पल्ट झर्दै गरेको हिउँको अनुभव थियो, खुबै खुशी लाग्यो । हिउँ आफैं चैं त्यति चिसो हुने हैन रहेछ । लाग्यो हिमाली भेगको हिउँभन्दा बरु आफ्नै मान्छेहरुका मनहरु चिसा । त्यता सबैका मन न्याना ।
    काठमाडौं नजिकको हिमाल जुगल यदाकदा उडानका क्रममा देखिएका हिमाली शृङ्खलाबाहेक मेरा लागि त्यही सीमभन्ज्याङ र घलेगाउँ नै नेपाली हिउँ र हिमालको दर्शन थिए । हिउँसँगको साक्षात्कार थियो । यद्यपी, युरोपमा हाम्रो घर–आँगन नै हिउँ हो जस्तै गरी गफ लाइयो । यो वर्ष भने आफ्नै घरछेउ हिउँ आइपुग्यो । मानौं हिउँले जिस्क्यायो, ‘म आएँ ल आइज भन्दै !’
    बिनायोजना हिउँलाई भेट्न कुदें । ‘नेपाललाई फु–मन्तर गरेर सिंगापुर, स्वीजरल्याण्ड बनाइदिन्छौं अनि रेल चढेर हिउँ खेल्न जाऊ’ भन्ने नेतालाई सम्झँदै सकससँग शिवपुरीको फेद मुहानपोखरीसम्म गाडी लाने हिम्मत गरें । पाखैपाखा उकालो लागेपछि छिटफुट हिउँ भेटियो । सबैमा त्यही उत्साह थियो कि आफ्नो अगाडि हिउँको थुप्रो होस् । सेल्फी, लाइभ भिडियो, प्रोफाइल पिक्चर, स्नोम्यान अनि आफूलाई तेन्जिङ र जुन्को तावेइ ठान्दै हिउँको कथा कोर्ने सपना । धेरैबेर माथिमाथि हिडिरह्यौं ।
    घरमा जुन जुत्ता थियो त्यही लगाएर जाँदा मनमा लागेको त थियो यो जुत्ताले पछार्छ भन्ने, हो त्यस्तै भयो पनि । दुई दर्जन पटक पछारिंदा पनि टाउको चैं जोगियो । आफू निकै पल्ट शिवपुरी चढेको पनि हो, लगभग नाइके जस्तै गरी । मेरै जिम्मामा सँगै हिँडेका साथीहरु मैमा भर परेका पनि थिए । घर नजिकैको जंगलमा हिउँको खोजी, गुराँसको रङ्ग अनि रोमाञ्चक यात्रामा निकै बेरसम्म कसले घडी हे¥यो र ? उक्लिँदाउक्लिँदै बोकेका खानेकुरा र पानी सिद्धिदै गर्दा बाटोको डोबहरु कतिबेला हिउँले पुरिसकेछ र कतिखेर हराएछन् पत्तै भएन । अघिपछि रहेका हिउँ खोजी गर्नेहरु कहाँ छुटेछन्, अब चार जनाबाहेक कहिलेकाहीँ देखिने मृग र चराहरु मात्र साथी भए ।
    एकतमासको बाक्लो भिरालो जंगल, हिउँको भारले ढलेका रुखहरु, भाँचिएका हाँगाहरु, ढकमक्क गुराँसका झुप्पाहरु र बाक्लिँदो हिउँको बाटो । चकमन्नमा जब घडीले ४ बजेको संकेत ग¥यो । मस्तिष्कमा एकतमास डर पैदा भयो– ‘साँच्चिकै हराइएको हो ?’ ढकमक्क गुराँस बीचमै ढक्क फुल्यो मन । हिउँको रोमाञ्चकता मलिन भो । मुद्रा गम्भीर भयो । वातावरण अझ बिग्रियो । कालो बादल, गड्याङगुडुङ गर्दै हिउँ पर्ने गति बढ्दै थियो, इन्टरनेटको संकेत थिएन, मोबाइल नेटवर्कले काम नगरेको निकै भइसकेछ । अलि अघि सायद यस्तै केही सोचेर एउटा भिडियो लाइभ पोस्ट गरेको थिएँ, लाग्दै थियो त्यो पोस्ट भएन होला, पुवर नेटवर्क !
    हराउँदाको पल बोध गरें ।
    जब आफ्नो खाना पानी सकिन्छ, इन्टरनेट, फोनको नेटवर्कले काम गर्दैन, बाटो पत्ता लाग्दैन, मौसम अत्यन्त प्रतिकूल बन्छ, अघि आएको बाटो फर्कन सकिँदैन, त्यतिबेला घडीले निर्मम तरिकाले कुदाउँदो रहेछ ।
    पढेका सुनेका कुरा मनमा सल्बलाउन थाल्यो– ‘गोदावरीमा हराएका, धेरै पहिला चोभारको गुफामा हराएका मान्छेहरू, शिवपुरी जंगलमै भेटिएका बेवारिसे लासहरु, अमेरिकी बास्केटबल टोली लिएर उडेको हवाईजहाज चिलीको एण्डिजमा खस्दाको भयावह दृश्यहरु, नेशनल जियोग्राफिकको लस्ट एण्ड सर्भाइभर भन्ने कार्यक्रम आदि सबै ।
    धेरैबेरपछि स्वर गुञ्जियो अचानक ! साँच्चिकै मान्छेलाई मान्छे नै चाहिने रहेछ । अचम्मको खुसी सञ्चार भो । आवाज पछ्याउँदै जाँदा देउराली भन्ने ठाउँ रहेछ, २४३८ मिटरमाथिको एउटा हिउँको थुम्को !
    हराउँदाको समय थोरै भए पनि मनमा आएका धेरै कुराले देउराली छिचोल्दा अर्कै संसार आइपुगिएको भान भयो । निकै मान्छेहरु उफ्रिँदै गरेका, लडिबुडी गर्दै गरेका, सेल्फी, लाइभ भिडियो अपलोड गर्दै गरेका, हिउँको मान्छे बनाएका रहेछन् । पीडामिश्रित खुसीलाई अँगाल्दै ती नहराएका मान्छेहरु सँगसँगै रमाउँदै उनीहरुभन्दा पहिला नै घर फर्कने निर्णय गरियो सोच्दै कि फेरि हराइयो भने ? कुदियो छिटोभन्दा छिटो तातो चिज भेट्टाउन, नागी गुम्बा ! किन हो त्यो बेला शहरझैं लागेको थियो गुम्बा परिसर । तर, त्यहाँ भेट्टाइएको कालो चियाको स्वाद र त्यसको मूल्यसँगै त्यसले चिसो हातलाई केही राहत दियो । मन तात्तिँदै आयो ।