इरानी गुप्तचर निकायका प्रमुखको कारबाहीमा मृत्यु भएको इजरायलको दावी

File : An Israeli Air Force AH-64 Apache attack helicopter fires rockets while flying along the border between northern Israel and southern Lebanon on March 18, 2026. The Israeli military said it planned to strike bridges and crossings over the Litani River in southern Lebanon on March 18 to disrupt what it said were Hezbollah arms-smuggling routes. Lebanon was drawn into the Middle East war on March 2 when militant group Hezbollah launched rockets into Israel to avenge the killing of Iran's supreme leader. (Photo by Jalaa MAREY / AFP) /

जेरुसलेम, ५ चैत (रासस–एएफपी) । इरानका अर्का वरिष्ठ अधिकारी गुप्तचर मन्त्री इस्माइल खतिबको अमेरिकी–इजरायली कारबाहीमा मृत्यु भएको इजरायलले बुधबार जानकारी गराएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले खतिबमाथिको कारबाहीलाई ‘कायरतापूर्ण हत्या’ को संज्ञा दिएका छन् ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमा आक्रमण गरी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको हत्या गरेपछि मध्यपूर्वमा युद्ध सुरु भएको थियो ।

इरानी सुरक्षा प्रमुख अली लारीजानी इजरायली आक्रमणमा मारिएको पुष्टि भएको भोलिपल्ट खतिबको मृत्युको खबर आएको हो। इजरायलका रक्षामन्त्री इजरायली काट्जले खतिबको मृत्युको प्ुष्टि गर्दै भने, “प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मैले आइडिएफलाई कुनै पनि वरिष्ठ इरानी अधिकारीलाई थप स्वीकृतिको आवश्यकता बिना मार्नसक्ने आदेश दिएका छौँ, जसका लागि गुप्तचर र परिचालन सर्कल बन्द गरिएको छ ।

“हामी तिनीहरूलाई असफल पार्न र ती सबैविरूद्ध हमला जारी राख्नेछौँ।” इजरायलले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि खोज्ने वाचा गरेको छ, उनी आफ्ना पिताको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा परेका छैनन् ।