नीति तथा कार्यक्रमको जवाफ दिन गएनन् बालेन, प्रतिनिधिसभामा विपक्षीलाई पेल्दै अर्थमन्त्रीले दिए जवाफ

काठमाडौ, ३० वैशाख । प्रतिनिधसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलपछि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, ३१ वैशाखः प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा स्वर्णीम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका छन् ।

सो कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताए । उनले सरकारले सय बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई ध्यान दिएर आगामी बजेट प्रस्तुत गरिने जानकारी गराए ।


सभाको पहिलो बैठकमा विपक्षी दलले प्रधानमन्त्री शाह नै उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगन भएको थियो । दोस्रो बैठकमा विपक्षी दलका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जारी राखे पनि सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई जवाफ दिन समय दिए । विपक्षीलाई पेल्दै आज सदन चलाइएको छ ।