भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट

Photo Source : Himalkhabar

काठमाडौं । भारत सरकारले कोरोना खोपको निर्यात रोक्ने निर्णय गरेको छ । भारतमा बढ्दो संक्रमण र ठूलो जनसंख्यार्मा एक साथ खोप वितरण गर्नुपर्ने भएसँगै भारतले केही समयका लागि खोपको निर्यात रोक्ने निर्णय लिएको हो । यसबाट नेपालमा खोपको आपूर्ति प्रभावित हुने भएको छ । नेपालले भारतसँग खरीद गरेको १० लाख डोज खोप अझै नेपाल आएको… Continue reading भारतले रोक्ने भयो कोरोना खोपको निर्यात, नेपालमा हुन सक्छ संकट

भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्युटेट भेरियन्ट’ भेटियो

नयाँ दिल्ली । भारतका १८ राज्यहरुमा कोरोना भाइरसको ‘नयाँ डबल म्युटेट’ भेरियन्ट फेला परेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले बुधबार १८ वटा राज्यमा ‘डबल म्युटेट’ भेरियन्ट फेला परेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले भारतमा बढी रहेको कोरोना संक्रमण र कोरोनाको नयाँ भेरियन्टबीच केही सम्बन्ध छ कि छैन भन्‍ने विषयमा भने कुनै तथ्य-तथ्यांक खुलाएको छैन… Continue reading भारतका १८ राज्यमा कोरोनाको ‘डबल म्युटेट भेरियन्ट’ भेटियो

दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीले सार्वजनिक रुपमा होली मनाउन रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतका विभिन्न राज्यमा प्रतिवन्ध शुरु भएका छन् । यसै क्रममा नयाँ दिल्लीमा सार्वजनिक स्थानमा होली, सबै प्रकारको विवाह उत्सव तथा नवरात्रिको उत्सव मनाउन समेत रोक लगाइएको छ । दिल्ली आपतकालिन प्रवन्धन प्राधिकरण (डीडीएमए)ले औपचारिक आदेश… Continue reading दिल्लीमा सार्वजनिक रुपमा होली मनाउन रोक

नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण

File Photo by Mohammed Elshamy/Anadolu Agency/Getty Images)

नाइजर । अफ्रिकी मुलुक नाइजरमा पुनः बन्दुकधारीले ग्रामिण भेगमा हिंसा मच्याएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बन्दुकधारीको आक्रमणबाट कम्तीमा १३७ गाउँलेको ज्यान गएको छ । बन्दुकधारीले घरघरमा पसि आक्रमण गरेका थिए । अपरिचित बन्दुकधारी स्थानीय समय अनुसार आइतबार राति मोटरसाइकलमा गाउँ पसेर आक्रमण गरेको स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् । यो घटना छिमेकी मुलुक मालीसँग… Continue reading नाइजरमा बन्दुरधारीले लिए १३७ गाउँलेको ज्यान, घरघरमा आक्रमण

बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट

Photo : AA.COM

ढाका । बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बसिरहेको एक शिविरमा आगलागी हुँदौ एक हजार भन्दा बढी घर जलेर नष्ट भएका छन् । स्थानीय संचारमाध्यमका अनुसार त्यहाँको सबैभन्दा ठूलो शरणार्थी शिविरमा आगलागी भएको हो । बंगलादेशको कक्स बजार नजिकै रहेको शिविरमा आगलागी भएको बताइएको छ । अग्नि नियन्त्रक र स्वयंसेवकले घण्टौं प्रयासपछि मात्र आगो निभाउन सकेका थिए… Continue reading बंगलादेशमा हजारौं रोहिङ्ग्या शरणार्थी बस्ने शिविर आगलागीबाट नष्ट

राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीको दुई दिने बंगलादेश भ्रमण शुरु हुँदैछ । यस भ्रमणका दौरान दुई देशबीच चार समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ । भ्रमणमा नेपाल र बंगलादेश बीच पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता हस्ताक्षर हुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार यो सम्झौतापछि बंगलादेश रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनमा प्रयोग गर्न… Continue reading राष्ट्रपतिको बंगलादेश भ्रमणमा चार समझदारी पत्रमा हस्ताक्षर

भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम

काठमाडौं । भारतमा कोराना भाइरसको दोस्रो लहर नियन्त्रण बाहिर गएको छ । भारतका विभिन्न राज्यमा कोरोनाको तिब्र लहर देखिएको त्यहाँका संचारमाध्यमले जनाएका छन् । नेपाल र भारतका बीच अहिले आवत जावत सामान्य जस्तै बनेको छ । यसले नेपालमा समेत कोरोना भाइरसको दोस्रो वेव आउने जोखिम बढेको छ । किनकी अहिले नेपालमा परीक्षण शून्यप्रायःको अवस्थामा छ… Continue reading भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर, नेपालमा बढ्यो जोखिम

राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सोमबारबाट दुई दिने बंगलादेश भ्रमण गर्दैछिन् । चैत ९ मा ढाका जाने राष्ट्रपतिको टोली १० चैतमा स्वदेश फर्कने छ । यो राजकीय भ्रमण हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिको भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । उनका अनुसार भ्रमणका क्रममा महत्त्वपूर्ण एजेन्डामा सहमति हुनसक्नेछ । यस पटकको भ्रमणमा बंगालदेशले नेपाललाई… Continue reading राष्ट्रपतिको बंगलादेश भ्रमणमा के छन् एजेण्डा ?

अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध

file Photo: AFP

लण्डन । यूरोपेली यूनियन (इयू)ले म्यानमारमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । १ फेब्रुअरीमा त्यहाको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । सत्ता हातमा लिएपछि त्यसको विरोधमा भइरहेका प्रदर्शनलाई सेनाले हिंसाको माध्यमबाट दवाउन खोजेको छ । यसक्रममा सयौं प्रदर्शनकारीको ज्यान गइसकेको छ । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको… Continue reading अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध

बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति

Pic : Radio free europe

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शब्द युद्ध चलेको छ । एक अमेरिकी टेलिभिजनमा जो बाइडेनले पुटिनलाई हत्यारा भनेका छन् । त्यसको जवाफमा पुटिनले हिम्मत भए प्रत्यक्ष कुराकानी गर्न चूनौति दिएका छन् । पुटिनले रशियन टिभिमा बोल्दै यस्तो चूनौति दिएका हुन् । राष्ट्रपति बाइडेनले एबीसी टेलिभिजनमा बोल्दै पुटिनको सुरक्षा… Continue reading बाइडेन र पुटिनबीच शब्दयुद्ध, अमेरिकी राष्ट्रपतिले हत्यारा भनेपछि रुसी राष्ट्रपतिले दिए चूनौति

तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?

REUTERS

काठमाडौं । तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको त्यहाँका उपराष्ट्रपतिले घोषणा गरेका छन्। राजधानी दारेसलाममा मुटुको समस्याबारे उपचारका क्रममा मगुफुलीको बुधवार मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् घोषणा गरेका हुन्। मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए। विपक्षी नेताहरूले उनलाई… Continue reading तान्जनियाका राष्ट्रपतिको कोरोनाका कारण मृत्यु ?

अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु

Photo : orissapost.com

काबुल । अफगानिस्तानमा भएको सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको हेलिकोप्टर दुर्घटनामा परेको हो । बुधवार राति वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ । यस दुर्घटनामा चार जना चालक दलका सदस्य र पाँच अफगान राष्ट्रिय सेना मारिएका मन्त्रालयले जनाएको… Continue reading अफगानिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनामा ९ जनाको मृत्यु

म्यानमारमा नरसंहार जारी, थप ३८ जनाको प्रहरीको गोली लागेर मृत्यु

file Photo: AFP

यांगुन । म्यानमारमा सैनिक कूविरूद्ध आन्दोलन जारी छ । यस क्रममा सुरक्षाकर्मी र आन्दोलनकारी दुबै उग्र बन्द परिस्थिति हिंसात्मक बनेको छ । प्रदर्शनका क्रममा अहिलेसम्म १ सय २६ जनाको ज्यान गइसकेको छ। त्यहा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई नजरबन्द गरी कु गरेको र देशमा संकटकाल लगाएको छ । आइतबार मात्र देशका विभिन्न स्थानमा प्रहरीको गोली लागेर थप… Continue reading म्यानमारमा नरसंहार जारी, थप ३८ जनाको प्रहरीको गोली लागेर मृत्यु

म्यानमारमा श्रद्धान्जली सभामा सेनाले चलायो गोली, १२ जनाको मृत्यु

SAI AUNG MAIN/AFP/GETTY IMAGES

काठमाडौं । म्यानमारमा श्रद्धान्जली सभामा गोली चलाएर सेनाले निहत्था जनताको ज्यान गएको छ । शनिबार श्रद्धान्जली सभामा उपस्थित भएकामाथि सेनाले अन्धाधुन्ध गोली चलाएको त्यहाँका संचारमायमले जनाएका छन् । घटनामा कम्तिमा १२ जनाको ज्यान गएको छ । सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएको बताइएको छ । म्यानमारको… Continue reading म्यानमारमा श्रद्धान्जली सभामा सेनाले चलायो गोली, १२ जनाको मृत्यु

श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने

Photo : telegraph.co.uk

कोलम्बो । नेपालको छिमेकी मुलुक श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का हटाउने निर्णय गरेको छ । केही वर्ष पहिले श्रीलंकामा अनुहार छोप्ने प्रचलन नभए पनि अहिले धार्मिक अतिवाद बढेको निष्कर्षमा त्यहाँको सरकार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीलंकाले १ हजार बढी मदरसालाई समेत बन्द गर्ने भएको हो । यसका लागि श्रीलंकाले… Continue reading श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने

अमेरिकासहित चार मुलुकका सरकार प्रमुखको वार्ताले के निर्णय गर्यो ?

Photo : 24newsHD

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा अमेरिका, भारत, जापान र अस्ट्रेलियाका सरकार तथा राष्ट्रप्रमुखबीचको वार्ता सम्पन्न भएको छ । यी चार मुलुकबीचको समुहलाई क्वाड समूह नाम दिइएको छ । एसियामा चीनको बढ्दो प्रभाव कम गर्न जापानको रणनीतिमा यो समुह सक्रिय भएको हो । लामो समयदेखि बस्न नसकेको बैठक बाइडेनले डाकेका हुन् । शुक्रबार सम्पन्न… Continue reading अमेरिकासहित चार मुलुकका सरकार प्रमुखको वार्ताले के निर्णय गर्यो ?

राष्ट्रपति भण्डारी ढाका जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति निवास स्रोतलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार उनी चैत्र ९ गते दुई दिने भ्रमणका क्रममा ढाका जाने मिति तय भएको हो । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा स्वर्णजयन्ती मनाइदैछ । सोही अवसरमा आयोजना हुने विषय कार्यक्रमको प्रमुख अतिथिका… Continue reading राष्ट्रपति भण्डारी ढाका जाने

सुकीमाथि म्यानमारी सेनाले लगायो घुस लिएको आरोप

काठमाडौं । म्यानमारी सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीमाथि घुस लिएको आरोपमा मुद्दा चलाउने तयारी गरेको छ । बीबीसीका अनुसार उनीमाथि सेनाले ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैध रुपमा लिएको आरोप लगाएको छ । फेब्रुअरी १ मा सेनाले त्यहाँको सरकारलाई अपदस्त गरी सत्ता हातमा लिएको थियो । यो सुकीमाथि लगाइएको सबैभन्दा ठूलो… Continue reading सुकीमाथि म्यानमारी सेनाले लगायो घुस लिएको आरोप

