काठमाडौँ, वैशाख २१ गते । हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली विस्तारै कोशी प्रदेशतर्फ अघि बढिरहेको छ। मौसम पूर्वअनुमान शाखाका मौसमविद् सञ्जीव अधिकारीले हावाहुरी र चट्याङसहितको वर्षा गराउने प्रणाली विस्तारै कोशी प्रदेशतिर अगाडि बढिरहेको जानकारी दिए । उनी भन्छन्, “हाल गण्डकी र लुम्बिनी र बागमती प्रदेशमा सक्रिय रहेको उक्त प्रणाली बागमती विस्तारै कोही प्रदेशतिर अगाडि बढेको छ । कोशी प्रदेशमा केही बेरमा मा मेघगर्जन चट्याङसहित पानी पर्न सक्छ ।”
अधिकारीका अनुसार गएको १२ घण्टामा सबैभन्दा बढी पानी धनगढीमा पानी परेको छ । धनगढीमा गएको १२ घण्टामा ६० मिलिमिटर वर्ष भएका उनले जानकारी दिए । त्यसैगरी लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा हल्का देखि मध्ययन वर्षा भएको छ । हावाहुरी र चट्याङका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई उनले अनुरोध गरे ।