हिजबुल्लाहका नेता नइम कासेमले शनिबार अमेरिका–इजरायल–लेबनानबीचको प्रस्तावित सम्झौताको विरोध गर्दै यसलाई बेरुतले गरेको ठूलो गल्ती बताएका छन् । उनले आफ्नो समूहले उक्त सम्झौतालाई अमान्य भन्दै यसलाई आफ्नो समूहले नमान्ने घोषणा गरे ।
कासेमले भने, “वाशिङ्टनमा भएको फ्रेमवर्क सम्झौता अपमानजनक, लज्जास्पद र सार्वभौमिकताको आत्मसमर्पण हो। यो सम्झौता अमान्य र लेवनानीका लागि यसको शून्य उपलब्धी रहेको छ । सम्झौतामा इरानी–अमेरिकी समझदारीमा भएका प्रावधानहरू लागू गर्नुपर्छ।” उनले लेबनानी अधिकारीहरूलाई यो ‘गम्भीर भूल’ भई गरीएको सम्झौतामार्फत इजरायली कब्जालाई वैधानिकता दिन खोजेको आरोप लगाउनुभएको छ।