ओली पक्राउको विरोधमा देशैभरी एमालेको सडक प्रदर्शन, काठमाडौंमा उग्र

१४ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले देशैभरी सडक प्रदर्शन थालेको छ । सो क्रममा काठमाडौंमा उग्र प्रदर्शन भएको छ । प्रदर्शनकारीले अहिले माइतीघर–बानेश्वर सडक खण्डमा टायर बाल्दै प्रूदर्शन गरिरहेका छन् । सो क्रममा पटक पटक झडप समेत भएको छ । कार्की आयोगको सिफारिसका आधारमा सरकारले ओलीलाई आज बिहान पक्राउ गरेको हो ।