काठमाडौं । अब देशभरका सबै अस्पतालले ओपीडी सेवा पुनः सूचारु गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाको ओपीडी सेवा सुचारु गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रका प्रमुख डा. गुणराज लोहनीका अनुसार कोरोना महामारीको जोखिमलाई लिएर बन्द भएका ओपीडी अब खुल्ला गर्नु पर्ने भएको छ ।
लामो समय ओपीडी सेवा बन्द गर्दा सर्वसाधारण अत्यावश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको हुँदा सबै अस्पतालमा ओपीडी सेवा सुचारु गर्नु परेको हो ।
अब प्रत्येक अस्पतालले कोरोनाको जोखिमलाई ध्यानमा राखी सरकारले तोकेको संक्रमण रोकथाम र नियन्त्रणका सावधानीको मापदण्डको पालना गर्दै ओपीडी सेवा संचालनमा ल्याउनु पर्ने भएको छ ।
यसअघि ११ चैतयता लकडाउनु शुरु भएको थियो । त्यसपछि सबै अस्पतालको ओपीडी सेवा बन्द भएको छ ।
जसले गर्दा सामान्य रुघाखोजीको समेत उपचार नपाउँदा सर्वसाधारण मर्कामा पर्दै आएका छन् ।