नेपालमा ७ वर्षको बालकमा पनि देखियो कोरोना

नेपालगन्ज । नेपालमा पहिलो पटक बालकमा कोरोना देखिएको छ । यसअघि १४ वर्षका किशोरलाई कोरोना देखिएकोमा आइतबार भने ७ वर्षको बालकमा कोरोना पुष्टी भएको छ ।

नेपालगन्जका एक सात वर्षका बच्चामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीसमेत गरी नेपालगन्जमा आइतबार मात्र १५ जना कोरोना संक्रमित थपिएका छन् । यहाँ एक धर्मगुरुमा केही दिन अगाडी कोरोना देखिएको थियो ।

उनको सम्पर्कमा आएका आफन्त र मानिसहरुको खोजी गर्दै जाँदा सबैलाई अहिले क्वारेन्टाइनमा राखी परीक्षण भइरहेको छ ।