राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान

File

न्युयोर्क, वैशाख २६ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले होर्मुजको जलक्षेत्रमा इरान र अमेरिकाबिचको व्याप्त गोलीबारीबारे चिन्ता व्यक्त गर्दै आगामी दिनमा तनाव बढ्न नदिन संयमता अपनाउन आह्वान गरेका छन् । पत्रकारसँगको सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले महासचिवले वर्तामान समयलाई सम्झौता र लागि महत्त्वपूर्ण क्षण भन्दै थप तनाव रोक्न सबै पक्षलाई अधिकतम संयमताका साथ अगाडि बढ्न आग्रह गरेका हुन् ।

गुटेरेसले सबै पक्षलाई तनावलाई उत्पन्न गर्ने वा चलिरहेको कूटनीतिक प्रयासलाई कमजोर पार्ने कुनै पनि कार्यबाट टाढा रहन आह्वान गरेको डुजारिकले बताए । शान्ति स्थापनार्थ भएका अनेकन प्रयासको बावजुत संयुक्त राज्य अमेरिका र इरानले, शुक्रबार, होर्मुजको जलक्षेमा आक्रमण तथा गोलीबारी गरेयछि महासचिव गुटेरेसको आह्वान आएको जनाइएको छ । रासस-क्युएनए