१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकप्टर ठोक्किएका छन् । घटनाबारे थप बुझ्ने प्रयास भइरहेको प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए । घटना फेरिचे हेलिप्याडमा भएको हो । सो क्रममा पर्यटकहरु आसपास रहेको भिडियो सार्वजनिक भएको छ ।