इण्डोनेसियामा पर्यटक बस दुर्घटना, कम्तिमा २६ जनाको मृत्य

Photo: AFP/BAGUS AHMAD

जावा इण्डोनेसिया । इण्डोनेसियामा एक पर्यटक बस दुर्घटनामा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ । ३५ भन्दा बढी घाइते छन् । यहाँको जावा द्वीपमा पर्यटक सवार बस दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले जनाएका छन् । घटना बुधबारको हो । स्थानीय पुलिस प्रमुख एको प्रासेत्यो रोब्बियांतोका अनुसार यो बस पश्चिमी जावास्थित सुबांग शहरबाट इस्लामी माध्यमिक स्कूलका… Continue reading इण्डोनेसियामा पर्यटक बस दुर्घटना, कम्तिमा २६ जनाको मृत्य

ब्राजिलमा कोरोनाबाट एकै दिन २ हजार २ सय ८६ को मृत्यु

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणले भयाभह रुप लिन थालेको छ । बिबिसीका अनुसार बुधबार यहाँ एकै दिन २ हजार मानिसको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । यो ब्राजिलमा कोरोना महामारीपछि पहिलो पटक भएको ठूलो मानवीय क्षति हो । यस दिन २ हजार २ सय ८६ जनाको मृत्यु भएको छ । कोरोनाबाट सबैभन्दा… Continue reading ब्राजिलमा कोरोनाबाट एकै दिन २ हजार २ सय ८६ को मृत्यु

राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

Photo : 24newsHD

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटक अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्ने भएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार यो कदमलाई चीनको बढ्दो प्रभाव न्यूनिकरणको पाइलाका रुपमा हेरिएको छ । राष्ट्रपतिबाट पहिलो पटक यस प्रकारको पहल हुन लागेको संचारमाध्यमले लेखेका छन् । वार्ता भर्चुअल विधिबाट शुक्रबार हुनेछ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको… Continue reading राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै

ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

लण्डन । राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले बेलायती राजपदवी त्याग गरी अलग भएका छन् । उनीहरु राजदरबार छोडेर पहिला क्यानडा पुगे, त्यसपछि एक धनाढ्यको सहायतामा अमेरिका पुगेर त्यही बसोबास गरिरहेका छन् । बेलायतकी महारानी एलिजावेथका नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले यसै साता अमेरिकामा एक दिएको एक अन्तर्वाता बहुचर्चित बन्यो ।… Continue reading ह्यारी र मेघनको अन्तर्वार्ताबारे बेलायती महारानीको प्रतिक्रिया सार्वजनिक, दुःख व्यक्त

ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

Reuters

ट्यूनिसिया । ट्यूनिसियामा भएको डुंगा दुर्घटनामा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । १६५ जना भन्दा बढी घाइते भएको आंकडा आएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दुई वटा डुङ्गा दुर्घटनामा परेका छन् । डुंगा मंगलबार अफ्रिकी साहारा क्षेत्रबाट छुटेका थिए । डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी… Continue reading ट्यूनिसियामा डुंगा दुर्घटना, कम्तिमा ३९ जनाको मृत्यु

अफगानिस्तानमा मारिए २१ तालिवान लडाकु

File

काठमाडौं । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा २१ तालिवान मारिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सरकारी सुरक्षाफौजको कारबाहीमा ती लडाकु मारिएका हुन् । थप १३ जना घाइते रहेको बताइएको छ । तालिबान लडाकू लुकेर बुसेको इलाकालाई लक्षित गरी सेनाले आक्रमण गरेको अफगान हवाईबलको भनाई छ । बलले विज्ञप्ति जारी गर्दै यसको पुष्टी गरेको हो । कान्दाहारको… Continue reading अफगानिस्तानमा मारिए २१ तालिवान लडाकु

