कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

Red Cross volunteers wearing personal protective equipment disinfect themselves in a doffing area after removing the body of an Ebola virus disease victim from the morgue of the Rwapara health centre, place it in a body bag and load it into a vehicle for transfer to a cemetery as part of safe and dignified burial operations aimed at preventing the spread of the virus. Rwapara, Ituri Province, Democratic Republic of Congo, June 8, 2026. The head of the World Health Organization visited Uganda on Monday and praised its efforts to limit the spread of an Ebola outbreak from neighbouring Democratic Republic of Congo. The WHO has declared an international health emergency over the outbreak which has caused 515 confirmed infections in the DRC, including 91 deaths, since it was announced on May 15 in northeastern DRC. Uganda has recorded 19 cases and two deaths. All but five have been Congolese nationals who crossed the border. (Photo by Jospin Mwisha / AFP)

बुनिया (कङ्गो), २७ जेठ (रासस–एपी) । पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक महिनाभन्दा कम समयमा कम्तीमा १०० जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । पछिल्लो तथ्याङ्कले सङ्क्रमण तीव्र रूपमा फैलिरहेको सङ्केत गरे पनि वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने आशङ्का गरिएको छ । स्थानीय स्वास्थ्य निकायका अनुसार आइतबारसम्म ५५० जना सङ्क्रमित पुष्टि भएका छन् । तीमध्ये १०१ जनाको मृत्यु भइसकेको र १९ जना निको भएका छन् । यो विवरण सोमबार सार्वजनिक पछिल्लो अवस्था प्रतिवेदनमा उल्लेख गरिएको हो ।

यसअघि प्रकोप घोषणा भएको केही हप्तामै सङ्क्रमण फैलिन थाले पनि औपचारिक पुष्टि ढिलो भएको अधिकारीहरूको भनाइ छ । त्यही कारण रोग नियन्त्रण र रोकथामका प्रयासहरू थप जटिल बनेका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाबाट आक्रोशित प्रतिक्रिया, स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना तथा सशस्त्र समूहको सक्रियताले नियन्त्रण अभियानलाई गम्भीर चुनौती दिएको छ । धेरै क्षेत्रमा विश्वासको कमीका कारण परीक्षण, उपचार र सम्पर्क ट्रेसिङ कार्य प्रभावित भएको छ ।

विशेषज्ञहरूले सङ्क्रमणको वास्तविक सङ्ख्या आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी हुन सक्ने चेतावनी दिएका छन् । प्रभावित क्षेत्रमा समयमै पहिचान नहुनु र सुरक्षा अवस्थाका कारण स्वास्थ्य सेवा पहुँच सीमित भएकाले अवस्था नियन्त्रणबाहिर जान सक्ने जोखिम बढेको बताइएको छ । यो पछिल्लो प्रकोप दुर्लभ बुन्डिबुग्यो प्रकारको इबोला भाइरसका कारण भएको हो । यो प्रकारको भाइरस कङ्गोमा पहिले देखिने जाइर प्रकारभन्दा फरक हो । जाइर प्रकारका लागि खोप र उपचार उपलब्ध रहेको छ ।

तर बुन्डिबुग्यो प्रकारका लागि हालसम्म कुनै स्वीकृत खोप वा विशेष उपचार उपलब्ध नभएकाले रोकथाम र नियन्त्रण कार्य अझै कठिन बनेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । विश्लेषकहरूका अनुसार लामो समयदेखि सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य पूर्वाधार र जनविश्वासको कमीका कारण कङ्गोमा इबोला नियन्त्रण अभियान पटक–पटक चुनौतीमा पर्ने गरेको छ । यसपटक पनि त्यही अवस्थाले महामारी नियन्त्रण प्रयासलाई गम्भीर रूपमा प्रभावित गरेको देखिएको छ ।