काठमाडौं । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएअनुसार भेरी अस्पतालमा परीक्षणका क्रममा एकै दिन १५ जनामा पुष्टी भएको हो ।
यसअघि आइतबार नै वीरगन्जमा एक जनामा कोरोनो पुष्टी भएको थियो । यससँगै अब नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
आइतबार दिउँसोको पत्रकार नोटमा मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी सार्वजनिक गरेको थियो ।
केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी धर्मगुरु भएको बताइएको छ उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गर्दै जाँदा कूल ९० जनाको स्वाब संकलन गरिएको थियो ।
ती नमुनामध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती व्यक्तिको सम्पर्कमा रहेका अन्य व्यक्तिको समेत परीक्षण जारी रहेका कारण नेपालगन्जमा कोरोना संक्रमति अझै बढ्ने भएको छ ।