पाकिस्तानी प्रधानमन्त्री इमरानले लिए विश्वासको मत, जोगियो पद

इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रधानमन्त्री पद जोगिएको छ । उनले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्लीबाट विश्वासको मत प्राप्त गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८… Continue reading पाकिस्तानी प्रधानमन्त्री इमरानले लिए विश्वासको मत, जोगियो पद

म्यानमारमा सेनाको नरसंहार, एकै दिन ३८ प्रदर्शनकारी मारिए

SAI AUNG MAIN/AFP/GETTY IMAGES

काठमाडौं । म्यानमारमा सैन्य शासकविरुद्धको आन्दोलनमा एकै दिन ३८ प्रदर्शनकारीको ज्यान गएको छ । प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाएका हुन् । बीबीसीका अनुसार सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म ५० प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सबैको गोली लागेर ज्यान गएको छ । म्यानमारी सेनाले फेब्रुअरी १ मा शासन हत्याएको थियो । सेनाले सत्ता हातमा लिएर एक… Continue reading म्यानमारमा सेनाको नरसंहार, एकै दिन ३८ प्रदर्शनकारी मारिए

जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने

Ayodhya Photo Source : Ruhi\wikipedia

काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्या हवाईमार्गबाट जोडिने भएका छन् । नेपालको निजी क्षेत्रबाट संचालित बुद्ध एयरले यी दुई शहरको बीचमा हवाई सेवा शुरु गर्ने तयारी थालेको हो । बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । अयोध्यामा अहिले भारतले राम मन्दिर बनाइरहेको छ ।… Continue reading जनकपुर र अयोध्या हवाईमार्गबाट जोडिने

नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

Photo : eminetra.co

जाम्फारा\नाइजेरिया । नाइजेरियामा अपहरणमा परेका सयौं विद्यार्थी किशोरी रिहा भएका छन् । उनीहरुलाई गत शुक्रबार एक हतियारधारी समुहले विद्यालयबाटै अपहरण गरेको थियो । यसअघि प्रहरीले ३ सय १७ जना किशोरी अपहरणमा परेको बताएको थियो । बीबीसीका अनुसार त्यसमध्ये केही किशोरी भाग्न सफल भएका थिए । सोहीकारण कुल अपहरणमा परेका २७९ जना छात्रा रिहा भएका हुन्… Continue reading नाइजेरियामा अपहरणमा परेका सयौं किशोरी रिहा

कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

File Photo by: zz/KGC-178/STAR MAX/IPx 2017

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाका ९९ बर्षीय श्रीमान् फिलिप बिरामी परेका छन् । बेलायती राजसंस्थाका ज्यूदो इतिहास मानिने राजदम्पत्ति वृद्ध अवस्थामा पनि बिरामी परेको खबर खासै सार्वजनिक भएको थिएन । तर, राजकुमार फिलिपको स्वास्थ्य अवस्थाबारे भने दरवारले नियमित जानकारी सार्वजनिक गरिरहेको छ । बेलायती संचारमाध्यमहरुक अनुसार उनको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार जारी… Continue reading कस्तो छ बेलायती राजकुमार फिलिपको स्वास्थ्य ?

म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु

SAI AUNG MAIN/AFP/GETTY IMAGES

काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधमा ठूल्ठूला प्रदर्शन जारी छन् । पछिल्लो समय प्रदर्शन उग्र बनेको छ । त्यस क्रममा दमन गर्न प्रहरीले गोली चलाएको छ । अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयका अनुसार सबैभन्दा ठूलो हताहती शनिबारयता भएका प्रदर्शनमा भएको छ । कार्यालयका… Continue reading म्यानमारमा हिंस्रक बन्यो सरकारविरोधी प्रदर्शन, कम्तिमा १८ को मृत्यु