पाकिस्तानमा इरान–अमेरिका वार्ता सुरु

(260411) -- ISLAMABAD, April 11, 2026 (Xinhua) -- This photo taken on April 11, 2026 shows an interior view of the press center for the talks between the United States and Iran in Islamabad, Pakistan. The talks between the United States and Iran to end hostilities kicked off in Islamabad, Pakistan, on Saturday, according to media reports. (Xinhua/Wang Shen)

तेहरान, २८ चैत (रासस–एएफपी) । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु भएको इरानी सञ्चारमाध्यमले शनिबार बताएका छन् ।
फार्स र तस्निम समाचार संस्थाले इरानी स्रोतलाई उल्लेख गरी भनेका छन्, “वार्ताको प्रक्रिया र एजेण्डाका लागि गरिएको प्रारम्भिक वार्ताको क्रममा भएको प्रगति र लेबनानको दक्षिणी बेरुतमा यहुदी शासन (इजरायली सेना)को आक्रमणलाई कम गरिएपछि वार्ता सुरु गर्ने निर्णय गरिएको छ ।” पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको कार्यालयले शान्ति वार्ता सुरु भएको बताएको छ भने मेहर र इस्नाले पनि वार्ता सुरु भएको पुष्टि गरेका छन् ।