अष्ट्रेलियामा नेपाली खानाको प्रवद्र्धन गर्दै टोमप्रसाद खनाल

२० असार, काठमाडौं । झापा, सुरुङ्गाका टोमप्रसाद खनाल आज अन्तर्राष्ट्रिय आतिथ्य र पाककलाको क्षेत्रमा स्थापित नाम बनेका छन् । सामान्य परिवेशबाट यात्रा शुरु गरेका खनाल अहिले अष्ट्रेलियाको प्रतिष्ठित द भिल्ली क्यासिनो रिसोर्टमा एसियन स्पेसियालिटी सेफका रुपमा कार्यरत छन् ।


खनालको व्यावसायिक यात्रा भारतबाट भएको थियो । मुम्बईमा सलमान खान, इमरान हास्मी लगायत दर्जनौं कलाकारले उनको हातको स्वाद चाखेका छन् । दुबईमा रहँदा उनले सञ्जय दत्तलाई समेत आफ्नै परिकार पस्कने अवसर पाए । त्यति मात्र होइन, अबुधाबीका शेखहरुका लागि विशेष परिकार तयार गर्ने जिम्मेवारीसमेत उनले सम्हाले ।


उनी एसियन स्पेसियालिटीमा विशेषज्ञका रुपमा चिनिन्छन् । हाल उनी नेपाली सेफ सोसाइटीमार्फत नेपाली खानाका परिकारलाई विश्वव्यापी रुपमा प्रचार–प्रसार गर्ने अभियानमा सक्रिय छन् ।


नेपाली स्वाद, मसला र परम्परागत परिकारलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने उनको प्रयासले नेपाली पाकसंस्कृतिको पहिचान विस्तारमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ । यस संस्थामार्फत उनी अष्ट्रेलियामा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर नेपाली सेफहरुलाई संगठित गर्ने, नयाँ पुस्तालाई प्रेरित गर्ने तथा नेपाली खानालाई विश्व बजारमा स्थापित गर्ने अभियानमा जुटिरहेका छन् ।

वरिष्ठ उपाध्यक्ष,
नेपाली सेफ सोसाइटी,
अष्ट्रेलिया