२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । पण्डितले राष्ट्र बैङ्कको सुपरीवेक्षण विभाग, बैङ्क तथा वित्तीय संस्था नियमन विभागलगायत विभिन्न विभागमा रहेर काम गरेका छन् । राष्ट्र बैंकमा दुई डेपुटी गभर्नरको पद रिक्त छ । त्यसमध्ये आज एक जनाको मात्र पदपूर्ती भएको हो । अर्को पदपूर्तिको भने टुंगो लागेको छैन ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त